जनदिशा दैनिक

जनादेश साप्ताहिक

The Red Star

सश्लेषण मासिक

बर्ष ८, अंक ०८, २०६५ असोज १७ गते (03 October 08, Friday)

कभर स्टोरी

समाचार

टिप्पणी/रिपोर्ट

आजको अर्थ

विचार/दृष्टिकोण

मध्यान्तर

अन्तर्राष्ट्रिय

अन्तिम पातो

पाठक पत्र

सम्पादकीय

काङ्ग्रेसद्वारा राष्ट्रसङ्घको विरोध

संविधानसभामा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस अहिले गैरजिम्मेवार बन्दै जान थालेको छ । संविधानसभा निर्वाचनमा सर्मनाक हारपछि अत्तालिन पुगेका काङ्ग्रेस नेताहरु यतिबेला जे मन लाग्यो त्यहीा बक्दै हिँड्न थालेका छन् । आफ्नै पार्टीको समेत सहमति र सहभागितामा भएको बृहत् शान्तिसम्झौता, अन्तरिम संविधान, दलहरुबीचको सहमतिसमेतको बर्खिलाप हुनेगरी अभिव्यक्ति दिँदै आएको काङ्ग्रेस नेतृत्वले पछिल्लोपटक नेपालको शान्तिप्रक्रियामा महत्त्वपूर्ण भूमिका खेलेको संयुक्त राष्ट्रसङ्घको धुँवाधार विरोध गरिरहेको छ । काङ्ग्रेस कार्यबाहक सभापति सुशील कोइरालाले संयुक्त राष्ट्रसङ्घलाई विगत द्वन्द्वकालमा माओवादीको सहयोगी बनेको आरोप लगाउँदै अहिले पनि संयुक्त राष्ट्रसङ्घले एकोहोरो रुपमा माओवादीकै समर्थन गरिरहेको आक्षेप लगाउनुभएको छ ।

सरकारबाट बाहिरिएपछि काङ्ग्रेस नेतृत्वले संयुक्त राष्ट्रसङ्घ जस्तो गरिमामय संस्थामाथि गम्भीर आरोप लगाउनुले काङ्ग्रेस गैरजिम्मेवार बन्दै गएको स्पष्ट हुन्छ । विगतमा माओवादीलाई 'आतङ्ककारी’ घोषणा गरी टाउकाको मूल्य तोकेर सखाप पार्न लागिपरेको काङ्ग्रेस नेतृत्व अहिले माओवादी देशकै सबैभन्दा ठूलो राजनीतिक दलका रुपमा स्थापित भएकोमा चिन्तित बनिरहेको छ । नेपालको पहिलो गणतान्त्रिक सरकारको नेतृत्व माओवादी अध्यक्ष प्रचण्डले गर्नुभएकोमा पनि काङ्ग्रेसलाई औडाहा छुटिरहेको छ । उसले माओवादीलाई सरकारको नेतृत्व गर्न नदिन भरमग्दुर प्रयत्न गरेकै हो । देशभित्रका प्रतिगामी र यथास्थितिवादीसँग गठबन्धन जोडेकै हो । त्यत्तिले मात्र नपुगेर अन्तर्राष्ट्रिय शक्तिहरुसँग हारगुहार गरेकै हो । तर उसका सबै प्रयत्नहरु निकाम बनेपछि काङ्ग्रेस रन्थनिादै आफैं प्रतिपक्षमा बस्न पुग्यो । अहिले पनि माओवादी नेतृत्वले सदासयता देखाउँदै काङ्ग्रेसलाई सरकारमा सहभागी बन्न आग्रह गरिरहेको छ । तर काङ्ग्रेस पुरानै संसदीय व्यवस्था कायम राख्नुपर्छ भन्ने नाममा अग्रगमनका एजेन्डा र अग्रगामी शक्तिका विरूद्ध उत्रिएको छ । यो काङ्ग्रेसको दिवास्वप्ना मात्र हो किनकि अब बहुदलीय प्रतिस्पर्धात्मक गणतान्त्रिक अग्रगामी व्यवस्थालाई हराएर प्रतिगामी व्यवस्था कायम राख्न सम्भव छैन ।

विगतमा पनि माओवादीले गणतन्त्र स्थापनाको प्रस्तावअघि सार्दा काङ्ग्रेसले आफूलाई राजतन्त्रका पक्षमा उभ्याएकै हो । राजतन्त्र मसानघाटमा पुग्दा पनि काङ्ग्रेस नेतृत्वले बेबी किङ्गको कुरा गरेकै हो । अहिले पनि काङ्ग्रेस सेना समायोजनको विरोध गरेर शान्तिप्रक्रिया भड्काउने कसरतमा लागिरहेकै छ । संयुक्त राष्ट्रसङ्घलाई विवादमा तान्न भरमग्दुर प्रयत्न गर्दैछ । काङ्ग्रेसका कार्यबाहक सभापतिजस्तो जिम्मेवार पदमा बसेका नेताले जथाभावी अन्तर्राष्ट्रिय समुदायलाई अनर्गल गाली गर्दै हिँड्न सुहाउँछ । काङ्ग्रेसका यी सबै प्रयत्न समयमै नयाँ संविधान बन्न नदिन केन्दि्रत रहेको देखिन्छन् । त्यसैले उसले सदन अवरूद्ध गर्नेजस्ता अनेक बखेडा झिकिरहेको छ । यसले काङ्ग्रेस नेतृत्वको परिवर्तनविरोधी यथास्थितिवादी चरित्र पनि राम्रैसँग उदाङ्गिन पुगेको छ । काङ्ग्रेसले समयमै आफूलाई सच्चाएन र परिवर्तनको गतिसँगै अघि बढ्ने आँट गरेन भने निश्चित छ, इतिहासको रङ्गमञ्चमा ऊ नराम्रोसँग पछारिने छ ।

पुराना अंकहरु

कृष्ण सेन स्मृति प्रकाशन प्रा.लि.द्वारा प्रकाशित । प्रधानसम्पादक : गोविन्द आचार्य, सम्पादक : चन्द्रमान श्रेष्ठ, कार्यकारी सम्पादक : दीपेन्द्र रोकाया, सहसम्पादक : ध्रुव अधिकारी, सन्तोष पौडेल, दीपक खनाल, प्रबन्ध सम्पादक : चेतन कुँवर, विज्ञापन : अमृतराज उपाध्याय, कार्यालय : अनामनगर, काठमाडौँ, फोन ०१-४२२०७३६, फ्याक्स ९७७-१-४२५६७८०, इमेल : janadisha@wlink.com.np मुद्रण : एक्सप्रेस कलर प्रेस प्रा.लि. नयाँबानेश्वर ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका नव नियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', जनताका नाममा सम्वोधन गर्नुहुँदै । तस्वीर : दिनेश श्रेष्ठ

 

संविधानसभा चुनावका
लागि नेपाल कम्युनिष्ट पार्टी
(माओवादी)को प्रतिबद्धता-पत्र

वर्ड फाइल

पीडीएफ फाइल

Links

www.cpnm.org

Maoist Information

Bulletin

www.awtw.org

www.rwor.org

www.wprm.org

 

© All rights reserved with Krishnasen Memorial Publication Pvt. Ltd

This page has viewed  
free hit counter
times since 7 Baishakh 2065