'चुनाव माओवादीले जित्छ'
यानेन्द्र जी.सी./लेखनाथ सजग
बुटवल, २६ माघ / नेकपा-माओवादी)का अध्यक्ष प्रचण्डले इतिहासमा विरलै आउने आगामी चैत २८ गते सम्पन्न हुने संविधानसभाको निर्वाचन नहुने स्थिति आए त्यो अगावै चैत २४ आउने चेतावनी दिनुभएको छ ।
अखिल नेपाल शिक्षक संगठनको शनिबार बुटवलमा उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले त्यस्तो चेतावनी दिनुभएको हो ।
युद्ध जितिएको छ, अब केही मुठभेड बाँकी छन्, हजारौं शिक्षक एवं जनतालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो- 'अब हाम्रो र गणतन्त्रपक्षधरहरूको दिमाग रक्षात्मक होइन, आक्रामक हुन जरुरी छ ।' पटकपटक स्थगत भएको निर्वाचनका विरुद्ध फेरि षड्यन्त्र भएको प्रमाण आफूले पाएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले त्यस्तो दुस्साहस गरेमा फेरि एकचोटी नेपाली जनताले ऐतिहासिक जनआन्दोलन र त्यसमार्फत् जनविद्रोह गर्ने चेतावनी दिनुभयो ।
संविधानसभामा माओवादीका पक्षमा जनमत जान्छ भने कुनै हालतमा चुनाव हुन दिनुहुँदैन भनेर कतिपय कूटनीतिज्ञहरूले भनेका प्रमाण मसाग छन् भन्दै प्रचण्डले अन्तर्राष्ट्रिय हस्तक्षेप र षड्यन्त्रका बारेमा खुलासा गर्दै भन्नुभयो- इतिहासमा विरलै आउने अवसर हाम्रो अगाडि छ, सबैले ऐतिहासिक भूमिकालाई आत्मसात् गरौं, जो तगारो हाल्न आउँछ त्यसलाई ध्वंस गरौं, इतिहास हाम्रो हो हामीले जित्छौं र जित्नैपर्दछ ।
माओवादी अध्यक्ष प्रचण्डले नेपालमा क्रान्तिकारी वामपन्थीहरूले जित्ने समय एकाध वर्षमात्र रहेको पनि बताउनुभयो । 'अब एकाध वर्षमात्र बाँकी छ । या हामी जित्छौं नभए अर्को पिढीले यहाँ क्रान्ति सफल गर्ने छैन,' उहाँले भन्नुभयो ।
प्रचण्डले नेपालमा वामपन्थी पराजित भए अरु ५०/६० वर्ष विश्वमा क्रान्तिको झिल्को नबल्ने खतरा पनि औंल्याउदै भन्नुभयो- 'नेपालमा विजयी भए संसारभर क्रान्तिका झिल्का बल्नेछन्, यही कारण माओवादीद्वारा स्थापित राजनीतिक एजेन्डा समाप्त पार्ने ग्रायन्ड डिजाइनसहित संसारभरका दुस्मनको दृष्टि नेपालमा परेको उहाँले बताउनुभयो ।
तर दुनियाँको कुनै पनि तागतले नेपाली जनतालाई परास्त गर्न सक्ने छैन ।' प्रचण्डले विजयको संघारमा आइसकेकाले जनतालाई ऐतिहासिक भूमिका निर्वाह गर्न अपिल गर्दै भन्नुभयो- 'संविधानसभामा जनविरोधीहरूले आफ्नो काल देख्दैछन्, हामी जीतको नजिकै छौं, केही महिनाभित्रै सर्वहारावर्गको नेतृत्वमा गणतन्त्र संस्थागत हुँदैछ । एकमात्र संविधानसभामा हाम्रो एकता जरुरी छ ।'
एक घन्टा लामो सम्बोधनका क्रममा उहाँले तानाशाह ज्ञानेन्द्र शाहले हालै अन्तरिम संविधान र जनआन्दोलनका मर्मविरुद्ध बोलेकोमा गम्भीर आपत्ति प्रकट गर्नुभयो र भन्नुभयो, 'ज्ञानेन्द्र शाह आफ्नो हैसियतले बोलेको होइन, साम्राज्यवादी र प्रतिक्रियावादीहरूले 'ता बोल् हामी तेरो साथमा छौं' भनेर बोल्न थालेको छ ।' यस प्रसङ्गमा शुक्रबार राति आयोजित एक कार्यक्रममा अध्यक्ष प्रचण्डले आइतबार बिहान सातदलको बैठक बसेर भत्र्सना गर्ने बताउनुभएको थियो ।
अध्यक्ष प्रचण्डले चुनावपछि माओवादीको बहुमत आउने र त्यसपछि नेपालमा पार्टीले राजनीतिमा गरेको चमत्कार जस्तै विकास निर्माणमा पनि चमत्कार गर्ने बताउनुभयो । विकासका लागि नेपालको भलो चाहने सबै राष्ट्रको सहयोग लिने पनि स्पष्ट पार्नुभयो । हामी चीन, भारतलगायतका राष्ट्रसाग समानताको सम्बन्ध चाहन्छौं, हस्तक्षेप र दमनको होइन, वैदेशिक नीति प्रस्ट पार्दै उहाँले भन्नुभयो ।
यस अघि बुटवल जेसिसको एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले अन्तिमसम्म लडेर पनि राष्ट्र बचाउने बताउनुभयो । कुनै हालतमा साम्राज्यवादी शक्तिका अगाडि नझुक्ने स्पष्ट पार्दै भन्नुभयो, 'पर्‍यो भने नयाँ निर्णय लिन मैले धौ मान्दिना । नयाँ नेपाल बनाउन हामी जस्तोसुकै कदम चाल्न तयार छौं ।'
अध्यक्ष प्रचण्डले शिक्षक संगठनको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन दीप प्रज्वलन गरी गर्नुभएको थियो । यस अवसरमा नयाँ नेपाल निर्माणमा शिक्षकहरूको रणनीतिक भूमिका रहने उल्लेख गर्दै आगामी दिनमा शिक्षकहरूको उच्च भूमिका रहने उहाँले बताउनुभएको थियो ।
सोही अवसरमा पण्डित बाबुराम भट्टराईद्वारा लिखित उपन्यास 'कभरीका' को विमोचनसमेत अध्यक्ष प्रचण्डले गर्नुभयो । सम्मेलन उद्घाटन सत्रमा नेकपा
-माओवादी)का केन्द्रीय सचिवालय सदस्य टोपबहादुर रायमाझी 'अनिल', जनमुक्ति सेनाका डिपुटी कमान्डर चन्द्रप्रकाश खनाल 'बलदेव', माओवादीका केन्द्रीय सदस्य देवेन्द्र पौडेल 'सुनिल', माओवादी केन्द्रीय सदस्य एवं महिला, बालबालिका तथा समाज कल्याणमन्त्री पम्फा भुसाल, केन्द्रीय सदस्य धर्मेन्द्र बास्तोला, जनमुक्ति सेना, नेपाल चौथो डिभिजन कमान्डर प्रतीक्षा, अखिल नेपाल महिला संघ -क्रान्तिकारी)की केन्द्रीय अध्यक्ष जयपुरी घर्तीमगर, नेकपा-माओवादी) अवध राज्यसमिति सचिव डोरप्रसाद उपाध्याय, अखिल -क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष रामदीप आचार्यलगायका नेताहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहिद शिक्षक परिवारलाई माओवादी अध्यक्ष प्रचण्डले दोसल्ला ओढाउनुका साथै सम्मानपत्रले सम्मान गर्नुभएको थियो ।
सो अवसरमा क्षितिज साँस्कृतिक परिवार र कुमाल राष्ट्रिय मुक्ति मोर्चाले जनवादी गीत, नृत्य तथा झाँकी प्रस्तुत गरेका थिए । शिक्षक संगठनका केन्द्रीय अध्यक्ष गुणराज लोहनीको अध्यक्षता र महासचिव भेषराज भुसालको सञ्चालनमा उद्घाटनसत्र सञ्चालन भएको थियो ।
आइतबारदेखि बुटवल चलचित्र मन्दिरमा सुरु हुने बन्दसत्र सोमबारसम्म चल्नेछ । फागुन १ गते जनयुद्ध दिवसका अवसरमा नयाँ नेतृत्व घोषणा गरिने छ । आठसय प्रतिनिधि, पर्यवेक्षक रहने बन्द सत्रमा वैचारिक, राजनीतिक, सांगठनिक र शिक्षासम्बन्धी दुईवटा छुट्टाछुट्टै प्रतिवेदनमाथि छलफल गरिने सो संगठनले जनाएको छ ।

