जनदिशा दैनिक

जनादेश साप्ताहिक

The Red Star

सश्लेषण मासिक

 
अन्तर्राष्ट्रिय

एकजुट हुँदैछन् समाजवादीहरु

एजेन्सीहरु

हवाना, ४ मङ्सिर : विश्वमा आर्थिक मन्दीले पुँजीवादीहरूलाई आक्रान्त पारिरहेकै बेला समाजवादी राष्ट्रहरू आर्थिक वृद्धि र समुन्नतिका लागि एकताबद्ध हुँदैछन् । उनीहरू एकआपसमा सहयोगको आदानप्रदान गर्नुका साथै अमेरिकी साम्राज्यवादका विरुद्ध कसरी जुध्न सकिन्छ भन्ने विषयमा समेत छलफल गर्दैछन् ।

यसैक्रममा चिनियाँ राष्ट्रपति हु जिन्ताओ लाखौं डलरको सहयोगसहित क्युबासँगको व्यापार-सम्बन्ध बढाउन हवाना पुग्नुभएको छ । क्युबामा यस वर्ष आएका तीनवटा हुरिकेन आँधीबाट पीडित बनेका क्युबालीहरूको सहयोगार्थ चीनले ४ दशमलव ५ टन मानवीय सहायता सामग्री सोमबार हस्तान्तरण गरेको थियो ।

चीनबाट प्राप्त सहयोगको सह्राहना गर्दै क्युबाका वैदेशिक लगानी तथा आर्थिक सहयोग मन्त्री रोडि्रगो मालमिर्काले क्युबाले सङ्घर्ष गरिरहेका बेला राष्ट्रपति हुले ल्याउनुभएको सहयोग उचित समयमा आएको बताउनुभयो ।

दश अर्ब डलर बराबरको क्षति पुग्ने गरी आएका हुरिकन, गुस्ताभ, आइक तथा पालोमाबाट पीडित बनेका क्युबालीहरूलाई चीनले गरेको यो तेस्रो सहयोग हो । चीनले हुरिकनबाट क्षतविक्षत भएको क्युबालाई हालसम्म २० लाख ५० हजार डलर सहयोग गरिसकेको छ ।

चीनले क्युबाको अस्पतालहरू पुनर्निर्माणका लागि ७ करोड डलरको ऋण उपलब्ध गराउनुका साथै सामाजिक योजनाका लागि अर्को एक करोड डलर उपलब्ध गराएको छ ।

मंगलबार राष्ट्रपति हु क्युबाली राष्ट्रपति राहुल क्यास्ट्रोका साथ चिनियाँ विद्यार्थीहरू अध्ययन गर्ने विद्यालय जानुभएको थियो, जहाँ क्युबाली नेताहरूले चिनियाँ कम्युनिष्ट पार्टीका अध्यक्ष माओत्सेतुङको सम्झनामा चिनियाँ गीत गाउनुभएको थियो ।

चिनियाँ राष्ट्रपति हुले पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोलाई भेट गरी समाजवादी अर्थतन्त्र र विश्व आर्थिक संकटका विषयमा लामो कुराकानी गर्नुभएको थियो ।

फिडेल क्यास्ट्रोले केही महिना यता भेनेजुयलाका राष्ट्रपति हृयुगो चाभेज र ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डी सिल्भासँग भेटघाट गरिसक्नुभएको छ ।

चिनियाँ राष्ट्रपति हु वासिङ्टनमा सम्पन्न जी-२० सम्मेलन सकेर सोमबार क्युबा पुग्नुभएको हो ।

अमेरिकी अर्थतन्त्र डामाडोल भएको स्थितिमा चीनले यतिबेला आफ्नो व्यापार ल्याटिन अमेरिकी देशतर्फ सोझ्याएको बताइन्छ । चीनले ल्याटिन अमेरिकामा यस वर्षको पहिलो नौ महिनामा आफ्नो निर्यात ५२ प्रतिशतले बढाएको छ, जुन १ खर्व ११ अर्ब ५० करोड डलर हो ।

सोभियत युनियनको सन् १९९१ मा विघटन भएपछि चीन, भेनेजुयला, क्युबा, ब्राजिल, भियतनाम लगायतका समाजवादी राष्ट्रहरूले आपसी सम्बन्धको सुधारका लागि प्रयासहरू गरेका छन् र उनीहरू विश्वव्यापी शक्तिका लागि ऐक्यबद्धता जनाइरहेका छन् ।

