विचार
पुच्छरवाद र क्रान्ति
क. विप्लव
पुच्छरवाद क्रान्तिको समस्या हो । क्रान्ति सम्पन्न गर्दा माक्र्सवाद
र पुच्छरवादको बीचमा भिडन्त हुने गरेको छ । इतिहासदेखि नै नेपाली
क्रान्तिहरुमा पुच्छरवाद जटिल समस्याको रुपमा देखिएको छ । यसको
विरुद्ध वैचारिक, राजनैतिक र व्यावहारिक संघर्ष जोडतोडले नछेड्ने
हो भने क्रान्ति नै धरापमा पर्ने खतरा छ ।
"हाम्रो राजनीति मजदुर राजनीति हुनुपर्दछ । मजदुर पार्टीले
यस अथवा त्यस बुर्जुवा पार्टीको पुच्छरमा झुण्डिने होइन, त्यसले
त आफूलाई एक त्यस्तो स्वतन्त्र पार्टीको रुपमा निर्माण गर्नुपर्दछ
। जसको आफ्नै लक्ष्य र राजनीति हुनुपर्दछ ।"
-माक्र्स एंगेल्स संकलित रचना)
१. पुच्छरवाद अर्थात् पिछलग्गु
विचार अर्काको पुच्छर बन्ने, पछि-पछि लाग्ने या अर्कासाग नुहुने
प्रवृत्ति हो । अर्को शब्दमा भन्दा कसैको पुच्छरमा झुण्डिएर काम
पूरा गर्न चाहने सोचाइ हो यो । यसले आफ्नो मूल्यमा त्यस्ता विचारको
केही मतलव राख्दैन, आफूलाई फाइदा हुन्छ भन्ने लाग्यो भने या अर्काको
पुच्छर समातेर जान सकिन्छ भन्ने लाग्यो भने उतै हाम्फालिदिन्छ
र महान् उद्देश्य र अभियानलाई चौपट पारिदिन्छ । यो प्रवृत्तिले
आफ्नो विचार, आफ्नो मूल्य, आफ्नो स्वत्व र क्षमतामा विश्वास राख्दैन
। आफूभन्दा बलियो र शक्तिमा रहेको प्रवृत्ति छ र त्यसले पुच्छर
बनाउन चाहृयो भने यो त्यसकै पछि लागेर पार लागिहालिन्छ भन्ने ठान्दछ
। तर, पुच्छरवादमा कुनै अडान, दृढता, उद्देश्यप्रति समर्थन हुँदैन,
अस्थिर र रंगिन हुन्छ । परिस्थिति अनुरुप जता पनि ढल्किन सक्छ
र जोसाग पनि मिल्न पुग्छ । यसले गर्दा यो सबैको आँखामा अविस्वासिलो
र हल्का हुन्छ । फलतः कोही शक्तिसाग पनि पुच्छरवाद भरपर्दो बन्न
सक्दैन । पुच्छरवादी अरुबाट उपयोग त हुनसक्छ तर आफै भने चर्चा
परिचर्चामा परे पनि लक्ष्यमा सफल हुन सक्दैन । अन्ततः पुच्छरवाद
आफ्नो स्थानबाट डरलाग्दो गरी चिप्लिएर बजारिन पुग्दछ र अवसान हुन्छ
।
राजनैतिक आन्दोलनमा पुच्छरवादले एउटा वर्गचरित्र र प्रवृत्तिको
प्रतिनिधित्व गर्दछ, यो दुनियाभरि पाइने प्रवृत्ति हो र कुनै पनि
आन्दोलन यसबाट बच्न सक्दैन । यसर्थमा पुच्छरवादलाई एउटा राजनैतिक
प्रवृत्तिमा बुझ्न सकिन्छ । रणनीतिमा यो शब्दको प्रयोग माक्र्स,
एंगेल्स, लेनिनले स्पष्टसाग गर्नुभएको छ । विचारकहरुको विचारमा
पुच्छरवाद अन्तर्राष्ट्रिय र राष्ट्रिय बुर्जुवा र सामन्ती वर्गहरुको
पिछलग्गु बन्ने प्रवृत्ति हो । जनतामा विश्वास गरेर मजदुर, किसान
र उत्पीडित वर्गमा विश्वास गरेर आफ्नो क्रान्तिको स्पष्ट कार्यनीति
र रणनीति बनाएर लग्नुको सट्टा कहिले कुनै कहिले कुनै बुर्जुवाहरुको
पछाडि कुद्ने प्रवृत्ति हो । यो प्रवृत्तिले संसारभरिका क्रान्तिमा
सताएको छ, वाधा पारेको छ र क्षति गरेको छ । अझ यो प्रवृत्तिले
मजदुर आन्दोलनमा र कम्युनिष्ट आन्दोलनमा धेरै सताउने र हानी गर्ने