मृगौला तस्कर डा.अमितलाई भारतीय दबाबमा सुपुर्दगी
सुरेशुकमार यादव
काठमाडौं, २६ माघ/ मृगौला तस्करीको आरोपमा चितवनमा पक्राउ परेका भारतीय नागरिक डा.अमितकुमार रावतलाई सरकारले दुईदिन नबित्तै शनिबार भारतलाई सुपुर्दगी गरेको छ ।
गृहराज्यमन्त्री रामकुमार चौधरीले इन्टरपोलको कानुनअनुसार नै डा. अमितलाई भारतसमक्ष सुपुर्दगी गरिएको बताउनुभयो । उहाँले विदेशी मुद्रा अपचलन सम्बन्धी मुद्दा नेपालले गर्नुपर्नेमा त्यो पनि भारतले नै गर्ने सहमति भएको बताउनुभयो । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रहरीले आइतबार अदालतमा पेश गर्ने बताएको भए पनि भारतको दबावमा शनिबार नै भारतलाई सुपुर्दगी गरिएको उच्च सरकारी अधिकारीले बताएका छन् । भारतको चर्को दबावको कारणले सरकारलेे शनिबार नै भारतलाई सुपुर्दगी गर्ने निर्णय गरेको हो । भारतले बिहीबार पक्राउ परेलगत्तै सुपुर्दगीको माग गर्दैआएको थियो ।
सरकारले सुपुर्दगी गरेपछि शनिबार साढे ५ बजेको इण्डियन एयरलाइन्सको विमान आइसी ८१४ को उडानबाट २८ नं. सिटमा राखेर दिल्लीको इन्दिरा गान्धी एयरपोर्टमा ७.३० बजे ओरालिएको थियो । एयरपोर्टबाट सिधै सोधपुछका लागि सिडियो कार्यालय लगिएको थियो । डा.अमितलाई भारत लगिएको छ । नेपाल सरकार र भारत सरकारबीच सुपुर्दगी गर्नेबारेमा ढिलाइ भएकोले साढै ४ बजे हुने इण्डियन एयरलाइन्सको उडानलाई एकघण्टा पर सारिएको भारतीय दूताबासले जनाएको छ । दूताबासले इण्डियन एयरलाइन्सको ६ वटा सिट बुकिङ गरिएको थियो । मृगौला तस्कर डा.अमितलाई लिन भारतको सीबीआईबाट दुईजना र मुरदावाद प्रहरीका डीएसपीसहितको टोली शनिबार नै काठमाडांै आएको भारतीय दूताबासले बताएको छ । तर दूताबासले डा.अमितलाई लिन आउने ब्यक्तिहरुको नाम भने बताउन चाहेन । भारतीय दूताबासका प्रेस हेर्ने गोपाल वाग्लेले डा.अमिततलाई इन्टरपोलले रेडकर्नर नोटिस जारी गरेकोले कारबाहीको लागि भारत लगिएको बताउनुभयो ।
दूताबासले भारतबाट मृगौला तस्करीको आरोपमा इन्टरपोलद्वारा रेड कर्नर नोटिस जारी भएका डा.अमितलाई जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएका प्रहरीले बिहीबार साँझ चितवनको सौराहस्थित वाइल्ड लाइफ रिसोर्टबाट पक्राउ गरेको थियो । चितवनमा पक्राउ परेको डा.अमितलाई काठमाडौं ल्याई शुक्रबार महानगरीय प्रहरी आयुक्तको कार्यालयमा सार्वजनिक गरिएको थियो ।
भारतीय प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका डा.अमित ३० डिसेम्बर २००७ मा क्यानडाबाट आबुधाबीहुँदै काठमाडौं आई एकरात बसेका थिए । त्यसपछि सुनौली नाकाहुँदै भारत गएका उनी २६ जनवरी २००८ मा फेरि काठमाडौं आएर होटल र्‍याडिशनमा बसेका थिए । भारतमा सहयोगी डा.उपेन्द्र पक्राउ परेपछि मृगौला तस्करीको आरोपमा खोजी भइरहेको जानकारी पाएपछि डा.अमित ५ फेब्रुअरी २००८ मा टयाक्सीबाट चितवनको होटल वाइल्ड लाइफ रिसोर्टमा पुगेका थिए ।
पाँच वर्षदेखि मृगौला तस्करीमा संंलग्न डा. अमित हरियाणाको गुडयाउँस्थित स्टार म्याक्स लाइफ केयर हस्पिटल बन्द गरी नयाँ अस्पताल खोल्न नेपाल आएका थिए । नेपालमा उनलाई रमेश थापा, बिष्णु खत्री, गिरी दाइ, हिरा पुन, बाबुराम, शेरबहादुर र पंकज झाले सहयोग गर्ने गरेको जानकारी प्रहरीले दिएको छ ।
पक्राउ परेका डा.अमितबाट प्रहरीले १ करोड ४६ लाखभन्दा बढी विदेशी मुद्रा बरामद गरेको थियो ।

सेना परिचालन गरे रक्तपात हुन्छ - गजुरेल
काठमाडौं, २६ माघ/ नेकपा-माओवादी)का वरिष्ठ नेता सीपी गजुरेल 'गौरव' ले संविधानसभा निर्वाचन गर्नका लागि मधेसमा सेना परिचालन आवश्यक नरहेको बताउनुभएको छ ।
तराई बौद्धिक समाजद्वारा शनिबार राजधानीमा आयोजित 'संविधानसभा चुनाव र मधेस आन्दोलन' विषयक अन्तक्रिर्या कार्यक्रममा उहाँले उक्त कुरा बताउनुभएको हो । उहाँले सेना परिचालन गरेर निर्वाचन भएमा त्यसको अर्थ नरहने बताउँदै भन्नुभयो-'सेनालाई अघि ल्याइएमा रक्तपातपूर्ण स्थिति आउनसक्छ, थुप्रै जनताले ज्यान गुमाउनेछन् ।'
उहाँले अहिलेको प्रमुख एजेन्डा नै संविधानसभा निर्वाचन सम्पन्न गर्नु भएकाले तराईमा संघर्षरत समूहहरूलाई वार्तामा आउन आग्रह गर्नुभयो । 'अब पनि निर्वाचन हुनसकेन भने सिंगो देश भड्खालोमा पर्ने सम्भावना छ, जसले परिवर्तन र अग्रगमनविरोधी राजावादीहरूलाई मात्रै फाइदा पुग्छ तसर्थ एक भएर निर्वाचनमा जाऔं'-उहाँको आग्रह थियो ।
नेता गजुरेलले संघर्षरत सम्पूर्ण सशस्त्र समूहहरू निर्वाचनमा सहभागी भए जनताद्वारा अनुमोदित हुने हुँदा उनीहरूले वैधानिकता पाउनसक्ने बताउनुभयो ।
'तर निर्वाचनले मात्रै टुंगो लगाउने विषयहरूलाई अहिले नै उठाउँदा निर्वाचनमा व्यवधान खडा हुनपुग्छ । अन्ततोगत्वा उनीहरूको जनसमर्थन समेत गुम्न पुग्छ तसर्थ एकमात्रै उपाय निर्वाचन हो, जसमार्फत् मधेस आन्दोलन बलियो हुन्छ-'उहाँको तर्क थियो ।
उहाँले निर्वाचन बिथोलेर मधेसी जनताको हक, अधिकार स्थापित हुन नसक्ने पनि बताउनुभयो । 'हालसम्म मधेसीहरूले पूर्णरूपमा आफ्नो अधिकार पाइनसकेको स्थिति छ । त्यसैले आत्मनिर्णयको अधिकारसहितको स्वायत्त मधेसका लागि निर्वाचन जरुरी छ' उहाँले भन्नुभयो ।
माओवादीले अझै पनि पूर्णसमानुपातिक निर्वाचनप्रणालीको माग नछोडेको पनि उहाँले बताउनुभयो । 'हामीलाई यदाकदा मधेसी जनताको मुक्तिको लक्ष्यलाई छोडे कि भन्ने आरोप लगाइन्छ तर त्यो असत्य हो, मधेसका जनताका हक, अधिकार स्थापित गराउने हामी नै हौं'-उहाँको धारणा थियो ।
जनमोर्चा नेपालका अध्यक्ष अमिक शेरचनले हालसम्म मधेसका जनतालाई उत्पीडित हुन बाध्य पार्ने एकात्मक सामन्ती राज्यसत्ता भएकाले राजतन्त्रको उन्मूलन गर्ने एकमात्र वैधानिक उपाय संविधानसभा भएको बताउनुभयो । 'मधेसमा अहिले देखिएका तमाम समस्याहरूको जड २४० वर्षअघिदेखिको राजतन्त्रात्मक व्यवस्था हो, यसलाई नहटाएसम्म मधेसको मुक्ति सम्भव छैन'-उहाँले भन्नुभयो ।
उहाँले 'एक मधेस एक प्रदेश' जस्ता मागहरू तत्कालै सम्बोधन गर्न गाह्रो भएको बताउँदै ती मागहरू संविधानसभा निर्वाचनले मात्रै पूरा गर्नसक्ने बताउनुभयो । 'यस्ता मागहरू उठाए निर्वाचनमा बाधा पुग् छ, अन्ततोगत्वा परिवर्तनविरोधीले फाइदा लिन्छन्'-उहाँले भन्नुभयो ।
संयुक्त वाममोर्चाका अध्यक्ष सीपी मैनालीले स्वायत्त मधेसको माग अहिले अव्यवहारिक रहेको धारणा राख्नुभयो । उहाँले देश विविधतायुक्त भएकाले संघात्मकता निर्धारण गर्दा प्रदेश वा प्रान्तहरूमा पनि साधन/स्रोतहरू समान बनाइनुपर्ने बताउनुभयो ।
एमाले नेता केपी शर्मा ओलीले मधेसको आन्दोलनका कारण चैत २८ को निर्वाचन नरोकिने बताउनुभयो । उहाँले मागहरू राख्ने नाउँमा हिंसा, हत्याको बाटो अपनाउन नहुने धारणा राख्नुभयो ।
अन्तर्त्रिmयामा नेपाली कांग्रेसका नेता मनमोहन भट्टराई, सद्भावना आनन्दीदेवीकी नेतृ सरिता गिरी लगायतले बोल्नुभएको थियो ।

