अहिले पार्टीको राजनीतिक बहस कता
केन्दि्रत छ ?
नेपाली क्रान्ति जनताको
क्रान्तिकारी आन्दोलन नयाँ ठाउँमा पुगेको हामी सबैलाई
अनुभूति भइरहेको छ । यसो गर्दा ६० वर्षदेखि अधुरो रहेको
नेपाली क्रान्ति खासगरी दसवर्षे जनयुद्धद्वारा
परिकल्पना गरिएको नयाँ बाटो, नयाँ जीवन र नयाँ भविष्य
निर्माण गर्ने उद्देश्य थियो । यो यतिबेला कुन बिन्दुमा
छ र यसलाई पूर्णता दिन सकिन्छ भन्ने बारेमा चौतर्फी
छलफल भइरहेको छ । तत्कालको हिसाबमा सरकारमा सहभागी
हुनुपर्ने, सुधारका कामहरूमा सहभागी हुनुपर्ने,
वैधानिक कामहरूमा सहभागी हुनुपर्ने तर नेपाली जनताको
आवश्यकता भने समग्र सत्तालाई बदल्नुपर्ने, पुरानो अर्थ
प्रणाली बदल्नुपर्ने र एउटा नयाँ राजनीतिक प्रणालीको
सुरुवात गर्नुपर्ने जस्ता कुराको बीचमा अन्तरविरोधहरू
देखापर्न खोजेका छन् ।
यद्यपि अन्तरविरोधहरू छ
भन्नुभन्दा पनि देखिएका छन् । त्यसले गर्दा गर्दाखेरी
नेतृत्वले गर्ने काम, राजनीतिक क्षेत्रमा देखापर्ने
काम, जनताको अपेक्षा र कार्यकर्ताको बीचमा केही
अन्तरविरोधहरू देखापर्न लागेका छन् । यसलाई हामीले नयाँ
राजनीतिक योजनाद्वारा जनतालाई वा संविधानसभाद्वारा नयाँ
संस्कारमा बदलेर क्रान्तिलाई पूर्णता दिादै जानेछौं ।
तर त्यतिले मात्रै भइहाल्छ भन्ने हामीले निष्कर्षमा
पुग्नु हुँदैन भन्ने कुरा हो । जनता र कार्यकर्ताबीच
ठूल्ठूला जिम्मेवारीहरू छन् । त्यो भनेको १० वर्ष
जनयुद्धलाई पूर्णता दिनु हो ।
पार्टीको एउटा पंक्तिमा एकखाले
अन्योल देखिन्छ, यसलाई हल गर्न के गर्नुपर्लाजस्तो
लाग्छ ?
यो एकदम सही कुरा हो । हाम्रो
कार्यकर्ताहरू पुरानो सत्ताको उपेक्षा, भेदभावविरुद्ध
एउटा नयाँ जीवनको उद्देश्य लिएर होमिएका क्रान्तिकारी
कार्यकर्ता हुनुहुन्छ र हामी छौं । अवश्य पनि हामीले
बुझेको कुरा के हो भने एउटा कम्युनिस्ट पार्टीको सिपाही
र माक्र्सवादको विद्यार्थी भएको नाताले हामीले कुनै
सर्त र स्वार्थमा होइन यो दुनियाँलाई स्वेच्छिक
भोलियन्टर्सका रूपमा बदल्न लागेका हौं । हिजो
स्वयम्सेवक भएर गर्ने कामलाई गर्वका साथ हेरिन्थ्यो ।
तर आज त्यो भूमिका पुँजीका रूपमा अगाडि आएको छ । एकथरी
कार्यकर्ताहरू स्वयम्सेवी ढंगले खटेका छन् । उनीहरूलाई
आधारभूत आवश्यकता परिपूर्ति नहुने स्थिति भइरहेको बेला
यसको समाधानका पक्षमा थुप्रै नयाँ बहस हुन आवश्यक छ ।
मलाई विश्वास छ कि पार्टीमा यसबारे फेरि राजनीतिक
विषयमा नयाँ ढंगले बहस चल्दैछ चलाइनुपर्छ ।
कम्युनिस्टहरूको उद्देश्य भनेको राज्यसत्ता बदल्नु हो,
क्रान्तिलाई सम्पन्न गर्नु हो, जनतालाई खासगरी मजदुर र
किसानलाई हित गर्ने सरकार नभएको स्थितिमा सम्पूर्ण
गणतन्त्रवादीहरूको सरकार निर्माण गर्ने यो अभियानमा
हामीले नयाँ योजना बनायौं भने कार्यकर्ताहरूभित्र
तत्कालीन स्वार्थ, अवसर र पुँजीको मारमा परेकाहरू
उल्लिखित समस्याबाट मुक्त गर्न सकिन्छ । त्यो योजनामा
नपुगुन्जेल हामी थाक्नुपर्ने, विचलित हुनुपर्ने कारण
छैन भन्ने कुराको बोध हुन जरुरी छ ।
अध्यक्ष प्रचण्डले आर्थिक
क्रान्ति गर्ने कुरा अगाडि सार्नुभएको छ, तर राजनीतिक
क्रान्ति सम्पन्न नभइरहेको स्थितिमा यो कसरी सम्भव होला
?
