एक महिनाभित्रै राजतन्त्रको अन्त्य : महरा

डिल्ली मल्ल, दाङ, २५ वैशाख । नेकपा (माओवादी)का प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महराले अबको महिना दिनभित्रै सामन्तवाद र राजतन्त्रको अन्त्य एवम् गणतन्त्रको औपचारिक घोषणा गरिने बताउनुभएको छ ।

दाङ क्षेत्र नं. ३ बाट संविधानसभा सदस्यमा निर्वाचित भइसकेपछि मतदातासंग भेटघाटको क्रममा आइतबार दाङ आइपुग्नुभएका महराले बुधबार स्थानीय जनतासमक्ष सो कुरा बताउनुभएको थियो ।

संविधानसभाको पहिलो बैठकबाट सामन्तवाद र राजतन्त्रको सधैंका लागि अन्त्य र गणतन्त्रको औपचारिक घोषणा, नयाँ संविधानको निर्माणका साथै नयाँ सरकारको गठन गरिने उहाँले बताउनुभयो ।

संविधानसभा निर्वाचनबाट प्राप्त जनादेश माओवादीको नेतृत्वमा नयाँ सरकार भएको चर्चा गर्दै महराले भन्नुभयो, 'दलीय सहकार्यसहित माओवादीको नेतृत्वमा नयाँ सरकार नै अहिलेको जनादेश हो र राजनीतिक समीकरणको म्यान्डेट पनि ।’

सरकार गठनको विषयमा कांग्रेस, एमालेलगायतका दलहरूले षड्यन्त्र गरिरहेको उल्लेख गर्दै मन्त्री महराले दलहरूलाई सरकार गठनको विषयमा तीनवटा विकल्प दिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, 'देशकै ठूलो पार्टीको हैसियतले माओवादीको नेतृत्वमा सरकार बनाउनुपर्छ भनेका छौं । त्यो स्वीकार्य छैन भने हामी एक्लै सरकार बनाउँछौं । तपाइँहरू बाहिर बस्नुस् । त्यो पनि स्वीकार्य छैन भने हामी बाहिर बस्छौं, तपाइँहरू नै सरकार चलाउनुस् भनेर हामीले स्पष्ट रूपमा तीनवटा विकल्प दिएका छौं ।’

उत्पीडित जाति, वर्ग, क्षेत्र, लिंग र पछि पारिएका समुदायलाई लक्षित गरी नयाँ संविधान बनाइने चर्चा गर्दै महराले नयाँ संविधान लेख्ने मुख्य जिम्मेवारी इतिहासले माओवादीलाई सुम्पिएको विचार व्यक्त गर्नुभयो ।

नयाँ नेपाल निर्माण गर्ने सवाल युग परिवर्तनसंग जोडिएको भन्दै उहाँले युग बदल्न गम्भीर परिवर्तनको आवश्यकता भएको बताउनुभयो ।

नयाँ नेपालका निम्ति व्यक्ति नभई राज्य संयन्त्र र सोचविचारमै परिवर्तन हुनुपर्ने उहाँको जोड थियो । विकास निर्माणको सन्दर्भमा माथि ताक्ने पञ्चायती परनिर्भरमुखी सोच र चिन्तनमा परिवर्तन गर्नुपर्ने चर्चा गर्दै उहाँले आफूसंगै उपलब्ध स्रोत साधन, श्रम र सीपको प्रयोग गरी अगाडि बढ्नुपर्ने बताउनुभयो ।

मतदातासंग भेटघाटको क्रममा महरा मतदाताका सल्लाह, सुझाव र समस्याहरू बुझ्न सौडियार, धर्ना, ढिकपुर, नारायणपुर र हापुर गाविसका दुर्गम गाउँगाउँमा पुग्नुभएको थियो ।

उक्त अवसरमा स्थानीयवासीले तत्काल राजतन्त्र अन्त्य गरी गणतन्त्र स्थापना गर्नुका साथै जनताको संविधान लेख्न सुझाव दिएका थिए । त्यस्तै शिक्षा, स्वास्थ्य, विद्युत्, खानेपानी, सडकलगायत विकासका पूर्वाधारहरू निर्माणमा सामन्ती व्यवस्थाले गाउँलाई पछाडि पारेको बताउँदै अबको सरकारले गाउँको विकासतिर सोच्न मन्त्रीको ध्यानाकर्षण गराएका थिए । आकासिादै गएको महागी, बेरोजगारीजस्ता समस्या तत्काल हल गर्न सरकारले ठोस कदम चाल्नुपर्ने पनि बताएका थिए ।

विकासको अत्यधिक सम्भावना रहेको दाङलाई देशकै नमुना जिल्ला बनाउन सकिने बताउँदै उनीहरूले त्यसका लागि ठोस योजना र कार्यक्रमको माग पनि गरेका थिए ।

आइतबार साँझ दाङ आइपुग्नुभएका मन्त्री महरा सोमबार सौडियारको लखबार र सौडियार, मंगलबार धर्ना गाविसको कप्तानचोक, भैसाप्रथा र ढिकपुरको कर्मटिया र ढिकपुरमा जनतासंगको भेटमा सहभागी हुनुभएको थियो भने बुधबार नारायणपुरको लमडरुवा र नारायणपुरका साथै हापुरको रतनपुर र बिजौरीमा आयोजित सभामा पनि सम्बोधन गर्नुभएको थियो ।

तीनदिने कार्यक्रमपछि विशेष काम परेकाले उहाँ बिहीबार राजधानी फकिंदै हुनुहुन्छ ।

संविधानसभा चुनावका
लागि नेपाल कम्युनिष्ट पार्टी
(माओवादी)को प्रतिबद्धता-पत्र

वर्ड फाइल

पीडीएफ फाइल

Links

www.cpnm.org

Maoist Information

Bulletin

www.awtw.org

www.rwor.org

www.wprm.org

 

Nepali Font 

 

For Comments and Feedback- krishnasenonline

@yahoo.com

 

 

© All rights reserved with Krishnasen Memorial Publication Pvt. Ltd