अन्तर्वार्ता                         

राजनितिका हिंसात्मक र शान्तिपर्ूण्ा रुपहरुको द्धन्द्धात्मक परिचालननै क्रान्तिको समग्रता हो

-क अनन्त
-नेकपा-माओवादी)का केन्द्रीय सेक्रेटरियट सदस्य, मध्यकमाण्ड इञ्चार्ज तथा जनमुक्ति सेनाका डेपुटी कमाण्डर क.अनन्तसंग कृष्णसेन अनलाईनका लागि निर्मल ज्ञवालीले गर्नुभएको कुराकानी ।)
प्रथमत, कृष्णसेन अनलाईनमा यहा“लाई हार्दीक स्वागत छ ।
धन्यवाद !
एउटा क्रान्तिकारी पार्टर्ीीे नेतृत्वको हिसावले तपाईले वर्तमान राजनैतिक परिस्थितिलाई कसरी विश्लेषण गर्नुहुन्छ - र एउटा सामान्य नागरिकले अहिलेको राजनैतिक स्थीतिलाई कसरी बुझ्नर्ुपर्छ भन्ने ठान्नुहुन्छ ?
तपाईको प्रश्नमा दर्ुइवटा पक्षहरु छन् । एउटा सैद्धान्तिक र ऐतिहासिक विषयबस्तु र अर्को, व्यवहारीकर् ढगले सामान्य नागरिकले दर्शन, राजनीतिलाई बुझ्ने प्रश्न । यस अर्थमा, पहिलो कुरो मानव समाजमा नीजि सम्पत्ति सम्वन्ध रह“दा सम्म बर्ग संर्घष्ा रहन्छ, भन्ने दर्शन हामी मान्दछौ । यस अर्थमा, राजनैतिक भाषामा त्यसलाई हामीे वर्ग संर्घष्ा भन्दछौ । र वर्ग संर्घष्ाको आधार भनेको आर्थिक असमानता हो । र उत्पादन सामुहीकरुपले गर्ने र वितरण गर्दा वा त्यसको उपभोग गर्दा व्यक्तिगत रुपले शक्तिमा वा भएकोले गर्ने खालको पद्धती छ । जसको हामी अन्त्य हुनर्ुपर्छ भन्छौ । यसलाई हामी उत्पादन प्रणाली र उत्पादन सम्वन्ध र उत्पादकबीचको उचित तालमेल वा सम्बन्ध भन्दछौ । यसमा एक वा अर्को किसिमको अर्न्तविरोध भन्दा पनि उत्पादनका साधनहरु, उत्पादन सम्वन्ध, उत्पादन प्रणालि समुचित रुपले र व्यवस्थित रुपले एकीकृत हुनु पर्दछ । त्यसोगर्दा आर्थिक रुपले समाजको अर्न्तविरोध रहदैन । राजैनितक रुपले त्यसको अन्त्य भनेको हामी वर्ग संर्घष्ाको अन्त्य भन्दछौ । राज्यको विलाप जसलाई हामी साम्यवाद भन्दछौ ।
यस अर्थमा अहिलेको स्थितिलाई दार्शनीक रुपले विश्लेषण गर्दा जस्तै मार्क्सले समाजमा वर्गसंर्घष्ाको बारेमा व्याख्या गर्नु भयो । त्यसपछि वर्गसर्घष्ाको आधारलाई उहा“ले आर्थिक सम्वन्ध संग जोड्नु भयो । र त्यसलाई ऐतिहासिक रुपले व्याख्या गर्नु भयो । जसलाई हामीले एउटा विचारको रुपमा मार्क्सवाद भन्दछौ । मार्क्सवादका तीन संघटक अङ्गहरु छन् । दर्शन, राजैतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद । यही निर्देशन दर्ुइ सय बर्षम्म यो समाजलाई ऐतिहासिक भौतिकवादी ढंगले व्याख्या गर्ने र बदल्ने कोसिस गर्यो र यहा“ आएर फेरी मार्क्सवादलाई विकास गर्नुपर्ने, दर्शनलाई विकास गर्नुपर्ने, २१औं शताब्दीमा आएर मानव समाजलाई नया“ विचार, नया“ व्याख्या, नया“ विश्लेषण र नया“ ढंगले यो दुनियालाई बदल्ने अभिभारा आएको हामीले महसुस गरेका छौ । त्यसलाई हामीले साढे दश वर्षो जनयुद्धमार्फ विचारको विकास र प्रयोग गरीरहेका थियौ भने अहिले त्यो विचारको प्रयोगको नया“ उचाईमा आएका छौ । जसलाई मार्क्सवादको तीनै अंगमा विकासको अभिभारा भनेका छौ ।
