जनदिशा दैनिक

जनादेश साप्ताहिक

The Red Star

सश्लेषण मासिक

बर्ष ८, अंक ०७, २०६५ असोज १६ गते (02 October 08, Thrusday)

कभर स्टोरी

समाचार

टिप्पणी/रिपोर्ट

आजको अर्थ

विचार/दृष्टिकोण

मध्यान्तर

अन्तर्राष्ट्रिय

अन्तिम पातो

पाठक पत्र

सम्पादकीय

सहकार्यको प्रस्ताव

प्रधानमन्त्री पुष्पकमल दाहाल -प्रचण्ड)ले प्रतिपक्षमा बसेको काङ्ग्रेसलाई संयुक्त सरकारमा सहभागी बन्न आग्रह गर्नु भएपछि त्यसले व्यापक चर्चा पाएको छ । प्रधानमन्त्रीको अभिव्यक्तिप्रति विभिन्न क्षेत्रवाट चासोसमेत प्रकट भइरहेको देखिन्छ । दस दिन लामो अमेरिका र युरोप भ्रमणबाट फर्कने क्रममा मङ्गलबार अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले

काङ्ग्रेसलाई समेत सरकारमा आउने वातावरण तयार पारिने प्रतिबद्धता व्यक्त गर्दै सरकारमै बसेर सहकार्य गर्ने प्रस्ताव राख्नु भएको हो । देशको सबैभन्दा ठूलो राजनीतिक दल नेकपा -माओवादी)का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्डको यो प्रस्तावलाई नागरिक समाज, सञ्चार क्षेत्र, राजनीतिक दललगायत समाजका विभिन्न क्षेत्रले सकारात्मक ढङ्गले लिए पनि काङ्ग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले भने ठाडै अस्वीकार गर्नुभएको छ ।

अहिले देशको सबैभन्दा ठूलो कार्यभार भनेको समयमै नयाँ संविधान निर्माण एवम् शान्ति प्रक्रियालाई तार्किक निष्कर्षसम्म पुर्‍याउनु हो । गत जनआन्दोलनमा सहभागी राजनीतिक दलहरुको एकताबद्ध पहलबाट मात्रै आगामी कार्यभार पूरा हुन सक्नेछ । माओवादीले सुरूदेखि नै यो कार्यभार पूरा गर्न दलहरुबीचको सहकार्यमा जोड दिँदै आएको छ । जब संविधानसभा चुनाव सम्पन्न भयो, प्रत्यक्ष निर्वाचनको परिणाममा माओवादीको २२० सिट आउँदा काङ्ग्रेस र नेपाली एमालेले ३५ सिट पनि पुर्‍याउन सकेनन् । त्यसपछि अत्तालिएको काङ्ग्रेसले माओवादीलाई सरकारमा जान नदिन अनेक दाउपेच र षड्यन्त्रहरु गर्‍यो, विभिन्न शक्तिराष्ट्र गुहार्‍यो र माओवादीविरूद्ध अनर्गल प्रचारको बाढी नै चलायो । माओवादीले संयुक्त सरकार बनाएर अघि बढ्न प्रस्ताव गर्दा काङ्ग्रेस तयार भएन र आफ्ना नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीको उम्मेदवार नै बनायो । अन्ततः काङ्ग्रेसका सबै प्रयत्न नाकाम बनें, संविधानसभाले दुईतिहाइभन्दा बढी मतले माओवादी अध्यक्ष प्रचण्डलाई गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्रीमा निर्वाचित गर्‍यो । अध्यक्ष प्रचण्डको नेतृत्वमा एमाले, मधेसी जनअधिकार फोरमसहितका दलहरुको संयुक्त राष्ट्रिय सरकार बन्यो । माओवादी नेतृत्वमा सरकार बनेको दिनदेखि नै काङ्ग्रेस भने सरकार ढाल्ने खेलमा लाग्न थाल्यो । उसले रचनात्मक आलोचना गर्दै सहयोग गर्नु त कताकता भए नभएका कुरा गरेर माओवादीविरूद्ध अनर्गल प्रचार चलायो र अहिले पनि सरकारका सकारात्मक पाइला पाइलामा कााढा बिच्छाइदिने काम गर्दै आएको छ । तर सरकारले पेस गरेको जनमुखी नीति तथा कार्यक्रम एवम् बजेटले सिर्जना गरेको जनउत्साह एवम् प्रधानमन्त्रीको चीन, भारत, अमेरिका र युरोप भ्रमणका क्रममा प्राप्त अन्तर्राष्ट्रिय समर्थनले सरकारको उचाइ धेरै माथि उठाएको छ । यस अवस्थामा काङ्ग्रेसी विरोध लम्केको हात्तीसामु कुकुर भुकेजस्तै भएको छ ।

