s[i0f;]g ;Djfb ;ldltåf/f ;~rflnt

कृष्ण सेन 'इच्छुक'लाई 
शाही सत्ताले 
२०५९ जेठ १३ गते
हिरासतमा चरम यातनादिई हत्या गरेको थियो ।

झीगु स्वनिगः

कहा“ छन् वेपत्ता नागरिकहरु?

राज्यद्धारा बेपत्ता पारिएका नागरिकहरुको फोटो]

सुझाव तथा प्रतिक्रिया पठाउनका लागि सर्म्पर्क ठेगानाः

PhoneFax noM )! $$#(*##

P.B.No:23360

Email: krishnasenonline@yahoo.com

www.krishnasenonline.org

'सम्पूर्ण शक्तिका साथ निर्वाचनमा जान्छौा ः प्रचण्ड
यानेन्द्र जीसी/लेखनाथ सजग, बुटवल, २ पुस
नेकपा-माओवादी)का अध्यक्ष प्रचण्डले चैतभित्र गर्ने सहमति भएको संविधानसभाको निर्वाचनका लागि आफ्नो पार्टी सम्पूर्ण शक्तिका साथ होमिने प्रतिबद्धता जाहेर गर्नुभएको छ। पूरा समाचार
मजदुर हत्याविरुद्ध दिनभरि प्रदर्शन
काडमाडौं, २ पुस
शनिबार धुम्बाराहीमा गोल्छा अर्गनाइजेशनको गाडीले सुनियोजित रूपमा ठक्कर दिएर मण्डिखाटारबासी ४२ वषर्ीय भरत काप\mलेको हत्या गरेपछि त्यसको विरोधमा स्थानीयबासी र इलाकास्तरीय माओवादीले ४ घण्टा यातायात ठप्प पारे।पूरा समाचार
नेपालमा बाह्य हस्तक्षेपबिना गणतन्त्र स्थापना हुनुपर्छ ः वर्मा
काठमाडौं, २ पुुस
भारत-नेपाल जनऐक्यबद्धता मञ्चका नेता एवं भारतका प्रतिष्ठित वामबुद्धिजीवी आनन्दस्वरुप बर्माले नेपालमा बाह्य हस्तक्षेपबिना नै नेपाली जनता आफंैले गणतन्त्र स्थापना गर्न पाउनुपर्ने बताउनुभएको छ।पूरा समाचार
'राष्ट्रियताका लागि जस्तोसुकै आन्दोलन गर्न पनि तयार'
दयानिधि भट्ट सुस्ता -नवलपरासी), २ पुस
वाईसीएलका केन्द्रीय अध्यक्ष गणेशमान पुनले भारतद्वारा अतिक्रमित नेपाली भूमि फिर्ता नगरिए आफूहरू जस्तोसुकै आन्दोलन गर्न पनि तयार रहेको बताउनुभएको छ। पूरा समाचार

अध्यक्ष प्रचण्डद्वारा दुःख व्यक्त
काठमाडौा, मङ्सिर १४/नेकपा-माओवादी)ले नोबेल मेडिकल कलेजका अध्यक्ष डा. ज्ञानेन्द्र गिरी लगायत अन्य सदस्यमाथि भएको कुटपिटप्रति दुःख व्यक्त गर्दै क्षमायाचना गरेको छ । माओवादीका अध्यक्ष प्रचण्डले आज एक विज्ञप्ती जारी गरी घटनामा नाटकीय ढङ्गले वाईसीएलका कार्यकर्ता सहभागी गराइएको उल्लेख गर्दै घटनाका दोषीलाई कारवाहीका लागि प्रशासनलाई सहयोग पुर्‍याउने बताउनुभएको छ । पूरा समाचार

भव्य अन्र्तक्रिया कार्यक्रम सम्पन्न
काठमाडौ, कार्तिक, ३०/आज नेकपा-माओवादी)केन्द्रीय समितिको आयोजनामा संघिय लोकतान्त्रिक गणतन्त्र र पूर्ण समानुपातिक निर्वाचन सम्वन्धि संसदको विशेष अधिवेशनको निर्णयबारे बृहत अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । विभिन्न राजनैतिक दलका नेतृत्व, नागरिक समाजका अगुवा, बुद्धिजीवि, कलाकार, जनजाति, महिला आदीको प्रतिनिधित्व रहेकेा उक्त कार्यक्रममा माओवादीका अध्यक्ष प्रचण्डले कार्यक्रमको बारेमा स्पष्ट पार्नुभएको थियो । कार्यक्रममा अध्यक्ष क प्रचण्डद्वारा तयार गर्नुभएकोे नयाँ आधारमा नयाँ एकताको लागि अवधारणा पत्र नेता डा बावुराम भट्टराईले पढेर सुनाउनुभएको थियो ।
कार्यक्रममा विभिन्न राजनैतिक पार्टी तथा अन्य उपस्थित व्यक्तित्वहरुले आफ्ना भनाईहरु राख्नु भएको थियो । होटल मल्लमा सम्पन्न उक्त अन्र्तक्रिया भव्यताका साथ सम्पन्न भएको थियो।
अध्यक्ष प्रचण्डको अवधारणापत्रको पूर्ण पाठ

ाकिस्तानी दुतावासमा प्रदर्शन
काठमाडौं ३० कार्तिक/पाकिस्तानमा लगाईएको संकटकालको कारण त्यहाँको प्रेस स्वतन्त्रता खतरामा परेकोले नेपालका क्रान्किारी पत्रकार लगायत अन्य विभिन्न संघ संस्थाले महाराजगंज स्थित पाकिस्तानी राजदुतावासमा २९गते विरोध प्रदर्शन गर्नुका साथै ज्ञापन पत्र बुझाएका छन् ।
उनीहरुले पाकिस्तानी सरकारलाई संकटकाल तुरुन्त फिर्ता लिन, प्रेस स्वतन्त्रताको सम्मान गर्न, गिरफ्तार पत्रकार लगायत सम्पुर्णको रिहाई गर्न र जनताको सार्वभौम अधिकारको सम्मान गर्दै लोकतान्त्रिक प्रक्रियाको तुरुन्त थालनी गर्न बाब दिने उदेश्यले यो कार्यक्रम गरेको बताए ।
.