यसलाई सामान्यकृत हिसावले भन्दा १८औं शाताब्दीको बर्ुजुवा विचारधाराको अन्त्य भएको छ । र त्यो असफल सिद्ध भएको छ । २०औंैं शताब्दिको मार्क्सवादका प्रयोगहरुमा पनि सिमा देखिएको छ । त्यसैले मार्क्सवादमा देखिएको सिमालाई तोडेर विचारमा विकास गर्ने र बर्ुर्जुवा प्रजातन्त्रको कतिपय पक्षहरु छन् त्यसलाई पनि र्सवहारा वर्गले लिने र नया“ बिचार धारा र राजनीति कार्यदिशाको विकास गरिनर्ुपर्दछ भनेको हैन ।
आम जनसमुदायले बुझ्ने भाषामा भन्दा २३८बर्षो राजतन्त्रको अन्त्य गर्ने, त्यसको वैचारिक, राजनैतिक, सा“स्कृतिक, आर्थिक आधारलाई ध्वंस गर्ने र एउटा संक्रमणकालिन राजनैतिक व्यवस्था जसलाई हामी लोकतान्त्रिक गणतन्त्र भनेका छौ त्यसलाई लागु गर्ने व्यवहारीक चरणमा हामी प्रवेश गरेका छौ ।
यह“ाहरु करिब ११बर्षपहिले, जनयुद्धको तयारीको क्रममा यतिवेला केराका थम्वाहरुलाई निशाना बनाएर लाठिहरुलाई बन्दुकको रुपमा लिदै जनयुद्धको तयारीमा जुट्नुभएको थियो । ति समय र परिस्थितीहरुलाई आजबाट अर्थात यो विन्दुबाट सम्झदा कसरी सम्झनुहुन्छ ?
१७ बर्षअगाडि नेपालमा संसदीय व्यवस्था स्थापना भएको थियो । र हामीले भनेका थियौ त्यो साम्राज्यवादको फाटेको लगौटीको नया“ आयात मात्रै हो । त्यसले नेपाली समाजका अर्न्तविरोधहरुको हल गर्दैन र त्यसलाई लेनीनले भनेजस्तै संसदीय व्यवस्थाका सबै चिज पर्दा पछाडिबाट चल्छ, र अगाडी जनतालाई मर्ुख बनाउनको लागि संसदमा गफ गरिन्छ । यसलाई अझ अर्को भाषामा भन्दा खसिको टाउको देखाएर कुकुरको मासु बेच्ने पसल हो भन्दथ्यौ । तैपनि हामी जनताको संसदीय व्यवस्थापं्रति एउटा भ्रम भएकोले त्यसलाई प्रष्ट गर्न हामी संसदमा गयौ । हामीले शान्तिपर्ूण्ा रुपले धेरै कोशिस गर्‍यौ तर संसदीय प्रतिक्रियावादी सत्तामा त्यो सम्भव हुदैनथ्यो र सम्भव भएन पनि । हामीले ४० सुत्रिय राजनैतिक माग राखेर सरकारस“ग बार्ताको कोशिस गर्यौ । त्यतिवेला सरकारले हाम्रो राजनीतिक पहलको कुनै सुनुवाई गरेन । त्यतिनैखेर जनताको प्रतिरोध आन्दोलनपनि बढ्दै गइरहेको थियो । र त्यसको नेतृत्व गर्नको लागि सचेत रुपले हामी जनयुद्धको तयारी गर्दै थियौ । त्यतिखेर अर्थात ११बर्षपहिले हामीले यतिवेला देशैभरी आमसभाहरु सम्पन्न गरिसकेका थियौ । जनतालाई जनयुद्धको पक्षमा अपिल गरिसकेका थियौ । हामीले लडाकुदलहरु गठन गरेर तालिमहरु लगभग सिद्ध्याइसकेका थियौ । हामी अन्तिम तयारीमा एउटा