त्यसो त समाजवादी राष्ट्र नभएपनि अमेरिकासँगको दुश्मनीका कारण इरान पनि यी राष्ट्रहरूसँग सम्बन्ध जोड्दै आएको छ । उत्तर कोरियाप्रति अमेरिकाले राखेको दृष्टिकोणका आलोचक यी राष्ट्रहरूले पुँजीवादका विरुद्ध समाजवादी राज्यव्यवस्थालाई मजबुत पार्नु पर्नेमा आफूहरूबीचमा सहकार्यको आवश्यकतालाई औंल्याउँदै आएका छन् ।

यसैबीच भियतनामका राष्ट्रपति न्गुयन मिन्ह टि्रयटले भेनेजुयलाको भ्रमण गर्नुभएको छ । एशिया प्रशान्त क्षेत्रको सम्मेलनमा भाग लिन जानुअघि टि्रयटले भेनेजुयलाका राष्ट्रपति हृयुगो चाभेजसँग भेट्ने कार्यक्रम छ ।

दुई नेताहरूबीच भेनेजुयलाले चीन र इरानसँग गरेजस्तै संयुक्त विकास कोषका विषयमा छलफल गर्ने कार्यक्रम छ ।

सन् २००६ मा चाभेजले भियतनामको भ्रमणका क्रममा अमेरिकीहरूसँग भियतनामले गरेको साहसिक युद्धको प्रसंशा गर्नु भएको थियो ।

समुद्री डाँकाको जहाज डुब्यो

एजेन्सी

अदन, ४ मङ्सिर : भारतीय नौसेनाको युद्धपोत आइएनएस तबरमा सवार नौसैनिकहरूले सोमालियाका समुद्री डाँकाहरूको जहाजलाई अदनको खाडीमा डुबाइदिएका छन् ।

डाँकाहरूले भारतीय नौसेनाको जहाजमाथि हमला गरेपछि नौसेनाले जवाफी कारबाही गर्दा डाँकाहरूको जहाज डुबेको जनाइएको छ ।

नौसेनाका अनुसार आइएनएस तबर मंगलबार अदन खाडीमा गस्ती लगाईरहेका बेला त्यस क्षेत्रमा आईरहेको समुद्री डाँकाहरूको जहाजलाई नौसेनाले रोकेका थिए ।

हातमा बन्दुक र रकेट लन्चर लिएका समुद्री डाँकाहरूले नौसैनिक जहाजलाई उडाईदिने धम्की दिनुका साथै गोली बर्षाएको नौसेनाले बताएका छन् ।

नौसेनाले गरेको जवाफी कारबाहीमा डाँकाहरूको जहाज विष्फोट भएको थियो । डाँकाहरूको जहाजमा विष्फोटक पदार्थ राखिएको बुझिएको छ ।

समुद्री डाँकाहरूले शनिबार साउदी अरबको सिरियस स्टार नामको तेल ट्याङ्करलाई अपहरण गरेका थिए ।

यस जहाजमा साउदी अरबका २५ जना चालक दलका सदस्य छन् र सो जहाज २० लाख ब्यारेल तेलले लादिएको थियो ।

गृहयुद्धका कारण सोमालियामा सन् १९९१ देखि कुनै सरकार छैन र संयुक्त राष्ट्र संघीय शान्ति सेनाले त्यस देशमा सुरक्षा दिइरहेको छ ।

समुद्री डाँकाहरूसँग जुध्नका लागि कतिपय देशका नौसैनिक युद्धपोतहरूले अदनको खाडीमा गस्ती समेत लगाईरहेका छन् ।

विश्वको व्यस्त समुद्रीमार्गमध्येको एक यस खाडीले लालसँगरलाई हिन्द महासँगरसँग जोड्ने काम गर्छ ।

रिपोर्टअनुसार सोमालियाका समुद्री डाँकाहरूले जहाजहरूको अपहरण गरी यसवर्ष करीब तीन करोड डलर फिरौती असुल गरिसकेका छन् ।

समुद्री डाँकाहरूले अदनको खाडीबाट मंगलबार फेरि दुईवटा पानीजहाज लुटेर लगेका छन् ।

मङ्गलबार अपहरण गरिएका दुईवटा पानीजहाज कुन कम्पनीका थिए भनेर खुल्न सकेको छैन । आन्तरिक द्वन्द्वका कारण सोमालियामा प्रभावकारी सरकारी संयन्त्र नहुँदा लुटपाटका घटना बढेको जनाइएको छ ।

