जनदिशा दैनिक

जनादेश साप्ताहिक

The Red Star

सश्लेषण मासिक

बर्ष ७, अंक ३५१, २०६५ असोज ०९ गते (25 September 08, Thrusday)

कभर स्टोरी

समाचार

टिप्पणी/रिपोर्ट

विचार/दृष्टिकोण

अन्तर्राष्ट्रिय

अन्तिम पातो

पाठक पत्र

सम्पादकीय

न्याय क्षेत्र विश्वसनीय हुनुपर्छ

नेपाल बार एसोसियसनका अध्यक्ष विश्वकान्त मैनालीलाई मुलुकभरिका अदालतमा बहस पैरवी गर्न रोक लगाइएको निर्णय सर्वोच्च अदालतको मङ्गलबार बसेको पूर्ण बैठकले फिर्ता लिएको छ । भदौ ३१ गतेको एक सार्वजनिक कार्यक्रममा 'न्यायाधीशको जागिर भ्रष्टाचारको लाइसेन्सजस्तो’ भनेका कारण अध्यक्ष मैनालीलाई देशभरिका अदालतमा बहस पैरवी गर्न रोक लगाइएको थियो । मैनालीलाई बहस पैरवी गर्न रोक लगाएको विरोधमा बारको नेतृत्वमा वकिलहरुले आन्दोलन गरेकाले पाँच दिन अदालतको बहस ठप्प भएको थियो । अन्ततः अदालतको अपारदर्शी शैली र स्वेच्छाचारी कदमविरूद्धको लडाइामा बार यसपटक सफल भएको छ ।

बारका अध्यक्ष मैनालीले जनसरोकारको मुद्दालाई उठाएकाले उनको पक्षमा जनसमर्थनसमेत जुटेको थियो । वास्तवमा अदालतको थुप्रै निर्णयहरु अपारदर्शी र न्यायाधीशहरु स्वेच्छाचारी भएको व्यापक जनगुनासो रहादै आएको छ । र, जनताको भावनालाई बारका अध्यक्षले प्रतिनिधित्व गरेका थिए । बारको आन्दोलनपछि अदालतलाई सक्षम र जवाफदेही बनाउनुपर्ने कुरामा अदालत पक्षसमेत सहमत भएको छ । भ्रष्टाचारजन्य कसुरका कारण पदमुक्त हुने न्यायाधीशलाई कारबाहीको दायरामा लैजानका लागि न्यायपरिषद् ऐन २०४७ मा समसामयिक सुधार गरी अगाडि बढाउन अदालत र कानुन व्यवसायीबीच समझदारी भएको छ । उनीहरुबीच कानुन व्यवसायीहरुको शुद्धिकरणका लागि आचारसंहिता परिपालन गर्न गराउनका लागि नेपाल कानुन परिषद्ऐनमा समसामयिक सुधार एवम् संशोधन गरी प्रभावकारी सहमति पनि भएको छ । यो समझदारी लागु भएमा न्यायिक क्षेत्रलाई सुधार्न बल पुग्नेछ । स्पष्ट ऐन, नियमको अभावका कारण भ्रष्टाचारको अभियोगमा घटुवामा परेका पूर्वन्यायाधीश परमानन्द झा उपराष्ट्रपतिजस्तो सम्मानित पदमा पुगेका छन् । नीति, नियम दह्रो भएको भए उनी अहिले कानुनी लडाइँ लडिरहेका हुने थिए ।

बार-बेन्चबीच भएको सहमतिलाई तत्काल कार्यान्वयनमा लैजानका लागि तदारूकता देखाउन जरूरी छ । र, अदालतभित्रको विकृति हटाउन अग्रसर बारले कतिपय वकिलहरुको गलत धन्दाका कारण वकालत पेसालाई नै बद्नाम गरेकाले पेसँगत शुद्धताको लडाइँ लड्ने साहस पनि गर्नुपर्छ । जनतालाई न्याय दिलाउन सहयोग गर्ने र न्याय दिनेको शुद्धताले नै सिङ्गो न्यायिक क्षेत्र जनताको विश्वासिलो बन्नसक्छ । न्यायिक क्षेत्र विश्वासिलो बनेमा नै न्यायाधीश, वकिलको समेत सम्मान बढ्नेछ ।

पुराना अंकहरु

कृष्ण सेन स्मृति प्रकाशन प्रा.लि.द्वारा प्रकाशित । प्रधानसम्पादक : गोविन्द आचार्य, सम्पादक : चन्द्रमान श्रेष्ठ, कार्यकारी सम्पादक : दीपेन्द्र रोकाया, सहसम्पादक : ध्रुव अधिकारी, सन्तोष पौडेल, दीपक खनाल, प्रबन्ध सम्पादक : चेतन कुँवर, विज्ञापन : अमृतराज उपाध्याय, कार्यालय : अनामनगर, काठमाडौँ, फोन ०१-४२२०७३६, फ्याक्स ९७७-१-४२५६७८०, इमेल : janadisha@wlink.com.np मुद्रण : एक्सप्रेस कलर प्रेस प्रा.लि. नयाँबानेश्वर ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका नव नियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', जनताका नाममा सम्वोधन गर्नुहुँदै । तस्वीर : दिनेश श्रेष्ठ

 

संविधानसभा चुनावका
लागि नेपाल कम्युनिष्ट पार्टी
(माओवादी)को प्रतिबद्धता-पत्र

वर्ड फाइल

पीडीएफ फाइल

Links

www.cpnm.org

Maoist Information

Bulletin

www.awtw.org

www.rwor.org

www.wprm.org

 

© All rights reserved with Krishnasen Memorial Publication Pvt. Ltd

This page has viewed  
free hit counter
times since 7 Baishakh 2065