'देशकै सल्यक्रिया गर्ने बेला भएको छ'
काठमाडौं, २६ माघ/ नेकपा -माओवादी)का केन्द्रीय सदस्य तथा नेवाः राज्य समितिका इन्चार्ज हितमान शाक्य -सुमन)ले बिरामी परेको मान्छेलाई सल्यक्रिया गर्ने स्वास्थ्यकर्मीर्ले अब बिरामी परेको देशको सल्यक्रिया गर्नुपर्ने बताउनु भएको छ ।
'त्यसमा पनि तपाईं जनस्वास्थ्यकर्मीहरू त झन् अनिवार्य लाग्नुपछ'-शनिबार राजधानीमा अखिल नेपाल जनस्वास्थ्यकर्मी संघ नेवाः राज्य समितिद्वारा आयोजित एकदिने प्रशिक्षण कार्यक्रममा उहाँले भन्नुभयो ।
उहाँले आगामी संविधानसभा निर्वाचनमा जनस्वास्थ्यकर्मीहरूको भूमिका अरुभन्दा महत्वपूर्ण हुनेसमेत बताउनुभयो । 'तपाईंहरू जनतासंग प्रत्यक्ष जोडिनु भएकाले स्वास्थ्य चेतनामात्रै होइन संविधानसभा निर्वाचनको विषयमा पनि चेतना जगाउनुपर्छ'-नेता सुमनले थप्नुभयो ।
कार्यक्रममा माओवादीका केन्द्रीय सदस्य एवं विधायक लोकेन्द्र विष्टमगरले पछिल्लो समयमा कतिपय शक्ति केन्द्रहरूले सात पार्टी र जनताको एकतालाई टुटाएर चैत्र २८ लाई सहिद बनाउन खोजेको आरोप लगाउनुभयो ।
संविधानसभा निर्वाचनतिर संकेत गर्दै विष्टले भन्नुभयो-'उनीहरूले चैत्र २८ मा समयलाई मात्रै होइन देशलाई नै सहिद बनाउनेे प्रयत्न गरिरहेका छन् ।' उहाँले वाईसीएलको कार्यलयमा प्रहरीले गरेको धरपकडको प्रसंग कोट्याउँदै 'त्यो कालो अरिङगालको गोलामाथि ढुङ्गा हान्ने चेष्टा हो'-भन्नुभयो ।
जनस्वास्थ्यकर्मी संघको विभागीय इन्चार्जसमेत रहनुभएका विष्टले नेपालमा हाल जल, जंगल, जमीन र जनशक्ति गरी चार 'ज' माफियाले नेपाललाई खतरामा पारिरहेको बताउनुभयो । 'त्यसैको उदाहरण हो उपल्लो कणर्ाली र अरुण तेस्रोको घटना'-उहाँको भनाई थियो ।
काठमाडौं, ललितपुर र भक्तपुरका करिब दुईसयजना स्वास्थ्यकर्मी सम्मिलित प्रशिक्षणमा संघका अध्यक्ष मंगल विश्वकर्माले सहभागी सबैलाई संविधानसभाको पक्षमा जनमत सिर्जना गर्न लाग्न अनुरोध गर्नुभयो ।

'संविधानसभा हारजितको सवाल होइन'
बुटवल, २६ माघ/ महिला, बालबालिका तथा समाजकल्याणमन्त्री पम्फा भुसालले संविधानसभा पार्टी विशेषको हारजीतको सवाल नभई जनताले जित्ने कि हार्ने भन्ने सवाल भएकाले त्यसलाई तोकिएकै मितिमा सम्पन्न गरिने बताउनुभएको छ ।
सुस्तःमनस्थिति कल्याण संस्था नेपालको १५औं केन्द्रीय सभाको शनिबार बुटवलमा उद्घाटन गर्दै उहाँले संविधानसभा चुनाव सम्पन्न गरेर राज्यसत्ताको समग्र पुनःसंरचनाको टुङ्गो लगाएर मात्रै सम्पूर्ण पक्षको हकअधिकार सुनिश्चित हुने उल्लेख गर्नुभयो ।
मन्त्री भुसालले भन्नुभयो -'जनताप्रति उत्तरदायी राज्य निर्माण नगर्दासम्म कसैको पनि अधिकार सुरक्षित हुन सम्भव छैन, त्यसैले संविधानसभामार्फत राज्यसत्ता पुनःसंरचनासहितको सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न जरुरी छ ।'
कार्यक्रममा रूपन्देहीका प्रमुख जिल्ला अधिकारी धु्रवराज वाग्ले, स्थानीय विकास अधिकारी विष्णुबहादुर थापा, पूर्व नगरप्रमुख भोजप्रसाद श्रेष्ठ, समाजसेवी मनवीर गर्वुजामगरलगायतले मन्तव्य राख्नुभएको थियो ।

प्रधानमन्त्रीले गल्ती गरे ः सुजाता
लाहान, २६ माघ/ बिनाविभागीयमन्त्री सुजाता कोइरालाले आफ्नै बाबु प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले माओवादीले राखेका जथाभावी मागहरू पूरा गरेर गल्ती गरेको बताएकी छिन् ।
उनले जनआन्दोलनको अपव्याख्या गर्दै लाहानमा कांग्रेस कार्यकर्ताहरूका अगाडि भनिन्- 'जनआन्दोलनको मूल उद्देश्य ०४७ सालको संविधान लागू गर्नुथियो ।'
मन्त्री कोइरालाले माओवादीका कारण अन्तरिम संविधान जारी भएको र सो संविधान जनआन्दोलनविपरीत भएको दाबी समेत गरिन् ।
'माओवादी जंगल जान्छन् भनेर माओवादीका जथाभावी मागहरू प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पूरा गरिरहेको' पनि बताइन् ।
उनको तर्क थियो, 'माओवादी पुनः जंगल नजाऊन् भनेर प्रधानमन्त्रीले माओवादीलाई फकाइरहनुभएको छ ।'
'माओवादीले जे मागे पनि प्रधानमन्त्रीले दिनुभयो' भन्दै उनले माओवादीको आलोचना समेत गरिन् । उनले भाषणको अधिकांश समय राजतन्त्रकै पक्षमा खर्चिन् ।
उनले यसअघि पनि राजतन्त्र राख्नुपर्ने तथा ०४७ को संविधान ब्यूँताउनुपर्छ भन्ने जस्ता विवादास्पद अभिव्यक्ति दिंदै आएकी छिन् । उनका यस्ता भनाइविरुद्ध सडकदेखि सदनसम्ममा विरोध तथा खेद प्रकट हुँदै आएको छ । तर बूढ्यौलीका कारण प्रायः अवस्थ भइरहने प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले भने छोरीका यस्ता अभिव्यक्तिका बारेमा कुनै जवाफ दिएका छैनन् । त्यसैले आम जनतामा छोरी सुजाताको भनाइ नै बाबु गिरिजाप्रसादको भनाइ हो कि भन्ने भान पर्दै आएको छ ।
हुन पनि पहिला-पहिला प्रधानमन्त्री कोइरालाले नै यस्ता विवादास्पद अभिव्यक्ति दिने गर्थे अहिले त्यस्तो अभिव्यक्ति दिने ठेक्का सुजाताले लिएकी छिन् ।

प्रधानमन्त्री कार्यकारी प्रमुख हुने एमालेको प्रस्ताव
काठमाडौं, २६ माघ/ प्रधानमन्त्रीलाई कार्यकारी प्रमुख बनाउने व्यवस्थासहित नेकपा -एमाले)ले संविधानसभा निर्वाचन घोषणापत्र पारित गरेको छ ।
एमालेको शनिबार बसेको केन्द्रीय समितिको बैठकले सो निर्णय गरेको हो ।
मंगलबारदेखि सुरु भएको केन्द्रीय कमिटीको १७ औं बैठकमा महासचिवद्वारा प्रस्तुत राजनीतिक प्रस्ताव र घोषणापत्र तयारी समितिका संयोजक झलनाथ खनालद्वारा प्रस्तुत संविधानसभा निर्वाचनको घोषणापत्र पारित गरेको हो ।
केन्द्रीय समितिद्वारा पारित घोषणापत्रमा एमालेले राष्ट्रप्रमुखका रूपमा राष्ट्रपति रहने र कार्यकारीप्रमुखका रूपमा प्रधानमन्त्री रहने व्यवस्था गरिएको छ ।

