जनादेशविरूद्ध शक्तिकेन्द्रहरुको चलखेल

जनदिशा संवाददाता

काठमाडौं, २६ वैशाख

लोकतन्त्र र जनमतको वकालत गरेर नथाक्ने अमेरिका र भारतजस्ता शक्तिकेन्द्र संविधानसभा निर्वाचनमा जाहेर जनादेशविपरीत माओवादीलाई राज्यको नेतृत्व गर्न नदिने कसरतमा जुटेका छन् ।

अमेरिकी विदेश विभाग प्रवक्ता सेन म्याककोरम्याकले मंगलबार माओवादीलाई 'आतंकवादी’को सूचीमा यथावत् राखिएको बताएका थिए । अमेरिकी राजदूत न्यान्सी जे. पावेल र नेकपा -माओवादी)का अध्यक्ष प्रचण्डको बीचमा भएको भेटघाटका बारेमा सोधिएको प्रश्नको जवाफमा म्याककोरम्याकले यस्तो टिप्पणी गरेका थिए ।

संविधानसभा निर्वाचनबाट माओवादी एकमात्र ठूलो पार्टीका रूपमा अगाडि आएको पृष्ठभूमिमा अमेरिकी उक्त टिप्पणी लोकतान्त्रिक मूल्य, मान्यताको सरासर विरुद्ध छ । उक्त अमेरिकी टिप्पणी स्पष्टतः माओवादीलाई राज्यको नेतृत्व गर्नबाट अवरोध खडा गर्ने योजनाअन्तर्गत आएको विश्लेषकहरूको भनाइ छ ।

नेपालको परिस्थितिको बारेमा रिपोर्ट गर्न वासिङ्टन पुगेकी अमेरिकी राजदूत पावेल पनि अमेरिकामै छिन् ।

भारतको प्रतिष्ठित दैनिक द हिन्दूले एकहप्ता पहिले सम्पादकीयमा अमेरिका माओवादीलाई सत्तामा आउनबाट रोक्न समर्पित भएको उल्लेख गरेको थियो । सम्पादकीयमा लेखिएको छ- प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासहित नेपाली कांग्रेस नेतृत्वको गुट सत्तामै टाँसिरहन खोजिरहेको छ । यस्ता कदमहरू मुलुकको नयाँ संविधान लेख्न आवश्यक सहमतिको स्पिरिटविपरीत छन् कांग्रेस नेतृत्व प्रस्ट रूपमा अमेरिकाद्वारा उक्साइएको छ, जो (अमेरिका) माओवादीलाई सत्तामा आउनबाट रोक्न समर्पित छ । नेपाली सेनाको उच्च नेतृत्व र चाडै अवसान हुने राजदरबार पनि यो अलोकतान्त्रिक मिसनमा सहभागी छन् ।’ (द हिन्दू, १ मे, २००८)

'नेपाली मतदाताको असली सन्देश सामाजिक-राजनीतिक स्थायित्व सुनिश्चित गर्न र जनमुखी विकासको उपयुक्त वातारण बनाउन सबै प्रमुख राजनीतिक दलहरू संगै काम गर्नुपर्छ भन्ने हो । नेपाली कांग्रेस र एमालेसहितको गठबन्धन सरकारको नेतृत्व गर्ने सबभन्दा ठूलो दलका हैसियतले माओवादीको लोकतान्त्रिक अधिकारमा कुनै इन्कार हुनुहुँदैन,’ द हिन्दूमा लेखिएको छ ।

तर, भारतीय संस्थापनको एक पक्ष संविधानसभा निर्वाचनमा लज्जाजनक पराजय भोगेको कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालालाई राष्ट्रप्रमुख बनाउने कसरतमा जुटेको स्रोतहरूको दाबी छ । जुन स्पष्टतः निर्वाचनमा अभिव्यक्त जनादेशको विरुद्ध हुन जान्छ ।

यसैबीच, भारतीय राजदूत राकेश सुदले बुधबार मात्रै प्रधानमन्त्री कोइरालासित भेट गर्नुभएको थियो । मंगलबार राजदूत सुदले माओवादीका अध्यक्ष प्रचण्डसित भेट गर्नुभएको थियो ।

उता एमाले नेताहरूले आफू सरकारबाहिर रहने भाषण गर्दै हिँड्नु र एमाले केन्द्रीय समिति बैठकले सरकारमा जाने-नजाने विषयमा केही निर्णय नगर्नुलाई पनि अर्थपूर्ण रूपमा हेरिएको छ । चुनावी हारको कुण्ठा बोकेको एमाले अमेरिकी इशारामा माओवादी नेतृत्वको सरकारलाई असहयोग गर्ने मुडमा रहेको एकजना असन्तुष्ट एमाले नेताले बताएका छन् ।

यसैबीच शुक्रबार बिहान आठ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सात दलको बैठक बस्ने बताइएको छ । बैठकमा नयाँ सरकार निर्माण, संविधानसभाको पहिलो बैठकको तयारी, गणतन्त्र कार्यान्वयनलगायतका विषयमा छलफल हुने थाहा भएको छ ।

 

संविधानसभा चुनावका
लागि नेपाल कम्युनिष्ट पार्टी
(माओवादी)को प्रतिबद्धता-पत्र

वर्ड फाइल

पीडीएफ फाइल

Links

www.cpnm.org

Maoist Information

Bulletin

www.awtw.org

www.rwor.org

www.wprm.org

 

Nepali Font 

 

For Comments and Feedback- krishnasenonline

@yahoo.com

 

 

© All rights reserved with Krishnasen Memorial Publication Pvt. Ltd