गरेको छ । त्यसैले माक्र्स, एंगेल्स, लेनिन सबैले पुच्छरवादको
व्यापक भण्डाफोर गर्नुभयो र सबैलाई पुच्छरवादसाग लड्न आग्रह गर्नुभयो
।
२. पुच्छरवाद नेपाली राजनैतिक आन्दोलनको ठूलो समस्या हो । ६० वर्षको
राजनैतिक संघर्षमा जनता राजनैतिक पार्टीहरुको पक्षमा उत्रिए ।
संघर्षबाट सत्तासिन शासकहरु -राणा, राजा, सामन्तहरु) घुँडा टेक्न
पुगे तर सत्तामा क्रान्ति भएन र जनताको जीवनमा पनि क्रान्ति भएन
। एकपछि अर्को धोका र विपत्ति नै आइलागे । यसको कारणमा पुग्ने
हो भने देख्न सकिन्छ कि पुच्छरवाद धेरै हदसम्म जिम्मेवार छ । राजनैतिक
पार्टीहरु प्रायः भारतको पुच्छरमा झुण्डिएर सत्तामा पुग्ने या
अस्तित्वमा रहने स्थिति आयो । नारा प्रजातन्त्रको दिंदै काम पुरै
पुच्छरवादी बन्ने र उनीहरुको आशिर्वादमै भर पर्ने भयो । जब भारतको
स्वार्थ पूरा गर्ने स्थिति रहादैन तब फेरी दरबार वा यथास्थितिवादीहरुको
पुच्छर बन्ने स्थिति देखापर्यो । दरबारसाग जाँदा नारा राष्ट्रियताको
दिने र काम पुच्छरको गर्ने भयो । चाहे कांग्रेस, चाहे कम्युनिट
उनीहरु जहिले पनि या भारतको या दरबारको पुच्छर बनेर टिक्ने र चल्ने
स्थिति रहृयो । आफ्नो छुट्टै राजनैतिक, आर्थिक र विचारधारात्मक
रणनीति र कार्यनीतिमा दृढतापूर्वक बढ्न सकेनन् । कहिलेकाँही बढ्न
खोजे पनि नेतृत्व तहमा रहेको पुच्छरवादले एउटाको आड दिन पुग्ने
र सिंगो आन्दोलन डामाडोल हुने भयो । ००७ सालमा संघर्ष भयो तर नेपाली
कांग्रेसमा रहेको पुच्छरवादले गर्दा राजासाग साँठगाँठमा टुङ्गयिो
र राजाले त्यसपछि फाइदा लियो । ०३६ सालमा संघर्ष भयो । नेपाली
कांग्रेस र त्यहीबेलाका प्रायः कम्युनिष्टहरुमा रहेको पुच्छरवादले
गर्दा तुहियो । ०४६ सालमा जनआन्दोलन चल्दै थियो । कांग्रेस र वामहरुमा
रहेको पुच्छरवादले गर्दा असफल भयो । ०६२/०६३ मा जनआन्दोलन भयो,
यसमा पनि पुच्छरवादले निकै अप्ठ्यारो पारेको छ र देश अकर्मण्यतामा
कुदिरहेको छ ।
३. यतिबेला पुच्छरवाद र क्रान्ति टकराइरहेको छ । क्रान्तिले गति
लिन खोज्छ र आफूलाई पूर्णता दिन चाहन्छ तर पुच्छरवादले गोलचक्करमा
फासाउन र भाँड्न चाहन्छ । जनयुद्ध स्थगित भएको, जनआन्दोलन रोकेको
र शान्ति प्रकुया शुरु भएको दुई वर्ष भएको छ । तर क्रान्ति पूर्णतातिर
होइन गोलचक्करमा पर्दैछ । अनेकौं रंगीविरंगी पुच्छरवादी तर्कहरुले
देशलाई घुमाइदैछ । पुच्छरवादीहरुले छोडेका "लोकतन्त्र र गणतन्त्र"
का दुर्गन्धित प्रचारले जनतालाई सास फेर्न पनि गाह्रो होला जस्तो
भइसक्यो । पार्टीहरुमा पुच्छरवाद यसरी झाँगिदैछ कि उनीहरुले जनतालाई
हेर्न पनि छोडिसके, गाउाघर र कार्यकर्ताहरुको स्थिति के छ ? बुझ्न
पनि नचाहने भइसके, युद्ध र आन्दोलनमा सहिद भएका, घाइते भएका र
वेपत्ता पारिएकाहरुको चर्चा गर्न पनि गाह्रो भयो । पुच्छरवादीहरु
दिल्ली दरबार र वासिङ्गटनतिर यसरी बतासिएका छन् कि खाना खाने र
दिशापिसाव जान पनि उनीहरुकै आदेश चाहिन्छ जस्तो Û मालिकहरुले भने