बन्दीहरुद्वारा आत्मदाह गर्ने चेतावनी
काठमाडौं, २६ माघ/ लामो समयदेखि आस्थाको बन्दीका रूपमा जीवन बिताइरहेका एवं अन्य झुट्टामुद्दामा फसाइएका सदरखोर डिल्लीबजारका बन्दीहरूले आफ्ना न्यायपूर्ण मागहरू पूरा नभए सामूहिक आत्मदाह गर्ने चेतावनी दिएका छन् ।
लोकतान्त्रिक सरकारले बन्दीहरूका मागहरूका बारेमा सकारात्मक निर्णय गरिने र फैसलालाई पुनरावलोकन गरिने पटकपटकका आश्वासन कार्यान्वयन नभएपछि गत १७ गतेदेखि १४ जना बन्दीहरू आमरण अनसनमा बसेका छन् । उनीहरूमध्ये ४ जनाको स्थिति गम्भीर बनिसकेको छ ।
यसअघि पनि त्यहाँका बन्दीहरूले ४० दिनसम्म भोक हड्ताल गरेका थिए । लोकतान्त्रिक व्यवस्थाको स्थापनापछिको सरकारले बन्दीका माग र जेलको अवस्थाबारे अध्ययन गर्न उच्चस्तरीय छानबिन समितिसमेत गठन गरेको थियो । सो समितिले आफ्नो प्रतिवेदन सरकारलाई बुझाए पनि हालसम्म कार्यान्वयन भने भएको छैन ।
प्राप्त सूचनाअनुसार फागुन २० गते बस्ने मन्त्रिपरिषद्को बैठकले बन्दीहरूका मागका सम्बन्धमा ठोस निर्णय गर्ने बुझिएको छ ।
स्मरणरहोस्, देश र विदेशका जेलहरूमा अहिले पनि माओवादी आस्थाका आधारमा थुप्रै व्यक्तिहरू बन्दी जीवन बिताइरहेका छन् भने तिनको रिहाइमा सरकारी तवरबाट कुनै पहल भइरहेको छैन ।

पूर्वमन्त्रीले गोली चलाए
वीरेन्द्रसिंह धामी
दार्चुला, २२ माघ / पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री दिलेन्द्रप्रसाद बडुको साथमा रहेका सादा पोशाकका व्यक्तिले गोली चलाउँदा दार्चुलाको लाटीनाथ गाविसका कम्तीमा ३ सर्वसाधारण गम्भीर घाइते भएका छन् । गोली पूर्वमन्त्री बडुले आदेश दिएपछि चलेको प्रत्यक्षदर्शी बताउँछन् । घाइते हुनेहरूमा स्थानीय व्यापारी हरकसिंह धामी र सर्वसाधारण हरिश बिक रहेका छन् । अर्को एकजना घाइतेको नाम भने खुल्न सकेको छैन । हरकसिंह धामीलाई २ राउण्ड, हरिश बिक र नाम नखुलेका व्यक्तिलाई १-१ राउण्ड गोली लागेको एकजना स्थानीयबासीले टेलिफोनमा बताएका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका बडु चुनावी अभियानको क्रममा मंगलबार उक्त स्थानमा पुगेका थिए । बुधबार लाटीनाथ बजारमा चुनावी सभा गर्ने नेता बडुको कार्यक्रम छ ।
घटना घटेपछि नेता बडु प्रहरीचौकीभित्र बसेका छन् । लाटीनाथ प्रहरीचौकीमा असईको नेतृत्वमा १५ जना प्रहरीको दरबन्दी रहेको छ ।
गोली चलेपछि भाग्दै गरेका बच्चा र बूढाबूढीमाथि प्रहरीले लाठीप्रहार गरेको अर्का एकजना स्थानीयबासीले बताएका छन् । केही समयपछि स्थानीयबासीले प्रतिरोध गरेको र गोली चलाउनेहरूको साथबाट ३ थान हतियार कब्जा गरेको एक अपुष्ट समाचारमा जनाइएको छ ।
बडु लाटीनाथ बजारमा पुग्नासाथ स्थानीयबासीले विरोध प्रदर्शन गरेपछि उनले गोली चलाउने आदेश दिएका थिए । गोली चलाउने व्यक्तिहरू नेपाली कांग्रेसका कार्यकर्ता रहेको स्रोतको दाबी छ । चर्का नाराबाजी गरिरहेका प्रदर्शनकारीलाई लक्षित गर्दै बजारमा खाना खाँदै गरेका बडुले 'गोली ठोक् सालेहरूलाई Û म जिम्मा लिन्छु', भनी चर्को स्वरमा आदेश दिएपछि गोली चलेको एकजना गाउँलेले जनदिशालाई बताए । गोलीकाण्ड भएको स्थान लाटीनाथ सदरमुकामबाट एक दिनको दूरीमा रहेको छ । लाटीनाथ बजारमा एक लाइन भिस्याट फोन भए पनि कुराकानी गर्दागर्दै टेलिफोन सम्पर्कविच्छेद भएकोले घटनाको विस्तृत विवरण भने प्राप्त हुनसकेको छैन । जिल्ला प्रहरी कार्यालय दार्चुलाका एकजना प्रहरी अधिकारीले भने नाम उल्लेख नगर्ने शर्तमा गोली 'सुरक्षाकर्मी'ले नै चलाएको बताएका छन् ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले गोली चलेको स्वीकारेका छन् तर गोली कसले चलायो भन्ने विषय भने उनले खुलाउन चाहेनन् । दोस्रोपटक सम्पर्क गर्दा उनले टेलिफोन काटिदिए ।
दिलेन्द्रप्रसाद बडु यसअघिका दुईवटा संसदीय चुनावमा दार्चुलाबाट विजयी हुनुभएको थियो । यसअघिका निर्वाचनहरूमा पनि कार्यकर्तालाई हतियार र पैसा बाँडेर त्यसैको बलमा उहाँले चुनाव जित्नुभएको आरोप लाग्दैआएको थियो ।

सप्तरीमा बस दुर्घटना ५ को मृत्यु, ५० घाइते
देवराम यादव
सप्तरी, २२ माघ/ पूर्व-पश्चिम राजमार्गमा पर्ने सप्तरीको भारदह सडकखण्डमा मंगलबार भएको बस दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ भने तीन दर्जन घाइते भएका छन् । घाइतेहरूमध्ये दसजनाको अवस्था गम्भीर छ । पाँचजनाको घटनास्थलमा नै मृत्यु भएको जिल्लाप्रहरी कार्यालय सप्तरीले जनाएको छ । सिराहाको माडरबाट विराटनगरतर्फ तीव्र गतिमा जाँदै गरेको स.१ख.८९७० नम्बरको उक्त बस दिउँसो ३ बजेतिर भारदह सडकखण्डको कंकालिनी मन्दिरनजिकै विपरीत दिशाबाट आउँदै गरेको ट्रकलाई साइट दिने क्रममा पल्टिएको थियो । बसमा सिट संख्याभन्दा दोब्बर यात्रु भएको र चालकले तीव्र गतिमा चलाएकाले अनियन्त्रित भई पल्टिएको प्रहरीको भनाइ रहेको छ ।
घटनाको जानकारी पाउनेबित्तिकै घटनास्थलमा पुगेको प्रहरी टोली र स्थानीयबासिन्दाहरू मिलेर घाइतेहरूको उद्धार गरी उपचारका लागि वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान तथा स्थानीय सगरमाथा अञ्चलअस्पताल राजविराज पुर्‍याएका छन् ।
घाइतेमध्ये अधिकांशको टाउको फुटेको प्रहरी नायबउपरीक्षक भरत प्रधानले जानकारी दिनुभयो । बस चालक पुण्यप्रसाद दाहाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृत्यु हुनेहरूमा सप्तरीका गाविस जण्डौल-६ निवासी ५८ वषर्ीय रेशमलाल चौधरी, सप्तरीको गाविस हर्दिया-६ निवासी ३५ वषर्ीय हेमराज खतिवडा, सप्तरीको गाविस प्रश्वनी इटहर्वा निवासी ५५ वषर्ीय टेकनारायण चौधरी, सिराहाको गाविस धनगढी-७ निवासी ३० वषर्ीय वरान्त परियार र एक जनाको सनाखत हुन बाँकीसहित पाँचजना रहेका प्रहरीले जनाएको छ ।
माओवादी कार्यकर्तालाई गोली हानी मारियो
दाङ, २२ माघ ः नेकपा माओवादीका एक कार्यकर्तालाई मंगलवार विहान दाङको फूलवारीमा गोली हानी हत्या गरिएको छ ।
माओवादी एरिया सदस्य केशव पाण्डे -जगत) लाई विहान १० बजे ४/५ जनाको हतियारधारी समूहले कब्जामा लिई सिमलखुटी र साझखुटीबीचको जंगलमा गोली हानी हत्या गरेको बताइएको छ । पाण्डेलाई क्रुर यातनापछि गोली हानी हात मुख बाँधेर गोली हानिएको माओवादीले जनाएको छ ।
धर्ना गाविस- ९ मन्नामे दाङ घर भएका एरिया सदस्य पाण्डेको शव सदरमुकाम घोराही ल्याउने र पोष्टमार्टम गरी बुधवार शवर्‍याली गरिने विधायक एवं माओवादी जिल्ला सह-इञ्चार्ज इन्द्रजीत थारुले बताउनुभयो ।
यसैबीच माओवादी जिल्ला सेक्रेटरी सँगरले प्रेस विज्ञप्ति जारी गरी उक्त हत्या संविधानसभा निर्वाचन भाँड्ने अभिप्रायले आपराधिक गिरोहद्वारा गरिएको भन्दै हत्याको घोर भत्र्सना गर्नुभएको छ ।
लामो समयदेखि पार्टीमा क्रियाशील कार्यकर्ताको हत्याले पार्टीलाई मर्माहत बनाएको उल्लेख गर्दै सेक्रेटरी सँगरले सोही विज्ञप्तिमार्फत मृतक पाण्डेलाई शहीद घोषणा गर्नुभएको छ ।
शोक सन्तप्त परिवाजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै विज्ञप्तिमा शोकलाई शक्तिमा बदल्दै अगाडि बढ्न परिपारजनलाई अनुरोध गरिएको छ । 'हत्यामा संलग्न अपराधीहरूको पार्टीद्वारा जुनसुकै हालतमा पनि बदला लिइ छाड्ने प्रतिबद्धता व्यक्त गर्दछु'- सेक्रेटरी सँगरद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
सिंगो मुलुक संविधानसभा निर्वाचनमा केन्दि्रत भइरहेको र त्यसको वातावरण पनि बन्दै गएको वर्तमान अवस्थामा संविधानसभा नचाहने त्यसका विरोधी दरवारीया अपराधिक गिरोह संविधानसभा भाड्ने गम्भीर षड्यन्त्रमा लाग्दै गएको जनाउँदै विज्ञप्तिमा जनतालाई आतंकित पारी संविधानसभा निर्वाचन भाँड्ने उद्देश्यले घटाइएको उक्त घटनामा संलग्न अपराधीहरूलाई कडा कारवाहीका लागि सरकारसँग अनुरोध गरिएको छ । विज्ञप्तिमा भनिएको छ- 'हत्याराहरूको खोजी गरी कारवाहीका लागि सहयोग गर्न प्रशासन, मानवअधिकारवादी, पत्रकार, नागरिक समाज एवं सम्पूर्ण जनसमुदायलाई पनि अनुरोध गर्दछु ।'

