राजनीतिक क्रान्ति नै मूलतः आर्थिक क्रान्ति हो - नेत्रविक्रम चन्द 'विप्लव

नेकपा (माओवादी)का केन्द्रीय सदस्य नेत्रविक्रम चन्द 'विप्लवे राजनीतिक क्रान्ति नै मूलतः आर्थिक क्रान्ति भएको बताउनुभएको छ । उहाँले आइतबार जनदिशासंगको अन्तर्वार्तामा राजनीतिक क्रान्तिले आफूअनुकूल आर्थिक नीति ल्याउन सकेन भने त्यो दिगो हुन नसक्ने दावी गर्नुभयो ।

विगतमा दलहरुले सरकारमा जानुलाई नै राज्य क्रान्ति ठान्नु र सत्ताका पुराना संरचनाहरु नभत्काई उनैलाई हावी हुन दिनुले आन्दोलनका उपलब्धि संस्थागत हुन नसकेको उहाँले बताउनुभयो । नेता चन्दले वर्तमान नयाँ नेपाल निर्माणको सन्दर्भमा तीव्र सत्तास्वार्थका कारण पार्टीभित्र प्रवेश गर्नेहरुले ल्याउने विकृति, विसंगतिबाट पार्टीलाई अलग राखेर जान सके मात्र नयाँ नेपालको परिकल्पना सम्भव हुने विचार राख्नुभयो ।

अहिले पार्टीको राजनीतिक बहस कता केन्दि्रत छ ?

नेपाली क्रान्ति जनताको क्रान्तिकारी आन्दोलन नयाँ ठाउँमा पुगेको हामी सबैलाई अनुभूति भइरहेको छ । यसो गर्दा ६० वर्षदेखि अधुरो रहेको नेपाली क्रान्ति खासगरी दसवर्षे जनयुद्धद्वारा परिकल्पना गरिएको नयाँ बाटो, नयाँ जीवन र नयाँ भविष्य निर्माण गर्ने उद्देश्य थियो । यो यतिबेला कुन बिन्दुमा छ र यसलाई पूर्णता दिन सकिन्छ भन्ने बारेमा चौतर्फी छलफल भइरहेको छ । तत्कालको हिसाबमा सरकारमा सहभागी हुनुपर्ने, सुधारका कामहरूमा सहभागी हुनुपर्ने, वैधानिक कामहरूमा सहभागी हुनुपर्ने तर नेपाली जनताको आवश्यकता भने समग्र सत्तालाई बदल्नुपर्ने, पुरानो अर्थ प्रणाली बदल्नुपर्ने र एउटा नयाँ राजनीतिक प्रणालीको सुरुवात गर्नुपर्ने जस्ता कुराको बीचमा अन्तरविरोधहरू देखापर्न खोजेका छन् ।

यद्यपि अन्तरविरोधहरू छ भन्नुभन्दा पनि देखिएका छन् । त्यसले गर्दा गर्दाखेरी नेतृत्वले गर्ने काम, राजनीतिक क्षेत्रमा देखापर्ने काम, जनताको अपेक्षा र कार्यकर्ताको बीचमा केही अन्तरविरोधहरू देखापर्न लागेका छन् । यसलाई हामीले नयाँ राजनीतिक योजनाद्वारा जनतालाई वा संविधानसभाद्वारा नयाँ संस्कारमा बदलेर क्रान्तिलाई पूर्णता दिादै जानेछौं । तर त्यतिले मात्रै भइहाल्छ भन्ने हामीले निष्कर्षमा पुग्नु हुँदैन भन्ने कुरा हो । जनता र कार्यकर्ताबीच ठूल्ठूला जिम्मेवारीहरू छन् । त्यो भनेको १० वर्ष जनयुद्धलाई पूर्णता दिनु हो ।

पार्टीको एउटा पंक्तिमा एकखाले अन्योल देखिन्छ, यसलाई हल गर्न के गर्नुपर्लाजस्तो लाग्छ ?