खसालिदेला र खाउाला भनेर घोडा पछाडि कुद्ने स्याललाई घोडाले नखसालिदिएर
हैरान पारेजस्तो हैरान पारिरहेका छन् । उनीहरु यो कुना र त्यो
कुना हिंड्दछन् । कहिले एउटा कहिले अर्को हाउभाउ र शैलीमा देखिन्छन्
। पुच्छरवादीहरु उतै हुरिंदै हैरान भएका छन् तर जनतालाई भने अब
हुन्छ, गरिंदैछ भन्न छोडेका छैनन् । यसले जनतामा स्वभावतः आशंका
जन्माएको छ ।
यो पुच्छरवादको सबैभन्दा ठूलो प्रतिनिधि नेपाली कांग्रेस भएको
छ र क्रमशः एमाले र अन्य दलहरु बनेका छन् । हाम्रो पार्टीकै हकमा
पनि निकै प्रश्नहरु उठ्ने र सुल्टिने हुँदै आएको छ ।
४. माक्र्सवाद र पुच्छरवाद विपरित हुन् । माक्र्सवाद क्रान्ति
हो र पुच्छरवाद प्रतिक्रान्ति हो । माक्र्सले क्रान्ति गर्छ, पुच्छरवादले
प्रतिक्रान्ति गर्छ । त्यसैले माक्र्सवाद र पुच्छरवादको बीचमा
लगातार संघर्ष चलिरहेको छ । यो पनि सत्य हो कि पुच्छरवादको हल
पनि माक्र्सवाद नै हो । जब राजनीतिमा, क्रान्तिमा, आन्दोलनमा माक्र्सवाद
प्रयोग हुन्छ अर्थात् जनतामा विस्वास गर्ने, मजदुर, किसानमा भर
पर्ने, महिला, दलित, जनजातिमा भर पर्ने विचार प्रयोग हुन्छ, पुच्छरवाद
हल हुन्छ । यसको मतलब विरोधी राज्यसाग र विभिन्न वर्ग -प्रतिक्रान्तिकारी
बाहेक) साग छलफलमा रहनुहुँदैन भन्ने होइन, यहाँ सम्बन्ध गर्ने,
कुटनीति गर्ने र समन्वय गर्ने, सम्झौतावादमा फस्नेमा अन्तर छ ।
समन्वय र सम्झौतामा फस्ने हो भने पुच्छरवाद नै हावी हुन पुग्दछ
। यसको विरुद्ध माक्र्सवाद प्रयोग गर्नै पर्दछ ।
वैज्ञानिक विचारका संस्थापक माक्र्स, एंगेल्सले समकालीन अवस्थाको
पुच्छरवादसाग यसरी नै लड्नुभयो । उहाँहरुले कतै पनि सिद्धान्त,
विचार र कार्यक्रममा पुच्छरवादलाई छुट दिनुभएन । उहाँहरुले लगातार
जोड दिनुभयो कि सर्वहारा वर्गसाग, कम्युनिष्ट पार्टीसाग बुर्जुवा
वर्गको पछि लाग्नु नपर्नेगरी स्पष्ट र स्वतन्त्र कार्यनीति र रणनीतिहरु
हुनुपर्दछ, छैन भने पनि त्यो बनाउनेतर्फ नै जोड दिनुपर्दछ । त्यस्तै
लेनिन र माओले पनि वीसौं शताब्दीका मध्य र उत्तरार्द्धमा पुच्छरवादसागको
संघर्षलाई धारिलो बनाउनुभयो । लेनिनले काउत्स्की र मेन्सेविकहरुको
पुच्छरवादलाई ध्वस्त पारिदिनुभयो । रुपमा कुरा क्रान्तिकारी गर्दै
काम पूरै दक्षिणपंथी दिशातिर बढाउने पुच्छरवादलाई परास्त गर्नुभयो
र पुच्छरवादबाट मुक्त, स्पष्ट र क्रान्तिकारी स्वतन्त्र सर्वहारा
धारको निर्माण गर्नुभयो । माओले पनि वाङ्. मिङ, चाङको चाओलिन प्याओको
ओवाङको पुच्छरवादसाग भीषण भीडन्त गर्दै पराजित गर्नुभयो । जतिबेलासम्म
पुच्छरवादलाई उहाँहरुले हराउन सक्नुभएको थिएन वास्तवमा क्रान्ति
पनि भएको थिएन, हराउादै गर्दा क्रान्ति पनि सम्पन्न भए ।
५. जनयुद्धले नेपालमा पुच्छरवादलाई पहिलोपटक तहसनहस पारेको हो
। ५० वर्षसम्म भारत, अमेरिका र दरबारको पुच्छर बनेको रणनीतिलाई
र पुच्छरवादको पनि सेवा गर्दै हैरान जनतालाई -सर्वहारा वर्गलाई)