एमाले केन्द्रीय बैठक महाधिवेशन संविधानसभापछि
काठमाडौं, २२ माघ/ नेकपा -एमाले) केन्द्रीय कमिटीको वैठकले वर्तमान केन्द्रीय कमिटीको म्याद एकवर्ष थप गर्दै पार्टीको आठौं महाधिवेशन संविधानसभा निर्वाचनपछि गर्ने निर्णय गरेको छ ।
एमाले केन्द्रीय कमिटीको मंगलबारदेखि राजधानीमा सुरु वैठकले पार्टी महाधिवेशन संविधानसभा निर्वाचनपछि गर्ने महासचिव माधवकुमार नेपालको विशेष प्रस्ताव पारित गरेको हो । मुलुक संविधानसभा निर्वाचनमा होमिएकाले पार्टी महाधिवेशन चैत्र २८ गते हुने संविधानसभा निर्वाचनलगत्तै गर्ने प्रस्तावमा उल्लेख छ ।
बैठकमा महासचिव माधवकुमार नेपालले राजनीतिक र नेता झलनाथ खनालले संविधानसभा निर्वाचन घोषणापत्रको मस्यौदा पेस गर्नुभएको छ । महासचिव नेपालको प्रतिवेदनमा माओवादीको सरकारबाट बहिर्गमन र सरकारमा फिर्ता, दलहरूबीच भएको २३ बुँदे सहमति, सहमति कार्यान्वयनका चुनौतीलगायत विषय समेटिएको छ । त्यसैगरी प्रतिवेदनमा शान्तिप्रक्रियाको समीक्षा, संविधानसभा निर्वाचनको तयारी, संविधानसभा सम्पन्न गर्न एमालेले खेल्नुपर्ने भूमिकालगायत विषय समेटिएका छन् । महासचिवको प्रतिवेदनमाथि बुधबार पाँच वटा समूहमा सामूहिक छलफल हुनेछ ।
बैठकलाई सम्बोधन गर्दै महासचिव नेपालले पार्टीका सम्पूर्ण ध्यान संविधानसभा निर्वाचनमा केन्दि्रत गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले मधेस आन्दोलनका नाममा दरबारीयाको चलखेल बढिरहेको भए पनि उनीहरूको अभिष्ट कदापी पूरा नहुने बताउनुभयो ।
एमालेका वरिष्ठ नेता अमृतकुमार बोहोराकाअनुसार वैठकमा पार्टीको महाधिवेशन, राजनीतिक प्रतिवेदन, संविधानसभा निर्वाचनको घोषणापत्र, तराई समस्या अध्ययन कार्यदलको प्रतिवेदन, निर्वाचन परिचालनको योजनाका साथै ट्रेड युनियन र संगठन विभागका केही प्रस्ताव सम्बन्धमा छलफल हुनेछ ।
बैठक बुधबार बिहान ११ बजे पुनः बस्ने छ ।

यूटीएलमा हड्ताल
दयानिधि भट्ट
काठमाडौ, २२ माघ / युनाइटेड टेलिकम लिमिटेड -यूटीएल)मा कार्यरत १९५ जना कर्मचारी बुधबारदेखि अनिश्चितकालीन आम हड्तालमा उत्रने भएका छन् । सो कम्पनीमा १४० को हाराहारीमा कर्मचारी रहेकाछन् । आफ्ना मागहरूप्रति व्यवस्थापन पक्ष गम्भीर नभएको भन्दै उनीहरू हड्तालमा उत्रन लागेका हुन् ।
यसअघि माघ १६ गते त्यहाँ कार्यरत कर्मचारीले व्यवस्थापनसमक्ष आफूहरूले नियुक्तिपत्र पाउनुपर्ने, निवृत्तिभरण र उपदानको व्यवस्था हुनुपर्ने तथा श्रम ऐनले निर्धारण गरेअनुसारका सुविधा दिइनुपर्ने लगायतका माग राखेका थिए । माग पूरा गर्न उनीहरूले एक साताको अल्टिमेटम दिएका थिए ।
अल्टिमेटमको मिति गुज्रंदा समेत माग पूरा नभएपछि मंगलबार कर्मचारीहरूले आफ्ना माग पूरा नभएसम्म अनिश्चितकालीन हड्ताल गर्ने व्यहोराको पत्र व्यवस्थापनसमक्ष बुझाउन खोजेका थिए । तर व्यवस्थापनले त्यस्तो पत्र बुझ्न अस्वीकार गरेको थाहा भएको छ ।
पत्र बुझ्न इन्कार गरियो हामीले माग पूरा नभएसम्म काम नगर्ने मौखिक अडान राखेर फर्कियौं युनाइटेड टेलिकम वर्कर युनियनका अध्यक्ष सन्तोष रायमाझीले भने । त्यसअघि कालोपट्ट िबाँधेर काम गर्नेलगायतका संघर्षका कार्यक्रम गर्दैआएका कर्मचारीले मंगलबार ४ घण्टा पेनडाउन गरेका थिए ।
यसैबीच टेलिकमले आन्दोलनरत १९५ जना कर्मचारीलाई बुधबारदेखि कार्यालय नआउन भनेको छ । कामदार राख्ने ठेक्का पाएको कम्पनी जेएमटी एसोसिएटका ठेकेदार नुरध्वज जोशीले मौखिक रूपमा बिहीबारदेखि काममा नआउन भनेको युनाइटेड टेलिकम वर्कर युनियनका अध्यक्ष सन्तोष रायमाझीले बताए । आन्दोलन गर्ने जति सबैलाई नआउन भनेका छन् रायमाझीले भने । ग्त्ी ले भने ति कर्मचारीहरू जेएमटी एसोसिएट नामक कम्पनीसँग करारमा लिएकोले उनिहरूसँग आफ्नो कुनै पं्रत्यक्ष सम्वन्ध नभएको दावी गरेकेा छ । मंगलवार सूँझ एक विज्ञप्ति जारि गर्दै उसले त्यस्तो दावी गरेकेा हो । तर कर्मचारीहरूसँग भने ग्त्ी को परिचयपत्र छ । उनिहरू पनि आफ्नो सो ठेकेदार कम्पनीसँग कुनै सरोकार नरहेको दावी गर्छन् । वर्कर यूनियनका अध्यक्ष सन्तोष रायमाझी आफूहरू ग्त्ी कर्मचारी भएको बताउँन् ।
कर्मचारी हड्ताल सँगै यूटीएलको ग्राहक सेवा पूर्णत प्रभावित हुने भएको छ । यूटीएलले नेपालमा सन् २००९ सेप्टेम्बरदेखि आफ्नो सेवा प्रारम्भ गरेको हो ।
यूटीएलमा भारतीय टेलिकम कम्पनीहरू भी.एस.एन.एन.एम.टी.एन.एल.टी.सी.आइ.एल.को ८० प्रतिशत तथा नेपाली कम्पनी एन.भी.पी.एल.को २० प्रतिशत लगानी रहेको छ । ग्त्ी विदेशी लगानीमा सञ्चालीत एक मात्र टेलीकम कम्पनी हो ।

