संसारका
मजदुरहरु एक होआं ! माक्र्सवाद-लेनिनवाद-माओवाद र प्रचण्डपथ
-जिन्दावाद !!!
नेपाल कम्युनिष्ट पार्टी -माओवादी)

Communist Party of Nepal (Maoist)
केन्द्रीय समिति
Central Committee
प्रेस वक्तव्य
हालै ने.क.पा.-माओवादी) को आयोजना तथा अध्यक्ष
क.प्रचण्डको अध्यक्षता र सात पार्टीका प्रतिनिधिहरुको उपस्थितिमा
उच्चस्तरीय अन्तरपार्टी समन्वय समितिको बैठक सम्पन्न भयो
। बैठकमा लिइएका आवश्यक तथा महत्वपूर्ण निर्णयहरुलाई प्रेस
वक्तव्य मार्फत् निम्नानुसार सार्वजनिक गरिएको छ ः
१. ने.क.पा.-माओवादी)का अध्यक्ष क.प्रचण्डद्वारा कार्यविधि
सम्बन्धी मस्यौदा प्रस्ताव प्रस्तुत भयो र यसबारे आगामी
बैठकमा छलफल गर्ने निर्णय गरियो ।
२.स्थानीय निकायबारे आवश्यक निर्णय लिनका लागि निम्नानुुसारको
कार्यदल बनाई पाँच दिन भित्र रिपोर्ट लिई टुंगो लगाउने निर्णय
भएको छ ः
· नेपाली कंाग्रेस- श्री विमलेन्द्र निधि
· ने.क.पा.-एमाले)- क. राजेन्द्र पाण्डे
· ने.क.पा.-माओवादी)- क. देव गुरुङ्ग
· जनमोर्चा नेपाल- क. लीलामणि पोख्रेल
· नेपाल सद्भावना पार्टी- श्रीमती सरिता गिरी
· ने.म.कि.पा.- क. सुनिल प्रजापति
· संयुक्त वाम मोर्चा नेपाल- क. कुमार बेलवासे
३. मधेश र अन्य जातीय समस्याहरुबारे निम्नानुसारका निर्णयहरु
लिइएका छन् ः
· उक्त समस्याहरुको सम्बोधन गर्दै सरकारबाट भए गरिएका कामहरुबारे
जनतालाई सार्वजनिक रुपमा जानकारी गराउने ।
· आन्दोलनका लागि अल्टिमेटम दिने मधेशी एवम् जनजातिका विभिन्न
पक्षलाई वार्ताका लागि अपिल गर्ने ।
· मधेशका समस्याहरुको सम्बोधन गर्नेबारे सात दलका बीच मूलभूत
विषयहरुमा समान समझदारी भएको कुरा जनतामा स्पष्ट पार्ने
।
· मधेश तथा अन्य क्षेत्रमा आन्दोलनका नाममा नाजायज फाइदा
उठाउन चाहने तत्वहरुको विरोध, आलोचना गर्ने ।
४. आमसभामा नेताहरुद्वारा सम्बोधन गर्ने प्रकृयामा हुने
गरिने अमर्यादित गतिविधिहरुप्रति दुःख व्यक्त गर्दै त्यसप्र्रकारका
गतिविधिहरुको नियन्त्रणका लागि सबै पार्टीहरु गम्भीर बन्ने
र आगामी कार्यक्र्रमलाई अनुशासित ढंगले सञ्चालन गर्ने ।
साथै, आमसभामा आयोजक पक्षले विशेष ध्यान दिने र अन्य पक्षले
सहयोग गर्ने ।
५. काठमाण्डौंमा भएको सात दलको संयुक्त आमसभा सकिए लगत्तै
भोटाहिटीमा भएको बम विस्फोटको निन्दा एवम् भत्र्सना गर्दै
अपराधीहरु पत्ता लगाई कडा कारवाहीका लागि सरकारसंग अनुरोध
गर्ने । साथै, घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना सहित
उनीहरुको स्वास्थ्योपचारका लागि सरकारसंग अनुरोध गर्ने ।
६.सुस्ता लगायतका क्षेत्रमा भएका सीमा विवादबारे गम्भीर
छलफल भयो र यसबारे आवश्यक कूटनीतिक पहलका लागि सरकारसंग
अनुरोध गर्ने निर्णय लिइयो ।
७. विना विभागीय मन्त्रीद्वारा गरिएको सार्वजनिक अभिव्यक्तिप्रति
गम्भीर आपत्ति प्रकट गरियो ।
८.आगामी बैठकको अध्यक्षता समेत ने.क.पा.-माओवादी)का अध्यक्ष
क.प्रचण्डद्वारा गर्ने सहमति भयो ।
मिति ः २ माघ २०६४