एैतिहासिक काम थालनी गर्नको लागि केन्द्र देखि स्थानिय पार्टर्ीीम्म हामी मर्न सक्छौ तर व्रि्रोहको झण्डा उठाइरहने महान् प्रतिबद्धता गरेका थियौ । एकजना बा“च्दा पनि व्रि्रोहलाई निरन्तरता दिनु पर्दछ । र व्रि्रोह गरिसकेपछि त्यसलाई विचमै झण्डा झुकाउनु वा सम्झौता गनुृको अर्थ गद्धारी हुनेछ भन्दै हामी मर्न बरु तयार हुने तर सम्झौता नगर्ने प्रतिवद्धता व्यक्त गरेका थियौ । र साम्राज्यवादका धम्कीहरु आउनेछन् त्यसमा नझुक्ने, कसम खादै बास्तवमै युद्धको मैदानमा कुद्ने तयारी गर्दै थियौ ।
आज ११बर्षपछि फर्केर हर्ेदा आफै पनि भावुक बन्ने जस्तो, आफू उद्धेलित हुनेजस्तो अबस्था बनिरहेको छ । किनभने हामी सामान्ती राज्यसत्ता र संसदीय प्रतिक्रियावादी व्यवस्थालाई जरैदेखी उखाल्नको लागि र क्रान्तिको एकदम उतारको अबस्थामा हामीले नया“ ढंगले नेपालमा क्रान्ति सुरु गर्दै थियौ । त्यतिवेला पेरु क्रान्ति सेटव्याक खाइसकेको अवस्था थियो । आज ११वर्षपछि आउदा त्यो क्रान्ति र त्यो सपनाले मर्ुतरुप लिएको छ । हाम्रो त्यतिवेलाको विचारधाराले एउटा प्रयोगको रुप पार गर्दै विकासको चरणमा आइपुगेको छ । त्यतिखेरका हाम्रा सपनाहरु कयौ विपना भएका छन् । कयौ हाम्रा अर्दशहरु बास्तविकतामा बदलिएको मलाई महसुस भएको छ ।
यहा“ले भनेजस्तो र्सवहारावर्गीय मुक्तिका निम्ति जुन प्रतिवद्धता सहित सुरु भएको जनयुद्ध आजको चरणमा विकास भएको छ । यस स्थीतिमा विभिन्न गुट, व्यक्तिहरुले जनयुद्धको औचित्यता माथिनै प्रश्न उठाइरहेको वर्तमान र्सर्न्दभमा जनयुद्धको हिजोको सार्न्दर्भिकता र आवश्यकता अपरिहार्य थियो भन्ने कुराको पुष्टि गर्ने आजको बस्तुगत आधार के हुन भन्ने लाग्छ ?
जनयुद्धको आवश्यकता किनपनि अनिवार्य थियो भने हामी त माक्सवादीहरु हौ । वर्गहरुको अवस्था रहदासम्म वर्ग संर्घष्ा भइनै राख्छ । वर्ग संर्घष्ाका रुप कहिले हिंसात्मक हुन्छ त कहिले अहिंसात्मक हुन्छ । तर, साम्यवादमा नपुग्दा सम्म यस्तो निरन्तर भइनै राख्छ । युद्ध भनेको, शसस्त्र संर्घष्ा भनेको वर्गसंर्घष्ाको हिंसात्मक अवस्था हो । हिजो ०५२ साल अगाडि हामी अहिंसात्मक रुपबाट हिंसात्मक रुपको तयारी गर्दै थियौ । हामी माक्सवादीहरु आफैमा हिंसावादी होइनौ तर अहिंसात्मक रुपबाट जहा“सम्म जान सकियो गइयो र त्यहा“ वाध्यता पैदा भयो । त्यसैले हामीले हिंसाको वाटो लियौ । भने अहिले हिंसात्मक राजनीति र हिसंात्मक वर्ग संर्घष्ाको एउटा उचाइपछि यहा“को शक्ति सन्तुलनमा हेरफेर भएको छ । कम रगत वगाएर र कम हिंसाबाट हामीले केही राजनीतिक उपलब्धी हासिल गर्न सक्छौ भने त्यसको लागि पनि हाम्रो वर्ग तयार रहनु पर्दछ ।