अमेरिकी क्षेप्यास्त्रबाट पाँचको मृत्यु

एजेन्सी

मिरानशाह, ४ मङ्सिर : अफगान सीमा नजिकै उत्तरपश्चिमी पाकिस्तानमा भएको एक क्षेप्यास्त्र हमलामा दुई विदेशीसहित पाँच व्यक्तिको मृत्यु भएको सुरक्षा अधिकारीहरूले बुधबार बताएका छन् ।

ती क्षेप्यास्त्रहरू चालकरहित अमेरिकी विमानहरूद्वारा खसालिएको ठानिएको छ ।

अल कायदा लडाकुहरूको सुरक्षित आश्रय मानिएको अप्ठेरोमा आदिवासी भू-भागहरूबाहिर अमेरिकी क्षेप्यास्त्र हमला भएको यो पहिलो अवसर हो ।

लक्ष्य बनाइएको घर उत्तरपश्चिम बान्नु जिल्लामा पर्दछ, जुन अफगान सिमानासँग जोडिएको छ । स्थानीय अधिकारीहरूका अनुसार यो क्षेप्यास्त्र हमलामा अन्य सात जना घाइते भएका छन् ।

मारिनेहरूमा कम्तीमा दुईजना विदेशी नागरिकहरू छन् । अल कायदा लडाकूहरूलाई संकेत गर्न पाकिस्तानी अधिकारीहरूले विदेशीको संज्ञा दिने गर्छन् ।

आणविक भट्टीको नमूना लिने सहमति

एजेन्सी

सोल, ४ मङ्सिर : निःशस्त्रीकरणको अर्को चरणमा उत्तर कोरियाका आणविक भट्टीहरूबाट अन्तर्राष्ट्रिय अनुगमनकर्ताहरूलाई नमूना लिन लगाउन संयुक्त राज्य अमेरिका र उत्तर कोरियाबीच मौखिक सहमति बनेको छ ।

दक्षिण कोरियाको दैनिक समचारपत्र क्युनघ्याङ सिन्मनले कुटनीतिक स्रोतलाई अघि सार्दै भनेको छ - चालु दोस्रो चरणमा नमूना लिने काम हुनेछैन ।

अमेरिकाले अक्टुबर ११ मा उत्तर कोरियाली आणविक कार्यक्रम घोषणाको भिडान गरी हेर्ने विभिन्न प्रक्रियामा उत्तर कोरियासँग सहमति बनेपछि आतङ्ककारी सूचीबाट त्यस मुलुकको नामलाई हटाएको थियो ।

यस्ता प्रक्रियाहरूमा नमूना सङ्कलन र फोरेन्सिक गतिविधि पनि सामेल छन् । यो अमेरिकी कदमपछि उत्तर कोरियाले दोस्रो चरणमै नमूना सङ्कलनका लागि अनुमति दिने अपेक्षा गरिएको थियो ।

उत्तर कोरियाले गतहप्ता आˆना आणविक केन्द्रहरूबाट नमूना लिन अनुगमनकर्ताहरूलाई अनुमति नदिइने र भिडान प्रक्रिया अनुगमनकर्ताहरूलाई कार्यस्थलमा पहुँच, दस्तावेज पुष्टि र इन्जिनियरहरूसँगका अन्तर्वार्तामा मात्रै सीमित हुने बताएको थियो ।

तर अहिले अमेरिका र उत्तर कोरिया दुवैले साङ्गोपाङ्गो भिडान कार्यका लागि लामो समय लाग्ने र नमूना लिने कार्य निशस्त्रीकरणको तेस्रो वा अन्तिम चरणमा मात्रै सम्भव हुने तथ्यलाई आत्मसात् गरेको उक्त दैनिकले लेखेको छ ।

विद्रोहीले लडाकूहरु फिर्ता बोलाउने

न्यान्जेला, ४ मङ्सिर : कङ्गोको तुत्सी विद्रोही सङ्गठनले सङ्कटग्रस्त दुईवटा क्षेत्रबाट आˆना लडाकुलाई फिर्ता बोलाउने बताएको छ ।

विद्रोही सङ्गठनले कानयाबायोङ्गादेखि न्यान्जेला र काबासादेखि किवान्जा क्षेत्रबाट आˆनो सैन्यदस्ता फिर्ता बोलाएको जनाएको छ । विद्रोही नेता लाउरेन्ट नकुन्दाले संयुक्त राष्ट्रसङ्घसँग भएको सहमतिअनुसार आˆना लडाकू फिर्ता बोलाइएको जानकारी दिएको बताइएको छ ।

पूर्वी क्षेत्रमा जारी द्वन्द्व समाधान गर्न नसकेको भन्दै त्यहाँको सरकारले सेना प्रमुखलाई बर्खास्त गरेपछि विद्रोही सङ्गठनले यस्तो प्रतिक्रिया दिएको हो ।

