जनदिशा दैनिक

जनादेश साप्ताहिक

The Red Star

सश्लेषण मासिक

 

पूर्वाञ्चलमा आदिवासी जनजातिले कांग्रेस भित्र विद्रोह गर्ने

- सरिता राई

धनकुटा २८ बैशाख/आदिवासी जनजातिहरुलाई नेपाली कांग्रेसले उपेक्षा गरी संविधानसभा सदस्यमा सहभागिता नगराएको भन्दै पूर्वाञ्चलका आदिवासी जनजातिहरुले अव पनि मन्त्रिपरिषदले निर्णय गरी संविधानसभामा प्रतिनिधि पठाउँदा र अन्तरीम सरकारमा आदिवासी जनजातिहरुको उचित प्रतिनिधित्व नगराएमा पार्टी भित्र विद्रोह हुन सक्ने शनिवार पूर्वाञ्चलमा बृहत भेला गरी चेतावानी दिएका छन् ।

नेपाली कांग्रेसले योग्यता र क्षमताको अवमुल्यन गर्दै आदिवासी जनजाति नेताहरुलाई संविधानसभा सदस्यमा प्रतिनिधित्व नगराएकोमा पूर्वाञ्चलका आदिवासीहरुले तिब्र असन्तोष व्यक्त गर्दै विद्रोहको उक्त चेतावनी दिएका हुन् ।

राष्ट्रिय जनजाति विकास समितिका पूर्व कार्यकारी निर्देशक समेत रहेका नेपाली कांग्रेस राज्य पुर्नसंरचना समितिका केन्द्रीय सदस्य आदिवासी नेता एवं कानून व्यावसायि आनन्द सन्तोषी राईलगायत आदिवासी जनजाति नेताहरुलाई मन्त्रिपरिषदले २६ जना चयन गर्दा संविधानसभामा प्रतिनिधित्व गरी पठाउन र अन्तरीम सरकारमा प्रतिनिधित्व गराउन प्रधानमंत्री एवं कांग्रेस पार्टी सभापति र नेपाली कांग्रेस केन्द्रीय समितिसंग माग गर्दै त्यसो नगरिएमा विद्रोह समेत हुन सक्ने आदिवासी जनजातिहरुले वताएका हुन् । कांग्रेसले यस पटक समानुपातिकमा आदिवासी नेताहरु आनन्द सन्तोषी राई, विष्णु राई, विनोद राई, हिमालय कर्माचार्य लगायत चर्चित आदिवासी नेताहरुलाई छुटाएको छ ।

नेकपा माओवादीले पार्टी लगायत राज्यका हरेक निकाय तथा क्षेत्रहरुमा आदिवासी जनजातिहलाई प्राथमिकताका साथ अवसर दिई प्रतिनिधित्व गराउदै आईरहेकाले निर्वाचनमा सफलता हासिल गरेको र नेपाली कांग्रेस र नेकपा एमालेले भने जनजातिहरुलाई जहिले पनि उपेक्षा गरी योग्यता र क्षमताको अवमुल्यन गर्ने गरेकोले आदिवासी जनजाति क्षेत्र लगायत मुलुकभर पराजय भोग्नु परेको आरोप समेत लगाउदै अव पनि त्यसो गरिएमा विद्रोहको विकल्प नरहने भेलामा विज्ञप्ती प्रकाशित गरी आदिवासी जनजातिहरुले जनाएका छन् ।

नेपाली कांग्रेसको स्थापना कालदेखि पार्टीमा र मुलुकका हरेक प्रजातान्त्रिक तथा लोकतान्त्रिक जनआन्दोलनमा आदिवासी जनजातिहरुले बलिदानीपूर्ण ढंगले पार्टीमा योगदान पुर्‍याउदै आएता पनि नेपाली कांग्रेसले आदिवासी जनजातिहरुलाई जहिले पनि अवसर नदिएकोमा तिब्र असन्तोष जाहेर गर्दै अव पनि पार्टीले ध्यान नदिएमा नेपाली कांग्रेसलाई ठूलो संकट आउन सक्ने आदिवासी जनजाति नेताहरुले भेलामा व्यक्त गरे ।

निर्वाचनताका पार्टी भित्र मधेसी नेताहरुले विद्रोह गर्दा पार्टीले यतिका ठूलो संकट व्यहोर्नु परेको उल्लेख गर्दै अव आदिवासी जनजातिहले पनि पार्टी भित्र विद्रोह गर्ने परिस्थिति निम्त्याएमा इतिहासमा नै झन ठूलो पार्टीमा संकट आउने उल्लेख गर्दै नेपाली कांग्रेसका सभापति एवं प्रधानमंत्री र केन्द्रीय समिति समक्ष आदिवासी जनजाति नेताहरुलाई पार्टी भित्र समेट्न जोडदार आग्रह गरेका छन् ।

आदिवासी जनजातिहरुको माग पुरा गर्न पूर्वाञ्चलका आदिवासी जनजातिहरुले पार्टी भित्र पहल गर्ने र पार्टी भित्र आन्तरिक आन्दोलन गर्दै त्यसपछि पनि नेतृत्वले ध्यान नदिएमा विद्रोहको विकल्प नरहने वताएका छन् ।

यसैगरी पूर्वका प्रजातन्त्रवादी पत्रकारहरु र आदिवासी जनजाति पत्रकारहरुले संविधानसभामा अव मन्त्रीपरिषदले निर्णय गरी संविधानसभामा पठाउदा र पार्टीको तर्फबाट सरकारमा प्रतिनिधित्व गराउदा आदिवासी जनजाति पत्रकार एवं आदिवासी नेता आनन्द सन्तोषी राई लगायत आदिवासी नेताहरुलाई सहभागि गराउन समेत नेपाली कांग्रेसका सभापति , संसदीय समिति र केन्द्रीय समितिसंग शनिवार विज्ञप्ती प्रकाशित गरी जोडदार माग गरेका छन् ।

 

 

 

संविधानसभा चुनावका
लागि नेपाल कम्युनिष्ट पार्टी
(माओवादी)को प्रतिबद्धता-पत्र

वर्ड फाइल

पीडीएफ फाइल

Links

www.cpnm.org

Maoist Information

Bulletin

www.awtw.org

www.rwor.org

www.wprm.org

 

Nepali Font 

 

For Comments and Feedback- krishnasenonline

@yahoo.com

 

 

© All rights reserved with Krishnasen Memorial Publication Pvt. Ltd