सैनिकहरु पुनः आन्दोलनमा उत्रने
काठमाडौ,ं कार्तिक २९/भूतपुर्व नेपाली सेनाको व्यवसायिक संगठन भूतपूर्व सैनिक परिषद्ले २०३० सालदेखि राष्ट्रसंघको आव्हानमा शान्ति सैनिकको रुपमा काम गर्दै आएको तर सैनिक अधिकृतहरुबाट नै उनीहरुमाथि शोषण हुँदै आएको छ ।
शान्तिसेनाको नाममा आएको डलर सरकार र अधिकृतले मनपरि ढंगले पचाउने गरेकाले सर्वोच्च अदालतबाट ११ महिना अघि अधिकृतहरुलाई कार्यन्वयन गर्न दिईएको निर्देशन पुरा नगरे पुनः चरणवद्ध आन्दोलनमा उत्रने सैनिक परिषद्ले बताएको छ । स्मरणीय रहोस् सैनिक परिषद्का केन्द्रीय अध्यक्ष अम्बर बहादुर थापा् मगरको नेतृत्वमा एक महिना अघिदेखि माईतिघर मण्डलामा धर्ना जारी नै छ ।
कोरियाली चलचित्र महोत्सव समापनतिर
काठमाडौं, कार्तिक २९/गणतन्त्र कोरियाली चलचित्र परिषद्को सौजन्यमा १२ नोभेम्बरदेखि प्रदर्शन भैरहेको कोरियाली चलभित्र महोत्वि शुक्तवार समापन हुँदैछ ।
राजनीतिक भेला प्रशिक्षण सम्पन्न
काठमाडौं,कार्तिक २९/नेकपा -माओवादी) को नेवा राज्य समिति र ताम्सालिङ्ग राज्य समितिको सयूक्त राजनीतिक भेला तथा प्रशिक्षण सम्पन्न भयो ।
भेलामा माओवादी पार्टी केन्द्रीय सदस्य तथा मध्यकमाण्ड ईन्चार्ज अनन्त र माओवादी पार्टी केन्द्रीय सदस्य तथा ताम्सालिङ्ग राज्य समिति ईन्चार्ज अग्नी सापकोटाले राजनीतिक प्रशिक्षणमा देशको समसामयिक परिस्थितिको बारेमा प्रशिक्षित गर्नुभएको छ ।
सदनमा मतदान भएमा सातदलिय गठबन्धन टुट्ने
काठमाडौ, कार्तिक १२/नेकपा-माओवादी)का केन्द्रीय सेक्रेटरीयट सदस्य बर्षमान पुन-क.अनन्त)ले यदि, सदनमा आफ्नो पार्टीले पेश गरेको गणतन्त्र र समानुपातिकको प्रस्ताव उपर मतदान भएमा माओवादी पार्टी र ६दल बिचको गठबन्धन टुट्ने बताउनु भएको छ । उहाँले उक्तकुरा आजै रिर्पोटस क्लवमा आयोजित एक कार्यक्रममा बताउनुभएको हो ।
गठबन्धन टुट्ने कारणबारे प्रष्ट्याउदै उहाँले अगाडि भन्नुभयो "केवल एकताका खातिर एकता नभएर पार्टीहरुबिचको गठबन्धन राजनैतिक मुद्धाका आधारमा भएको एकता भएका कारण राजनैतिक मुद्धामानै मतभिन्नता देखिएमा एकता स्वत टुट्ने छ ।" उहाँले जनतालाई यथार्थ बताउन सबैले इमान्दार हुनुपर्ने कुरा बताउदै यदी सबै राजनैतिक दल जनताप्रति उत्तरदायि छन् भने विगतका आन्दोलनको मुख्य नारा बनेको गणतन्त्र र समानुपातिकको मुद्धामा सहमति जनाउन पनि अपिल गर्नुभयो । पूरा समाचार
पेट्रोलीयम पदार्थको मुल्य घटाउन महिलाहरुको ज्ञापनपत्र
काठमाडौ, कार्तिक १२/सातै राजनैतिक दलका भगिनि संगठनको संयुक्त महिला संघ सघर्ष समितिले प्रधानमन्त्रि गिरिजा प्र कोइरालालाई एक ज्ञापनपत्र बुझाएको छ ।
संविधान सभाको निर्वाचनमा महिलाहरुको न्यायोचित प्रतिनिधित्व गराउन समानुपातिक निर्वाचन प्रणाली लागु गर्नुपर्ने र भर्खरै सरकारले पेट्रोलियम पर्दाथमा गरेको मुल्यबृद्धी तत्काल फिर्ता लिनुपर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ । नेपाल आयल निगमको घाटा आपुर्ती गर्न त्यहाँ भित्रका भ्रष्टाचार चुहावट कमिषनतन्त्र नियन्त्रण गर्नुका साथै वैकल्पिक उर्जाको खोजी गर्नुपर्ने संघर्षसमितिले जनाएको छ ।पूरा समाचार
विरेन्द्रशाहको अपहरणमा मोओवादीको हात छैन्-क्रान्तिकारी पत्रकार संघ
काठमाडौ, कार्तीक १२/नेकपा-माओवादी) मधेशि राज्य समिति अन्तर्गत भोजपुरा उपराज्यसमिति इन्चार्ज प्रतिकले तीन साता अघि भएको विरेन्द्र शाहको अपहरणमा आफ्नो पार्टीको कुनै सम्लग्नता नभएको पटक पटक सञ्चार माध्यममार्फत स्पष्ट पार्नुभएको छ ।पूरा समाचार
जनजाति महासंघले नेकपा-माओवादी)समक्ष ज्ञापनपत्र बुझायो
काठमाडौं १०,कार्तिक /नेकपा -माओवादी) का अध्यक्ष क. प्रचण्डले अहिलकोे राजनैतिक निकासका निम्ति दलहरुसँग चलिरहेको छलफल सन्तोषजनक नभएको बताउनुभयो । उहाँले अबको निकासका निम्ति सम्पूर्ण मधेसी, महिला, दलित लगाएत उत्पीडित क्षेत्र र जनसमुदायसँग मजबुत एकता र सहकार्य अपरिहार्य हुने बताउनुभयो ।
नेकपा -माओवादी) को पार्टी कार्यलय बुद्धनगरमा समानुपातिक र गणतन्त्रको माग नछोड्न आग्रह गर्देर् ज्ञापन पत्र बुझाउन गएका जनजाति नेताहरुसित अध्यक्ष प्रचण्डले सो कुरा बताउनुभएको हो ।
ज्ञापनपत्र बुझाउन गएको टोलीका नेता आदिवासी जनजाति महासंघका अध्यक्ष पासाङ्ग शेर्पाले समानुपातिक निर्वातन प्रणाली र संघिय लोकतान्त्रिक गणतन्त्रको निम्ति गरिने आन्दोलनमा महासंघले ऐक्यवद्धता जनाउने पनि बताएका छन् ।
पेट्रोलियम पदार्थ अनियमित गर्नेको पर्दाफास गरिने
काठमाडौं १०,कार्तिक/नेकपा -माओवादी) का नेता दिनानाथ शर्माले पेट्रोलियम पदार्थमा मिसावट गर्ने भ्रष्ट्राचारीलाई सरकारले कार्वाही नगरे आफूहरुले वाईसीएल लगाएर भए पनि कार्वाही गर्ने बताउनुभएको छ ।
उहाँले सातदलबीच सहमति नभई आयल निगम र सरकारको एकलौटी मिलेमतोमा मुल्यवृद्धि भएको पनि बताउनुभयो ।
'कैयौ मन्त्री र सांसदहरुको आफ्नै पेट्रोलपम्प छ जसको कारण प्रत्यक्ष उनीहरुको सहभागितामा मुल्यवृद्धि भएको हो । त्यसको प्रत्यक्ष्ा मार गरिव जनताहरुलाई परेको छ,' माओवादी नेता शर्माले काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा भन्नुभयो ।
पेट्रोलियम पदार्थको मूल्यबृद्धि फिर्ता गर्नुपर्ने
काठमाडौं ८, कार्तिक/ नेपाल सरकारको निर्देशनमा नेपाल आयल निगमले गरेको मूल्य बृद्धिप्रति नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले कडा विरोध जनाएको छ । पार्टीको तर्फबाट प्रवक्ता क. कृष्णबहादुर महराले आज एक विज्ञप्ति जारी गर्नुहुँदै भन्नुभएको छ, 'सरकारको निर्देशनमा नेपाल आयल निगमले बढ्दो आर्थिक घाटा र अन्तर्राष्ट्रिय मूल्य बृद्धिको कारण देखाई नयाँ मूल्य समायोजनको नाममा बुधबारदेखि पेट्रोलियम पदार्थमा मूल्य बृद्धि गरेको छ । आयल निगमभित्र लामो समयदेखि नराम्रोसँग गाँजिन पुगेको कमिसनतन्त्र, भ्रष्टाचार र अनेकौं प्रकारका चुहावटलाई प्रभावकारी अवलोकन र नियन्त्रण नगरिकन सोझै उपभोक्तामाथि भार थोपरिने गरी गरिएको मूल्यबृद्धि सहज र स्वाभाविक निर्णय होइन ।
नेकपा (माओवादी) तेलको नाममा हुने कमिसन खेल र चुहावटलाई ढाकछोप हुने गरी गरिएको यस प्रकारको मूल्य बृद्धि गर्ने निर्णयको विरोध गर्दछ । साथै पार्टी, पेट्रोलियम पदार्थमा हुने कमिसन, भ्रष्टाचार र चुहावटको प्रभावकारी अवलोकन र कडा नियन्त्रण तथा आम-सहमति कायम गरेर मात्र सरकारले नयाँ मूल्य समायोजन गरोस् भनी माग गर्दछ ।'
सात दललाई आठ विद्यार्थीको संयुक्त ज्ञापनपत्र
काठमाडौं २८, असोज/नेकपा -माओवादी) का नेता सीपी गजुरेलले सदनबाट गणतन्त्र घोषणा गर्ने र समानुपातिक निर्वाचन प्रणालीमा जानको निम्ति आठ विद्यार्थीको संयुक्त ज्ञापन पत्रले महत्वपुर्ण भूमिका खेल्ने बताउनुभयो।
उहाँले जवसम्म संविधानसभाबाट नेपाली जनताको संविधान निर्माण हुन सक्तैन तवसम्म सात राजनैतिक दलको एकता टुट्नेछैन भन्नुभयो । माओवादीको जायज मागलाई सात दल मिलेर हल गर्न नसके विगतमा जस्तै मधेसी ट्राईगर फोरम लगायतले त्यही मागलाई उठाई आन्दोलन गर्न सक्दछन् भन्दै त्यसको लागि सचेत विद्यार्थीहरु एकतावद्ध ढंगले लाग्न अनुरोध गर्नुभयो ।
उहाँले यदि संविधान सभाको चुनाव नभए आवश्यक पर्दा विद्रोहमा उत्रन पनि आठ विद्यार्थीलाई अनुरोध गर्नुभयो । कार्यक्रममा आठ विद्यार्थी संगठनले सात दलको एकता कायम राखी देशको अग्रगामी दिशा प्रदान गर्ने दायित्व पुरा गर्न चार वुंदे माग राखेको छ ।
राजनितिक दलले आपसी अन्तविरोधलाई संवाद सहकार्यको माध्यमबाट पुरा गर्न र दलिय एकता टुट्न नदिने, वर्ग, जाति,क्षेत्र, र लिङ्गका सम्स्यालाई यथाशिग्र संम्बोधन गर्देैं राज्यको अग्रगामी पुन संरचन गर्ने लगायतका माग पत्र पेश गरेका छन् ।
कार्यक्रममा एमालेका शुकराम, कांग्रसका विनयध्वजचन्द, मालेमाका केशव नेपा, जनमोर्चाका लिलामण्ी पोख्रेल, लगायतका सातदका नेताहरुको उपष्स्थिति रहेका थियो ।