यस अर्थमा अहिले पनि हामीले हिंसात्मक राजनैतिक औचित्यता यो समाजबाट अन्तभयो भनका छैनौ । यसको रुपबदलिएको छ भनेका छौ । यसको रुप शान्तीपर्ूण्ा रुपमा गएको छ । यसको अर्थ हामी शान्तिपर्ूण्ा संक्रमणवादी भने होइनौ । हामी । निरपेक्ष रुपले हिसात्मक वर्गसंर्घष्ाका कुरा गर्नेहरु पनि वेठीक छन् । जो वाम विर्सजनवादी कोणबाट, अधिभूतवादी जडसुत्रिय कोणबाट आउ“छन् । अनि निरपेक्ष शान्तिका कुरा गर्नेहरु त्यो दक्षिणपन्थी विर्सनजवादी, संशोधनवादी र वर्ग समन्वयवादी हुन् ।
हामी द्धन्द्धात्मक भौतिकवादीहरु के भन्छौ भने सधै शान्तिपर्ूण्ा सम्भावन रह“दा पनि हिंसानै गर्नुपर्छ भन्ने पक्षमा छैनौ । तर फेरी शान्तिपर्ूण्ा ढंगले हुन्छ भनेर हामी शान्तिपर्ूण्ा संक्रमणवादी र वर्ग समन्वयवादी पनि होइनौ । जहा“सम्म थोरै पनि सम्भावना हु“दा शान्ति र अहिंसात्मक रुप प्रयोग गर्न हामी तयार रहनु पर्दछ । तर पनि यो स्पष्ट हुनर्ुपर्दछ की वर्ग संर्घष्ाले निश्चित उचाइमा गएर हिंसात्मक रुप लिन्छ । हिंसात्मक रुपले शान्तिपर्ूण्ारुप र शान्तिपर्ूण्ा रुपले हिंसात्मक रुपमा लगाइ रहन्छ । त्यसको द्धन्द्धात्मक परिचालन नै क्रान्तिको समग्रता हो ।
क्रान्ति आफैमा एकात्मक वा कुनै पनि निरपेक्ष रुपमा मात्र हुदैन । क्रान्ति सबै रुपहरुको योग हो । यर्सथमा हामीले के भनेका छौ भने । जनयुद्धमा हिंसात्मक संर्घष्ा को रुप, जनसंर्घष्ाका रुप, वार्ताको रुप, कुटनीतिक सं्रर्घष्ाको रुपहरु सबै हुन्छन । सबै जनयुद्धका विभिन्न रुप भाग हुनसमग्र जनयुद्ध ९त्यतब धिबच० भएको भनेको हौं । उभयउभिुक धबच भनेको हतियार उठाउने मात्रै होइन् । यसको वैचारिक तयारीको रुप जनसम्बन्धको वैधानिक सम्बन्धका रुम धेरै पाटो मिलाएर मात्रै अहिलेको दुनिया“मा जनयुद्ध बन्नसक्छ । यो कुरा जहा“ जहा“ बुझियो क्रान्ति अगाडि बढेको छ । र अहिलेको युगमा बढाउन सकिन्छ पनि । तर जनयुद्ध भनेको एउटै रुपमा हतियार उठाउनुमात्र हो भनेर बुझियो भने त्यो वामविर्सजनवाद हुन्छ । हामीले धेरै ठाउ“मा यस प्रकारका प्रवृतिहरु देखेका छौ हामी त्यो संग सहमत छैनौं ।
जनयुद्धले यो १०वर्षो कार्यकालमा जनतामा एउटा ठूलो राजनैतिक चेतनामा विकास गर्यो । जसमा दर्ुइ मत देखिदैन तर हिजो सामान्ती सत्तासंग प्रताडित बनेर जनतासंगै आन्दोलन गर्र्छौ र जनताकै मुक्तिका खातिर हामी पनि केही गर्र्छौ भनेर आन्दोलीत संसदीय राजनैतिक पार्टर्ीीका नेतृत्व आज वार्ता मार्फ यहा“सम्म आउदा पुनः सामान्तीकै पुजा गरेको र भक्ति गाएको पनि देखियो । कतै जनयुद्धले जनस्थतरमा जसरी राजनैतिक चेतनाको विकास गर्यो तर त्यसको प्रतिविम्व संसदीय नेताहरुमा ल्याउन नसकेको हो वा उनिहरुको सैद्धान्तिक पथभ्रष्टतानै हो - के लाग्छ यहा“लाई ?
