प्रेस स्वतन्त्रतालाई जनताको मौलिक अधिकारको रुपमा सम्मान गर्ने प्रतिवद्धता

काडमाडौ,२० वैशाख । सुचना तथा सञ्चारमन्त्री कृष्ण वहादुर महराले सरकारले प्रेस स्वतन्त्रतालाई जनताको मौलिक अधिकारको रुपमा सदैव सम्मान गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा मन्त्री महराद्वारा जारी प्रेस विज्ञप्तीमा वर्तमान संविधानमा पे्रस स्वतन्त्रतालाई आधारभुत राजनीतिक अधिकारको रुपमा मान्यता दिएको उल्लेख गर्दै अव बन्ने नयाँ संविधानमा पनि त्यसलाई सुनिस्चित गरिने उल्लेख छ ।

महराले आफ्नो विज्ञप्तीमा प्रेस जगतसंग सम्वन्धित सवैलाई शुभ-कामना व्यक्त गदै निरंकुश शाही कालमा नेपालका अधिकांश सञ्चार कर्मीहरुले खेलको भुमिकाको सराहना गर्नु भएको छ ।

निरंकुश शाही सरकारले जनदमन, सुचनामा नियन्त्रण कायम गरेर आफ्नो आयु लम्व्याउन खोजेको समयमा त्यसका विरुद्ध नेपालका अधिकांश पत्रकारहरुले जोखिम मोलेर गरेको संघर्ष अविश्मरणीय छ वक्तव्यमा छ ।

संविधान सभाको निर्वाचन पछि नयाँ राजनीतिक धरातल निर्माण भएको उल्लेख गर्दै महराले विगतका सवै आग्रह पुर्वाग्रह त्यागेर नयाँ नेपाल निर्माणको अभियानमा एकतावद्ध हुन सवैसंग आग्रह समेत गर्नु भएको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

संविधानसभा चुनावका
लागि नेपाल कम्युनिष्ट पार्टी
(माओवादी)को प्रतिबद्धता-पत्र

वर्ड फाइल

पीडीएफ फाइल

Links

www.cpnm.org

Maoist Information

Bulletin

www.awtw.org

www.rwor.org

www.wprm.org

 

Nepali Font 

 

For Comments and Feedback- krishnasenonline

@yahoo.com

 

 

© All rights reserved with Krishnasen Memorial Publication Pvt. Ltd