|
जनदिशा दैनिक
जनादेश साप्ताहिक

The Red Star

सश्लेषण मासिक
 |
|
बर्ष ८, अंक
३२, २०६५ कात्तिक
२४
गते
(09 November 08,
Sunday) |
|
कभर स्टोरी |
|
|
|
समाचार |
|
|
|
टिप्पणी/रिपोर्ट |
|
|
|
आजको अर्थ |
|
|
|
विचार/दृष्टिकोण |
|
|
|
मध्यान्तर |
|
|
|
अन्तर्राष्ट्रिय |
|
|
|
अन्तिम पातो |
|
|
|
पाठक पत्र |
|
|
|
सम्पादकीय |
|
व्यर्थ विवाद
सेना समायोजनको विषयलाई लिएर मुलुक
एकप्रकारले धुवीकृत भएको छ । विभिन्न
राजनीतिक दलहरुले विगतमा भइसकेका सहमतिको
उल्लङ्घन हुनेगरी भनाइ सार्वजनिक गरेपछि
यो विवाद चर्केको हो । खासगरी नेपाली
काङ्ग्रेस, तराई मधेस लोकतान्त्रिक पार्टी
सेना समायोजनको विषयलाई लिएर व्यवस्थापिका
बैठक अवरूद्ध गर्ने तहसम्म पुगेका छन् ।
कात्तिक मसान्तभित्र ०६५/०६६ को बजेट
पारित गरिनुपर्ने बाध्यता रहेको स्थितिमा
आफ्ना केही अभीष्ट पूरा गराउन यी दलले सेना
समायोजनको मुद्दालाई 'ब्ल्याकमेलिङ ’
गर्ने हतियार बनाएका छन् । नेपाली
काङ्ग्रेसले सेना समायोजनसम्बन्धी विशेष
समितिमा आफ्ना दुईजना सदस्य चाहिने रूञ्चे
माग राखेको छ भने तमलोपाले पनि विरोधका
लागि विरोध गरिरहेको छ ।
नेपालका राजनीतिक दलहरुले विभिन्न
अवसरहरुमा सेना समायोजनसम्बन्धी सहमति
गरिसकेका छन् । बृहत् शान्ति सम्झौता,
अन्तरिम संविधान एवम् माओवादी, सरकार र
राष्ट्रसंघबीच भएको सातबुँदे सहमतिको मर्म
भनेको राष्ट्रका दुवैथरि सेनालाई समायोजन
गरेर नयाँ राजनीतिक व्यवस्थाअनुसार सैन्य
क्षेत्रको पुनसर्ंरचना गर्ने हो ।
काङ्ग्रेसलगायतका केही दलले विगतको सहमतिको
बर्खिलाप गरेर जनसेनालाई केही पैसा दिएर
वा वैदेशिक रोजगारीमा पठाएर विघटन
गर्नुपर्ने तर्क गरिरहेका छन् । केहीले भने
सेनामा नहुने तर प्रहरीमा गर्न सकिने वा
औद्योगिक सुरक्षा बल, वन रक्षक वा सीमा
प्रहरीजस्ता नयाँ फोर्स बनाएर राख्न सकिने
तर्क गरेका छन् । यी सबै तर्कको अर्थ
जनयुद्धको अवमूल्यन गर्दै विगतकै
परिवर्तनविरोधी सैन्य शक्तिको बोलवाला
कायम राख्नु हो । सेना समायोजनको विरोध
गर्नेहरुले विगतमा आन्दोलनबाट परिवर्तन
भएको भनिए पनि सैन्य क्षेत्रमा पुनसर्ंरचना
नगरिएका कारण परिवर्तनविरूद्ध ती शक्तिहरु
सजिलै परिचालित भएको तीतो यथार्थबाट सिक्न
नचाहेको प्रस्ट देखिएको छ ।
सेना समायोजनका अर्थ केवल जनसेनालाई
राष्ट्रिय सेनामा मिसाएर तिनलाई जागिरे
बनाउनु मात्र होइन । बरू समग्र सुरक्षा
क्षेत्रको पुनर्संरचना गरेर संविधानले तय
गर्ने राजनीतिक व्यवस्थाको रक्षा,
राष्ट्रियता एवम् नेपाली जनताको रक्षा
गर्नलायक बनाउनु हो । सेना राज्यको प्रमुख
अङ्ग हो, त्यसकारण आगामी राजनीतिक व्यवस्था
अनुकूल त्यसलाई रुपान्तरण गर्न सकिएन भने
जनताले परिवर्तनका लागि गरेको बलिदान र
परिश्रम खेर जानेछ । भोलिको नेपालमा सबै
उत्पीडित र पाखा पारिएकाहरुको पनि
प्रतिनिधित्व सुनिश्चित गर्ने प्रतिबद्धता
सबै दलले गरेका छन् । त्यसअनुरुप सुरक्षा
क्षेत्रमा पनि हुन आवश्यक छ । विविध क्षमता
र युद्धको अनुभव भएको सबै आयामले समावेशी
जनमुक्ति सेना राष्ट्रको सम्पत्ति हो र
यसको उपस्थितिले भोलिको राष्ट्रिय सेनालाई
