|
जनदिशा दैनिक
जनादेश साप्ताहिक

The Red Star

सश्लेषण मासिक
 |
|
बर्ष ८, अंक
३३, २०६५ कात्तिक
२५
गते
(10 November 08,
Monday) |
|
कभर स्टोरी |
|
|
|
समाचार |
|
|
|
टिप्पणी/रिपोर्ट |
|
|
|
आजको अर्थ |
|
|
|
विचार/दृष्टिकोण |
|
|
|
मध्यान्तर |
|
|
|
अन्तर्राष्ट्रिय |
|
|
|
अन्तिम पातो |
|
|
|
पाठक पत्र |
|
|
|
सम्पादकीय |
|
जनगुनासोलाई सम्बोधन गर
विगत लामो समयदेखि
बजारमा देखिएका विविध अराजकता अझै कायम
रहेका छन् । कालोबजारी, महागी, मिसावट एवम्
अभाव नेपाली जीवनका अभिन्न विशेषता नै
बनेजस्तो भएको छ । हुन त विगतमा रहेको
तेलको सङ्कटमा सुधार आएको छ र त्यसकोे
मूल्यमा पनि कमी आएको छ । यातायात तथा
ढुवानीमा सुधार आएको छ र खाद्यसङ्कट हुन
नदिन सरकारले चालेका कदमहरुको परिणाम थोरै
भएपछि राम्रो देखिएको छ । तर विडम्बना के
छ भने तेल सुलभ हुन थालेपछि त्यसमा मिसावट
भएको खबर आएका छन् । साथमा खाद्य पदार्थमा
मिसावट एवं गुणस्तर कायम हुन नसकेको
यथार्थ त छँदैछ । गतसातादेखि खासगरी
पेट्रोलबाट चल्ने दुईपाङ्गे्र सवारी साधनमा
आएको व्यापक खराबीले एक हदसम्म 'महामारी'
को रुप नै धारण गरेको देखिएको छ । ठूलो
संख्यामा र अझ खासगरी नयाँ मोडेलका त्यस्ता
साधनमा आएको खराबीको वास्तविक कारण अझै
पत्ता लाग्न सकेको छैन, जुन अझ बढी गम्भीर
छ । आयल निगम, पेट्रोलियम पदार्थका
विक्रेता र सवारी साधनका विक्रेताहरुबीच
विवाद भइरहेको छ तर समस्याको हल अझै
निक्लेको छैन ।
खाद्य तथा गैरखाद्य
अत्यावश्यक वस्तुमा हुने मिसावटका कारण
नेपालीहरुले ठूलो मूल्य चुकाइरहनु परेको छ
। विडम्बना के छ भने ती पदार्थहरुको मूल्य
उच्च छ, तर त्यसको गुणस्तर चित्तबुझ्दो
छैन । पैसा अलि बढी परे पनि किनेको वस्तु
गुणस्तर मात्र भइदिए आम उपभोक्तालाई थोरै
भएपनि चित्त बुझाउने आधार हुन्थ्यो । तर
त्यस्तो छैन । नेपालीहरु दोहोरो-तेहोरो
मारमा परेका छन् । तेलमा मिसावटका कारण
सवारी साधनमा समस्या आएका छन् भने
खाद्यान्नमा भएको मिसावटका कारण
जनस्वास्थमा गम्भीर समस्या देखिएका छन् ।
खाद्य पदार्थमा भएको मिसावटबारे अनगिन्ती
रिपोर्टहरु बजारमा आएका छन् । त्यसैगरी
रक्सीजन्य एवं चीसो पेय पदार्थमा समेत
मिसावट, अखाद्य पदार्थ एवं कीरा-कमिला
भेटिएका समाचारहरु बाहिर आएका छन् । केही
महिनाअघि 'सोफी' नामको सस्तो गुणस्तरहीन
रक्सीबाट ग्रामीण क्षेत्रमा कैयौंको ज्यान
गएको समाचार आएको थियो । यी समस्याहरु
आफैंमा गम्भीर हुन्, जसले सरकारप्रति
जनताको विश्वास क्रमशः घटाउँदै लगेको छ ।
राज्यको कर्तव्य
जनताका लागि आधारभूत आवश्यकताहरुको
व्यवस्था गर्नुमात्र होइन, त्यसको
गुणस्तरको अनुगमन गर्नु र मिसावटलगायतमा
संलग्न दोषीलाई कारबाही गर्नु हो । अहिले
मिसावटको यति तीव्र गुनासो आउँदा पनि
एकजनासमेत दोषी समातिएको वा त्यसमाथि
कारबाही भएको समाचार आउन सकेको छैन ।
विडम्बना के छ भने हाल पेट्रोलियम पदार्थका
मिसावटबाट हजारौं आक्रान्त भएका छन् तर
तेलमा मिसावट भए/नभएको परीक्षण गर्ने
संयन्त्रसमेत छैन । खाद्यान्नमा भएको
मिसावटमा परीक्षण भएर एकजना अपराधी