त्यसबाट मुक्त गरायो । सर्वहारा क्रान्ति र सर्वहारा सत्ताको सुष्पष्ट
र स्वतन्त्र धारमा नेपाली जनतालाई अगाडि बढायो । जनयुद्धको यो
स्वतन्त्र धाराले नेपाली युवा र जनसमुदायहरुलाई आश्चर्यपूर्ण र
विद्युतीय गतिमा सहभागी र सक्रिय बनायो । समाज र सत्ता तीव्र गतिमा
उलट-पुलट भए । जनता सत्ताको मालिक आफै भए । आफ्नो मुक्तिको लागि
आफै युद्ध लड्ने भए । जनमुक्ति सेनाको अपराजित दस्ता तयार भयो
।
हामी दश वर्षपछि राजतन्त्रका विरुद्ध राजनैतिक दलसाग एउटै मोर्चामा
आयौं । मोर्चा निर्माणको पहल पनि मुख्यतः हाम्रो पार्टीले गर्यो
। राजतन्त्रको अन्त्य र लोकतान्त्रिक गणतन्त्रको स्थापना मोर्चाद्वारा
गर्ने सोच बन्यो । दलहरु पनि सहमत भए तर दुई वर्षले सावित गर्दैछ
कि दलहरुभित्रको पुच्छरवाद कायमै छ । यिनीहरु राजतन्त्रको आतंकले
सर्वहारा वर्गसाग मोर्चा गरे पनि सर्वहाराको स्वतन्त्र र क्रान्तिकारी
धाराबाट यी आतंकित छन् । त्यसैले दिल्ली र वासिङ्गटनको पुच्छर
बनेर राजनीति गर्ने र आफ्नो स्वार्थ पूरा गरिरहनेतर्फ यिनीहरुको
सोचाइ छ । जसले गर्दा राजतन्त्रसागको संघर्ष न टुङ्गाउन चाहन्छन्
न त सर्वहारा वर्गलाई अगाडि बढ्नै दिन्छन् ।
हाम्रो पार्टीले पुच्छरवादलाई हटाउने भन्दा पनि कताकता संसदवादी
दलहरुभित्र विद्यमान पुच्छरवादले हामीलाई समेत बिटुल्ने खतरा बढेको
छ । नेपाली काग्रेस र एमालेले भारत र अमेरिकासाग सम्बन्ध राखेर
राजाको बारेमा गरिरहेको 'लिङ्गरिङ्ग', हाम्रो पार्टी विरुद्ध चलाइएका
युद्धस्तरका प्रचार, हाम्रा कार्यकर्तामा पारिरहेको व्यावहारिक
समस्याहरु, जनयुद्धमा ध्वंस भएका हाम्रा गाउा समाजप्रतिको वेवास्ता,
सहिद परिवार घाइते र वेपत्ता कमरेडहरुप्रतिको वेवास्ताले पुच्छरवादको
मतियार बनाउन खोजेको प्रष्टै देखिन्छ । पुच्छरवादलाई कुनै नेता
वा व्यक्तिको दोष र नियत नमान्ने हो भने वस्तुतः ढिलोचाँडो पुच्छरवादले
पार्टीलाई पकड्दैन भन्ने छैन । यसर्थमा हाम्रो पार्टी, हाम्रो
नेतृत्वपंक्ति र कार्यकर्तापंक्ति यो विध्वंसकारी पुच्छरवादबाट
सतर्क हुनैपर्दछ । पार्टीलाई दशवर्षको जनयुद्धको सर्वहारावर्गीय
धार नयाँ मूल्य मान्यता र विचारद्वारा सुदृढ गर्नैपर्दछ ।
६. पुच्छरवाद क्रान्तिको समस्या हो । तर असाध्य समस्या होइन ।
पुच्छरवाद एउटा विशिष्ट स्थान र पार्टीको मात्र समस्या होइन, राजनैतिक
वर्गचरित्रसाग सबैतिर आइलाग्ने समस्या हो । यो संसारभरि थियो,
छ र नेपालमा पनि छ । यसको हल माक्र्सवादीहरुले, क्रान्तिकारीहरुले
सबैतिर गर्दै र क्रान्ति सफल पार्दै आएका छन् । नेपालमा पनि हल
गरिएको हो र गर्दै जान सकिन्छ । पुच्छरवादको हल क्रान्ति हो, माक्र्सवाद
हो र सर्वहारा वर्गको क्रान्तिकारी धार हो । यो स्वतन्त्र र क्रान्तिकारी
धारद्वारा नेपाली राजनीतिको पुच्छरवादलाई मात्र होइन आफैभित्र
हुर्किने पुच्छरवादलाई पनि हल गर्न क्रान्तिकारीहरु एक ढिक्का
हुनुपर्दछ ।
५ मंसिर, २०६