अब आर्थिक 'राउन्ड टेबल

माओवादी आर्थिक प्रतिबद्धता

नेपाली मोडेल : प्रचण्ड-मोडेल

औद्योगिक पुँजीवादको विकास

सामूहिक श्रम तथा लगानी आचारसंहिता

श्रम केन्द्रीत प्रविधि र उद्योग

व्यवस्थापन र मजदुरबीच सरकार सहजकर्ता

उपभोक्तामुखी होइन, उद्योगमुखी वित्तीय नीति

तल्लो तहका लागि सार्वजनिक वितरण प्रणाली

पुँजीपति र मजदुर दुवैलाई 'हायर एन्ड फायर

दस वर्षमा दस गुणा प्रतिव्यक्ति आय

जनदिशा संवाददाता

काठमाडौं, २३ वैशाख

नेकपा(माओवादी)का अध्यक्ष प्रचण्डले देशको आर्थिक निर्माणलाई तीब्र गतिमा अगाडि बढाउन सरकार, व्यवस्थापन र मजदुर युनियनबीच त्रिपक्षीय गोलमेच बैठक गरी सामूहिक आचारसंहिता निर्माण र प्रतिबद्धता जाहेर गर्नुपर्ने बताउनुभएको छ ।

सो कुरा अध्यक्ष प्रचण्डले निकासीजन्य उत्पादनहरू तयारी पोसाक, गलैंचा र पस्मिना उद्योगीहरूद्वारा सोमबार आयोजित अन्तर्त्रिmा कार्यक्रमलाई सम्बोधन गर्दै बताउनुभएको हो ।

'देशको आर्थिक निर्माणलाई तीब्र गतिमा अगाडि बढाउन सरकार, व्यवस्थापन र मजदुर युनियनबीच त्रिपक्षीय राउन्ड टेबल बैठक गरी सामूहिक आचारसंहिता निर्माण गर्नुपर्छ र त्यसलाई दह्रो गरी लागु गर्नुपर्छ, अध्यक्ष प्रचण्डले भन्नुभयो । उहाँले राजनीतिक इच्छाशक्ति र दृढता भएको नेतृत्वअन्तर्गत आर्थिक प्रगति चमात्कारिक ढंगले गर्न सकिने बताउँदै माओवादीको नेतृत्वमा बन्ने नयाँ सरकारले आर्थिक क्रान्तिको नेतृत्व गर्ने बताउनुभयो ।

आर्थिक क्रान्तिका लागि माओवादीलाई पूरा विश्वास गर्नुबाहेक अर्को विकल्प नरहेको पनि अध्यक्ष प्रचण्डले दोहोर्‍याउनुभयो । उहाँले थप्नुभयो, 'निर्वाचनको जनादेश पनि माओवादीकै नेतृत्वमा सरकार बन्नुपर्छ भन्ने रहेकाले हामीलाई विश्वास गर्नुको कुनै विकल्पै छैन ।

भ्रष्टाचारी र कमिसनखोरहरूको विरुद्धको 'आक्रमण’ सरकार र हरेक निकायको माथिल्लो तहबाटै सुरु गर्ने प्रतिबद्धता पनि अध्यक्ष प्रचण्डले सो अवसरमा जनाउनुभयो । 'भ्रष्टाचारीविरुद्धको आक्रमण माथिबाटै सुरु हुन्छ, इमानदारीलाई पुरस्कृत र दुई नम्बरीलाई कडाइका साथ दण्डित गरिन्छ,’ उहाँको भनाइ थियो ।

संविधान निर्माणसंगसंगै विकास निर्माणका कामहरूलाई पनि अगाडि बढाइहाल्नुपर्नेमा जोड दिँदै अध्यक्ष प्रचण्डले भन्नुभयो, 'पूर्वदेखि पश्चिमसम्मका लाखौं लाख जनतालाई पूरै आर्थिक निर्माणमा परिचालन गरिनेछ । जुवातास खेलेर र जाँडरक्सी पिएर समय खेर फाल्नेहरूलाई पनि भाँडा बोकाएर विकास निर्माणमा लगाइनेछ ।

सोही अवसरमा माओवादी वरिष्ठ नेता डा. बाबुराम भट्टराईले नयाँ सरकार निर्माण हुनासाथ मजदुर र व्यवस्थापनबीच सहजकर्ताको भूमिका निर्वाह गर्ने र श्रम विवादका कारण बन्द भएका उद्योगहरू तुरुन्त खुलाइने आश्वासन दिनुभयो ।

'हिजो हामीसित नैतिक अधिकार मात्रै थियो । अब कार्यकारी अधिकार नै आफ्नै हातमा लिँदैछौं । त्यसकारण बोलेको कुरा पुर्‍याउन सक्छौं, नेता भट्टराईले थप्नुभयो ।

नेपाली आर्थिक निर्माणको मोडल चीन, भारत वा अन्य कुनै देशको नभई मौलिक र सिर्जनशील प्रकारको हुने उल्लेख गर्दै नेता भट्टराईले नेपाली मोडेललाई 'प्रचण्ड-मोडेल’ को संज्ञा दिनुभयो । उहाँले नयाँ नेपालमा मजदुर र पुँजीपति दुवैलाई 'हायर एन्ड फायर’ गर्नसक्ने नीति लिइने स्पष्ट पार्नुभयो ।

माओवादी नेतृत्वको सरकारअन्तर्गत श्रम संकेन्दि्रत प्रविधि र उद्योगलाई प्रश्रय दिइने उल्लेख गर्दै नेता भट्टराईले उद्योगी व्यवसायीहरूलाई आश्वस्त पार्नुभयो । 'अहिलेलाई हाम्रो आर्थिक नीति भनेको औद्योगिक पुँजीवाद नै हो, त्यसमा मनग्गे लगानी गर्नुहोस् पूरै संरक्षण हुन्छ, नेता भट्टराईले भन्नुभयो ।

उक्त अवसरमा उहाँले वित्तीय लगानी उपभोक्ता स्तरमा होइन, औद्योगिक स्तरमा गराउन 'उद्योगलाई सहुलियतो कानुन ल्याइने बताउनुभयो । मजदुरलाई सहुलियतमा खाद्यान्न र तेल उपलब्ध गराउन सार्वजनिक वितरण प्रणालीको स्थापना गरिने पनि नेता भट्टराईले बताउनुभयो ।

अब हुने सरकारको न्यूनतम नीति तथा कार्यक्रम बनाएर मात्रै अघि बढिने पनि नेता भट्टराईको भनाइ थियो ।

सो अवसरमा व्यवसायीहरूले विगतको १५ वर्षमा राजनीतिक दल र सरकारले भाषणमा धेरै आश्वासनहरू दिए, तर त्यसलाई व्यवहारमा कार्यान्वयन गरेनन् भन्दै माओवादीलाई कार्यान्वयन पक्षमा जोड दिन आग्रह गरे । उनीहरूले नेपालीको निर्यातजन्य उद्योगबाट उत्पादित वस्तुका लागि कच्चा पदार्थ स्वदेशमा उत्पादन गर्ने वातावरण बनाउन सरकारसंग मागसमेत गरे ।

संविधानसभा चुनावका
लागि नेपाल कम्युनिष्ट पार्टी
(माओवादी)को प्रतिबद्धता-पत्र

वर्ड फाइल

पीडीएफ फाइल

Links

www.cpnm.org

Maoist Information

Bulletin

www.awtw.org

www.rwor.org

www.wprm.org

 

Nepali Font 

 

For Comments and Feedback- krishnasenonline

@yahoo.com

 

 

© All rights reserved with Krishnasen Memorial Publication Pvt. Ltd