
प्रेस वक्तव्य
१. एकीकृत नेकपा(माओवादी) र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा बीच गत २०६८ भाद्र ११ गते सम्पन्न चार बुँदे सहमति समग्र राष्ट्रिय हितको संरक्षण र अग्रगामी राज्यको पुनःसंरचना सहितको नयाँ नेपाल निर्माणको दिशामा अघि बढ्ने महत्वपूर्ण राजनीतिक दस्तावेज हो । त्यसप्रति हाम्रो पार्टी पूर्णरुपमा प्रतिवद्ध रहँदै त्यसको कार्यान्वयनमा दृढ रहेको कुरा हामी पुनःस्पष्ट गर्न चाहन्छौं ।
२. माननीय रक्षामन्त्री श्री शरदसिंह भण्डारीको अभिव्यक्तिलाई लिएर सिर्जना हुन पुगेको विवादको सन्दर्भमा तत्काल शान्ति र संविधान निर्माणको प्रमुख राजनीतिक एजेण्डालाई ओझेलमा पार्ने गरी कोही कसैबाट पनि कुनै गतिविधि र अभिव्यक्ति नहोओस् भन्ने एनेकपा(माओवादी)को स्पष्ट धारणा रहेको छ । हाम्रो पार्टीको कुनै आधिकारिक निकायले सो सन्दर्र्भमा “राष्ट्रघात” जस्ता गम्भीर आरोप कोही कसै माथि नलगाएको स्पष्ट गर्दै राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डताको विषयलाई कुनै विवादमा नतान्न सम्बन्धित सबैसँग हार्दिक आग्रह गर्दछौं ।
१ कार्तिक २०६८
दीनानाथ शर्मा
प्रवक्ता

Twitter
Digg
Del.icio.us
StumbleUpon
Facebook
Download