हरेक संर्घष्ाले समाजका वर्गहरुको स्थीतिहरुमा फेरवदल ल्याइराख्छ । यहा“सम्म आउ“दा नेपालको शक्ति त्रिकोणात्मक शक्ति संर्घष्ामा द्यबकष्अबििथि दर्ुइ कोणमा बदलिएको छ । आज सामन्तवादका विरुद्ध कम्युनिष्ट क्रान्तिकारिहरु र संसदवादीहरु एउटा कोणमा उभिएको अवस्था हो । त्यसैको अभिव्यक्ति स्वरुप १२बु“दे हुदै अन्तरिम संविधान जारीको अवस्थालाई लिन सक्छौ । तर यसको अर्थ केहो भने संसदवादी र कम्युनिष्ट क्रान्तिकारीहरु एक भई हाले त - वैचारीक रुपले, राजनैतिक रुपले भन्दा त्यो त होइन मुख्य अर्न्तविरोध अथवा मुख्य दुश्मनका विरुद्ध हाम्रा प्रहारका विन्दु, प्रहारका निशानाहरु मात्र एक भएका हुन् । तर स्वयं आफैभित्र आउ“दा संर्घष्ाहरु रहन्छन् । त्यसैले हाम्रो मुख्य दुश्मन साम्राज्यवादका विरुद्धको प्रहारमा एकता हो । तर त्यो भित्रका वर्गीय सम्वन्धहरु, अवस्थाहरु त फरक छन । जहा“ विभिन्न वर्गको प्रतिनिधित्व हुने गर्दछन् त्यहा“ संर्घष्ा त भईनै राख्छ । त्यसैले संर्घष्ा र एकतालाई ठिक ढंगले बुझ्न जरुरी छ । एकता भयो एकता मात्र बुझ्ने आत्मर्समपणवादी कोण कम्युनिष्ट आन्दोलनमा देखिन्छ । अनि, संर्घष्ा भयो निरपेक्ष संर्घष्ा । जसमा फुटवादी प्रकारको प्रवृति जहा“ संयुक्त मोर्चानै नदेख्ने एकलकाटे प्रकारको प्रवृतिपनि कम्युनिष्ट आन्दोलनमा हामी देख्छौ ।
तर, अहिलेको संसदवादीहरुसंगको एकता एउटा नया“ प्रयोग हो । संसदवादीहरु र कम्युनिष्ट क्रान्तिकारीहरु सामन्तवादका विरुद्ध एक भएको विरलै उदाहरण मध्येको एक हो यो । त्यसैले यसलाई सामान्य कारण गरियो भने, वा संसदवादीहरुलाई हामीले प्रयोग गरियो अथवा संसदवादीले हामीलाई प्रयोग गर्‍यो । वा एक वा अर्को संग झुक्यो भन्नु उचित हुदैन । यो धेरै ठूलो वैचारिक राजनैतिक प्रश्न छ । यो प्रयोगले विश्वभरिका आजका जनवादी आन्दोलन र आजका समाजवादी आन्दोलनहरुलाई उचाइमा उठाउन नया“ विचार र नया“ दिशा दिन सक्दछ । ११ बर्षो जनयुद्धले ग्रामिणदेखि लिएर शहरसम्मका जनताको चेतनाको स्तर उकासेको छ ।संसदवादी पार्टर्ीीमा पनि त्यो आत्मासातिकरण पाइन्छ । हिजो हाम्रो टाउकोमा पुरस्कार घोषणा गर्ने पार्टर्ीी, संकटकाल लागु गर्ने पार्टर्ीी, अनि राजालाई नजीक देख्ने र हामीलाई सिद्धाउनका लागि सबै बल प्रयोग गर्ने पार्टर्ीीले गंंभिर प्रकारको आत्मा समिक्षापछि मात्रै हामी संग १२ बु“दे समझदारीमा सहमति भएका हुन । यो संसदवादीहरुको ठूलो पछि हर्टाई हो । जसलाई सिद्धाउने भनेर १० बर्षलाग्यो । त्यही फोर्सस“ग किन मिल्न वाध्य भएत संसदवादी पार्टर्ीीभन्दा