'सबै चुनौतीसँग जुधेर चुनाव गर्नुपर्छ'
काठमाडौं, २२ माघ/ नेकपा -माओवादी) का वरिष्ठ नेता डा.बाबुराम भट्टराईले संविधानसभा चुनावका लागि आइपर्ने हरेक चुनौतीको सामना गरेर पनि चुनाव सफल बनाउनुपर्ने बताउनुभएको छ ।
मंगलबार गोरखा-काठमाडौ गणतान्त्रिक मञ्चको आयोजनामा भक्ति लामिछानेद्वारा लिखित 'नेपालमा किसान आन्दोलनको समस्या र समाधान' नामक पुस्तक विमोचनमा बोल्दै सो कुरा बताउनुभएको हो ।
उहाँले चुनाव भाँड्न देशी/विदेशी तत्त्वहरू सक्रिय रहेको बताउँदै चुनाव नभए विकल्पका रूपमा आन्दोलन गर्ने र आन्दोलनको उपलब्धिलाई संस्थागत गर्ने बताउनुभयो । संविधानसभा चुनाव संसदीय चुनावजस्तो नभएर देश र जनताको भाग्य निर्माण गर्ने चुनाव भएकाले वामपन्थी र गणतन्त्रवादीको मोर्चा बनाएर जानुपर्ने उहाँको धारणा थियो ।
किसान नेता लामिछानेद्वारा लिखित उक्त किताब नेपालको किसान आन्दोलनको महत्त्वपूर्ण दस्तावेज भएको बताउँदै वरिष्ठ नेता भट्टराईले कृषिलाई व्यावसायिक र औधोगिकीकरण गर्नुपर्छ भन्नुभयो ।
किसानहरूलाई जग्गा उपलब्ध गराउन क्रान्तिकारी भूमिसुधार लागू गर्नुपर्ने बताउँदै उहाँले सोका लागि एक समिति बनाएर अन्यायपूर्ण रूपले कब्जा गरिएको जग्गा फिर्ता गर्न आफ्नो पार्टी तयार रहेको स्पष्ट पार्नुभयो ।
सोही कार्यक्रममा अखिल नेपाल किसान महासंघका उपाध्यक्ष धर्मदत्त देवकोटा, क्रान्तिकारी किसान संघका केन्द्रीय कोक्षाध्यक्ष लिला सापकोटा, मानवअधिकारकर्मी विष्णुपुकार श्रेष्ठ र गोरखा-काठमाडांै गणतान्त्रिक मञ्चका उपाध्यक्ष इन्द्र पोखरेललगायतले बोल्नुभएको थियो ।

टेलिकमको सेवालाई दोब्बर बनाउन मन्त्री महराको निर्देशन
काठमाडौं, २२ माघ/ सूचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महराले स्रोत र साधनले भ्याएसम्म ढिलो नगरी टेलिकमका सेवालाई दोब्बर बनाउन निर्देशन गर्नुभएको छ । नेपाल टेलिकमको चौथो वाषिर्कोत्सव उद्घाटनका क्रममा समग्र कर्मचारी तथा ग्राहकवर्गमा शुभकामना व्यक्त गर्दै उहाँले मंगलबार उक्त निर्देशन गर्नुभएको हो । बनेका योजनालाई छिटो र छरितो रुपमा जनतासमक्ष लान्सके टेलिकमप्रति जनतासँगको विश्वास बढ्ने बताउँदै उहाँले भन्नुभयो, 'जनताले टेलिकममाथि माया गरेका छन् भन्ने महसुस हुनुपर्छ ।'
शेयर बिक्रीका सम्बन्धमा विभिन्न कुरा बाहिर आएको बताउँदै उहाँले दूरसञ्चारमा जनताको पहुँच पुर्‍याउनु नै शेयर बिक्रीको उद्देश्य रहेको प्रष्ट पार्नुभयो ।
टेलिकमको मूल उद्देश्य भनेको आर्थिकरूपले राष्ट्रलाई सहयोग पुर्‍याउँदै जनताको माग पूरा गर्नु नै हो भन्दै मन्त्री महराले 'घरघरमा इन्टरनेट र हातहातमा मोबाइल' भन्ने नीतिलाई ध्यानमा राखेर काम गर्नुपर्नमा जोड दिनुभयो ।
आन्तरिकरूपमा कम्पनी परिवारलाई एकीकृत गर्नुपर्नेतर्फ संकेत गर्दै उहाँले भन्नुभयो, 'टेलिकमले ढुक्क भएर बस्ने स्थिति छैन, आन्तरिक र बाहृय चुनौती अझ विद्यमान छ ।'
सूचना मानिसको मौलिक आधारभूत आवश्यकताको परिभाक्षामा परिसकेको छ भन्दै मानिसको मौलिक आधारभूत मागलाई सबै पक्षले ध्यान दिनुपर्छ भन्नुभयो । भावी रणनीतिलाई ठीक ढंगले अगाडि बढाउनसके सकारात्मक सम्भावना थुप्रै रहेको उल्लेखगर्दै मन्त्री महराले भन्नुभयो, 'अहिलेको विकास आँकडाले सकारात्मक दिशा निर्देशन गरेको देखाउँछ ।'
सो समारोहमा नेपाल टेलिकमका प्रबन्धक निर्देशक सुगतरत्न कंसाकारले आगामी योजनामा मुलुककै सबभन्दा कठिन भौगोलिक स्थिति भएका एकसय गाउँ विकास समितिमा इन्टरनेट चलाउने लक्ष्य रहेको छ भन्नुभयो । गुणस्तरको क्षेत्रमा आगामी तीनदेखि पाँचमहिनाभित्रमा टेलिकमले ठूलो फड्को मार्ने उल्लेख गर्दै उहाँले २१ लाखबाट ७५ लाख ग्राहक संख्या बढाउने लक्ष्य रहेको जानकारी पनि गराउनुभयो ।
उक्त समारोहमा कर्मचारीका तर्फबाट सञ्चालक कुमारजंग कार्कीले टेलिकमका प्रत्येक कर्मचारीले संस्थाको विकासका लागि प्रतिबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभयो । समारोहमा सञ्चारमन्त्री कृष्णबहादुर महराले २५ वर्ष पूरा गरेका कर्मचारीलाई दीर्घ सेवा पदक तथा कदरपत्र प्रदान गर्नुभएको थियो । त्यस्तै सञ्चार मन्त्रालयका सचिव युवराज पाण्डेद्वारा विभिन्न अतिरिक्त क्रियाकलापका विजेतालाई प्रमाणपत्र तथा पुरस्कार वितरण गर्नुभएको थियो ।

'संविधानसभा नचाहनेहरु चुनाव भाँड्न सक्रिय'
चितवन, २२ माघ/ संविधानसभा निर्वाचन नचाहनेहरू नै संविधानसभा निर्वाचन भाँड्न तराईमा सकृय रहेको वन तथा भू संरक्षण मन्त्री मात्रिका प्रसाद यादवले मंगलवार चितवनमा बताउनुभयो ।
क्रान्तिकारी पत्रकार संघ चितवनद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा पत्रकारहरूका जिज्ञासाको जवाफ दिादै यादवले पहिला तराईका जायज माग सम्बोधन गर्नुपर्ने र त्यसपछी पनि आतंक मच्चाउनेलाई कानुनी कारवाही गर्नुपर्ने बताउनुभयो । मन्त्री यादवले सरकारको नेतृत्व गरेकाहरूबाटै संविधान सभा विरोधी काम कारवाही भैरहेका छन् भन्दै दरवारीया प्रतिगामी, दल भित्रका दरवारीया र विदेशी शक्तिहरूबाट संविधान सभा निर्वाचन हुन नदिने खतरा रहेको छ भन्दै त्यसको विरुद्धमा सम्पूर्ण जनता एक हुनुपर्ने बताउनुभयो ।
मन्त्री यादवले तराईमा देखीएका हत्या आतंकले संविधान सभा निर्वाचन भाँड्न नसक्ने बताउँदै तराईका सारा जनता संविधान सभा निर्वाचनको प्रतिक्षामा रहेको बताउनुभयो ।
यादवले भन्नुभयो, आतंक छोडेर वार्ताको टेबुलमा आउ, सरकार बार्ताकै टेबुलबाट तराईका जायज माग पूरागर्न तयार छ ।
मन्त्री यादवले संविधानसभा निर्वाचनको कुनै विकल्प छैन भन्दै सातदलको एकताले मात्र संविधान सभा निर्वाचन सफल हुने पनि बताउनुभयो । सो अवसरमा नेकपा माओवादी आफनो सम्पुर्ण शक्तिका साथ निर्वाचनमा होमिइसकेको बताउँदै माओवादी माथि शंका गरेर संविधान सभा निर्वाचनबाट कोही कसैलाई नभाग्न आग्रह गर्नुभयो ।
मन्त्री यादवले संविधान सभा निर्वाचनमा सेना परिचालन गरिए त्यो देशका लागि दुर्भाग्य हुने बताउनुभयो । वहाँले भन्नुभयो, हामी सेना परिचालनको पक्षमा छैनौं, सेना त आन्तरिक मामिलामा सेना परिचालन गर्न सकिदैन, सेना त सहमतिका आधारमा राष्ट्रिय सुरक्षामा मात्र प्रयोग गर्न सकिन्छ ।
मन्त्री यादवले निकुञ्जको मौजुदा सुरक्षा प्रणालीबाट वन र वन्य जन्तुको संरक्षण हुन नसक्ने बताउँदै त्यसलाई समयानुकुल परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । तस्कर र माफीयाहरूलाई निरुत्साहीत पार्न वन मन्त्रालय विशेष योजनाका साथ परिचालित भएको छ भन्दै यादवले छिट्टै उपलब्धी हासील गर्ने पनि बताउनुभयो ।
मन्त्री यादवले विगत देखि नै निकुञ्ज र आरक्षणका स्रोत साधनको व्यापक प्रयोगगरि दरवार र उसका आसे पासेहरूले दुरुपयोग गरिरहेको र त्यो अब पूर्ण रुपमा रोकिने बताउनुभयो । उहाँले भन्नुभयो राजा ज्ञानेन्द्र र पारसले प्रकृति संरक्षण कोषको करोडौं मूल्यका सवारी साधन तथा भौतिक स्रोत साधन फिर्ता गरेका छैनन्, तत्काल फिर्ता नगरे बल प्रयोग गरेरै भएपनि मन्त्रालयले स्रोत साधन फिर्ता लिइ छाड्ने बताउनुभयो ।
मन्त्री यादवले चितवन राष्ट्रिय निकुञ्जका कारण माडि वासीले ठुलो समस्या झेल्नु परेकोमा निर्वाध सवारी साधनको आवात जावन र विद्युतिकरणको लागी छिट्टै पहल थालिने बताउनुभयो । देशभरका निकुञ्जका वार्डेनहरूको माडिमा भएको सम्मेलनको उद्घाटन गर्न मन्त्री यादव सोमबार चितवन आउनुभएको थियो ।