काङ्ग्रेस गैरजिम्मेवार बन्दै गइरहेको वर्तमान अवस्थामा प्रधानमन्त्री प्रचण्डले उसलाई पनि सरकारमा आउन आग्रह गर्नुभएको छ । यसले प्रधानमन्त्रीमा देश र जनताप्रति उच्च जिम्मेवारी बोध देखिएको छ । साथै उहाँले काङ्ग्रेसलाई सरकारमा आउन के गर्नु पर्छ त्यो वातावरणसमेत तयार पारिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । यसलाई सामान्य रुपमा लिनु हुँदैन । यसमा धेरै ठूलो त्यागको भावना पनि छ । प्रधानमन्त्रीले नयाँ नेपाल बनाउन सबैसँग हातेमालो गर्न चाहेको बुझिन्छ । विगतमा माओवादीले आफूसँग काङ्ग्रेस जत्ति नै अन्तरिम विधायक हुँदा पनि काङ्ग्रेसको नेतृत्वमा अन्तरिम सरकारमा बसेर चुनाव सफल पार्न सबैभन्दा महत्त्वपूर्ण भूमिका खेलेकै हो । त्यसबेला काङ्ग्रेसले आफूसँग गृह, रक्षा, अर्थ, जलस्रोतलगायत महत्त्वपूर्ण मन्त्रालय राखेको थियो । अहिले माओवादीले काङ्ग्रेसभन्दा तेब्बर सिट जित्दा पनि कुनै घमण्ड गरेको छैन, बरू काङ्ग्रेसलाई संयुक्त सरकारमा आउन विनम्रतापूर्वक आग्रह गरिरहेको छ । यो आग्रहलाई काङ्ग्रेसले बेवास्ता गर्नु भनेको देश र जनताप्रति विश्वासघात गर्नु हो । प्रतिगामी र यथास्थितिवादीकै सेवा गर्नु हो । अग्रगमनविरूद्ध लाग्नु हो । यसप्रति काङ्ग्रेस नेताहरु समय छादै गम्भीर बनून् । प्रधानमन्त्रीले सरकारमा आउन आग्रह गर्नु उनीहरुका लागि पनि ठूलो मौका हो । उनीहरुलाई यस्तो मौका आगामी दिनहरुमा सायद नआउन पनि सक्छ ।

पुराना अंकहरु

कृष्ण सेन स्मृति प्रकाशन प्रा.लि.द्वारा प्रकाशित । प्रधानसम्पादक : गोविन्द आचार्य, सम्पादक : चन्द्रमान श्रेष्ठ, कार्यकारी सम्पादक : दीपेन्द्र रोकाया, सहसम्पादक : ध्रुव अधिकारी, सन्तोष पौडेल, दीपक खनाल, प्रबन्ध सम्पादक : चेतन कुँवर, विज्ञापन : अमृतराज उपाध्याय, कार्यालय : अनामनगर, काठमाडौँ, फोन ०१-४२२०७३६, फ्याक्स ९७७-१-४२५६७८०, इमेल : janadisha@wlink.com.np मुद्रण : एक्सप्रेस कलर प्रेस प्रा.लि. नयाँबानेश्वर ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका नव नियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', जनताका नाममा सम्वोधन गर्नुहुँदै । तस्वीर : दिनेश श्रेष्ठ

 

संविधानसभा चुनावका
लागि नेपाल कम्युनिष्ट पार्टी
(माओवादी)को प्रतिबद्धता-पत्र

वर्ड फाइल

पीडीएफ फाइल

Links

www.cpnm.org

Maoist Information

Bulletin

www.awtw.org

www.rwor.org

www.wprm.org

 

© All rights reserved with Krishnasen Memorial Publication Pvt. Ltd

This page has viewed  
free hit counter
times since 7 Baishakh 2065