|
रिपोर्ट
शोषणको रुपमा
जीवित बालीघरे प्रथा
प्रतीक इच्छुक
सल्यान, ४ मङ्सिर
: श्रमशोषणका रुपमा रहेको बालीघरे प्रथाले
सल्यानमा अहिले पनि निरन्तरता पाइरहेको छ । समयले
कोल्टो फेरेको छ भनेर दैनिक सुन्न पाइएपनि यर्थाथता भने
अर्कै छ । सल्यानका दलितहरूले विभिन्न सीपमूलक काम गरे
पनि अहिलेसम्म श्रमको सम्मानपूर्ण ज्याला पाउन सकेका
छैनन् ।
दार्मकोट १ का वीरसिंह
नेपालीले दिनभरि अर्काको हासिया, कोदालो लगायतका
कृषिऔजार तथा घरायसी सामाग्री बनाउँछन् । तर साँझ
परेपछि एकछाक खानको समस्या पर्ने उनले बताए । वर्षभरि
काम गरे बापत केही अन्नमा टार्ने गरेको उनको भनाइ छ ।
दार्मकोट-६ का चन्द्रबहादुर परियारले सानैदेखि कपडा
सिलाउने पेशा अगाल्दै आए तर उनको जीवनमा कुनै परिवर्तन
आएन । उमेरले छ दशक नाघिसकेका उनले काम गरेको श्रमबापत
वर्षभरिमा पाँच हजार बराबरको धान, मकै, गहुँ, कोदो
पाउँछन् । यसले उनलाई घर चलाउन हात्तीको मुखमा जिरा
जस्तै हुन्छ ।
यस्तै बेथा छ सल्यान मुलखोलाका
भद्रे वि.क.को पनि ३४ वर्षदेखि गाउँभरिका सबैको फलाम
कुट्दा पनि उनको जीवनस्तर सुधि्रएको छैन । फलाम कुटेर
उनले जसोतसो सात जनाको परिवार पालेका छन् । साहुहरूलाई
आफ्नो परिश्रमको ज्याला बढाउन भन्दा उल्टै हप्की
खानुपरेको तीतो अनुभव सुनाउँदै उनी भन्दछन्, 'सानो छादा
जति ज्यालामा काम गर्नुपथ्र्यो, अहिले पनि त्यही रकममा
काम गर्नुपर्ने बाध्यता रहेको छ । हरेक वस्तुको मूल्यले
आकाश नाघिसक्यो । ’
मानव-शोषणको रूपमा रहेको
बालीघरे प्रथाबाट जीविकोपार्जन गर्नेहरूको संख्या
सल्यान जिल्लामा करिब छ सयको संख्यामा छ । यहाँका ४७
मध्ये ३६ वटा गाविसहरूमा यो प्रथा कायमै छ ।
पक्षघातबाट तीन सय बढी बाख्रा मरे, 'ब्यानोसाइट
फोर्टुनामक औषधि प्रभावहीन
जनदिशा संवाददाता
बाँके, ४ मङ्सिर
: बाख्रामा हुने पक्षघात
रोकथामका लागि पशु चिकित्सकहरूले सिफारिस गरेको 'ब्यानोसाइट
फोर्टुनामक औषधि प्रभावहीन भएपछि बाँके र बर्दियामा
किसानका तीन सय बढी बाख्राहरू मरेका छन् ।
पक्षघातको लक्षण देखिएलगत्तै
सिफारिस गरेको औषधि प्रयोग गर्दा समेत रोग नियन्त्रण
नभएको र पशु चिकित्सकहरूले कुम्री रोगका लागि सिफारिस
गरेको औषधिले काम गर्न छाडेकाले कुन औषधि प्रयोग गर्ने
भन्ने समस्या उत्पन्न भएको छ ।
केन्द्रीय पशु रोग अन्वेषण
प्रयोगशालाका चिकित्सक केदार कार्कीले पक्षघातका लागि
सिफारिस गरेको औषधिले काम गर्न छाडेको स्वीकार गरेका
छन् ।
उनले मर्ने बाख्राहरूमा भिन्नै
प्रकृतिका जिवाणु फेलापरेको र त्यसका लागि कुन औषधि
प्रयोग गर्ने भन्ने अनुसन्धान भइनसकेको बताएका छन् । 'खाद्य
संस्थानले बाँके र बर्दियाका विभिन्न ठाउँबाट काठमाडौं
पठाउँदा मरेका ५० बाख्राको पोस्टमार्टम गरें, ’
अन्वेषण प्रयोगशालाका डा. कार्कीले भने, 'पहिलेजस्तो
जिवाणु देखिएन त्यसैले रोगको अनुसन्धान गर्नुपर्छर् ।’
बाँकेको कुसुम, ढकेरी,