तालमेल भए दुईतिहाइ प्रचण्ड
तुलसीपुर, २० माघ/ नेकपा -माओवादी)का अध्यक्ष प्रचण्डले राष्ट्रियता र गणतन्त्र पक्षधर शक्तिहरूसँग तालमेल गर्ने पार्टीको नीति रहेको उल्लेख गर्दै एमालेसहितका वामदलहरूबीच तालमेल भएमा आगामी संविधानसभा निर्वाचनमा दुईतिहाइभन्दा बढी स्थानमा विजय हासिल गर्ने बताउनुभएको छ ।
क्रान्तिकारी पत्रकार संघ दाङले आइतबार तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले समानधारणा भएका दलहरूसँग निर्वाचनअगावै पार्टी एकता गर्ने र एमालेलगायतका दलहरूसँग तालमेल गरेर जाने बताउनुभयो ।
उहाँले अहिलेसम्म नेकपा २००६, मालेमा केन्द्र, गणतान्त्रिक मञ्चलगायत ४/५ वटा वामपार्टी र समूहसँग एकता गरेको उल्लेख गर्दै नेकपा -एकताकेन्द्र-मसाल)सँग र नेकपा -एकीकृत)सँग पनि एकताका लागि कुरा चलिरहेको जानकारी दिनुभयो । 'यसरी तालमेल भयो भने लेफ्ट -वामपन्थी)हरूका पक्षमा दुईतिहाइभन्दा पनि बढी मत प्राप्त हुनेछ' उहाँको भनाइ थियो ।
उहाँले मधेसमा देखिएको समस्या समाधान गर्न मधेसी जनता नै सक्षम भएको बताउँदै सेना परिचालन गर्न खोजिए त्यसले झन् समस्या बल्झाउने बताउनुभयो । उहाँले भन्नुभयो, 'मधेसमा सेना परिचालन गर्नुहुन्न । मधेसमा देखिएको समस्या समाधान गर्न मधेसी जनता नै सक्षम छन्, सेना परिचालन गर्न खोज्नु मूर्खता हुनजान्छ ।'
एकवर्षयता मधेसले उठाएका धेरै माग पूरा भएको र बाँकी माग संविधानसभाबाट पूरा हुने धारणा राख्दै अध्यक्ष प्रचण्डले अहिले केही प्रतिगामी र केही विदेशी तत्त्वहरूले भड्काउन खोजेका भए पनि मधेसका अधिकांश जनता संविधानसभाको पक्षमा रहेको बताउनुभयो । 'मधेसी जनता अब भ्रममा छैनन् तर पनि मधेसलाई बहाना बनाएर सामन्ती निरंकुशतावादी र विदेशी तत्त्वहरूले खेल्न खोजेका छन्' उहाँले थप्नुभयो, 'सेना होइन, बरु सात दलले जनपरिचालन गर्नुपर्छ, त्यसलाई मधेसी जनताले साथ दिनेछन् ।'
सेना परिचालन गर्न खोजियो भने त्यसले समग्र शान्तिसम्झौता र अन्तरिम संविधानलाई समेत असर पार्ने उल्लेख गर्दै उहाँले विभिन्न नेताहरूको सेना परिचालन गर्नुपर्छ भन्ने अभिव्यक्ति गैरजिम्मेवार भएको टिप्पणी गर्नुभयो ।
सबै दल संविधानसभा निर्वाचनमा लागिसकेको र माओवादी पनि पूर्ण शक्तिका साथ निर्वाचनमा होमिन थालेको जानकारी दिादै अध्यक्ष प्रचण्डले कसैले निर्वाचन भाँड्न खोजे त्यसलाई 'खरानी' पार्ने तयारी पनि पार्टीले गरिरहेको खुलासा गर्नुभयो । 'हामीलाई विश्वास छ, सजिलै संविधानसभा हुनेछ । तर कसैले संविधानसभा रोक्न र भाँड्न खोज्यो भने आन्दोलनबाट पूरै सत्ता कब्जा गरेर भए पनि संविधानसभा गराउँछौं' उहाँले भन्नुभयो ।
निलम्बित राजा ज्ञानेन्द्रले हालै एक साप्ताहिकलाई दिएको अन्तर्वार्ताबारे पत्रकारहरूले राखेको जिज्ञासामा अध्यक्ष प्रचण्डले भन्नुभयो, 'अन्तरिम संविधानको तेस्रो संशोधनसँगै राजतन्त्रको वैधानिकता समाप्त भएको छ । अब राजा ज्ञानेन्द्र होइन, ज्ञानेन्द्र शाह मात्रै हो । उनको त्यो अन्तर्वार्ता अन्तिम बर्बराहट हो ।' उनी नेपाली जनतासामु माफी मागेर नागरिक हुन चाहन्छन् भने जनताले माफी दिन सक्ने उहाँको भनाइ थियो ।
जग्गा, जमिन फिर्ताको प्रसंगमा बोल्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, 'हिजो नै गृहमन्त्री र कांग्रेसका केही नेता आउने र हामीसँगै बसेर फिर्ता गर्ने कुरा भएको थियो, अन्य कामले होला आउनुभएन । सबै जग्गा एकैसाथ फिर्ता हुन्छ तर अब गठन हुने भूमिसुधार आयोगले अन्तिम सुझाव नदिादासम्म जमिन्दारले जग्गा बेच्न र लगाइरहेका किसानलाई जग्गा जोत्नबाट बञ्चित गर्न पाइादैन ।' हेर्दा माओवादी र कांग्रेसको जस्तो समस्या देखिए पनि जग्गासम्बन्धी समस्या जमिन्दार र किसानको समस्या भएकाले राज्यले वैज्ञानिक भूमिसुधार लागू गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रम सञ्चालन क्रान्तिकारी पत्रकार संघ दाङका अध्यक्ष पुरन शर्माले गर्नुभएको थियो ।
राजधानी र्फकने क्रममा आइतबारै अध्यक्ष प्रचण्डले नेपालगन्ज विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै संविधानसभाको निर्वाचन नजिकिादै आएपछि चुनावप्रति जनताको उत्साह बढ्दै गएको बताउनुभयो । अध्यक्ष प्रचण्डले राजतन्त्रको अन्त्य नचाहने र चुनावबाट घाटा ठान्नेहरू चुनाव बिथोल्न लागिपरेको बताउँदै त्यस्ता तत्त्वलाई जनताले नै पाखा लगाउने छन् भन्नुभयो ।
मधेसले मागेको सङ्घीय राज्यप्रणाली, निर्वाचन क्षेत्र बढाउने र नागरिकताको माग पूरा भइसकेको बताउँदै संविधानसभाले मात्र दिन सक्ने माग संविधानसभाको निर्वाचनपछि पूरा हुने स्पष्ट पार्नुभयो ।
पत्रकारहरूद्वारा सोधिएको एक प्रश्नको जवाफमा अध्यक्ष प्रचण्डले माओवादीहरू जनमतमा विश्वास गर्दैनन् भन्ने केही दलका नेताको भनाइ पाखण्डपूर्ण भएको बताउँदै त्यस्तो अभिव्यक्ति दिनेहरू प्रतिगमनकारीका मतियार मात्र हुन सक्छन् भन्नुभयो ।
तुलसीपुर क्षेत्रको विकाससम्बन्धी मागपत्र पेस ः माओवादीका अध्यक्ष प्रचण्डसमक्ष आइतबार तुलसीपुर उद्योग वाणिज्य संघले तुलसीपुर क्षेत्रको विकाससम्बन्धी १३ बुँदे मागपत्र बुझाएको छ ।
आफ्नै कार्यालयमा अध्यक्ष प्रचण्डलाई स्वागत गर्दै संघका अध्यक्ष दीपेन्द्रकुमार खत्रीले मागपत्र पेस गर्नुभएको हो । मागपत्रमा तुलसीपुरमा अञ्चलअस्पताल शीघ्र निर्माण गरिनुपर्ने, राप्ती राजमार्गलाई कालोपत्रे गरिनुपर्ने, तुलसीपुर-सुर्खेत सडक कालोपत्रे गरिनुपर्नेलगायतका मागहरू रहेका छन् ।
मागपत्र बुझाउँदै तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष दीपेन्द्रकुमार खत्रीले विकासका धेरै सम्भावना बोेकेको तुलसीपुर क्षेत्रमा अहिलेसम्म दलहरूको वेवास्ताका कारण विकास हुन नसकेको धारणा राख्नुभयो ।
सो क्रममा उद्योगी-व्यावसायीहरूलाई सम्बोधन गर्दै माओवादी अध्यक्ष प्रचण्डले राजनीतिक क्रान्ति सम्पन्न हुन थालेको उल्लेख गर्दै अब आर्थिक क्रान्तिमा जोड दिनुपर्ने धारणा राख्नुभयो । संविधानसभाले राजनीतिक क्रान्तिलाई संस्थागत गर्ने भएकाले आफ्नो पार्टी संविधानसभाको निर्वाचनमा जुटिरहेको उल्लेख गर्दै उहाँले त्यसलाई सफल पार्न उद्योगी-व्यावसायीहरूको सहयोग चाहिने बताउनुभयो ।
आफूहरू नयाँ नेपाल निर्माणका लागि नयाँ सोच र नयाँ विचारसहित अघि बढेको उल्लेख गर्दै उहाँले हातेमालो गर्न सबै व्यवसायीहरूलाई अनुरोध गर्नुभयो ।
मध्यपश्चिमलाई पार्टीले आधारक्षेत्र मानेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले दाङको तुलसीपुर सबैभन्दा उपयुक्त भएको धारणासमेत राख्नुभयो । सो अवसरमा उहाँले आर्थिक क्रान्तिका लागि राष्ट्रिय पूँजीपतिहरूको संरक्षण गर्दै दलाल पूँजीपतिहरूको विरोध गर्ने पार्टी नीति रहेको पनि स्पष्ट पार्नुभयो ।
सो अवसरमा संघका अध्यक्ष दीपेन्द्रकुमार खत्रीले अध्यक्ष प्रचण्डलाई मायाको चिनोस्वरूप डाँफे खुकुरी उपहार प्रदान गर्नुभएको थियो ।

