प्रेस वक्तव्य
भारतीय सीमा सुरक्षा बल एसएसबीले यही २०६८ असोज ३० गते कञ्चनपुरको भिमदत्तनगर नगरपालिका वडा नं. ११ भुजेलामा अनधिकृत रूपमा प्रवेश गरी नेपालीका तीनवटा घर भत्काइदिएको घटनाप्रति एकीकृत ने.क.पा.(माओवादी) कडा विरोध व्यक्त गर्दछ ।
उक्त घटनालाई पार्टीले नेपालको राष्ट्रिय अखण्डता, स्वतन्त्रता र सार्वभौमिकतामाथिको हस्तक्षेप, सीमाक्ष्ँेत्रका वासिन्दाको शान्तिपूर्ण बा“च्न पाउने अधिकारको हरण र अन्तर्राष्ट्रिय कानुन समेतको उल्लङ्घनको रूपमा लिएको छ ।

दुई देशबीचको सम्बन्धलाई सुमधुर र सुदृढ गर्ने सन्दर्भमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईबाट हुन गइरहेको भारतको सद्भावना भ्रमणको पूर्वसन्ध्यामा भारतीय सीमा सुरक्षाबलबाट यसप्रकारको अशोभनीय, गैरजिम्मेवार र उत्तेजक क्रियाकलाप हुनु बिडम्वनापूर्ण हो । यस्ता क्रियाकलापले दुई देशबीचको सम्बन्धमा असहजता मात्रै उत्पन्न गराउने हु“दा तिनलाई अबिलम्ब रोक्न पार्टी भारत सरकारसित जोडदार आग्रह गर्दछ ।
२ कार्तिक २०६८
दीनानाथ शर्मा
प्रवक्ता

Twitter
Digg
Del.icio.us
StumbleUpon
Facebook
Download