|
जनदिशा दैनिक
जनादेश साप्ताहिक

The Red Star

सश्लेषण मासिक
 |
|
बर्ष ८, अंक २२, २०६५ कात्तिक
०९
गते
(25 October 08,
Saturday) |
|
कभर स्टोरी |
|
|
|
समाचार |
|
|
|
टिप्पणी/रिपोर्ट |
|
|
|
आजको अर्थ |
|
|
|
विचार/दृष्टिकोण |
|
|
|
मध्यान्तर |
|
|
|
अन्तर्राष्ट्रिय |
|
|
|
अन्तिम पातो |
|
|
|
पाठक पत्र |
|
|
|
सम्पादकीय |
|
काङ्ग्रेसको धम्की
आफ्नो गृहथलो
विराटगर पुगेर केही न केही विवादास्पद
अभिव्यक्ति दिने नेपाली काङ्ग्रेसका
सभापति गिरिजाप्रसाद कोइरालाले यसपटक
आन्दोलनको नारा उरालेका छन् । उनले
वर्तमान सरकारविरूद्ध आन्दोलनमा उत्रन
कार्यकर्ताहरुलाई निर्देश्ान दिएर नेपाली
समाजमा पुनः मुठभेडको राजनीतिलाई बढावा
दिएका छन् । नयाँ सरकार गठन भएको तीन
महिना पनि नपुग्दै पर्याप्त आधार बिना
आन्दोलनको स्वर उराल्नु भनेको काङ्ग्रेसको
असहिष्ण्ुँ, अधीर र अपरिपक्व सोच हो ।
भर्खर नीति तथा कार्यक्रम र बजेटमार्फत
जनतामा परिवर्तनको आभाष दिलाउने कोसिस
गरिरहेको सरकारविरूद्ध आन्दोलनको हुंकार
गर्नु भनेको संविधानसभामा अभिव्यक्त
जनचाहनामाथिकै कुठाराघात हो । जनता यतिखेर
निरूद्देश्यमुलक पटके आन्दोलन, लहडमा
आयोजना गरिने बन्द, हडताल र निरर्थक
विरोधको पक्षमा छैनन ।
गणतान्त्रिक नेपालको
प्रारम्भसँगै मुलुकमा सहमति, सहकार्य,
निर्माण, परिवर्तन र रचनात्मक क्रान्तिको
युग सुरू भएको छ । एघार वर्ष लामो त्याग,
बलिदान, साहस र समर्पणको इतिहास बोकेको
नेकपा-माओवादी)को नेतृत्वमा सरकार गठन
भएको छ । जसले नयाँ संविधान निर्माण, दिगो
शान्ति स्थापना र आर्थिक क्रान्तिको
सूत्रपातको अभिभारा बोकेको छ । जुन
सरकारले मुलुकलाई अग्रगमनतर्फ लैजाने अठोट
गरेको छ र जसप्रति जनताको विश्वास पनि छ,
त्यो सरकारविरूद्ध आन्दोलन गर्नुको अर्थ
हो, अग्रगमनको गति अवरूद्ध पार्नु अर्थात्
मुलुकलाई पुनः पुरानै अवस्थामा फर्काउनु ।
अतः सभापति कोइरालाको आन्दोलनको
धम्कीभित्र अग्रगामी परिवर्तन अवरूद्ध
पार्ने मात्र नभई शान्तिप्रक्रिया नै
भाँड्ने कुत्सीत मनसाय लुकेको छ ।
सत्ताबाट अलग हुनासाथ काङ्ग्रेसले
उद्दण्ड, अमर्यादित र असोभनीय गतिविधि
गर्दै आएको छ । सेना समायोजन भएमा देशमा
गृहयुद्ध मच्चिने धम्की दिनु तथा आफ्नो
भातृसङ्गठन जनसम्पर्क समिति,
अमेरिकामार्फत माओवादीलाई कथित
आतङ्ककारीको सूचीबाट नहटाउन अमेरिकामा
लविङ गर्न लगाउनुजस्ता गतिविधि हेर्दा
काङ्ग्रेसले सहमति र समझदारीको साटो
मुठभेडको राजनीति रोजेको स्पष्ट हुन्छ ।
संविधानसभाको
अत्याधिक बहुमत प्राप्त वर्तमान
सरकारविरूद्ध षड्यन्त्रका तानाबाना बुन्नु
भनेको संविधानसभाकै उपहास र अपहेलना हो ।
यसैगरी सशस्त्र विद्रोहको बाटो छाडेर
शान्ति प्रक्रियामा आएको माओवादीविरूद्ध
विदेशमा नकारात्मक प्रचारबाजी गर्दै