टेलिकमका प्रत्येक ग्राहकलाई २० कित्ता शेयर
एसपी शर्मा

काठमाडौं २० माघ/ सरकारले नेपाल टेलिकमको शेयर वितरणप्रक्रियामा केही खुकुलो नीति तय गर्दै टेलिकममा धरौटी राखी फोन लिएका प्रत्येक ग्राहकलाई २० कित्ता शेयर दिने निर्णय गरेको छ । यो सुविधा टेलिकमको ल्याण्डलाइन र पोष्टपेड मोबाइल फोन प्रयोगकर्ताले मात्र पाउने छन् ।
यसअघि अर्थ मन्त्रालयले गरेको नेपाल टेलिकमको शेयर निस्कासनमा विभेद रहेको तथा सर्वसाधारणका लागि न्यूनतम शेयर संख्या अधिक तोकिएको जस्ता जनगुनासो बढेपछि सञ्चारमन्त्री कृष्णबहादुर महराको मन्त्रीस्तरीय निर्णयबाट टेलिकमको शेयर वितरणप्रक्रियामा केही परिवर्तन गर्न निर्देशन दिइएको बताइएको छ ।
व्यवस्थापिका-संसद् अर्थसमितिको आइतबार बसेको बैठकमा सञ्चारमन्त्रालयका सचिव युवराज पाण्डेले सर्वसाधारणका लागि यसअघि तोकिएको न्यूनतम एक सय कित्ता अनिवार्य लिनुपर्ने प्रावधानलाई परिवर्तन गरी १० कित्ता र अधिकतम ५ हजार कित्ता शेयर लिन सकिने व्यवस्थालाई घटाइ १ हजारमा सीमित गरिएको जानकारी दिनुभयो ।
हाल टेलिकमका करिब ५ लाख ल्याण्डलाइन र ९० हजार पोष्टपेड मोबाइल फोन प्रयोगकर्ता छन् । ग्राहकले राखेको ५ हजार धरौटीलाई शेयरमा बदल्नुपर्ने जनआवाज उठेपछि यस्तो निर्णयमा पुगिएको हो ।
स्रोतका अनुसार सञ्चारमन्त्रालयको पहलपछि नयाँ व्यवस्था गर्न लागिएको हो । अब टेलिकमका पूर्व कर्मचारीले पनि बहालवाला कर्मचारीसरह नै शेयर लिन पाउने व्यवस्था गरिएको छ ।
यसअघि अर्थमन्त्रालयको पहलमा सरकारी स्वामित्वको नेपाल टेलिकमको १५ प्रतिशत शेयर निश्कासन गरी कर्मचारीलाई ५ प्रतिशत र सर्वसाधारणलाई १० प्रतिशत वितरण गर्ने निर्णय भएको थियो । जसअनुसार ९० रुपैयाँ अंकित ७५ लाख कित्ता शेयर कर्मचारीहरूलाई र लिलाम बढाबढमा ६ सय रुपैयाँ अंकित १ करोड ५० लाख कित्ता शेयर सर्वसाधारणका लागि निश्कासनप्रक्रिया सुरु भइसकेको छ । तर यसप्रकारको विभेद र अवैज्ञानिक निर्णयप्रति सञ्चारमन्त्री कृष्णबहादुर महराले असहमति जनाएको बुझिएको छ ।
टेलिकमका कर्मचारीलाई प्रतिशेयर ९० रुपैयाँ र सर्वसाधारणलाई ६ सय रुपैयाँमा बढाबढमा तोकिएको बारेमा आइतबारको अर्थसमिति बैठकमा सांसदहरूले उठाएका प्रश्नमा अधिकारीहरूले प्रस्ट जवाफ दिन सकेका थिएनन् ।

नेविसंघ र एमाले अखिलद्वारा क्रान्तिकारी विद्यार्थी नेताहरु अपहृत
नुवाकोट, २० माघ
नेपाल विद्यार्थी संघ र एमाले निकट अखिलका कार्यकर्ताहरूले अखिल क्रान्तिकारी नुवाकोट जिल्ला अध्यक्ष सुशीला थापा, नुवाकोट आदर्श बहुमुखी क्याम्पस इकाई अध्यक्ष राजु मगराती र इकाई सदस्य प्रमोद अधिकारीलाई नाटकीय शैलीमा तीनघण्टा अपहरण गरी झोला, मोबाइल लुटेका छन् । क्रान्तिकारी कार्यकर्ताहरू अपहरणमुक्त भएलगत्तै प्रहरीले गिरफ्तार गरेको छ ।
नेविसंघका रसुवा जिल्ला अध्यक्ष शशि अधिकारीलगायत रामेश्वर अर्याल, दीपेन्द्र पौडेल र एमाले निकट अखिल तथा क्याम्पस स्ववियू सभापति नवीन प्रधान, उपसभापति रमेश प्रधानलगायतले आइतबार बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उनीहरूलाई अपहरण गरेका हुन् ।
नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीले शुल्क कटौती, क्याम्पसलाई आङ्गिक बनाइनुपर्ने र क्याम्पस सञ्चालक समितिले गरेको अनियमितताको छानबिन तथा नियन्त्रणका माग राखी दुई महिनादेखि क्याम्पस प्रशासन कार्यालय, परीक्षा शाखा र लेखा शाखामा तालाबन्दी गरेको थियो ।
क्रान्तिकारीको मागलाई बेवास्ता गर्दै क्याम्पस प्रशासनको योजनामा नेविसंघ र एमाले निकट अखिलका गुण्डाहरूले आइतबार बिहान ७ बजे ताला फोरेका थिए । क्रान्तिकारीलाई छलफल नगरी किन ताला फोरेको भनेर सोध्दा उनीहरूमाथि नै आक्रमण भएको थियो ।
आक्रमणको प्रतिकार गर्दा दोहोरो झडप भएको र झडपका क्रममा लेखा शाखा र परीक्षा शाखामा तोडफोड भएको छ ।
क्रान्तिकारी विद्यार्थीहरूलाई अपहरणमुक