कोहलपुर, बनकटवा र बर्दियाको लखना, बाँसगढी, डेउढाकला,
लक्ष्मणा, माछागढमा बाख्राहरू पक्षघात भएर मर्ने क्रम
बढेको छ । त्रिभुवन विश्वविद्यालयवाट रोगको सोध
अध्ययनमा आएका ओमप्रकाश न्यौपानेले बढ्दो पक्षघातको
विकल्पमा कुनै औषधि नभएकाले तत्काल रोगका परजीवी र औषधि
पत्ता नलगाए रोगले भयावह रूप लिनसक्ने बताएका छन् ।
सेतेरिया कमरीनामक परजीवीले
हुने पक्षघातका लागि सिफारिस गरेको ब्यानोसाइड फोर्टले
काम नगरेपछि पशु स्वास्थ्य निर्देशनालय तत्काल
अनुसन्धान गर्न चिकित्सकहरूको टोली पठाउनुपर्ने हो ।
सोधकर्ता न्योपानेले भने, 'सोधका क्रममा दुई/तीन
प्रकारका परजीवी देखिए पनि निर्देशनालयले ल्याब प्रयोग
गर्न दिएको छैन । मैले व्यक्तिगत रूपमा रोग पत्ता
लगाउने प्रयास गरेको छु उनले भने । सोधका लागि सङ्कलित
रगत र गोबर परीक्षणमा नयाँ परिजीवी देखिएको उनले बताए
।
छोटी भन्सार नाका सञ्चालन नहुँदा तस्करी बढयो
उत्तमराज ओझा
धनगढी, ४ मङ्सिर
: देशमा स्थायी शान्ति
बहालीको तीन वर्ष बितिसक्दा पनि द्वन्द्वकालमा
क्षतिग्रस्त बनेका कैलालीका छोटी भन्सार कार्यालयहरू
अझै सञ्चालनमा आउन सकेका छैनन् ।
छोटी भन्सार कार्यालय
पुनस्र्थापित नहुदा बर्सेनि लाखौंको राजस्व चुहावट हुने
गरेको छ । द्वन्द्वकालअघि कैलालीमा सातवटा छोटी भन्सार
कार्यालय सञ्चालित थिए । द्वन्द्वकालअघि कैलालीमा
बर्दवा चौगुड्डी, शक्ति खक्रौला, सोनाफाटा, पृथ्वीपुर,
घुइयाफाटा, भडरी र कनरी छोटी भन्सार नाका सञ्चालित थिए
। यीमध्ये अहिले खक्रौला र पृथ्वीपुर छोटी भन्सार नाका
मात्रै सञ्चालनमा आएका छन् ।
द्वन्द्वकालअघि यी भन्सार
कार्यालयबाट लाखौंको राजस्व सङ्कलन हुने गरेको थियो ।
क्षतिग्रस्त बनेका छोटी भन्सार कार्यालयमध्ये पाँच छोटी
भन्सार कार्यालयको पुनर्निर्माण हुन नसक्दा सञ्चालनमा
नआएका हुन् ।
द्वन्द्वकालमा विस्थापित भएका
छोटी भन्सार कार्यालय पुनस्र्थापित नहुँदा तस्करी
मौलाएको छ । भन्सार नाका सञ्चालन हुन नसक्दा सीमावर्ती
भारतीय बजारबाट अवैध रूपमा मालसामान भित्रिएको र तस्करी
बढेको व्यवसायीहरू बताउँछन ।
सीमावर्ती भारतीय बजारबाट
नेपालमा अवैध मालसामान भित्रिादा स्थानीय बजारको
व्यापार व्यवसायमा कमी आएको स्थानीय व्यापारी प्रेम
मल्ल बताउनुहुन्छ । भन्सार नाका सञ्चालन हुन नसक्दा
तस्करी बढेको भन्सार कार्यालयका प्रमुख गोपाल खत्री
स्विकार्नुहुन्छ ।
छोटी भन्सार कार्यालय
पुनस्र्थापित गर्न सरकारी निकायले चासो दिएको छैन ।
केन्द्रले भन्सार नाका पुनस्र्थापना गर्नेबारे नीति तथा
कार्यक्रम नबनाएका कारण कैलालीका पाँच भन्सार कार्यालय
पुनस्र्थापित नभएको कैलाली भन्सार कार्यालयका प्रमुख
गोपाल खत्री बताउनुहुन्छ । भौतिक पूर्वाधार निर्माण र
कर्मचारीलाई सुरक्षाको प्रत्याभूति नहुँदा कैलालीका
पाँच छोटी भन्सार कार्यालय सञ्चालन हुन नसकेको प्रमुख
खत्री बताउनुहुन्छ ।
त्रासदीपूर्ण
