|
जनदिशा दैनिक
जनादेश साप्ताहिक

The Red Star

सश्लेषण मासिक
 |
|
बर्ष ८, अंक
०९, २०६५ असोज
१८
गते
(04 October 08,
Saturday) |
|
कभर स्टोरी |
|
|
|
समाचार |
|
|
|
टिप्पणी/रिपोर्ट |
|
|
|
आजको अर्थ |
|
|
|
विचार/दृष्टिकोण |
|
|
|
मध्यान्तर |
|
|
|
अन्तर्राष्ट्रिय |
|
|
|
अन्तिम पातो |
|
|
|
पाठक पत्र |
|
|
|
सम्पादकीय |
|
कमजोर शान्ति सुरक्षा
नयाँ सरकार
गठनलगत्तै उपप्रधानमन्त्रीसमेत रहनुभएका
गृहमन्त्री वामदेव गौतमले एकसाताभित्रै
शान्तिसुरक्षाको स्थिति सुदृढ बनाइने
घोषणा गर्नुभएको थियो । यतिखेर उहाँले
शान्तिसुरक्षा सुदृढ पार्ने उद्घोष गरेको
एक महिना बितिसकेको छ । तर शान्तिसुरक्षा
सुदृढ बन्न सकेको छैन । बरू यो बीचमा
एमाले, काङ्ग्रेस र सशस्त्र समूहबाट
संखुवासभा, सोलु र कपिलवस्तुमा तीनजना
माओवादी कार्यकर्ताको हत्या भएको छ ।
एमाले भातृसंस्था युथफोर्सले नाङ्गा
खुकुरी बोकेर पोखरा, रुकुम, काठमाडौं,
धनकुटालगायतका जिल्लामा विद्यार्थी, मजदुर
र स्वास्थ्यकर्मीहरुमाथि आक्रमण गरिरहेको
छ । बिहीबारमात्रै राजधानीमा युथफोर्सका
नाममा व्यवसायीहरुलाई आतङ्कित पार्दै
चन्दा उठाउने चक्रे मिलनसहित २० जना
पक्राउ परेका छन् । देशका विभिन्न भाग
खासगरी मधेसमा अपहरण, हत्या, लुटपाट,
कुटपिट र धम्कीका घटना बढ्दै गएका छन् ।
नेपालका हिन्दू
धर्मावलम्बीहरुको सबैभन्दा ठूलो चाड दसैं
भित्रिसकेको छ । राजधानी र मुख्य सहरहरुमा
दसैंका लागि किनमेल गर्न भिडभाड हुने
स्थलहरुमासमेत लुटपाटका घटना भइरहेका छन्
। नागरिकहरुले आफ्नै घर, सवारी साधन,
सार्वजनिकस्थल र सरकारी कार्यालयहरुमा
समेत असुरक्षित महसुस गर्नु परिरहेको छ ।
गृहमन्त्रीले सुरक्षा स्थिति मजबुत बनाउन
आदेश त दिनु हुन्छ तर त्यसलाई कडाइपूर्वक
कार्यान्वयन गर्ने वातावरण नै बन्दैन ।
जसका कारण सुरक्षाकर्मीहरु निरीह
बनिरहनुपरेको छ । केही दिनअघि गृहमन्त्री
वामदेव गौतमले डान्स वार र
रेष्टुरेन्टहरुमार्फत् हुने विकृति रोक्न
मध्यरातसम्म यसलाई चलाउन नदिइने घोषणा
गर्नुभयो । गृहमन्त्रीको यो आदेशका
विरूद्ध व्यवसायीहरु सडकमा उत्रिए । अहिले
त गृहमन्त्री स्वयम्लाई नै उनीहरुले धम्की
दिने गरेको सार्वजनिक भएको छ । यस्ता
डान्सबार र क्याबिनहरुले आफ्ना गतिविधि
पनि जारी राखेकै छन् । गृहमन्त्रीले
थालेको सकारात्मक पहलप्रति किन राजनीतिक
दल, नागरिक समाज र सिंगो
सुरक्षासंयन्त्रको साथ भएन ? यो बडो
गम्भीर विषय हो ।
दिनानुदिन कमजोर
बन्दै गएको शान्तिसुरक्षा सरकारको मात्रै
प्रयत्नले सुदृढ बन्न सक्दैन । यसका लागि
सम्पूर्ण राजनीतिक र नागरिक समाजको सक्रिय
सहयोग चाहिन्छ । तर यहाँ त त्यस्तो सहयोग
हुनु त परै जाओस्, एकातिर एमालेका वरिष्ठ
नेतासमेत रहेका गृहमन्त्री शान्तिसुरक्षा
सुदृढ बनाउन आदेश दिन्छन्, अर्कोतिर उनकै
पार्टीका कार्यकर्ता अशान्ति मच्चाउन
सक्रिय भइरहेका दृश्य पनि देखिएका छन् ।
कस्तोसम्म देखियो भने गृहमन्त्री गौतमले
एक हप्ताभित्रै शान्तिसुरक्षा मजबुत
पार्ने घोषणा गरेको एक साता नपुग्दै