राजनीतिक क्रान्ति भनेको नेपालको
सन्दर्भमा सामन्ती सत्ता, दलाल पुँजीपतिहरूको सत्ता,
यसपछि गएर सामन्तवादी प्रशासनको संरचना र आर्थिक
सम्बन्धहरूको परिवर्तन हो । त्यसको ठाउँमा नेपालका
मजदुर, किसान र श्रमजीवी जनताको अग्रगामी सत्ता
निर्माण गर्ने कुरा हो । त्यससंगसँगै अर्थतन्त्रमा
जनताको नेतृत्व कायम गर्ने कुरा हो । र, अर्काेतर्फ
राज्य प्रणालीमा जनताको सहभागितालाई सुनिश्चित गर्ने
कुरा हो । त्यसपछि नेपालको सशस्त्र शक्तिहरूमा समायोजन
वा परिवर्तन गर्ने हो । विगतलाई र्फकेर हेर्यौं भने
हामी पुरानै ठाउँमा पनि छैनौं । तर आमूल परिवर्तन नै
भयो त ? त्यसो पनि होइन । जहाँसम्म आर्थिक क्रान्तिको
कुरा गरिरहेका छौं मूलतः राजनीतिक क्रान्ति भनेको नै
आर्थिक क्रान्ति हो । यदि राजनीतिक क्रान्तिले आर्थिक
क्रान्ति ल्याउन सकेन र आफू अनुकूलको अर्थ प्रणाली खडा
गर्न सकेनौं भने त्यो राज्यक्रान्ति वा राज्य प्रणाली
स्वतः असफल हुन्छ । र, अर्थतन्त्रले आफ्नो अनुकूलको
राज्य प्रणाली जन्माइछोड्छ ।
विगतमा पनि यही कुरा भएको हो ।
०७ सालमा यही भएको थियो । अनि ०४६ पनि । सरकारमा
आउनुलाई नै राज्यक्रान्ति ठान्नु र त्यसका अन्य
संरचनाका साथै पुराना आर्थिक संरचना, प्रशासनिक संरचना,
अन्तर्राष्ट्रिय सम्बन्ध क्रमभंग गर्न नसक्नु नै
उनीहरूको असफलता थियो । केही दलका मान्छेहरूले सरकार
चलाउन खोजे पनि जब अर्थतन्त्रमा परिवर्तन ल्याउन सकेनन्,
संस्कार, संस्कृतिमा परिवर्तन ल्याउन सकेनन्, तब
प्रशासनिक संरचना नियम कानुनहरू जनताका अनुकूल बन्न
सकेन । पुरानै संरचनाहरूलाई नै हाबी गराउने काम गरियो
। त्यही नै गल्ती हुन गयो । हाम्रो सन्दर्भमा पनि यही
खतरा अगाडि आएको छ ।
त्यसलाई टार्न हामीले राजनीतिक
क्रान्तिलाई तीव्रतामा अगाडि बढाउँदै त्यसको
आधारहरूलाई राजनीतिक प्रणालीअनुरूपको बनाउन कोसिस
गरिनुपर्छ । तब मात्र विगतको गल्ती दोहोरिने छैनन् ।
हालको परिवर्तन पर्याप्त छैन, यो
एउटा चरण मात्र हो यहाँहरूले भन्नुभएको छ । तर कतिपयमा
यो नै सबथोक हो भन्ने बुझाइ देखिन्छ । यसलाई यहाँले के
भन्नुहुन्छ ?