यो एकदम सही कुरा हो । हाम्रो कार्यकर्ताहरू पुरानो सत्ताको उपेक्षा, भेदभावविरुद्ध एउटा नयाँ जीवनको उद्देश्य लिएर होमिएका क्रान्तिकारी कार्यकर्ता हुनुहुन्छ र हामी छौं । अवश्य पनि हामीले बुझेको कुरा के हो भने एउटा कम्युनिस्ट पार्टीको सिपाही र माक्र्सवादको विद्यार्थी भएको नाताले हामीले कुनै सर्त र स्वार्थमा होइन यो दुनियाँलाई स्वेच्छिक भोलियन्टर्सका रूपमा बदल्न लागेका हौं । हिजो स्वयम्सेवक भएर गर्ने कामलाई गर्वका साथ हेरिन्थ्यो । तर आज त्यो भूमिका पुँजीका रूपमा अगाडि आएको छ । एकथरी कार्यकर्ताहरू स्वयम्सेवी ढंगले खटेका छन् । उनीहरूलाई आधारभूत आवश्यकता परिपूर्ति नहुने स्थिति भइरहेको बेला यसको समाधानका पक्षमा थुप्रै नयाँ बहस हुन आवश्यक छ । मलाई विश्वास छ कि पार्टीमा यसबारे फेरि राजनीतिक विषयमा नयाँ ढंगले बहस चल्दैछ चलाइनुपर्छ । कम्युनिस्टहरूको उद्देश्य भनेको राज्यसत्ता बदल्नु हो, क्रान्तिलाई सम्पन्न गर्नु हो, जनतालाई खासगरी मजदुर र किसानलाई हित गर्ने सरकार नभएको स्थितिमा सम्पूर्ण गणतन्त्रवादीहरूको सरकार निर्माण गर्ने यो अभियानमा हामीले नयाँ योजना बनायौं भने कार्यकर्ताहरूभित्र तत्कालीन स्वार्थ, अवसर र पुँजीको मारमा परेकाहरू उल्लिखित समस्याबाट मुक्त गर्न सकिन्छ । त्यो योजनामा नपुगुन्जेल हामी थाक्नुपर्ने, विचलित हुनुपर्ने कारण छैन भन्ने कुराको बोध हुन जरुरी छ ।

अध्यक्ष प्रचण्डले आर्थिक क्रान्ति गर्ने कुरा अगाडि सार्नुभएको छ, तर राजनीतिक क्रान्ति सम्पन्न नभइरहेको स्थितिमा यो कसरी सम्भव होला ?

राजनीतिक क्रान्ति भनेको नेपालको सन्दर्भमा सामन्ती सत्ता, दलाल पुँजीपतिहरूको सत्ता, यसपछि गएर सामन्तवादी प्रशासनको संरचना र आर्थिक सम्बन्धहरूको परिवर्तन हो । त्यसको ठाउँमा नेपालका मजदुर, किसान र श्रमजीवी जनताको अग्रगामी सत्ता निर्माण गर्ने कुरा हो । त्यससंगसँगै अर्थतन्त्रमा जनताको नेतृत्व कायम गर्ने कुरा हो । र, अर्काेतर्फ राज्य प्रणालीमा जनताको सहभागितालाई सुनिश्चित गर्ने कुरा हो । त्यसपछि नेपालको सशस्त्र शक्तिहरूमा समायोजन वा परिवर्तन गर्ने हो । विगतलाई र्फकेर हेर्‍यौं भने हामी पुरानै ठाउँमा पनि छैनौं । तर आमूल परिवर्तन नै भयो त ? त्यसो पनि होइन । जहाँसम्म आर्थिक क्रान्तिको कुरा गरिरहेका छौं मूलतः राजनीतिक क्रान्ति भनेको नै आर्थिक क्रान्ति हो । यदि राजनीतिक क्रान्तिले आर्थिक क्रान्ति ल्याउन सकेन र आफू अनुकूलको अर्थ प्रणाली खडा गर्न सकेनौं भने त्यो राज्यक्रान्ति वा राज्य प्रणाली स्वतः असफल हुन्छ । र, अर्थतन्त्रले आफ्नो अनुकूलको राज्य प्रणाली जन्माइछोड्छ ।

