जनदिशा दैनिक

जनादेश साप्ताहिक

The Red Star

सश्लेषण मासिक

 

प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ : डा.भट्टराई

जनदिशा संवाददाता

काठमाडौं, २८ वैशाख

माओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासामु पदबाट राजीनामा दिएर संविधानसभा निर्वाचनमा नयाँ जनादेश पाएको माओवादीलाई तत्काल सरकारको नेतृत्व छोड्नुको विकल्प नभएको बताउनुभएको छ ।

गणतान्त्रिक मञ्च समन्वय समितिद्वारा शनिबार काठमाडौंमा आयोजित तमुवान राज्य समितिका संविधानसभाका निर्वाचित नयाँ सभासद्हरूको सम्मान कार्यक्रममा नेता भट्टराईले सो कुरा बताउनुभएको हो ।

'प्रधानमन्त्री कोइरालाले पदबाट राजिनामा दिएर कामचलाउ सरकारमा रूपान्तरण गरी जनताबाट प्राप्त आदेशअनुसार नयाँ सरकार बनाउने मार्ग प्रसस्त गरुन् यसमा नै हित हुन्छ’ डा. भट्टराईले बताउनुभयो । 'निर्वाचनमा पराजित भएकाहरू कुतर्क गर्दै कुर्सीमा टाासिरहन खोज्नेहरूलाई खबरदारी गर्दै भट्टराईले भन्नुभयो, 'यहाँ बर्माको जस्तो जनमत कुल्चने प्रयास नहोस्, त्यसो भयो भने जनताले छाड्ने छैनन्’

देशलाई सहज रूपमा अगाडि बढाउन प्रधानमन्त्रीले कुर्सी नछोडेमा र राजाले दरबार नछाडे जनआन्दोलनको आँधीबेहरी सिर्जना गर्ने चेतावनी पनि भट्टराईले दिनुभयो ।

'गिरिजाले कुर्सी छोडेनन् र ज्ञानेन्द्रले दरबार छोडेनन् भने लाखौं जनता सडकमा उतारेर आँधीबेहरी सृष्टि गर्नेछौं, त्यो आँधीबेहरीले गिरिजा र ज्ञानेन्द्र कसैलाई पनि छाड्ने छैन’ उहाँले भन्नुभयो । माओवादीले कोइरालालाई राष्ट्रपतिको प्रस्ताव गरेको भन्ने गोयबल्स शैलीमा हल्ला गर्नु जनमतविरुद्ध षड्यन्त्र गर्नु हो भन्दै भट्टराईले भन्नुभयो, 'न ज्ञानेन्द्रलाई रिझाउँछौ न त गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति नै बनाउँछौं’

उहाँले सरकारको नेतृत्व माओवादीले नै गर्ने र पहिलो राष्ट्रपति माओवादी अध्यक्ष प्रचण्ड नै हुने स्पष्टसमेत पार्नुभयो । वरिष्ठ नेता भट्टराईले जनसेना तथा वाईसीएलबारे कुर्तक गरेर देशलाई पुन प्रतिगमनतिर फर्काउन खोजेको बताउनुभयो ।

कार्यक्रममा स्थानीय विकासमन्त्री देव गुरुङले नयाँ सरकारको नेतृत्वको विषयमा छलफल नै हुन नसक्ने बताए । 'अब नयाँ सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा छलफल नै हुँदैन, खाली मन्त्रालय बाँडफाँडको विषयमा मात्र कुरा हुन्छ, मन्त्री गुरुङले भन्नुभयो । उहाँले सरकारको नेतृत्वको विषयमा अवरोध गरिए माओवादी अन्तरिम मन्त्रीपरिष्दबाट अलग्गिएर सडक संघर्षमा उत्रने चेतावनी दिनुभयो ।

जनताले माओवादीलाई ठूलो दल बनाइसकेकाले मन्त्रीमण्डलको भागबण्डा र सरकार सञ्चालनको न्यूनतम साझा एजेन्डामा मात्र छलफल हुने गुरुङको भनाइ थियो । 'जनताले माओवादीलाई सरकारको नेतृत्व गर्ने स्पष्ट म्यान्डेट दिएका छन् यस्तो अवस्थामा सरकारको नेतृत्वका विषयमा छलफल गरेर केही हुनेवाला छैन । उहाँले भन्नुभयो ।

