जनदिशा दैनिक

जनादेश साप्ताहिक

The Red Star

सश्लेषण मासिक

बर्ष ८, अंक ०६, २०६५ असोज १५ गते (01 October 08, Wednesday)

कभर स्टोरी

समाचार

टिप्पणी/रिपोर्ट

आजको अर्थ

विचार/दृष्टिकोण

मध्यान्तर

अन्तर्राष्ट्रिय

 

अन्तिम पातो

पाठक पत्र

सम्पादकीय

अस्पतालमा हस्तक्षेप

सरकारमा सहभागी एमालेको भातृसंगठन युथफोर्सको आतङ्क बढ्दै जान थालेको छ । राजधानी र पोखराका मजदुरहरुमाथि साङ्घातिक आक्रमण गरेर आफ्नो गतिविधि अघि बढाएको युथफोर्सले अहिले अस्पताल, विद्यालयजस्ता पवित्रस्थलहरुमा समेत हस्तक्षेप गर्न थालेको छ । यही असोज १३ गते मात्रै युथफोर्सका कार्यकर्ताहरुले रुकुमको जिल्ला अस्पताल र कास्कीको राष्ट्रिय उच्च माध्यामिक विद्यालय पोखरामा डाक्टर तथा विद्यार्थीहरुमाथि आक्रमण र खानतलासी गरेका छन् । युथफोर्सले कानुन हातमा लिएर जताततै आक्रमण जारी राख्दा पनि सरकार मौन बसिरहेको छ । आक्रमणकारीलाई कारबाही गर्नुपर्ने गृहमन्त्रालय उल्टो संरक्षण गरिरहेको छ ।

पोखरामा शिक्षक र विद्यार्थीमाथि युथफोर्सको साङ्घातिक आक्रमण भएको सूचना प्रहरीलाई तत्कालै दिइयो । प्रहरी घटनास्थलमा पनि पुग्यो । तर युथफोर्सका कार्यकर्ताहरुले आफूहरुलाई केही गरिए गृहमन्त्रालय आफ्नै भएकाले प्रहरीको जागिर खाइदिने धम्की दिए । प्रहरीले शिक्षक र विद्यार्थीहरुमाथि भएको हमला टुलुटुलु हेरिरहे । अन्त्यमा युथफोर्सकै आदेशमा प्रहरी फिर्ता भयो । तरबार, खुकुरीसहितका हतियार बोकेर विद्यालय परिसर छिरेका युथफोर्स दस्ता सुरक्षित साथ निस्कियो । उता रुकुममा पनि सदरमुकाम मुसिकोटको सल्लेस्थित जिल्ला अस्पतालमा एक हुल युथफोर्स कार्यकर्ता पसेर अस्पतालमा खानतलासी र स्वास्थ्यकर्मीमाथि हातपात गरे । यो घटनामा पनि नगिचै रहेको प्रहरी मूकदर्शक मात्रै बन्यो । उक्त घटनाको तस्बिर खिच्ने पत्रकारहरुमाथि समेत फोर्सका कार्यकर्ताले दुव्र्यहार र हातपात गरे । भनेजति चन्दा नदिएको भन्दै अस्पतालमाथि आक्रमण र खानतलासी गर्ने युथफोर्सका कार्यकर्ताहरुले अन्य सरकारी कार्यालयहरुमा पनि जबर्जस्ती गर्दै रकम असुलिरहेको गुनासो छ । यसप्रति पनि सम्बन्धित निकायको ध्यान गएको देखिन्न ।

कानुन हातमा लिएर युथफोर्सका नाममा गैरकानुनी गतिविधि गरिरहेका एमाले कार्यकर्ताहरुलाई अस्पतालजस्ता संवेदनशील क्षेत्रहरुमा यस प्रकारले आक्रमण गर्न कहिलेसम्म छुट दिँदै जाने हो ? गैरकानुनी काम गर्न कसैलाई छुट छैन भन्ने गृहमन्त्री वामदेव गौतमले आफ्नै कार्यकर्ताहरुमाथि किन कारबाही चलाउनु हुन्न ? अस्पताल, विद्यालयजस्ता पवित्रस्थलमा घरेलु हतियार बोकेर हिंसा मच्याउँदा पनि उनीहरुलाई कुनै कारबाही हुँदैन भने यो देशका नागरिकले सुरक्षाको प्रत्याभूति गर्न सक्ने कुरै भएन । अतः सरकार र सरकारमा सहभागी राजनीतिक दलहरुले यस प्रकारका गैरकानुनी क्रियाकलाप रोक्न आवश्यक पहल गर्नैपर्छ । युथफोर्सका नाममा मच्चाएको आतङ्क र सर्वसाधारणमाथिको आक्रमण रोक्न एमाले नेतृत्व र सरकारी तहबाट उचित पहल नहुने हो भने त्यसले निम्त्याउने गम्भीर परिणामको असर हामीले सोचेभन्दा ठूलो हुनेछ ।

पुराना अंकहरु

कृष्ण सेन स्मृति प्रकाशन प्रा.लि.द्वारा प्रकाशित । प्रधानसम्पादक : गोविन्द आचार्य, सम्पादक : चन्द्रमान श्रेष्ठ, कार्यकारी सम्पादक : दीपेन्द्र रोकाया, सहसम्पादक : ध्रुव अधिकारी, सन्तोष पौडेल, दीपक खनाल, प्रबन्ध सम्पादक : चेतन कुँवर, विज्ञापन : अमृतराज उपाध्याय, कार्यालय : अनामनगर, काठमाडौँ, फोन ०१-४२२०७३६, फ्याक्स ९७७-१-४२५६७८०, इमेल : janadisha@wlink.com.np मुद्रण : एक्सप्रेस कलर प्रेस प्रा.लि. नयाँबानेश्वर ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका नव नियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', जनताका नाममा सम्वोधन गर्नुहुँदै । तस्वीर : दिनेश श्रेष्ठ

 

संविधानसभा चुनावका
लागि नेपाल कम्युनिष्ट पार्टी
(माओवादी)को प्रतिबद्धता-पत्र

वर्ड फाइल

पीडीएफ फाइल

Links

www.cpnm.org

Maoist Information

Bulletin

www.awtw.org

www.rwor.org

www.wprm.org

 

© All rights reserved with Krishnasen Memorial Publication Pvt. Ltd

This page has viewed  
free hit counter
times since 7 Baishakh 2065