सिन्धुपाल्चोक, १५ चैत । मेलम्ची खानेपानी आयोजनाको सिन्धुपाल्चोकस्थित सिन्धु अडिटमा काम गर्ने एक चिनिया नागरिकको दुर्घटनामा मृत्यु भएको छ । सन्ताउन्न वर्षीय यु–क्युवान–छुएको मङ्गलबार मृत्यु भएको हो । सुरुङभित्रको माटो बाहिर फालेर फर्कने क्रममा भित्रकै माटो फाल्ने रेलको ठक्करबाट घाइते भएपछि उनलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र मेलम्चीमा लगिएको थियो ।
त्यहॉ उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौँं लैजाँदै गर्दा उनीको बीचबाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक लोकहरि खनालले बताउनुभयो । मृतकको शव त्रिवि शिक्षण अस्पतालमा राखिएको प्रहरीले बताएको छ ।

comments powered by Disqus
प्रतिक्रियाहरु देखाउनुस्/लुकाउनुस्
प्रतिक्रियाहरू (0)
प्रतिक्रियाहरुको RSS फीडप्रतिक्रियाहरु देखाउनुस्/लुकाउनुस्

Twitter
Digg
Del.icio.us
StumbleUpon
Facebook 