बेल्जियममा भारतीय सैनिक जनरल र भाजपाको अभिव्यक्ति बिरुद्ध बिरोध प्रदर्शन
बेल्जियम, असोज २६/ हालै भारतीय जनता पार्टी तथा एकजना भूतपूर्व भारतीय सैनिक विज्ञको अभिब्यक्ति प्रति गंभिर आपत्ति जनाउदै उक्त अभिव्यक्ति भारतीय विस्तारवादको नेपाली सार्वभौमिकतामाथिको नाङ्गो हस्तक्षेप भएको भन्दै देशव्यापी विरोध प्रदर्शनहरु भइरहेका छन् ।पूरा समाचार
लोकतान्त्रिक गणतन्त्रको घोषणा र पूर्णसमानुपातिक प्रतिनिधित्वको ग्यारेन्टी गर
काठमाडौं, २६असोज/ विदेशमा रहेका नेपालीहरुले अन्तरिम व्यवस्थापिकाबाट गणतन्त्रको घोषणा गर्नुपर्ने र आउँदो संविधानसभाको निर्वाचन पूर्णसमानुपातिक हुनुपर्ने माग गरेका छन् ।पूरा समाचार
राजा र राजतन्त्र राखेर गरिने निर्वाचनले गणतन्त्रको स्थापना हुन सक्दैन
काठमाडौं, २५ असोज/ नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का वरिष्ठ नेता क. रामबहादुर थापा (बादल)ले विश्व समुदायको ध्यान नेपालमा स्थापना हुने गणतन्त्र र संविधान सभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीमा केन्दि्रत भएको बताउनुभएको छ ।
आज दिउँसो यहाँ आयोजित एक कार्यक्रममा क. बादलले भन्नुभयो, 'नेपालको इतिहासले पनि गणतन्त्रको स्थापनासहित समानुपातिक निर्वाचन प्रणालीमा आधारित रहेर हुने संविधानसभाको आवश्यकतालाई पुष्टि गरेको छ ।'पूरा समाचार

