जनदिशा दैनिक

जनादेश साप्ताहिक

The Red Star

सश्लेषण मासिक

बर्ष ८, अंक १५, २०६५ कात्तिक ०२ गते (18 October 08, Saturday)

कभर स्टोरी

समाचार

टिप्पणी/रिपोर्ट

आजको अर्थ

विचार/दृष्टिकोण

मध्यान्तर

अन्तर्राष्ट्रिय

अन्तिम पातो

पाठक पत्र

सम्पादकीय

परिवर्तनको अनुभूति दिने कुरा

नेकपा (माओवादी)का अध्यक्ष प्रचण्ड गणतान्त्रिक नेपालका प्रथम प्रधानमन्त्री भएपछि जनदिशाले लिएको विशेष अन्तर्वार्तामा उहाँले जनतामा सरकारबाट अलिकति पनि नयाँपन देखापरेन भन्ने पर्न गएको कुरालाई छिट्टै सम्बोधन गरिने बताउनुभयो । र, त्यसका लागि तयारी पनि गरिरहेको जानकारी दिनुभयो । यसले सरकार जनताप्रति गम्भीर रहेको तर संयुक्त सरकारको सीमाहरुको बीचबाट गरिने हरेक निर्णय र समयको चापले जनताले खोजेजस्तो परिवर्तन नभएको आभास दिएको छ । त्यसलाई पनि ध्यान दिँदै जनयुद्ध र जनआन्दोलनका बलमा फालिएको संवैधानिक राजतन्त्रपछि नयाँ व्यवस्था आएको छ भन्ने अनुभूति दिलाउनु जरूरी छ । यही कुरालाई सम्बोधन गर्न प्रधानमन्त्रीले गृहकार्य भइरहेको बताउनुले विगतका सरकारहरुको निरन्तरतामा मात्र यो सरकारलाई बुझ्ने र व्याख्या गर्ने गल्ती गर्नुहुँदैन । जसरी अहिले विगतको भन्दा के फरक छ र ? भन्ने गरिादैछ ।

निश्चित रुपमा जनतामाझ धेरै सपना देखाई देशका लागि केही गरौं भन्ने भावना जगाउने माओवादीको मूख्य नेतृत्वले सरकारको नेतृत्व गरेको छ । यो नेतृत्व सरकारमा पुगेपछि क्रान्तिकारी परिवर्तन हुन्छ भनेर आधारभूत वर्गका जनता र आमनागरिकलाई लाग्नु स्वभाविकै हो । तर केही पनि परिवर्तन भएन भन्न सकिादैन । किनकि नेपालमा लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनका लागि नयाँ नीति तथा कार्यक्रम र बजेट आएको छ । नेपालप्रति विश्वका ठूला तीन देश चीन, भारत र अमेरिकाको हेर्ने र बुझ्ने दृष्टिकोणमा परिवर्तन ल्याउने कोसिस भएको छ । संयुक्त सरकारको सीमामा रहेर पनि आफ्नो हनिमून समय भनेर निर्धारित लक्ष्यप्रति भोलि भोलि भनेर विगतको परम्परा थााती राखेको छैन । तै पनि परिवर्तनको महसुस भएको छैन । यसो हुनुको पछाडि जनातालाई गाास, वास, कपासमा र सरकारी सेवा सुविधा सुलभ रुपमा नपाउनु नै हो ।

आशा गरौं, प्रधानमन्त्रीले भनेझैं अबको एक महिनाभित्रमा देशमा सरकार छ र हामीले सरकारबाट पाउनुपर्ने राहत र विशेष अधिकार पाएका छौं भन्ने जनतालाई अनुभूति गराउन सकोस् । यसका साथै सेना समायोजन गर्ने, क्रान्तिकारी भूमि सुधार लागु गर्ने र नयाँ संविधान बनाउने काममा विलम्ब गर्नुहुँदैन । यस्तै रिक्त रहेको स्थानीय निकायको अभावले विनियोजित बजेट कार्यान्वयनमा समस्या पर्ने स्थितिको अन्त्य हुनुपर्छ । लामो समय द्वन्द्वमा रहेको नेपाललाई परनिर्भर बनाएको अवस्था छ । त्यो पीडालाई बिर्साउन पनि सरकारले आफ्ना घोषित नीति तथा कार्यक्रम लागु गर्न सक्नुपर्दछ । त्यसका लागि प्रधानमन्त्री प्रचण्डले सौहार्दतापूर्वक सरकारमा काङ्ग्रेसको पनि सहभागिता आवश्यक छ भनिरहेका बेला राजनीतिक पार्टीहरुले कुनै पनि निहुँ नखेजी देश र जनताका नाममा काम गर्न तयार हुनुपर्दछ । जसले यो सङ्क्रमणकालीन अन्योलताको अन्त्य गराओस् ।

पुराना अंकहरु

कृष्ण सेन स्मृति प्रकाशन प्रा.लि.द्वारा प्रकाशित । प्रधानसम्पादक : गोविन्द आचार्य, सम्पादक : चन्द्रमान श्रेष्ठ, कार्यकारी सम्पादक : दीपेन्द्र रोकाया, सहसम्पादक : ध्रुव अधिकारी, सन्तोष पौडेल, दीपक खनाल, प्रबन्ध सम्पादक : चेतन कुँवर, विज्ञापन : अमृतराज उपाध्याय, कार्यालय : अनामनगर, काठमाडौँ, फोन ०१-४२२०७३६, फ्याक्स ९७७-१-४२५६७८०, इमेल : janadisha@wlink.com.np मुद्रण : एक्सप्रेस कलर प्रेस प्रा.लि. नयाँबानेश्वर ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका नव नियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', जनताका नाममा सम्वोधन गर्नुहुँदै । तस्वीर : दिनेश श्रेष्ठ

 

संविधानसभा चुनावका
लागि नेपाल कम्युनिष्ट पार्टी
(माओवादी)को प्रतिबद्धता-पत्र

वर्ड फाइल

पीडीएफ फाइल

Links

www.cpnm.org

Maoist Information

Bulletin

www.awtw.org

www.rwor.org

www.wprm.org

 

© All rights reserved with Krishnasen Memorial Publication Pvt. Ltd

This page has viewed  
free hit counter
times since 7 Baishakh 2065