विगतमा पनि यही कुरा भएको हो । ०७ सालमा यही भएको थियो । अनि ०४६ पनि । सरकारमा आउनुलाई नै राज्यक्रान्ति ठान्नु र त्यसका अन्य संरचनाका साथै पुराना आर्थिक संरचना, प्रशासनिक संरचना, अन्तर्राष्ट्रिय सम्बन्ध क्रमभंग गर्न नसक्नु नै उनीहरूको असफलता थियो । केही दलका मान्छेहरूले सरकार चलाउन खोजे पनि जब अर्थतन्त्रमा परिवर्तन ल्याउन सकेनन्, संस्कार, संस्कृतिमा परिवर्तन ल्याउन सकेनन्, तब प्रशासनिक संरचना नियम कानुनहरू जनताका अनुकूल बन्न सकेन । पुरानै संरचनाहरूलाई नै हाबी गराउने काम गरियो । त्यही नै गल्ती हुन गयो । हाम्रो सन्दर्भमा पनि यही खतरा अगाडि आएको छ ।

त्यसलाई टार्न हामीले राजनीतिक क्रान्तिलाई तीव्रतामा अगाडि बढाउँदै त्यसको आधारहरूलाई राजनीतिक प्रणालीअनुरूपको बनाउन कोसिस गरिनुपर्छ । तब मात्र विगतको गल्ती दोहोरिने छैनन् ।

हालको परिवर्तन पर्याप्त छैन, यो एउटा चरण मात्र हो यहाँहरूले भन्नुभएको छ । तर कतिपयमा यो नै सबथोक हो भन्ने बुझाइ देखिन्छ । यसलाई यहाँले के भन्नुहुन्छ ?

तपाइले ठीक भन्नुभयो । यो विषय विभिन्न अन्तर्त्रिmा, छलफल मिडियाहरूमा आइरहेको हामीले देख्यौं पढयौं । तपाइाले भन्नुभएजस्तै होल पार्टी, समग्र कार्यकर्ता, बुद्धिजीवी र आमजनतामा त्यो बुझाइ छ भन्ने लाग्दैन । तर फेरि पनि हाम्रा नेताहरूमा कतिपय बेलाका कार्यव्यस्तता, जनताको आकांक्षाको चाप, अन्तर्राष्ट्रिय सम्बन्धहरूको चाप आदिको बीचबाट व्यक्त हुने कुरामा ध्यान दिनुपर्छ भन्ने कुरा निश्चित रूपमा जायज हो । हामीबाट जनताले गरेको अपेक्षा सत्तामा पुगेपछि पूरा गर्नुपर्ने, जनताबाट जिम्मेवारी लिनुपर्ने, तर जनअपेक्षित प्रकृतिका कामहरू सरकारबाट पनि हुन नसक्ने, हाम्रा मन्त्रालयहरूबाट पनि हाम्रो योजनामुताबिक जान नपाइने, यस्ताखालका अन्तरविरोध यहाँनेर छ । तर सरकारमा भाग लिइसकेपछि सरकारको असफलता र कमजोरीप्रति सरकार र पार्टीले बराबरी जिम्मेवारी लिने समस्या हामीभित्र रहृयो । सरकारी कमजोरीको जिम्मा पार्टीले लिनुपर्छ भन्ने गल्ती गरिनुहुन्न । सरकारले लिने जिम्मेवारीप्रति सरकार नै जवाफदेही हुनुपर्छ । न कि पार्टीले होइन । सरकार र पार्टी भनेको अलगअलग कुरा हुन् । सरकार साझा सहमतिको छ, त्यसको उद्देश्य देशलाई अग्रगमनतिर लैजानेछ ।

यतिखेर सरकारमा जनताका सबै काम गर्ने स्थिति छैन, तर पार्टीको योजना र नीति भने जसरी पनि नेपालीलाई सत्ताका मालिक बनाउने, आमूल परिवर्तन गर्ने, नयाँ भविष्य दिने नै हुन्छ । त्यसको सम्भावनालाई हामीले बुझ्नैपर्दछ । तर सरकारबाटै सबै कुरा पूरा गर्न सकिन्छ भन्ने कुरामा कोही पनि भ्रममा पर्नु हुँदैन ।