पचासौं हजारको दबाब र्‍याली सम्पन्न
काठमाडौं, २४ असोज/ ने.क.पा. (माओवादी) केन्द्रीय समितिका सदस्य क. सी.पी. गजुरेल (गौरव) ले सदन र सडकबाट गणतन्त्रको घोषणा गरी सार्थक सविधान सभाको चुनाव नभए आफूहरुले सडकबाटै संविधान सभाको चुनाब सम्पन्न गर्ने बताउनुभएको छ ।
आजैबाट शुरुभएको सदनको विशेष अधिवेशनबाट समानुपातिक निर्वाचन प्रणाली र गणतन्त्रको घोषणा गर्न दबाब दिने उदेश्यले आयोजना गरिएको र्‍याली तथा सभालाई सम्बोधन गर्दै नेता गजुरेलले वर्तमान राजतन्त्रत्रात्मक राज्यप्रणाली यथावत रहँदासम्म र्साथक संविधान सभाको चुनाब हुन नसक्ने र गणतन्त्रात्मक संरचनामा देश जानु यतिबेलाको अपरिहार्य आवश्यकता भएको ठोकुवा गर्नुभयो । पूरा समाचार

छ दलले नमाने जनताले आन्दोलनबाट गणतन्त्र स्थापना गर्ने
काठमाडौं, २३ असोज/ नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का बरिष्ठ नेता क. रामबहादुर थापा (बादल) ले भोलिदेखि शुरु हुने अन्तरिम व्यवस्थापिका (संसद)को विशेष अधिवेशनले संघीय लोकतान्त्रिक गणतन्त्र र पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाने माओवादी प्रस्तावलाई स्वीकार नगरे देश गम्भीर दुर्घटनामा पर्नसक्ने बताउनुभएको छ ।
उहाँले भोलिदेखि शुरु हुने संसदले संघीय लोकतान्त्रिक गणतन्त्र र पूर्णसमानुपातिक निर्वाचनमा मुलुकलाई नलगे वर्तमान सरकार र संसद विघटन हुने र जनआन्दोलनको बलमा सडकबाट नयाँ संसद र सरकारको घोषणा हुने बताउनुभयो ।
आज दिउँसो काठमाडौंमा आयोजित एक अन्तक्रिर्यात्मक कार्यक्रममा बोल्दै क. बादलले अगाडि भन्नुभयो, 'छ राजनीतिक दल ने.क.पा.(माओवादी) को प्रस्तावको विपक्षमा गए भने जनविद्रोहबाट गणतन्त्रको स्थापना हुनेछ ।'

