अक्षर साइज़
header

सडक विस्तार अझै हुन्छ– मन्त्री रायमाझी

smaller text tool iconmedium text tool iconlarger text tool icon
काठमाडौं, १४ चैत । स्थानीय विकासमन्त्री टोपबहादुर रायमाझीले काठमाडौँमा भइरहेको सडक विस्तार कार्य अन्य क्षेत्रमा पनि विस्तार गर्नुपर्छ भन्ने माग व्यापकरूपमा आइरहेको बताउनुभएको छ । स्थानीय विकास मन्त्रालय र काठमाडौँ महानगरपालिकाको संयुक्त तत्वावधानमा यही चैत २४ देखि ३० गतेसम्म सञ्चालन गरिने सफा काठमाडौँ हाम्रो काठमाडौँ अभियान–२०६८ सार्वजनिक गर्न आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री रायमाझीले सो जानकारी दिनुभएको हो ।

उहाँले सरकारले काठमाडौँका २५ ठाउँमा सडक विस्तारको काम सुरु गर्दा केही विरोध गरिए पनि यो अभियानमा जनताको सहयोग प्राप्त भएकाले अब यो रोकेर रोक्न सक्ने अवस्था छैन र यसले देशव्यापी रूप लिन्छ भन्नुभयो । काठमाडौँलाई सफा गर्ने अभियान सम्पन्न गर्न सरकारले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना अगाडि सारेको उहाँले बताउनुभयो ।

मन्त्री रायमाझीले सरकारले कसैलाई पनि फोहोरमा राजनीति गर्न नदिने स्पष्ट पार्दै काठमाडौँको फोहोरको दीर्घकालीन समाधान ओखरपौवा नभएकाले अन्य वैकल्पिक विधिहरूको खोजी भइरहेको बताउनुभयो । सो अवसरमा स्थानीय विकास राज्यमन्त्री घनश्याम यादवले व्यक्तिको विचारमा परिवर्तन ल्याउन सके मात्र सफा र हरियाली काठमाडौँ बनाउने सपना पूरा हुन्छ भन्नुभयो ।

काठमाडौँ महानगरपालिकाका प्रमुख तथा कार्यकारी अधिकृत केदारबहादुर अधिकारीले स्थानीय बासिन्दा, नेपाल सरकार, कामपाका कर्मचारी, नेपाली सेना, प्रहरी समेत सबैको सहयोग लिई अभियान सञ्चालन हुने जानकारी दिनुभयो ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रियाहरुको RSS फीड

प्रतिक्रियाहरु देखाउनुस्/लुकाउनुस्

प्रतिक्रिया लेख्नुस्

संकुचित | विस्तृत

busy