|
जनदिशा दैनिक
जनादेश साप्ताहिक

The Red Star

सश्लेषण मासिक
 |
|
बर्ष ८, अंक १९, २०६५ कात्तिक
०६
गते
(22 October 08,
Wednesday) |
|
कभर स्टोरी |
|
|
|
समाचार |
|
|
|
टिप्पणी/रिपोर्ट |
|
|
|
आजको अर्थ |
|
|
|
विचार/दृष्टिकोण |
|
|
|
मध्यान्तर |
|
|
|
अन्तर्राष्ट्रिय |
|
|
|
अन्तिम पातो |
|
|
|
पाठक पत्र |
|
|
|
सम्पादकीय |
|
सहमतिको पहल
प्रधानमन्त्री
पुष्पकमल दाहाल 'प्रचण्ड ’ले
नयाँ संविधान निर्माण प्रक्रियालाई
तीव्रता दिन दसैंलगत्तै केही महत्त्वपूर्ण
पहल गर्नुभएको छ । उहाँले एकातिर तराईमा
हिंसात्मक गतिविधिमा संलग्न समूहहरुलाई
सरकारसँग वार्ताका लागि आहृवान गर्नुभएको
छ भने अर्कोतर्फ 'प्रतिपक्षी भूमिका’मा
रहेको नेपाली काङ्ग्रेसलाई सरकारमा सहभागी
हुन आग्रह गर्नुभएको छ । यसो गरेर
प्रधानमन्त्रीले मुलुकमा बृहत् राष्ट्रिय
सहमति निर्माण गर्न खोज्नुभएको छ, जुन
शान्ति प्रक्रियाको सहजताका लागि अनिवार्य
छ । बृहत् राष्ट्रिय सहमतिबेगर नयाँ
संविधान निर्माण प्रक्रिया सुरू गर्दा
बीचमा अनेक जटिलताहरु उत्पन्न हुनसक्ने
भएकाले प्रधानमन्त्रीले सबैलाई समेटेर
लैजान खोज्नुभएको हो । जनताले चाहेको पनि
यहीं नै हो । कुनै तार्किक आधारबिना
सरकारबाट अलग भई घुर्की, धम्की दिइरहेको
दल नेपाली काङ्ग्रेसका सभापति
गिरिजाप्रसाद कोइरालासँगको भेटका क्रममा
प्रधानमन्त्री प्रचण्डले स्पष्ट रुपमा
काङ्ग्रेसलाई सरकारमा सहभागी हुन आग्रह
गर्नुभएको छ । बाह्रबुँदे समझदारी, बृहत्
शान्तिसम्झौता र संविधानसभा निर्वाचनसम्म
कायम हुँदै आएको तर, सरकार गठनका क्रममा
टुट्न पुगेको दलीय सहमतिको कडीलाई पुनः
जोड्ने प्रधानमन्त्रीको सो पहलकदमीमा
जनताको चाहना प्रतिविम्बित छ । जनता ६-६
महिनामा सरकार बनाउने र गिराउने खेलका
पक्षमा छैनन, बरु सर्वपक्षीय सहमतिका
आधारमा नयाँ संविधान निर्माण भएको हेर्न
चाहन्छन् ।
राज्यको
पुनर्संरचना, सङ्घीय स्वरुपको निर्धारण,
राष्ट्रिय सुरक्षा नीति र सेना समायोजन,
परराष्ट्र सम्बन्ध, आर्थिक क्रान्तिको
आधार र अन्य महत्त्वपूर्ण मुद्दाहरुमा
राष्ट्रिय सहमतिको खाँचो छ । यी यस्ता
विषयहरु हुन्, जसमा कुनै एक पक्षको
असहमतिले शान्ति प्रक्रियामा अवरोध
सिर्जना गर्नसक्छ । अतः नयाँ नेपाल
निर्माणको अभियानमा सम्पूर्ण नेपालीको
संयुक्त सहभागिता अपरिहार्य छ ।
प्रधानमन्त्री प्रचण्डले यहीं
अपरिहार्यताबोध गरेर नेपाली काङ्ग्रेसलाई
सरकारमा सहभागी हुन आग्रह गर्नुभएको हो ।
प्रधानमन्त्री प्रचण्डसँगको भेटका क्रममा
काङ्ग्रेस सभापति कोइरालाले आफ्नो पार्टी
सरकारमा सहभागी नहुने बरू बाहिरै रहेर
संविधान निर्माणमा सघाउने धारणा
राख्नुभएको छ । यो धारणाले खासमा
माओवादीको नेतृत्वको सरकारमा नजाने
काङ्ग्रेसको सङ्कर्णि चिन्तन मात्र होइन,
शान्ति प्रक्रिया अघि बढ्न नदिने उसको
नियत पनि उजागर गरेको छ । सेना
समायोजनलगायतका विषयमा काङ्ग्रेसले
निर्वाह गरिरहेको असहयोगी भूमिकाबाटै