भोलि हुने बिशाल जनप्रर्दशनको व्यापक तयारी
काठमाडौं, २३ असोज/ नेपाल कम्युनिस्ट पार्टी (माओवादी), ने.क.पा. (एकीकृत) र संयुक्त वाम मोर्चाका ८७ जना विधायकहरुद्वारा समावेदन गरेबमोजिम भोलिदेखि शुरु हुने अन्तरिम व्यवस्थापिका -संसद) को विशेष अधिवेशनबाट संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गर्न र समानुपातिक निर्वाचन प्रणाली पास गराउन दवाव दिने उद्देश्यले भोलि (असोज २४ गते) हुने जनप्रदर्शनको तयारी पूरा भएको छ । पूरा समाचार
मेहताको भनाई आपत्तिजनक ः महरा
काठमाडौं २२, असोज/भारतीय सुरक्षा सल्लाकार अशोक मेहताले हिजो साँझको बी.बी.सी. नेपाली सेवासँगको अन्तवार्तामा व्यक्तगरेको विचारप्रति राजनीतिक दल, नागरिक समाज र विभिन्न संघसंस्थाहरुले विरोध जनाएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी -माओवदी) का प्रवक्ता क. कृष्णबहादुर महराले मेहताको सो भनाइ नेपालको राष्ट्रिय स्वाधिनतामाथिको सीधा हस्तक्षेप भएको बताउनु भएको छ । कृष्णसेन अनलाइनसँग संक्षिप्त प्रतिक्रिया दिंदै क.महराले भन्नुभयो- स्वतन्त्र र सार्वभौम एउटा छिमेकी राष्ट्रको बारेमा व्यक्त गरिएको यस्तो अभिव्यक्तिप्रति नेकपा -माओवादी) को आपत्ति छ ।
यसैबीच मेहताको उक्त भनाइको विरुद्ध मगर राष्ट्रिय मुक्ति मोर्चा नेपालले पनि गम्भीर आपत्ति प्रकट गर्दैं एक प्रेस विज्ञप्ति जारी गरेको छ ।
स्मरण रहोस्, उक्त अन्र्तवार्तामा माओवादी सेना र नेपाली सेनाबीच भीडन्त भए नेपाल सरकारले सहयोग मागे पनि नमागे पनि भारतीय सेना प्रवेश गर्ने आपत्तिपूर्णर् अभिव्यक्ति दिएका थिए ।
पूर्ण समानुपातिकको पक्षमा महिला सञ्जाल
काठमाडौं २२,असोज/महिला मानवअधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालले सबै जात, वर्ग, लिङ्ग, धर्म, भौगोलिक क्षेत्र, भाषाको प्रतिनिधित्वबिना संविधान सभाको चुनाव हुन नसक्ने बताएको छ ।
सञ्जालले अब हुने संविधानको संशोधनले पूर्ण समानुपतिक प्रतिनिधित्व सुनिश्चित गर्ने निर्वाचन प्रणाली सरकारले अंगीकार गर्नुपर्ने कुरालाई जोड दिँदै महिलाको समानुपातिक सहभागिताबिनाको संविधान सभा आफूहरुलाई स्वीकार्य नहुने जनाएको छ ।
रायमाझी आयोगले दोषी ठहर्‍याएका सम्पूर्ण व्यक्तिहरुलाई तुरुन्त कार्वाही गर्नुपर्ने, समानुपातिक प्रतिनिधित्वसहितको स्वतन्त्र चुनावी सरकार गठन गर्नुपर्ने लगायतका माग पनि सञ्जालले राखेको छ ।
असोज २४ गते दिउँसो २ बजेदेखि सिंहदरबार दक्षिण ढोकामा धर्ना दिने आन्दोलनको कार्यक्रम राखिएको जनाएको छ । सरकारले आफ्ना मागहरु पूरा नगरे आन्दोलन जारी रहने कुरा पनि सञ्जालले आज पत्रकार सम्मेलनमार्फत् जानकारी गराएको छ ।
चेग्वेभाराको ४० औं स्मृति दिवस
नेकपा -माओवादी) का केन्द्रीय सदस्य तथा लिम्बुवान राज्य समितिका इन्चार्ज राम कार्कीले एउटा सानो प्रख्यात शक्तिले ठुलो शक्तिलाई कसरी पराजित गर्नसक्छ भन्ने कुरा चेग्वेभाराबाट सिक्नुपर्ने बताउनुभयो ।
उहाले विश्वक्रान्तिका नायक चेग्वेभाराको सधै शिस्य बन्ने मात्र हैन उत्तराधिकारी बन्ने साच्चैको परिवर्तनकामी र विद्रोही स्वाभाव भएको पनि बताउनुभयो ।
चेको स्मृति दिवसमा नेकपा एमालेका नेता सुरेन्द्र पाण्डे, वाम बुद्धिजीवि तथा लेखक राजेन्द्र महर्जन, युवा नेता सुनिल मानन्धर लगायतले उहाँलाई जोस, जाँगर, र साहसका प्रतिकको रुपमा लिनुपर्ने कुरा काठमाडौको एक कार्यक्रममा बताउनुभयो ।
'जनमतसंग्रह ने.क.पा.-माओवादी) को प्रस्ताव होइन'
काठमाडौं, २१ असोज/ हिजो ने.क.पा.-माओवादी) का अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको भेटपछि 'ने.क.पा.-माओवादी)ले जनमतसंग्रहको प्रस्ताव गरेको' भनी गरिएको प्रचार सत्य नभएको ने.क.पा.-माओवादी) स्रोतले जनाएको छ ।।पूरा समाचार
अन्तर्राष्ट्रिय सिनियर अफिसर कोर्षको ट्रेनिङ्ग सम्पन्न
काठमाडौं, २१ असोज/जनमुक्ति सेना नेपालका डेपुटी कमाण्डर नन्दकिशोर पुन -पासाङ्ग) अन्तर्राष्ट्रिय कमाण्डिङ्ग अफिसर कोर्ष र अन्तर्राष्ट्रिय सिनियर अफिसर लजिष्टिक कोर्षको विषयमा तालिम लिई १६ दिनपछि नर्वेबाट नेपाल र्फकनु भएको छ ।
पूरा समाचार
२४ गतेसम्म सहमतिको बाटो खोजिने
काठमाडौं, २० असोज/ आज ने.क.पा.- माओवादी) का अध्यक्ष क. प्रचण्ड र प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाबीच ने.क.पा. -माओवादी) द्वारा प्रस्तुत २२ बुँदे पूर्वाधारको बारेमा छलफल भयो ।पूरा समाचार
अध्यक्ष प्रचण्डबाट सेती-महाकाली महोत्सव उद्घाटन हुने