हिँड्नु काङ्ग्रेसको नकचरो चरित्र हो । यी
सबै परिदृश्यबाट के स्पष्ट हुन्छ भने
काङ्ग्रेस अझै पनि विदेशी
प्रतिक्रियावादी, दलाल नोकरशाह
पुँजीपतिवर्गकै हितमा साम्राज्यवादीहरुको
पिछलग्गु भएर हिँडिरहेको छ । खासमा
काङ्ग्रेसको मुखबाट प्रतिक्रियावादीहरुले
माओवादीको सरकारविरूद्ध आन्दोलनको उद्घोष
गरेका हुन् । कोइरालाको आन्दोलनको
धम्कीभित्र देशीविदेशी
प्रतिक्रियावादीहरुको झुसिलो डकारको गन्ध
मिसिएको छ । अहिलेका सचेत जनता यो यथार्थ
बुझ्न सक्ने भएका छन् । त्यसैले कोइरालाको
आन्दोलनको धम्की उनको क्षणिक आवेगमा मात्र
सीमित हुने पक्का छ । |
|
पुराना अंकहरु |
-
बर्ष ८, अंक
२०, २०६५ कात्तिक
०७
गते
(23 October 08,
Thrusday)
-
बर्ष ८, अंक १९, २०६५ कात्तिक
०६
गते
(22 October 08,
Wednesday)
-
बर्ष ८, अंक १८, २०६५ कात्तिक
०५
गते
(21 October 08,
Tuesday)
-
बर्ष ८, अंक १७, २०६५ कात्तिक
०४
गते
(20 October 08,
Monday)
-
बर्ष ८, अंक १६, २०६५ कात्तिक
०३
गते
(19 October 08,
Sunday)
-
बर्ष ८, अंक १५, २०६५ कात्तिक ०२
गते
(18 October 08,
Saturday)
-
बर्ष ८, अंक
०९, २०६५ असोज
१८
गते
(04 October 08,
Saturday)
-
बर्ष ८, अंक
०८, २०६५ असोज
१७
गते
(03 October 08,
Friday)
-
बर्ष ८, अंक
०७, २०६५ असोज
१६
गते
(02 October 08,
Thrusday)
-
बर्ष ८, अंक
०६, २०६५ असोज
१५
गते
(01 October 08,
Wednesday)
-
बर्ष ८, अंक
०५, २०६५ असोज
१४
गते
(30 September 08,
Tuesday)
-
बर्ष ८, अंक
०४, २०६५ असोज
१३
गते
(29 September 08,
Monday)
-
बर्ष ८, अंक
०३, २०६५ असोज
१२
गते
(28 September 08,
Sunday)
-
बर्ष ८, अंक
०२, २०६५ असोज
११
गते
(27 September 08,
Saturday)
-
बर्ष ८, अंक
०१, २०६५ असोज
१०
गते
(26 September 08,
Friday)
-
बर्ष ७ का अंकहरु (अंक १७२ देखि ३५१ सम्म)
|
|
कृष्ण सेन स्मृति
प्रकाशन प्रा.लि.द्वारा प्रकाशित ।
प्रधानसम्पादक
:
गोविन्द आचार्य, सम्पादक
:
चन्द्रमान श्रेष्ठ, कार्यकारी सम्पादक
:
दीपेन्द्र रोकाया, सहसम्पादक
:
ध्रुव अधिकारी, सन्तोष पौडेल, दीपक खनाल,
प्रबन्ध सम्पादक
:
चेतन कुँवर, विज्ञापन
:
अमृतराज उपाध्याय, कार्यालय
:
अनामनगर, काठमाडौँ, फोन ०१-४२२०७३६,
फ्याक्स ९७७-१-४२५६७८०, इमेल
:
janadisha@wlink.com.np
मुद्रण
:
एक्सप्रेस कलर प्रेस प्रा.लि.
नयाँबानेश्वर । |
|
|
|
|
 |
|
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका नव
नियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', जनताका
नाममा सम्वोधन गर्नुहुँदै ।
तस्वीर : दिनेश श्रेष्ठ |
संविधानसभा चुनावका
लागि नेपाल कम्युनिष्ट पार्टी
(माओवादी)को प्रतिबद्धता-पत्र
वर्ड फाइल
पीडीएफ फाइल
Links
www.cpnm.org
Maoist Information
Bulletin
www.awtw.org
www.rwor.org
www.wprm.org
|