अक्षर साइज़
header

एकीकृत नेकपा माओवादीका केन्द्रीय सल्लाहकार देवेन्द्रलाल श्रेष्ठ \'काइँलाबा\' को निधनमा जारी शोक मन्तव्य

smaller text tool iconmedium text tool iconlarger text tool icon
शोक-मन्तव्य
हाम्रो पार्टी एकीकृत ने.क.पा.(माओवादी)का केन्द्रीय सल्लाहकार तथा लोकपि्रय वामपन्थी नेता देवेन्द्रलाल श्रेष्ठ \'काइँलाबा\'को यही २०६८ कार्तिक ६ गते दिउँसो १:१५ बजे अल्का अस्पताल ललितपुरमा  निधन भएको छ । क.काइँलाबाको निधनले हाम्रो पार्टीपंक्ति स्तब्ध भएको छ । हाम्रो पार्टी दिवंगत् क. काइँलाबाप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्नुका साथै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछ ।
    क. देवेन्द्रलाल श्रेष्ठको जन्म वि.सं. १९८० असारमा पाटनको मंगलबजारमा भएको थियो । उहाँ वि.सं. १९९७ देखि राजनीतिक आन्दोलनमा सक्रिय हुनुहुन्थ्यो । उहाँ वि.सं.२००६ सालमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएदेखि नै कम्युनिस्ट पार्टीको सदस्य हुनुभयो ।
क. काइँलाबाको परिवारमा हाल उहाँकी जीवनसँगिनी, दुई छोरा र एक छोरी हुनुहुन्छ ।
     उहाँको पार्थिव शरीरलाई सोमबार बिहान ७ः०० बजेसम्म मङ्गलबजारस्थित उहाँको निवास नजिकैको डबलीमा राखिने छ भने बिहान ७ः०० देखि ९ः३० बजेसम्म पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने छ, र त्यसपछि उहाँको पार्थिव शरीरलाई पशुपति आर्यघाटतर्फ प्रस्थान गराइने छ ।         
६ कार्तिक २०६८
दीनानाथ शर्मा
प्रवक्ता

प्रतिक्रियाहरू (0)

प्रतिक्रियाहरुको RSS फीड

प्रतिक्रियाहरु देखाउनुस्/लुकाउनुस्

प्रतिक्रिया लेख्नुस्

संकुचित | विस्तृत

busy

दस्तावेजहरु

मुख्य समाचार

धेरैले पढेको

सम्पर्क ठेगाना

  • पेरिसडाँडा, कोटेश्वर, काठमाडौं
    फोन नं :- ०१-४६०२२९०
    इमेलः- krishnasenonline@gmail.com