अक्षर साइज़
header

जेठ १४ भित्रै संविधान जारी हुन्छ- अध्यक्ष प्रचण्ड

smaller text tool iconmedium text tool iconlarger text tool icon
काठमाडौं, जेठ १ । एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले जसरी पनि जेठ १४ भित्रै संविधान जारी हुने बताएका छन् । संवैधानिक समिति अन्तर्गतको विवाद समाधान उपसमितिको बैठकपछि सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै उहाँले संविधानसभाको म्याद नथपिने बताउनुभयो ।उहाँले भन्नुभयो- \'संविधानसभाको म्याद थपिँदैन । यही जेठ १४ गतेभित्रै संविधान बन्छ ।\' अध्यक्ष प्रचण्डले संविधान लेखन प्रक्रिया रोकिएको नभइ विकसित परिस्थितिको गम्भीरतालाई हेरेर दलहरुबीच गम्भीर छलफल गरी नयाँ निकास निकाल्न प्रयास भइरहेको बताउनुभयो। नेपाली कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले संविधानसभाको म्याद नथपिने र जेठ १४ गतेभित्रै संविधान जारी हुने बताउनुभयो।



संविधानसभाबाटै संविधान जारी गर्नुको विकल्प नरहेको बताउँदै उहाँले त्यसका लागि दलहरुबीच संविधान लेखनका क्रममा देखिएका विवादित विषयहरु सुल्झाउन व्यापक छलफल भइरहेको बताउनुभयो । बैठक औपचारिक विषयवस्तुमा प्रवेश नगरी सकिएको र अर्को बैठक पुनः आजै अपराह्न बस्ने भएको छ । मोर्चासहित तीनदलको बैठक अहिले केहीबेरमा प्रधानमन्त्री कार्यालयमा हुने र त्यसपछि उपसमितिको औपचारिक बैठक अपराह्न बस्ने तय भएको उपसमितिका सदस्य लक्ष्मणलाल कर्णले बताउनुभयो। 

प्रतिक्रियाहरू (0)

प्रतिक्रियाहरुको RSS फीड

प्रतिक्रियाहरु देखाउनुस्/लुकाउनुस्

प्रतिक्रिया लेख्नुस्

संकुचित | विस्तृत

busy