काठमाडौं २० असोज / केन्द्रीय सामन्ती राज्यसत्ताबाट उपेक्षित र उत्पीडित हुँदै आएको सुदुरपश्चिममा बृहद् गणतान्त्रिक गोलमेच सम्मेलन तथा साँस्कृतिक महोत्सव भोलि -असोज २१ गते) देखि शुरु हुने भएको छ ।पूरा समाचार
विशेष अधिवेशनको लागि छलफल
काठमाडौं, असोज २०/ अन्तरिम व्यवस्थापिका -संसद) को विशेष अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा ने.क.पा.-माओवादी), ने.क.पा.-एकीकृत), संयुक्त वामोर्चाबीच आज बहृद् छलफल भएको थाहा भएको छ ।
ट्रलीको तार चोर्ने प्रहरी वाईसीएलको कब्जामा
काठमाडौं, असोज २०/ संयुक्त गणतान्त्रिक मजदुर मोर्चा, ट्रलीबस इकाई समिति र वाईसीएलको संयुक्त प्रयासमा आज महानगरीय प्रहरी प्रभाग तिनकुनेमा कार्यरत प्रहरी जवान दीपक कार्की र प्रकाश लामालाई ट्रलीबसको तार चोर्दै गर्दा रंगेहात प्रक्राउ गरिएको छ । पक्राउपश्चात् चोरीमा संलग्न प्रहरी जवानहरुलाई मिनभवनस्थित ट्रलीबसको कार्यालयमा एक पत्रकार सम्मेलनको अयोजना गरी पत्रकारहरुको रोहवरमा डी.एस.पी. गोरखसिं भण्डारीलाई बुझाइएको छ ।
पूरा समाचार
२४ गते देशव्यापी जनप्रदर्शन गरिने
काठमाडौं, १९ असोज / नेपाल कम्युनिष्ट पार्टी -माओवादी) केन्द्रीय सचिवालय र राजधानीमा उपलब्ध केन्द्रीय समितिका सदस्यहरुको अनौपचारिक बैठक सम्पन्न भएको छ ।
बैठकमा देशको वर्तमान राजनीतिक परिस्थिति र पार्टीको भावी योजनाको बारेमा समीक्षा गरिएको कुरा ने.क.पा.-माओवादी) का प्रवक्ता क. कृष्णबहादुर महराले जानकारी गराउनुभयो । बैठकले २४ गतेदेखि सुरु हुने व्यवस्थापिका -संसद)को विशेष अधिवेशनको विशेष तयारी गर्ने निर्णय गरेको कुरा पनि क. महराले बताउनुभयो ।
त्यस्तै २४ गते नै ने.क.पा.-माओवादी)द्वारा प्रस्तुत २२ बुँदे पूर्वाधारको समर्थनमा देशव्यापी जनप्रदर्शन गर्ने निधो गरेको छ । बैठकले दशैंभरि देशव्यापी घरदैलो अभियान सञ्चालन गर्ने निर्णय गरेको पनि क. महराले बताउनुभयो ।
मंसीर ६ गते नै संविधान सभाको चुनाव हुनुपर्छ ः अध्यक्ष क. प्रचण्ड
काठमाडौं, असोज १८/ नेपाल कम्युनिष्ट पार्टी -माओवादी) का अध्यक्ष क. प्रचण्डले आज एक वक्तव्य जारी गर्नुहुँदै तोकिएको मितिमै संविधान सभाको निर्वाचन हुनुपर्ने बताउनुभएको छ । अध्यक्ष क. प्रचण्डले जारी गर्नुभएको वक्तव्यको पूर्ण पाठ,"६ राजनीतिक दल र हाम्रो पार्टी नेकपा-माओवादी)बीचको एकता कायम राख्न तथा शान्तिप्रक्रियालाई सुचारु राख्न संविधानसभाको निर्धारित निर्वाचन प्रक्रियालाई व्यवस्थापिका संसदको विशेष अधिवेशनमा गणतन्त्रको घोषणा तथा पूर्ण समानुपातिक निर्वाचन प्रणालीबारे आवश्यक निर्णय नहुँदासम्म स्थगन गर्न हाम्रो पार्टी सहमत भएको छ । तर, हाम्रो पार्टीको आफ्नो मत अबिलम्ब गणतन्त्र घोषणा र समानुपातिक निर्वाचन प्रणालीबारे निर्णय गरी मंसिर ६ गतेकै निर्धारित मितिमा संविधानसभाको निर्वाचन सम्पन्न हुनुपर्दछ भन्ने हाम्रो कुरा पनि स्पष्ट गर्दछौँ ।"पूरा समाचार
संविधानसभा नचाहनेहरुले माओवादीलाई आरोप लगाएका हुन् ः महरा
काठमाडौं, १८ असोज / ने.क.पा.-माओवादी) का प्रवक्ता क. कृष्णबहादुर महराले विद्युतीय सञ्चारमाध्यम र समग्र सञ्चारक्षेत्रले लोकतान्त्रिक गणतन्त्र र राष्ट्रियताको पक्षमा जोडदार आवाज उठाउनुपर्ने बताउनुभएको छ ।पूरा समाचार
गणतन्त्र र पूर्णसमानुपातिक नमान्नु निर्वाचन सार्ने निहुँ मात्र
पोखरा, १८ असोज । नेकपा -माओवादी)का केन्द्रीय सचिवालय सदस्य क. देव गुरुङले गणतन्त्र र पूर्ण समानुपातिक निर्वाचनप्रणालीलाई नेपाली काङ्ग्रेसले अस्वीकार गर्नुको मुख्य कारण संविधानसभाको निर्वाचन सार्ने निहुँ र षड्यन्त्र भएको बताउनुभयो ।पूरा समाचार
गणतन्त्र र पूर्णसमानुपातिक नमान्नु निर्वाचन सार्ने निहुँ मात्र
पोखरा, १८ असोज । नेकपा -माओवादी)का केन्द्रीय सचिवालय सदस्य क. देव गुरुङले गणतन्त्र र पूर्ण समानुपातिक निर्वाचनप्रणालीलाई नेपाली काङ्ग्रेसले अस्वीकार गर्नुको मुख्य कारण संविधानसभाको निर्वाचन सार्ने निहुँ र षड्यन्त्र भएको बताउनुभयो ।पूरा समाचार
अन्तरिम व्यवस्थापिकाको अधिवेशन आह्वान
काठमाडौं, १८ असोज / नेपाल कम्युनिष्ट पार्टी -माओवादी), ने.क.पा. -एकीकृत) र संयुक्त वाम मोर्चासहित तीन दलका अन्तरिम व्यवस्थापिकामा प्रतिनिधित्व गर्नुहुने विधायकहरुले अन्तरिम व्यवस्थापिका -संसद) को विशेष अधिवेशन बोलाउन असोज ११ गते समावेदन गर्नुभएबमोजिम प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले यही असोज २४ गते बिहीबार दिनको ४ बजे व्यवस्थापिका -संसद) भवन, सिंहदरबारमा व्यवस्थापिका -­संसद)को अधिवेशन आह्वान गर्नुभएको छ । रा समाचार