बढी समावेशी बनाउन मद्दत गर्छ । परिवर्तनका
लागि सङ्घर्ष गरेका हजारौं युवायुवतीहरुको
क्षमताको सम्मान र त्यसलाई सदुपयोग गर्नु
राज्यको कर्तव्य पनि हो । ती सबैको
क्षमताको कदर र उपयोग भएन भने परिवर्तन
भएर पनि त्यो संस्थागत नहुन सक्न । सेना
समायोजन सही प्रकारले भएन भने भोलि जुनसुकै
खालको अराजकता निम्तिने खतरा हुन्छ । |
|
पुराना अंकहरु |
-
बर्ष ८, अंक
३१, २०६५ कात्तिक
२३
गते
(08 November 08,
Saturday)
-
बर्ष ८, अंक २७, २०६५ कात्तिक
२०
गते
(05 November 08,
Wednesday)
-
बर्ष ८, अंक २६, २०६५ कात्तिक
१९
गते
(04 November 08,
Tuesday)
-
बर्ष ८, अंक २५, २०६५ कात्तिक
१८
गते
(03 November 08,
Monday)
-
बर्ष ८, अंक २४, २०६५ कात्तिक
१७
गते
(02 November 08,
Sunday)
-
बर्ष ८, अंक २३, २०६५ कात्तिक
११
गते
(27 October 08,
Monday)
-
बर्ष ८, अंक २२, २०६५ कात्तिक
०९
गते
(25 October 08,
Saturday)
-
बर्ष ८, अंक
२०, २०६५ कात्तिक
०७
गते
(23 October 08,
Thrusday)
-
बर्ष ८, अंक १९, २०६५ कात्तिक
०६
गते
(22 October 08,
Wednesday)
-
बर्ष ८, अंक १८, २०६५ कात्तिक
०५
गते
(21 October 08,
Tuesday)
-
बर्ष ८, अंक १७, २०६५ कात्तिक
०४
गते
(20 October 08,
Monday)
-
बर्ष ८, अंक १६, २०६५ कात्तिक
०३
गते
(19 October 08,
Sunday)
-
बर्ष ८, अंक १५, २०६५ कात्तिक ०२
गते
(18 October 08,
Saturday)
-
बर्ष ८, अंक
०९, २०६५ असोज
१८
गते
(04 October 08,
Saturday)
-
बर्ष ८, अंक
०८, २०६५ असोज
१७
गते
(03 October 08,
Friday)
-
बर्ष ८, अंक
०७, २०६५ असोज
१६
गते
(02 October 08,
Thrusday)
-
बर्ष ८, अंक
०६, २०६५ असोज
१५
गते
(01 October 08,
Wednesday)
-
बर्ष ८, अंक
०५, २०६५ असोज
१४
गते
(30 September 08,
Tuesday)
-
बर्ष ८, अंक
०४, २०६५ असोज
१३
गते
(29 September 08,
Monday)
-
बर्ष ८, अंक
०३, २०६५ असोज
१२
गते
(28 September 08,
Sunday)
-
बर्ष ८, अंक
०२, २०६५ असोज
११
गते
(27 September 08,
Saturday)
-
बर्ष ८, अंक
०१, २०६५ असोज
१०
गते
(26 September 08,
Friday)
-
बर्ष ७ का अंकहरु (अंक १७२ देखि ३५१ सम्म)
|
|
कृष्ण सेन स्मृति
प्रकाशन प्रा.लि.द्वारा प्रकाशित ।
प्रधानसम्पादक
:
गोविन्द आचार्य, सम्पादक
:
चन्द्रमान श्रेष्ठ, कार्यकारी सम्पादक
:
दीपेन्द्र रोकाया, सहसम्पादक
:
ध्रुव अधिकारी, सन्तोष पौडेल, दीपक खनाल,
प्रबन्ध सम्पादक
:
चेतन कुँवर, विज्ञापन
:
अमृतराज उपाध्याय, कार्यालय
:
अनामनगर, काठमाडौँ, फोन ०१-४२२०७३६,
फ्याक्स ९७७-१-४२५६७८०, इमेल
:
janadisha@wlink.com.np
मुद्रण
:
एक्सप्रेस कलर प्रेस प्रा.लि.
नयाँबानेश्वर । |
|
|
|
|
 |
|
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका नव
नियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', जनताका
नाममा सम्वोधन गर्नुहुँदै ।
तस्वीर : दिनेश श्रेष्ठ |
संविधानसभा चुनावका
लागि नेपाल कम्युनिष्ट पार्टी
(माओवादी)को प्रतिबद्धता-पत्र
वर्ड फाइल
पीडीएफ फाइल
Links
www.cpnm.org
Maoist Information
Bulletin
www.awtw.org
www.rwor.org
www.wprm.org
|