प्रचण्ड
अध्यक्ष
ने.क.पा.-माओवादी)
विषय : प्रेस वक्तव्य
हिजो पौष १२ गते २०६४, का दिन पाकिस्तानको
रावलपिण्डी शहरमा चुनावि र्यालिको क्रममा आत्मघाति वम आक्रमण
द्वारा सोही देशकी पूर्व प्रधानमन्त्री वेनजीर भुट्टो को
हत्याको घटना ले हामीलाई दुखित तुल्याएको छ । हाम्रो पार्टी
यस घटनाको भ्रत्सना गर्दछ र यस घटनालाई पाकिस्तानमा कायम
रहेको सैनिक शासन को अन्त्य भई लोकतान्त्रीक प्रकृया तिर
अघी वढीरहेको राजनैतिक विकासका विरुद्धको षड्यन्त्र ठान्दछ
।
कृष्ण वहादुर महरा
प्रवक्ता
ने.पा.पा.-माओवादी)
नेपाल कम्युनिष्ट
पार्टी (माआवादी)
Communist Party of Nepal (Maoist)
केन्द्रीय समिति
Central Committee
प्रेस वक्तव्य
विश्व सर्वहारावर्गका महान् नेता कमरेड माओ
त्से तुङ्गको जन्म सन् १८९३ को २६ डिसेम्बरमा चीनको हुनान
प्र्रान्तमा भएको थियो । अहिले माओको ११४ औं जन्मजयन्ती
विश्वभरि विभिन्न कार्यक्रम सहित भव्यताकासाथ मनाइँदैछ ।
दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको क्षेत्रमा
माक्र्सवाद-लेनिनवादको विज्ञानलाई नयाँ उँचाइ प्रदान गरी
त्यसलाई माक्र्सवाद-लेनिनवाद-माओवादका रुपमा विकसित तुल्याउने
काममा क.माओको अविस्मरणीय योगदान रहेको छ । नेपाली धर्तीमा
माक्र्सवाद-लेनिनवाद-माओवादको रक्षा तथा सिर्जनात्मक प्रयोग
गर्दै अहिले हामी ११ वर्षको महान् जनयुद्ध र जनआन्दोलनका
बीचबाट नयाँ नेपालको निर्माण गर्ने महान् ऐतिहासिक प्रक्रियामा
अगाडि बढिरहेका छौं । नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न
गर्दै समाजवाद र साम्यवादको दिशामा अगाडि बढ्नका लागि माओका
सैद्धान्तिक तथा व्यावहारिक योगदानहरुले हामीलाई निरन्तर
पथप्रदर्शित गरिरहनेछन् ।
अन्तमा, म नेपाली जनसमुदाय र ने.क.पा.-माओवादी) को तर्फबाट
यो ११४ औं जन्म जयन्तीको अवसरमा विश्व सर्वहारा वर्गका महान्
नेता क.माओ त्से तुङ्गप्रति स-सम्मान हार्दिक श्रद्धाञ्जली
अर्पण गर्दै माक्र्सवाद-लेनिनवाद-माओवादको रक्षा, प्रयोग
र विकासको दिशामा दृढतापूर्वक अगाडि बढिरहने प्रतिबद्धता
व्यक्त गर्दछु ।
मितिः ११ पौष २०६४
२६ दिसेम्बर २००७ ...................

प्रचण्ड
ने.क.पा.-माओवादी)
केन्द्रीय समिति
.