गृहमन्त्री संलग्न भएकै पार्टी एमालेका
जिल्ला नेताहरुको प्रत्यक्ष संलग्नतामा
ताप्लेजुङमा माओवादी नेता लक्ष्मी बनेमको
हत्या गरियो । हत्यारालाई संरक्षण गर्न
उपल्लो निकायबाटै प्रहरीलाई दबाब दिइयो ।
त्यसैगरी पोखरामा शिक्षण संस्थामाथि
आक्रमण गर्ने युथफोर्सका कार्यकर्तालाई
पक्राउ गर्न गएका प्रहरीलाई 'माथि ’बाट
केही नगर्नु भन्ने आदेशपछि उनीहरु रित्तै
फर्किए । यस्ता घटना थुप्रै ठाउँमा भएका
छन् ।
जबसम्म राजनीतिक दल र उच्च तहबाट
अपराधीहरुलाई संरक्षण भइरहन्छ, तबसम्म
सरकारले शान्तिसुरक्षा मजबुद पार्ने भनेर
जतिसुकै घोषणा गरे पनि त्यो सम्भव हुन
सक्दैन । गृहमन्त्री शान्तिसुरक्षा मजबूद
पार्न प्रतिबद्ध हुनुहुन्छ भने उहाँले
अनेक धम्की र अनुचित दबाबसँग जुध्ने साहस
गर्नैपर्छ । साथै उहाँले आफ्नै पार्टीबाट
आउने अनावश्यक दबाबको पनि सामना गर्नैपर्छ
। सबैले बुझ्नुपर्ने महत्त्वपूर्ण कुरा के
हो भने नयाँ नेपाल निर्माणको क्रमसँगै
सुरक्षा संयन्त्रको पनि पुनर्संरचना गर्नु
आवश्यक छ । सिंगो सुरक्षा क्षेत्रको
पुनर्संरचनापश्चात् मात्रै यो राजनीति र
दबाबको प्रभावमा नपर्ने पवित्र संस्था
बन्न सक्नेछ । त्यस्तो संस्थाले मात्रै
शान्तिसुरक्षा सुदृढ पार्ने कार्यमा सफलता
हासिल गर्नेछ । अतः अब हाम्रा राजनीतिक
दलहरुको ध्यान अझै पनि सामन्ती संरचनामै
रहेको सुरक्षा क्षेत्रमा आमूल परिवर्तन
गर्नतिर जानैपर्छ । |
|
पुराना अंकहरु |
-
बर्ष ८, अंक
०८, २०६५ असोज
१७
गते
(03 October 08,
Friday)
-
बर्ष ८, अंक
०७, २०६५ असोज
१६
गते
(02 October 08,
Thrusday)
-
बर्ष ८, अंक
०६, २०६५ असोज
१५
गते
(01 October 08,
Wednesday)
-
बर्ष ८, अंक
०५, २०६५ असोज
१४
गते
(30 September 08,
Tuesday)
-
बर्ष ८, अंक
०४, २०६५ असोज
१३
गते
(29 September 08,
Monday)
-
बर्ष ८, अंक
०३, २०६५ असोज
१२
गते
(28 September 08,
Sunday)
-
बर्ष ८, अंक
०२, २०६५ असोज
११
गते
(27 September 08,
Saturday)
-
बर्ष ८, अंक
०१, २०६५ असोज
१०
गते
(26 September 08,
Friday)
-
बर्ष ७ का अंकहरु (अंक १७२ देखि ३५१ सम्म)
|
|
कृष्ण सेन स्मृति
प्रकाशन प्रा.लि.द्वारा प्रकाशित ।
प्रधानसम्पादक
:
गोविन्द आचार्य, सम्पादक
:
चन्द्रमान श्रेष्ठ, कार्यकारी सम्पादक
:
दीपेन्द्र रोकाया, सहसम्पादक
:
ध्रुव अधिकारी, सन्तोष पौडेल, दीपक खनाल,
प्रबन्ध सम्पादक
:
चेतन कुँवर, विज्ञापन
:
अमृतराज उपाध्याय, कार्यालय
:
अनामनगर, काठमाडौँ, फोन ०१-४२२०७३६,
फ्याक्स ९७७-१-४२५६७८०, इमेल
:
janadisha@wlink.com.np
मुद्रण
:
एक्सप्रेस कलर प्रेस प्रा.लि.
नयाँबानेश्वर । |
|
|
|
|
 |
|
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका नव
नियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', जनताका
नाममा सम्वोधन गर्नुहुँदै ।
तस्वीर : दिनेश श्रेष्ठ |
संविधानसभा चुनावका
लागि नेपाल कम्युनिष्ट पार्टी
(माओवादी)को प्रतिबद्धता-पत्र
वर्ड फाइल
पीडीएफ फाइल
Links
www.cpnm.org
Maoist Information
Bulletin
www.awtw.org
www.rwor.org
www.wprm.org
|