अक्षर साइज़
header

पशुपतिनगर मानव बेचबिखन नाका

smaller text tool iconmedium text tool iconlarger text tool icon
इलाम, १२ चैत । पूर्वी इलामको पशुपतिनगरलाई मानव बेचबिखनमा संलग्न दलालहरूले सुरक्षित नाकाको रूपमा लिने गरेको पाइएको छ । अन्यत्रबाट ल्याइएका महिलालाई यहाँबाट भारतको विभित्र स्थानसम्म दलालले पु¥याउने गरेका छन् । माइती नेपाल पशुपतिनगरले दिएको जानकारी अनुसार सन् २०११ मा पशुपतिनगरबाट १२८ चेलीको उद्धार भएको छ । ती १२८ जनामध्ये १९ जनालाई भारतका दार्जिलिङ, सिक्किम र सिलिगुडी सहरबाट उद्धार गरिएको थियो । 



माइती नेपालका अनुसार १०९ जनालाई बेचिइसकेको तर भारत नपु¥याइएको अवस्थामा सीमाक्षेत्र पशुपतिनगरबाट उद्धार गरिएको हो । इलाम, झापा, पाँचथर, तेह्रथुम जिल्लाका बढीजसो महिला बेचबिखनमा पर्ने गरेको माइती नेपाल पशुपतिनगरका संयोजक होम ढकालले बताउनुभयो । सन् २०११ मा माइती नेपालले इलामको पशुपतिनगर, झापाको काँकडभिट्टा र मोरङको विराटनगरबाट ४३३ जना महिलाको उद्धार गरेको जनाएको छ । तीमध्ये पशुपतिनगरबाट १०९ जना, काँकडभिट्टाबाट २५१ जना र विराटनगरबाट ७३ जनाको उद्धार गरिएको हो । 



विगत एक वर्षमा इलामबाट ३४ जना महिला हराएकामा सातजना फेला परेका, झापाबाट हराएका ८८ मध्ये एकजना पनि फेला नपरेका र मोरङबाट ५२ जनामा आठजना फेला परेको माइती नेपालले जनाएको छ । बेपत्ता हुनेमध्ये धेरै घरेलु हिंसाका पीडित र आर्थिक अवस्था न्यून हुनेहरू छन् । माइती नेपाल र प्रहरीको सक्रियतामा सीमा निरीक्षणका क्रममा विद्यालय पोसाकमा पनि महिलाहरू घर छाडेर हिँडेको अवस्थामा भेटिएको संयोजक ढकालले बताउनुभयो ।



विभित्र ठाउँमा घुमाउने बहानामा ५० भन्दा धेरै जिल्लाबाट महिलालाई पशुपतिनगरको मुख्य नाका र ग्रामीण क्षेत्रका चोरबाटोमार्फत भारततर्फ लगिने गरेको पाइएको ढकालले जानकारी दिनुभयो । इलाम, झापा र विराटनगरका मुख्य नाकाबाट अघिल्लो वर्ष माइती नेपालको सक्रियतामा ४३३ महिलाको उद्धार गरिएको थियो । पशुपतिनगर फाटक नाकाबाट १०९ जना, काँकडभिट्टाबाट ५१ जना र विराटनगरमा ७३ जनाको उद्धार गरिएको माइती नेपाल पशुपतिनगरले जनाएको छ । सीमावर्ती गाउँ र विद्यालयहरूमा मानव बेचबिखनविरुद्ध स्थानीयवासीलाई सचेत गराउने उद्देश्यले प्रशिक्षणसमेत दिने गरिएको छ । 

प्रतिक्रियाहरू (0)

प्रतिक्रियाहरुको RSS फीड

प्रतिक्रियाहरु देखाउनुस्/लुकाउनुस्

प्रतिक्रिया लेख्नुस्

संकुचित | विस्तृत

busy

राजनीति

मुख्य समाचार

सम्पर्क ठेगाना

  • कोटेश्वर, काठमाडौं
    इमेलः- krishnasenonline@gmail.com