मंसिर ६ गतेको निर्वाचन स्थगित
काठमाडौं, १८ असोज/ सात राजनीतिक दलका शीर्ष नेताहरूको प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको बैठकले आगामी मङ्सिर ६ गते निर्धारण गरिएको संविधान सभाको निर्वाचन स्थगित गर्ने निर्णय गरेको छ ।पूरा सरा समाचार

सम्झौता मधेशी जनताको हित विपरित
काठमाडौ, भदौ १५गते/आज राष्ट्रिय मानव अधिकार सरोकार केन्द्र, नेपालद्वारा आज काठमाडौमा आयोजित भेलामा बोल्दै माओवादी नेताहरुले २२बुँदे माग पुरा नभए संविधानसभाको चुनाव हुनै नसक्ने बताएका छन् । कार्यक्रममा नेकपा-माओवादी)का वरिष्ठ नेताहरु डा बावुुराम भट्टराई, क अनन्तको उपस्थिति थियो । बाँकी समाचार

कथित सम्झौता प्रति माओवादीको आपत्ति
काठमाडौ, भदौ १४गते/हिजो भदौ १३ गते मन्त्री रामचन्द्र पौडेल र मधेसी फोरमको उपेन्द्र यादव गुट वीच भएको भनिएको सम्झौताप्रति ने.क.पा.-माओवादी) ले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउदै नेपाल कम्युनिष्ट पार्टी -माआवादी)को तर्फबाट आज मिति २०६४ भदौ १४गते जारी प्रेस विज्ञप्ति

अविलम्व बेपत्ता छानविन आयोग गठन गर
काठमाडौ, भाद्र १३गते/मानव वेपत्ता पार्ने कार्य आफैमा एक गंभिर मानव अधिकार विरुद्धको अपराध हो नै । तर नेपालमा नागरिक वेपत्ता पारेर राज्यले जसरी अपराध गरेको छ त्यसैरीनै ति वेपत्तालाई सार्वजनिक गर्ने वा तिनका बारेमा कुनै स्पष्ट खोजी अहिलेसम्म नगरेर राज्यले अर्को महा अपराध गर्दैछ । हिजो राजधानीमा एक पत्रकार सम्मेलनको अयोजना गरि रेडक्रसको अन्तर्राष्ट्रिय समतिले बेपत्ताहरुको स्थिति सार्वजनिक गर्ने बिषयमा सरकार अझैपनि गंभिर नभएको जनाएको छ । उक्त कुराको प्रतिवेदन समितिले आज जेनेभामा सार्वजनिक गर्दैछ ।
नेपाल कम्युनिष्ट पार्टी -माआवादी)का अध्यक्ष क प्रचण्डद्वारा आज मिति २०६४ भाद्र ९गते जारी विज्ञप्तिको पूर्ण पाठः
अनेमसंघ-क्रान्तिकारी)को वैठक सम्पन्न
काठमाडौं, भाद्र ९गते/अखिल नेपाल महिलासंघ-क्रान्तिकारी) केन्द्रीय समितिको यही भाद्र ६र ७गते बसेको बैठकले विविध वैचारिक/राजनैतिक, सांगठानिक र संघर्षको निर्णय गर्दै सम्पन्न भएको छ । उक्त कुरा आज एक पत्रकार सम्मेलनको आयोजना गरि जनाइएको हो ।
रा समाचार
निर्वाचन र मिडियाको भुमिका विषयक अन्तरक्रिया
काठमाडौ, भदौ ९गते/ संविधान सभाको निर्वाचन नजिकिदै जाँदा राजधानिमा आज संविधान सभाको निर्वाचन र मिडियाको भुमिका विषयक एक दिने अन्तरक्रिया गोष्ठी सम्पन्न भएको छ ।
रा समाचार
संविधानसभाको पक्षमा चलचित्रकर्मी
काठमाडौ, भदौ ९गते/नेपाल चलचित्र निर्माता संघले संविधानसभाको चुनावमा सरकारले आफ्नो संघलाई छुट्टै अंगको रुपमा जिम्मेवारी दिुनुपर्ने माग गरेको छ ।
कार्यक्रममा -माओवादी)पार्टीका वरिष्ठ नेता वावुराम भट्टराईले संविधानसभाको चुनावमा चलचित्र कर्मीहरुको महत्वपुर्ण भूमिका हुन्छ भन्दै उहाँले निमुखा उत्पीडित जनसमुदायमा सबैभन्दा नजिकबाट चेतना फैलाउने साथै विश्वास जित्न सक्ने काम चलचित्र कर्मीले गर्न सक्ने बताउनुभयोे ।
रा समाचार
वाई सीएलद्वारा प्रमलाई मागपत्र पेश
काठमाडौ, भाद्र ५गते/आज योङ कम्युनिष्ट लीग नेपालले प्रम गिरिजाप्रसाद कोइरालालाई एक ज्ञापनपत्र बुझाएको छ । लीगका अध्यक्ष गणेशमान पुनद्वारा हस्ताक्षरित २८बुँदे उक्त ज्ञापनपत्रमा मंसिर ६ गते हुने भनिएको संविधान सभाको चुनाव हुने वा नहुने भन्ने कुरा अनिश्चयको घेरामा पर्नुकोे कारण प्रतिगामी चलखेल र सरकारमा सहभागि राजनीतिक पार्टीहरुको अकर्मन्यता हो भन्ने ठहर गरिएको छ । त्यसैले विज्ञप्तिमा "नेपाली जनताको चाहाना र भावना पूरा गर्न बनेको लोकतान्त्रिक सरकारले तत्काल गणतन्त्र नेपालको घोषणा गरी आत्मनिर्णयको अधिकार र जातीय स्वसाशन सहितको संघात्मक राज्य प्रणालीको स्थापना गरीयोस् ।" भन्ने माग सहित विभिन्न मागहरु राखिएको छ । उक्त ज्ञापन पत्रको पूर्ण पाठः
बन्दको प्रभाव देशैभरि
काठमाडौ, भाद्र४गते/तामाङ राष्ट्रिय मुक्ति मेार्चा र दलित संयुक्त गणतान्त्रिक मोर्चाद्वारा आयोजना गरेको नेपाल बन्द तथा उपत्यका बन्दको कार्यक्रम भव्यताका साथ सफल भईरहेको छ । सरकारले आफ्ना विभिन्न मागहरु प्रति कुनै सुनुवाई नगरेको विरोध उक्त कार्यक्रम राखिएको आयोजकले जनाएको छ ।
आजको बन्दको तयारीको लागि हिजो वेलुकी संयुक्त रुपमा मशाल जुलुस प्रर्दन गरिएको थियो ।
पूरा समाचार
युवा मन्त्रालयको माग सहित बैठक सम्पन्न
काठमाडौ,भाद्र ३गते/आज योङ कम्युनिष्ट लीग नेपालले काठमाडौमा एक पत्रकार सम्मेलनको आयोजना गरि यही भाद्र १देखी ३गते सम्म बसेको केन्द्रीय समितिको बैठकको निर्णय सार्वजनिक गरेको छ । कार्यत्र-ममा लीगका अध्यक्ष गणेशमान पुन द्वारा हस्ताक्षरित बैठकका निर्णय सहितको विज्ञप्ति सार्वजनिक गरिएको थियो । प्रस्तुत छ उत्त- सम्मेलनमा वितरित प्रेस विज्ञप्तिको पूर्ण पाठ-
सरकारको सेभेन ट्रेनसंगको सम्भ-ौता रद्द
काठमाडौ, भाद्र ३गते/भौतिक योजना तथा निर्माण मन्त्री हिसिला यमीले आज एक पत्रकार सम्मेलनको आयोजना गरि मन्त्रालयले उपत्यकाको खानेपानी व्यवस्थापन अन्र्तगत मेलम्ची खानेपानी अयोजना कार्यान्वयनमा भएको प्रगति साथै बागमति नदिलगाएतका नदीहरुको संरक्षण आदी विषयमा मन्त्रालयको तपर्-बाट भएको कामका बारेमा जानाकारी गराउनुभएको छ ।पूरा समाचार
ने.क.पा. -माओवादी) को अपील
संविधानसभाको निर्वाचन सुनिश्चित गर्न तत्काल गणतन्त्रको घोषणा गरौं !
समानुपातिक प्रतिनिधित्वको लागि वृहद् गोलमेच सम्मेलनको आयोजना गरौं !
अपील को पूर्ण पाठः
ने.क.पा.-माओवादी)
संयुक्त क्रान्तिकारी जनपरिषद्, नेपाल, को अपील
संविधानसभाको निर्वाचन सुनिश्चित गर्न तत्काल गणतन्त्रको घोषणा गरौं !
समानुपातिक प्रतिनिधित्वको लागि वृहद् गोलमेच सम्मेलनको आयोजना गरौं !