एउटा सिंगो सत्ताको विषय, अर्थतन्त्रको विषय बाँकी नै छ । त्यसमा हामी प्रवेश गरेकै छैनौं भने पनि हुन्छ । त्यो कुरा पूर्ण र विजय नहुँदासम्म जनतालाई धेरै ठूलो आश्वासन दिइरहनु आवश्यक छैन । बरु उनीहरूलाई सिंगै विषयहरू बाँकी छन् । त्यो पूरा नहुन्जेल सक्रिय र सतर्क रहन अनि आन्दोलनमा अगाडि आउन आग्रह गर्नुपर्छ ।

यतिखेर सत्ता र पार्टीको भूमिका कस्तो हुन्छ अझ बढी स्पष्ट पारिदिनुहुन्छ कि ?

हामीले कम्युनिस्टहरू लगातार असफल रहँदा समीक्षा गरेको विषय के हो भने सरकार र पार्टीको अन्तरलाई लगातार जनतामा सम्प्रेषण गर्न नसक्नु हो । त्यसभित्र पनि अझ अर्काे कुरा के हो भने व्यक्ति र संस्थाको भूमिकालाई फरक गर्न नसक्नु । त्यसो गर्दा सरकार ढल्दा पार्टी ढल्ने, व्यक्ति ढल्दा पनि सरकार ढल्ने, यस्ताखालको कमजोरी इतिहासमा भएका छन् । नेपालकै सन्दर्भमा पनि एमाले, कांग्रेसको विघटन या उनीहरूको असफलता पनि त्यहीबीचबाट हुने गरेका छन् । संस्थागत प्रणाली नै छैन उनीहरूमा । व्यक्तिले जे निर्णय गर्छ, त्यहीबाट चल्नुपर्ने उनीहरूको बाध्यता छ । अर्काेतर्फ पार्टी भनेकै सरकार, सरकारमा पुग्नेबित्तिकै सम्पूर्ण पार्टी प्रणाली अन्त्य हुने समस्याले एमाले विघटन भएको हो ।

नेपालमा कम्युनिस्ट पार्टीहरू सतर्क हुनु जरुरी छ । किनभने तुरुन्तै सत्ता स्वार्थले पार्टी प्रवेश गर्ने र त्यहाँ उत्पन्न हुने विकृति, विसंगतिबाट पार्टीलाई टाढा राख्न सक्नुपर्छ । पार्टी भनेको एउटा रणनीतिक साधन हो । यसले परसम्म जनताको नेतृत्व गर्छ । जसको आफ्नो सुस्पष्ट नीति, योजना र विचारहरू हुन्छ । सरकार भनेको तत्कालीन जनताको नेतृत्व गर्ने साधन मात्रै हो । सरकार फेरबदल भइरहन्छ, तर पार्टीले निरन्तर जनताको नेतृत्व गरिरहन्छ । यसको सम्बन्धलाई हामीले उस्तैउस्तै बनाइदिनु, बन्न दिनु र अझ सरकारमा गएको मान्छेको पार्टीमाथि हाबी हुने या सरकार नै पार्टीमाथि हाबी हुने जो देखिन खोज्छ, त्यो हामीले हुन दिनु हुँदैन भन्ने कुरा स्पष्ट छ । त्यो गर्न सक्नु नै वास्तवमा प्रतिक्रान्ति हुनबाट रोक्नु, प्रतिगमनबाट देशलाई बचाउनु, जनताको आन्दोलनलाई निरन्तर परिवर्तन, वैज्ञानिक खोजतर्फ अग्रसर बनाउन सकिन्छ भन्ने कुरामा हामी सतर्क छौं ।

संविधानसभा चुनावका
लागि नेपाल कम्युनिष्ट पार्टी
(माओवादी)को प्रतिबद्धता-पत्र

वर्ड फाइल

पीडीएफ फाइल

Links

www.cpnm.org

Maoist Information

Bulletin

www.awtw.org

www.rwor.org

www.wprm.org

 

Nepali Font 

 

For Comments and Feedback- krishnasenonline

@yahoo.com

 

 

© All rights reserved with Krishnasen Memorial Publication Pvt. Ltd