कारबाहीमा परेको सुन्न उपभोक्ताले पाएका
छ्रैनन् । जनताको यस आमगुनासाका सरकारले
प्रभावकारी सुनुवाई र सम्बोधन गर्न ढिला
भइसकेको छ । बजारको अनुगमन, परीक्षण एवं
कारबाहीका लागि सुरक्षा एवं अन्य
सम्बन्धित अङ्गहरुको प्रभावकारी परिचालन
भएन भने समस्या विकराल हुनसक्छ । |
|
पुराना अंकहरु |
-
बर्ष ८, अंक
३२, २०६५ कात्तिक
२४
गते
(09 November 08,
Sunday)
-
बर्ष ८, अंक
३१, २०६५ कात्तिक
२३
गते
(08 November 08,
Saturday)
-
बर्ष ८, अंक २७, २०६५ कात्तिक
२०
गते
(05 November 08,
Wednesday)
-
बर्ष ८, अंक २६, २०६५ कात्तिक
१९
गते
(04 November 08,
Tuesday)
-
बर्ष ८, अंक २५, २०६५ कात्तिक
१८
गते
(03 November 08,
Monday)
-
बर्ष ८, अंक २४, २०६५ कात्तिक
१७
गते
(02 November 08,
Sunday)
-
बर्ष ८, अंक २३, २०६५ कात्तिक
११
गते
(27 October 08,
Monday)
-
बर्ष ८, अंक २२, २०६५ कात्तिक
०९
गते
(25 October 08,
Saturday)
-
बर्ष ८, अंक
२०, २०६५ कात्तिक
०७
गते
(23 October 08,
Thrusday)
-
बर्ष ८, अंक १९, २०६५ कात्तिक
०६
गते
(22 October 08,
Wednesday)
-
बर्ष ८, अंक १८, २०६५ कात्तिक
०५
गते
(21 October 08,
Tuesday)
-
बर्ष ८, अंक १७, २०६५ कात्तिक
०४
गते
(20 October 08,
Monday)
-
बर्ष ८, अंक १६, २०६५ कात्तिक
०३
गते
(19 October 08,
Sunday)
-
बर्ष ८, अंक १५, २०६५ कात्तिक ०२
गते
(18 October 08,
Saturday)
-
बर्ष ८, अंक
०९, २०६५ असोज
१८
गते
(04 October 08,
Saturday)
-
बर्ष ८, अंक
०८, २०६५ असोज
१७
गते
(03 October 08,
Friday)
-
बर्ष ८, अंक
०७, २०६५ असोज
१६
गते
(02 October 08,
Thrusday)
-
बर्ष ८, अंक
०६, २०६५ असोज
१५
गते
(01 October 08,
Wednesday)
-
बर्ष ८, अंक
०५, २०६५ असोज
१४
गते
(30 September 08,
Tuesday)
-
बर्ष ८, अंक
०४, २०६५ असोज
१३
गते
(29 September 08,
Monday)
-
बर्ष ८, अंक
०३, २०६५ असोज
१२
गते
(28 September 08,
Sunday)
-
बर्ष ८, अंक
०२, २०६५ असोज
११
गते
(27 September 08,
Saturday)
-
बर्ष ८, अंक
०१, २०६५ असोज
१०
गते
(26 September 08,
Friday)
-
बर्ष ७ का अंकहरु (अंक १७२ देखि ३५१ सम्म)
|
|
कृष्ण सेन स्मृति
प्रकाशन प्रा.लि.द्वारा प्रकाशित ।
प्रधानसम्पादक
:
गोविन्द आचार्य, सम्पादक
:
चन्द्रमान श्रेष्ठ, कार्यकारी सम्पादक
:
दीपेन्द्र रोकाया, सहसम्पादक
:
ध्रुव अधिकारी, सन्तोष पौडेल, दीपक खनाल,
प्रबन्ध सम्पादक
:
चेतन कुँवर, विज्ञापन
:
अमृतराज उपाध्याय, कार्यालय
:
अनामनगर, काठमाडौँ, फोन ०१-४२२०७३६,
फ्याक्स ९७७-१-४२५६७८०, इमेल
:
janadisha@wlink.com.np
मुद्रण
:
एक्सप्रेस कलर प्रेस प्रा.लि.
नयाँबानेश्वर । |
|
|
|
|
 |
|
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका नव
नियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', जनताका
नाममा सम्वोधन गर्नुहुँदै ।
तस्वीर : दिनेश श्रेष्ठ |
संविधानसभा चुनावका
लागि नेपाल कम्युनिष्ट पार्टी
(माओवादी)को प्रतिबद्धता-पत्र
वर्ड फाइल
पीडीएफ फाइल
Links
www.cpnm.org
Maoist Information
Bulletin
www.awtw.org
www.rwor.org
www.wprm.org
|