नेता गुरुङले अहिलेको अन्तरिम सरकारको तीनवटा मात्र काम भएको बताउनुभयो । 'अहिलेको सरकारको २६ जना सभासद्को मनोनयन गर्ने, संविधानसभा बैठकको व्यवस्थापन र प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्ले गणतन्त्र कार्यान्वयनको प्रस्ताव गर्ने काम मात्र बाँकी छ, त्यसपछि माओवादीको नेतृत्वमा नयाँ सरकार आउँछ र मुलुक नयाँ संविधान निर्माणतिर लाग्छ उहाँको भनाइ थियो ।

कार्यक्रममा तमुवान क्षेत्रका संविधानसभामा प्रत्यक्ष र समानुपातिकतर्फबाट निर्वाचित २१ जना सभासद्हरूलाई अभिनन्दिन गरिएको थियो ।

यसैगरी माओवादी वरिष्ठ नेता डा. बाबुराम भट्टराईले नेपालको आर्थिक विकासका लागि भारतसंँगको खुला सिमाना बन्द गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल उद्योग परिसंघ र नेपाल युवा उद्यमी मञ्चले संयुक्त रूपमा शनिबार काठमाडौंमा आयोजना गरेको अन्तक्रिर्या कार्यक्रममा वरिष्ठ नेता भट्टराईले सो कुरा बताउनुभएको हो । 'भारतसंगको खुला सिमानाका कारण नेपालले स्वतन्त्र आर्थिक नीति बनाउन सकेको छैन्, त्यसकारण खुला सिमाना बन्द गर्नुपर्छ डा. भट्टराईले भन्नुभयो । उहाँले अब नेपाल मुलुक संघात्मक ढाँचामा जाने भएकाले खुला सिमानाले संघीय संरचनालाई अझ असर गर्ने बताउनुभयो ।

संघीय संरचनामा गएपछि दोहोरो भन्सार नउठाइने स्पष्ट पार्दै वरिष्ठ नेता भट्टराईले ठूला परियोजना र पर्यटन क्षेत्रको विकासमा केन्द्रको हात हुने तर साना तथा लघु उद्यमको विकासको जिम्मा संघीय सरकार र स्थानीय सरकारले गर्ने बताउनुभयो ।

कृषिको विकास बिना देशको विकास नहुने बताउँदै उहाँले तराईमा व्यावसायिक कृषिको विकासलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने र पहाडी क्षेत्रमा फिनल्यान्डको मोडेलअनुसार बन पैदावरको विकास गर्नुपर्ने बताउनुभयो ।

वरिष्ठ नेता डा भट्टराईले सरकारमा गएपछि वाईसीएलको नेतृत्वमा विकास निर्माणका कामहरू सुरु गरिने बताउनुभयो । 'माओवादीले देशका सबै युवा शक्तिलाई देश विकासको कार्यमा सहभागी गराउने योजना बनाइरहेको छ, सरकारमा गएपछि वाईसीएलको नेतृत्वमा सबै युवाहरूलाई विकास निर्माणको कार्यमा परिचालन गरिनेछ डा. भट्टराईले भन्नुभयो ।

सो अवसरमा नेपाल उद्यमी मञ्चका अध्यक्ष सौरभ ज्योतिले अबको आर्थिक नीतिमा युवा उद्यमीलाई प्रोत्साहन गर्न माओवादीसंग आग्रह गर्नुभएको थियो । कार्यक्रममा नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चका अध्यक्ष आनन्द बगरियाले देशको आर्थिक विकासका लागि छोटो अवधि र लामो अवधिको आर्थिक योजनाहरूको निर्माण गर्नुपर्ने बताउनुभयो ।

संविधानसभा चुनावका
लागि नेपाल कम्युनिष्ट पार्टी
(माओवादी)को प्रतिबद्धता-पत्र

वर्ड फाइल

पीडीएफ फाइल

Links

www.cpnm.org

Maoist Information

Bulletin

www.awtw.org

www.rwor.org

www.wprm.org

 

Nepali Font 

 

For Comments and Feedback- krishnasenonline

@yahoo.com

 

 

© All rights reserved with Krishnasen Memorial Publication Pvt. Ltd