अपील को पूर्ण पाठः
मोर्चा व्यूरोद्वारा कार्यविभाजन
काठमाडौ, ३-भदौ,/ने.क.पा. -माओवादी) क.अध्यक्ष क.प्रचण्डको समुपस्थिति र मोर्चा व्यूरो इञ्चार्ज क.वावुराम भट्टराईको सभापतित्वमा बुद्ध नगर केन्द्रीय कार्यालयमा बसेको ने.क.पा.-माओवादी) केन्द्रीय मोर्चा व्यूरोको वैठकले निम्न वमोजिम कार्यविभाजन गरेको छ -
१. बाबुराम भट्टराई - मजदूर तथा वुद्धिजीवी मोर्चा इञ्चार्ज
२. मोहन वैद्य -किरण) - जनसांस्कृतिक मोर्चा इञ्चार्ज
३. कृष्ण वहादुर महरा - कर्मचारी, पत्रकार र व्यवस्थापिका मोर्चा इञ्चार्ज
४. देव गुरूङ - जातीय तथा क्षेत्रीय मोर्चा इञ्चार्ज
५. वर्षमान पुन -अनन्त) - विद्यार्थी र खेलकुद मोर्चा इञ्चार्ज
६. दीनानाथ शर्मा - दलित, शिक्षक, वकिल, प्राध्यापक र मानव अधिकार मोर्चा इञ्चार्ज
७. पम्प-ा भुषाल - किसान, महिला, सुकुम्वासी र इञ्जिनीयर मोर्चा इञ्चार्ज
८. लोकेन्द्र विष्ट - जनस्वास्थ्य, शहीद परिवार, बेपत्ता परिवार, घाइते, भू.पू. सैनिक मोर्चा इञ्चार्ज
९. लेखराज भट्ट - उद्योगी-व्यापारी, एन्.जी.ओ/आइ.एन्.जि.ओ., क्षेत्रीय मोर्चा इञ्चार्ज

नेकपा (माओवादी)का अध्यक्ष प्रचण्डले जनसभालाई गर्नुभएको सम्बोधनको k"0f{ kf7

अन्तर्वार्ता

राजनितिका हिंसात्मक र शान्तिपर्ूण्ा रुपहरुको द्धन्द्धात्मक परिचालननै क्रान्तिको समग्रता हो -क अनन्त

युवा आवाज

अन्तर्वार्ता

न्ो.क.पा.-माओवादी)ले आप-्ना केन्द्रीय समितिका सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । उत्त- विवरणको पूर्ण पाठ-
नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रिय कार्यालय को २०६३ चैत्र ८ गते k|sflzt k|]; lj1lKt
योङ कम्युनिष्ट लीग, नेपाल केन्द्रीय समिति sf] k|]; lj1lKt
ने.क.पा.-माओवादी)का अध्यक्ष क. प्रचण्ड र संयुक्त क्रान्तिकारी जनपरिषद, नेपाल का संयोजक डा.बावुराम भट्टर्राईको संयुक्त अपिलको पर्ूण्ा पाठ

नेकपा(माओवादी)को तkm{afट प्रतिनिधित्व गर्ने व्यवस्थापिका सदस्यहरुको फोटो

Links

www.cpnm.org

www.awtw.org

www.rwor.org

www.wprm.org

Nepali Font