वातावरणमा छन् गामका जनता, 'बरू हामीलाई जनयुद्धकै
बेलामा शान्ति सुरक्षा थियो ’
मानसिंह विक
रोल्पा, ४ मङ्सिर
: देशमा शान्ति स्थापना भए
पनि रोल्पाको पूर्वी गामका बासिन्दा झनै त्रासदीपूर्ण
वातावरणमा बाँच्न विवश छन् । गाउँमै संविधानसभा
निर्वाचनको पाँच दिनअगाडि एक माओवादी जिल्ला नेताको
अज्ञात समूहबाट अत्याधुनिक हतियारद्वारा हत्या भएपछि
त्रासमा रहेको गाममा अहिले नकावधारी समूहबाट धम्की र
अपहरणजस्ता घटनाहरू दिनानुदिन बढिरहेका छन् ।
कात्तिक २८ गते मात्र सुलिचौर
बजारबाट घर फर्किरहेका बलबहादुर बुढालाई हतियार बोकेको
दुई नकावधारीले अपहरण गरेर बेत्ता पारेका छन् । गाम-२
घर भएका बुढा साँझपख भित्री गामबाट अपहरणमा परेका थिए
।
इलाका प्रहरी कार्यालय पोबाङका
प्रनानी बलबहादुर शाहीको नेतृत्वमा एक दर्जन प्रहरी
बुढाको खोजीमा पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको
छ । प्रहरी मङ्गलारबाट परिचालित भएका हुन् ।
अहिले गामको शान्ति सुरक्षाको
अवस्था निकै जोखिमपूर्ण बन्दै गएको स्थानीयबासीहरू
बताउँछन् । माओवादी कार्यकर्ताको हत्याराहरू गाउँमा
भएको स्थानीयबासीले बताए पनि कुनै पक्षले उनीहरूलाई
नियन्त्रणमा लिएर कारबाही गर्न सकेको छैन । 'साँझ भयो
कि त हतियार बोकेका आउँछन् । मार्छम् भनेर धम्की
दिन्छन, ’ एक
स्थानीयबासीले भने, 'बरु हामीलाई जनयुद्धकै बेलामा
शान्ति सुरक्षा थियो ।’
कसैलाई भनिदिए मारिदिने धम्की दिनाले आफूहरू जीवन
रक्षाका लागि पनि केही गर्न नसकिरहेको एक स्थानीयबासीले
बताए । 'के गर्ने हामीले कहिल्यै नदेखेका हतियार बोकेर
आउँछन् । के-के काममा लगाउँछन्, ’
उनले भने, 'कुन दिन मार्ने हुन् थाहा छैन ।’
केही समय अगाडि माओवादी
कार्यकर्ताको हत्याराहरू गाममै रहेको जानकारीपछि
कारबाहीका लागि प्रहरी र वाईसीएलको संयुक्त टोलीले
खोजिनिती गरेको थियो । तर सफलता हात पार्न सकेको थिएन
। अहिले उक्त कार्यलाई पूरा गर्न जिल्ला प्रहरी
कार्यालयबाट नयाँ सुरक्षा रणनीति अपनाइने प्रहरीले
जनाएको छ ।
झन्डै डेढ महिना अगाडि मात्र
सुलिचौर बजारबाट केही गामकै मान्छेबाट प्रहरीले एक
दर्जन बन्दुक र गोली प्रहरीले बरामद गरेको थियो ।
जनयुद्धताका चर्चामा रहेको
गाम माओवादी अखडा भनेर पनि परिचित छ । जनयुद्ध सुरुआत
हुनुपूर्व त्यहाँ तीव्र दमन पनि भएको थियो । विगतमा
जनतालाई फटाहाहरूले दमन गरेकै कारण जनयुद्ध सशक्त भएको
बताउँदै माओवादी कार्यकर्ताहरू फेरि अर्को क्रान्ति
सुरु गर्नुपर्ने बाध्यता आइपर्न थालेको बताउँछन् ।
संविधानसभाको पाँच दिन अगाडि
मात्र गाममा माओवादी जिल्ला सदस्य टेकबहादुर बुढा र
गामबाटै आई जैमाकसलामा जनकम्युन साधारण शाखा सदस्य
भक्तबहादुर विकलाई गोली हानी हत्या गरिएको थियो ।
गाममाजस्तै रोल्पाको पूर्वी
भेगमा अहिले केही हतियारधारी समूहले माओवादीका
जिल्लास्तरीय नेतालाई मार्ने धम्की दिइरहेको बताइएको छ
। |