तपाइले ठीक भन्नुभयो । यो विषय
विभिन्न अन्तर्त्रि
यतिखेर सरकारमा जनताका सबै काम
गर्ने स्थिति छैन, तर पार्टीको योजना र नीति भने जसरी
पनि नेपालीलाई सत्ताका मालिक बनाउने, आमूल परिवर्तन
गर्ने, नयाँ भविष्य दिने नै हुन्छ । त्यसको
सम्भावनालाई हामीले बुझ्नैपर्दछ । तर सरकारबाटै सबै
कुरा पूरा गर्न सकिन्छ भन्ने कुरामा कोही पनि भ्रममा
पर्नु हुँदैन ।
एउटा सिंगो सत्ताको विषय,
अर्थतन्त्रको विषय बाँकी नै छ । त्यसमा हामी प्रवेश
गरेकै छैनौं भने पनि हुन्छ । त्यो कुरा पूर्ण र विजय
नहुँदासम्म जनतालाई धेरै ठूलो आश्वासन दिइरहनु आवश्यक
छैन । बरु उनीहरूलाई सिंगै विषयहरू बाँकी छन् । त्यो
पूरा नहुन्जेल सक्रिय र सतर्क रहन अनि आन्दोलनमा अगाडि
आउन आग्रह गर्नुपर्छ ।
यतिखेर सत्ता र पार्टीको भूमिका
कस्तो हुन्छ अझ बढी स्पष्ट पारिदिनुहुन्छ कि ?
हामीले कम्युनिस्टहरू लगातार
असफल रहँदा समीक्षा गरेको विषय के हो भने सरकार र
पार्टीको अन्तरलाई लगातार जनतामा सम्प्रेषण गर्न नसक्नु
हो । त्यसभित्र पनि अझ अर्काे कुरा के हो भने व्यक्ति
र संस्थाको भूमिकालाई फरक गर्न नसक्नु । त्यसो गर्दा
सरकार ढल्दा पार्टी ढल्ने, व्यक्ति ढल्दा पनि सरकार
ढल्ने, यस्ताखालको कमजोरी इतिहासमा भएका छन् । नेपालकै
सन्दर्भमा पनि एमाले, कांग्रेसको विघटन या उनीहरूको
असफलता पनि त्यहीबीचबाट हुने गरेका छन् । संस्थागत
प्रणाली नै छैन उनीहरूमा । व्यक्तिले जे निर्णय गर्छ,
त्यहीबाट चल्नुपर्ने उनीहरूको बाध्यता छ । अर्काेतर्फ
पार्टी भनेकै सरकार, सरकारमा पुग्नेबित्तिकै सम्पूर्ण
पार्टी प्रणाली अन्त्य हुने समस्याले एमाले विघटन भएको
हो ।
नेपालमा कम्युनिस्ट पार्टीहरू
सतर्क हुनु जरुरी छ । किनभने तुरुन्तै सत्ता स्वार्थले
पार्टी प्रवेश गर्ने र त्यहाँ उत्पन्न हुने विकृति,
विसंगतिबाट पार्टीलाई टाढा राख्न सक्नुपर्छ । पार्टी
भनेको एउटा रणनीतिक साधन हो । यसले परसम्म जनताको
नेतृत्व गर्छ । जसको आफ्नो सुस्पष्ट नीति, योजना र
विचारहरू हुन्छ । सरकार भनेको तत्कालीन जनताको नेतृत्व
गर्ने साधन मात्रै हो । सरकार फेरबदल भइरहन्छ, तर
पार्टीले निरन्तर जनताको नेतृत्व गरिरहन्छ । यसको
सम्बन्धलाई हामीले उस्तैउस्तै बनाइदिनु, बन्न दिनु र
अझ सरकारमा गएको मान्छेको पार्टीमाथि हाबी हुने या
सरकार नै पार्टीमाथि हाबी हुने जो देखिन खोज्छ, त्यो
हामीले हुन दिनु हुँदैन भन्ने कुरा स्पष्ट छ । त्यो
गर्न सक्नु नै वास्तवमा प्रतिक्रान्ति हुनबाट रोक्नु,
प्रतिगमनबाट देशलाई बचाउनु, जनताको आन्दोलनलाई निरन्तर
परिवर्तन, वैज्ञानिक खोजतर्फ अग्रसर बनाउन सकिन्छ भन्ने
कुरामा हामी सतर्क छौं ।