स्पष्ट हुन्छ, सरकारबाहिर रहेर काङ्ग्रेस
शान्ति प्रक्रियासँग सम्बन्धित यस्ता अनेक
विषयमा अवरोध सिर्जना गर्न चाहन्छ ।
यसबाट नयाँ संविधान
निर्माण हुन नदिने, सेना समायोजनमा अवरोध
सिर्जना गर्ने, अनेक बहानामा सङ्क्रमणकाल
लम्ब्याउने, शान्ति प्रक्रिया टुङ्गोमा
पुग्न नदिने, माओवादीको नेतृत्वमा गठित
सरकारलाई अलोकपि्रय साबित गर्ने र
माओवादीको क्रान्तिकारी धार भुत्ते पार्दै
समग्र मुक्ति आन्दोलनलाई 'सेबोटेज ’
गर्ने देशी-विदेशी प्रतिक्रियावादीहरुको
षड्यन्त्रलाई काङ्ग्रेसले मलजल गरिरहेको
स्पष्ट हुन्छ । यो षड्यन्त्रले अन्ततः
मुलुकलाई पुनः यथास्थितिवादी भासमा जाक्ने
पक्का छ । अतः सरकारमा सहभागी नहुने
काङ्ग्रेसको निर्णय देश र जनताको
हितविपरीत छ । काङ्ग्रेसले विदेशी
प्रतिक्रियावादीहरुको उक्साहटमा आफूलाई
जनता र राष्ट्रिय सहमतिको मूलधारबाट
अलग्याउँदै अलोकपि्रय र एकलकाँटे धारमा
हिँडाइरहेको स्पष्ट हुन्छ । |
|
पुराना अंकहरु |
-
बर्ष ८, अंक १८, २०६५ कात्तिक
०५
गते
(21 October 08,
Tuesday)
-
बर्ष ८, अंक १७, २०६५ कात्तिक
०४
गते
(20 October 08,
Monday)
-
बर्ष ८, अंक १६, २०६५ कात्तिक
०३
गते
(19 October 08,
Sunday)
-
बर्ष ८, अंक १५, २०६५ कात्तिक ०२
गते
(18 October 08,
Saturday)
-
बर्ष ८, अंक
०९, २०६५ असोज
१८
गते
(04 October 08,
Saturday)
-
बर्ष ८, अंक
०८, २०६५ असोज
१७
गते
(03 October 08,
Friday)
-
बर्ष ८, अंक
०७, २०६५ असोज
१६
गते
(02 October 08,
Thrusday)
-
बर्ष ८, अंक
०६, २०६५ असोज
१५
गते
(01 October 08,
Wednesday)
-
बर्ष ८, अंक
०५, २०६५ असोज
१४
गते
(30 September 08,
Tuesday)
-
बर्ष ८, अंक
०४, २०६५ असोज
१३
गते
(29 September 08,
Monday)
-
बर्ष ८, अंक
०३, २०६५ असोज
१२
गते
(28 September 08,
Sunday)
-
बर्ष ८, अंक
०२, २०६५ असोज
११
गते
(27 September 08,
Saturday)
-
बर्ष ८, अंक
०१, २०६५ असोज
१०
गते
(26 September 08,
Friday)
-
बर्ष ७ का अंकहरु (अंक १७२ देखि ३५१ सम्म)
|
|
कृष्ण सेन स्मृति
प्रकाशन प्रा.लि.द्वारा प्रकाशित ।
प्रधानसम्पादक
:
गोविन्द आचार्य, सम्पादक
:
चन्द्रमान श्रेष्ठ, कार्यकारी सम्पादक
:
दीपेन्द्र रोकाया, सहसम्पादक
:
ध्रुव अधिकारी, सन्तोष पौडेल, दीपक खनाल,
प्रबन्ध सम्पादक
:
चेतन कुँवर, विज्ञापन
:
अमृतराज उपाध्याय, कार्यालय
:
अनामनगर, काठमाडौँ, फोन ०१-४२२०७३६,
फ्याक्स ९७७-१-४२५६७८०, इमेल
:
janadisha@wlink.com.np
मुद्रण
:
एक्सप्रेस कलर प्रेस प्रा.लि.
नयाँबानेश्वर । |
|
|
|
|
 |
|
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका नव
नियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', जनताका
नाममा सम्वोधन गर्नुहुँदै ।
तस्वीर : दिनेश श्रेष्ठ |
संविधानसभा चुनावका
लागि नेपाल कम्युनिष्ट पार्टी
(माओवादी)को प्रतिबद्धता-पत्र
वर्ड फाइल
पीडीएफ फाइल
Links
www.cpnm.org
Maoist Information
Bulletin
www.awtw.org
www.rwor.org
www.wprm.org
|