|
जनदिशा दैनिक
जनादेश साप्ताहिक

The Red Star

सश्लेषण मासिक
 |
|
बर्ष ८, अंक
०५, २०६५ असोज
१४
गते
(30 September 08,
Tuesday) |
|
कभर स्टोरी |
|
|
|
समाचार |
|
|
|
टिप्पणी/रिपोर्ट |
|
|
|
आजको अर्थ |
|
|
|
विचार/दृष्टिकोण |
|
|
|
मध्यान्तर |
|
|
|
अन्तर्राष्ट्रिय |
|
|
|
अन्तिम पातो |
|
|
|
पाठक पत्र |
|
|
|
सम्पादकीय |
|
संविधान निर्माणको काम सुरू गर
देशमा संविधानसभाको
निर्वाचन सम्पन्न भएको छ महिना बितिसकेको
छ । दुई वर्षभित्रै नयाँ संविधान बनाउने
जिम्मेवारीसहित छ सय एकजना सभासद्हरु
निर्वार्चित भइसकेका छन् । तर ती
सभासदहरुले अहिलेसम्म संविधान निर्माणको
कुनै काम थालेका छैनन् । उनीहरुले
संविधानको 'स ’
मात्रै पनि लेख्न सकेका छैनन ।
यसरी हेर्दा संविधान
निर्माणका लागि तोकिएको समयको एक/चौथाई
समय त्यत्तिकै बितिसकेको छ । तर हाम्रा
राजनीतिक दलहरु अलिकति मात्रै पनि गम्भीर
बन्न सकेका छैनन् । उनीहरुलाई पद र
कुर्चीकै चिन्ता छ । प्रतिपक्ष दल नेपाली
काङ्ग्रेसले त संविधान निर्माण
प्रक्रियालाई नै ओझेलमा पार्ने गरी
संविधानसभा अवरूद्ध गर्ने तथा सरकार
ढाल्ने चेतावनी दिँदै आइरहेको छ । यति
लामो समयसम्म पनि संविधान निर्माणको
प्रक्रिया सुरूआत नगरिनुले समयमै नयाँ
संविधान बन्नेमा आशंका व्यक्त गर्न
थालिएको छ । राजनीतिक दलहरुको यसप्रकारको
गैरजिम्मेवार व्यवहारप्रति आमजनतासमेत
असन्तुष्ट बन्न थालेका छन् ।
महान् जनयुद्धको
बलमा राजतन्त्रात्मक संसदीय व्यवस्थाको
अन्त्य र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको
स्थापना भएपछि जनताले माओवादीको नेतृत्वमा
अग्रगामी संविधान बनोस् र शान्ति
प्रक्रियालाई तार्किक निष्कर्षसम्म
पुर्याइयोस् भन्ने चाहना राखेका छन् ।
जनताको त्यही चाहनाअनुसार अहिले सबैभन्दा
ठूलो पार्टी माओवादीको नेतृत्वमा संयुक्त
राष्ट्रिय सरकार गठन भएको छ । यो सरकारले
अग्रगामी संविधान निर्माणको एजेन्डालाई
आफ्नो प्रमुख कार्यसूचीमा राखिसकेको छ ।
तर काङ्ग्रेससहितका यथास्थितिवादी दलहरुको
अनावश्यक लफडा र प्रतिगामी षड्यन्त्र जारी
रहेकै कारण समयमै संविधान बन्ने कुरामा
जनता विश्वस्त बन्न सकिरहेका छैनन ।
यतिखेर नेपाली जनताको भाग्य र भविष्यको
फैसला गर्ने थलो संविधानसभा बनेको छ ।
आगामी संविधान कस्तो बन्छ, त्यसले नै
नेपालको राज्यव्यवस्थाको टुङ्गो लगाउने छ
। साथै जनताको भविष्यको रेखा कोर्नेछ ।
त्यसैले संविधान निर्माणको प्रश्न जनताको
सर्वाधिक चासोको विषय हो ।
नेपाल र नेपाली
जनताको मुक्ति र स्वतन्त्रताका लागि एक
सशक्त माध्यम बनेको संविधानसभाले गति लिन
नसक्नु हामी सबैका लागि चिन्ता र चासोको
विषय हो । अतः तत्काल संविधान निर्माण
कार्य थालनी गर्न सबै क्षेत्रबाट दबाब
आवश्यक छ । चौतर्फी जनदबाबको बलले मात्रै
तोकिएको समयमा संविधान बनाउने कार्य पूरा
गर्न सकारात्मक सहयोग पुग्नेछ । जनताको
निरन्तर सक्रिय सहभागिता र हस्तक्षेपबाट
मात्रै अग्रगामी संविधान निर्माणको
कार्यभार पूरा हुनेछ । यसतर्फ समयमै सबैको
ध्यान जान सकोस् । |
|
पुराना अंकहरु |
-
बर्ष ८, अंक
०४, २०६५ असोज
१३
गते
(29 September 08,
Monday)
-
बर्ष ८, अंक
०३, २०६५ असोज
१२
गते
(28 September 08,
Sunday)
-
बर्ष ८, अंक
०२, २०६५ असोज
११
गते
(27 September 08,
Saturday)
-
बर्ष ८, अंक
०१, २०६५ असोज
१०
गते
(26 September 08,
Friday)
-
बर्ष ७ का अंकहरु (अंक १७२ देखि ३५१ सम्म)
|
|
कृष्ण सेन स्मृति
प्रकाशन प्रा.लि.द्वारा प्रकाशित ।
प्रधानसम्पादक
:
गोविन्द आचार्य, सम्पादक
:
चन्द्रमान श्रेष्ठ, कार्यकारी सम्पादक
:
दीपेन्द्र रोकाया, सहसम्पादक
:
ध्रुव अधिकारी, सन्तोष पौडेल, दीपक खनाल,
प्रबन्ध सम्पादक
:
चेतन कुँवर, विज्ञापन
:
अमृतराज उपाध्याय, कार्यालय
:
अनामनगर, काठमाडौँ, फोन ०१-४२२०७३६,
फ्याक्स ९७७-१-४२५६७८०, इमेल
:
janadisha@wlink.com.np
मुद्रण
:
एक्सप्रेस कलर प्रेस प्रा.लि.
नयाँबानेश्वर । |
|
|
|
|
 |
|
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका नव
नियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', जनताका
नाममा सम्वोधन गर्नुहुँदै ।
तस्वीर : दिनेश श्रेष्ठ |
संविधानसभा चुनावका
लागि नेपाल कम्युनिष्ट पार्टी
(माओवादी)को प्रतिबद्धता-पत्र
वर्ड फाइल
पीडीएफ फाइल
Links
www.cpnm.org
Maoist Information
Bulletin
www.awtw.org
www.rwor.org
www.wprm.org
|