यसैबीच प|mान्सले संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्मा कङ्गोमा रहेको राष्ट्रसङ्घीय सेनालाई थप सक्रिय पार्ने प्रस्ताव अघि सारेको छ ।

तर राष्ट्रसङ्घीय मिसनका कमाण्डर जनरल विपिन रावतले भने थप कार्वाहीका लागि राष्ट्रसङ्घीय सेना तयार नभएको प्रतिक्रिया दिएका छन् ।

पूर्व ताइवानी राष्ट्रपतिलाई जेल फर्काइयो

ताइपेई, ४ मङ्सिर : भ्रष्टाचारको आरोपमा मुछिएका ताइवानी पूर्वराष्ट्रपति चेन शुइ वियनलाई बुधबार अस्पतालबाट फर्काएर पुनः हिरासत केन्द्र लगिएको छ ।

आठ दिनदेखि भोक हडतालमा रहेका चेनलाई मुटुको ढुकढुकी अनियमित बनेपछि अस्पताल लगिएको थियो ।

बुधबार एम्बुलेन्सबाट अस्पताल निस्कादा उनका दर्जनौं समर्थकहरूले बिगुल बजाएका थिए ।

बुधबार बिहान डाक्टरहरूले चेनको स्वास्थ्यमा देखिने गरी सुधार आएको तर चेनले खानेकुरा खान अझै अस्वीकार गरेको बताएका थिए ।

भोक हडतालमा उत्रेको चौंथो दिन जलवियोजन भएपछि आइतबार चेनलाई अस्पताल पुर्‍याइएको थियो ।

बंगलादेशमा चुनाव दश दिन पर सर्ने

ढाका, ४ मङ्सिर : मुलुकका मुख्य राजनीतिक दलहरू आमनिर्वाचनमा सहभागी बनुन् भन्ने सुनिश्चित गर्न बंगलादेशमा आम निर्वाचन १० दिन पर सारिन सक्ने एक निजी समाचार साइट बीडी न्यूज २४ डटकमले जनाएको छ ।

पूर्वनिर्धारित डिसेम्बर १८ को तिथिबाट आमनिर्वाचन हुने दिन डिसेम्बर २८ मा सारिन सक्ने अपेक्षा गरिएको छ ।

अवामी लिग पार्टीका सहयोगी रशिद खान मेनोनलाई उद्धृत गर्दै सरकारले आमनिर्वाचन डिसेम्बर २८ मा गर्ने प्रस्ताव अघि सारेको उक्त समाचार साइटले जनाएको छ ।

बंगलादेशको सेना समर्थित वर्तमान सरकारले बंगलादेश नेशनल पार्टीकी नेतृ खालेदा जियासँग मङ्गलबार बेलुकी अबेर आपत्कालीन बैठक गरेको थियो ।

जियाले चार पार्टी सम्मिलित इस्लामिक गठबन्धनको नेतृत्व गर्दै आउनुभएको छ ।

महान्यायाधिवक्तामा होल्दर

वासिङ्टन, ४ मङ्सिर : अमेरिकाको राष्ट्रपति पदमा निर्वाचित बाराक ओबामाले महान्यायाधिवक्ताको पदमा इरिक होल्दरलाई नियुक्त गर्ने जनाइएको छ ।

महान्यायाधिवक्तामा नियुक्त भएमा ५७ वर्षीय होल्दर यो पद सम्हाल्ने पहिलो अपि|mकी-अमेरिकी हुनेछन् । होल्दरले ग्वान्तानामो खाडीमा रहेको कारागार बन्द गर्न महत्वपूर्ण भूमिका निभाउने बताइएको छ ।

बिल क्लिन्टन राष्ट्रपति रहादा उपमहान्यायाधिवक्ताको पद सम्हालेका होल्दर यसअघि कानुन व्यवसायमा सङ्लग्न थिए ।

संविधानसभा चुनावका
लागि नेपाल कम्युनिष्ट पार्टी
(माओवादी)को प्रतिबद्धता-पत्र

वर्ड फाइल

पीडीएफ फाइल

Links

www.cpnm.org

Maoist Information

Bulletin

www.awtw.org

www.rwor.org

www.wprm.org

 

Nepali Font 

 

For Comments and Feedback- krishnasenonline

@yahoo.com

 

 

© All rights reserved with Krishnasen Memorial Publication Pvt. Ltd

This page has viewed  
free hit counter
times since 7 Baishakh 2065