यो त ठूलो आत्मासमिक्षा हो । ठूलो आत्मा मुल्याङ्कन हो । र ठूलो पछि हर्टाई हो । पछिहटेर हामी संग मिल्दा हामी पनि त्यही संसदवादी संग १०औं वर्षलड्यौ र हामी पनि अलि पछि हटेको प्रश्न निश्चितै रुपमा हो । र सम्झौता भनेको केही लिनु र केही छोड्नु हो । यस अर्थमा संसदवादीहरुले पनि केही छोडेका छन् र हामीले पनि केही छोडेका छौ । यसको अर्थ संसदवादी शक्तिले पुरै आफ्नो आधारभूत कुरा छाडेका पनि होइन् र हामी कम्युनिष्ट क्रान्तिकारीहरुले पनि छोडेको होइन्ौ । यसमा हामी एउटा निश्चित तहसम्म वैचारीक रुपले शान्तिपर्ूण्ा रुपले संर्घष्ा गरेर जा“ऊ । जसको विचारधारा, राजनीति सही छ, श्रेष्ठतम छ, त्यसैले जनताबाट अनुमोदित भएर यो देशकेा नेतृत्व गर्नेछ । जसलाई हामी संविधानसभा भनेका छौ । हामी सबै जनतामा जान तयार भएको हो ।
निश्चितै रुपले तपाईले भनेको जस्तै संसदवादी पार्टर्ीी कतिपय नेताहरुमा अझै पनि साम्राज्यवाद प्रतिको भक्तिभाव, अझै पनि सामन्तवादप्रतिको लगाव र जनता र जनताका शक्तिहरुलाई घृणा गर्ने चिन्तन, प्रवृति पनि छ । त्यसका विरुद्ध संर्घष्ा लगातार गरिराख्नर्ुपर्छ र गरिराखेका छौ पनि ।
अहिले सहमति र सम्झौताकै प्रक्रिया थालनी हुदै गर्दा जनमुक्ति सेनाको हतियारहरु कन्टेनरमा राखिदै छ र जनमुक्ति सेना व्यारेकमा बसिरहेको स्थिति छ । हिजो जनता आफ्नो सेना जतिवेलासम्म हुदैन जनताको सत्ता प्राप्त गर्न सकिदैन भन्ने सिद्धान्त र उद्देश्य सहित जनताले निर्माण गरेको जनमुक्ति सेना आज क्यन्टोनमेन्ट अर्थात व्यारेकमा बसिरहेको स्थितिलाई जनमुक्ति सेनाको डेपुटी कमण्डरको हिसावले साथै यसलाई सैन्यविज्ञानका आधारमा कसरी विश्लेषण गर्नुहुन्छ ?
११ बर्षो जनयुद्धमा यो नियमित प्रक्रिया होइन । यो निकै ठूलो क्रमभंगता र छलाङ्ग हो । हामीले एउटा नियमित प्रक्रियामा वा निरन्तरतामा अहिलेसम्मका विश्वक्रान्तिका मोडेलबाट र हामीले गर्दै आएका ११ बर्षा कार्यहरुबाट हर्ेदा यो अहिलको राजनीति घटनाक्रमलाई बुझ्न सकिदैन । तपाईले यसलाई दक्षिणकोणबाट हर्ेर्नुस्, यो उग्र जस्तो देख्नुहुन्छ । यसलाई वाम कोणबाट हर्ेर्नुस् दक्षिण जस्तो देखिन्छ । तर यो दक्षिणपन्थी कोण पनि होइन । वामपन्थी विचलन पनि होइन् । यो क्रान्तिकारी प्रवृति हो । यो एक्काइसौ सताब्दीको रिभोल्युसन हो । यस अर्थमा बुझ्यो भने मात्र बुझ्न सकिन्छ । किनभने बिसौ शताब्दीको अन्त्य सम्म आउ“दा विश्व साम्राज्यवादले आधारभूत रुपमात लेनिनले परिभाषित गर्नु भएको साम्राज्यवादी चरित्र छ । उसका चरित्रहरुको विश्लेषण, लेनिनकै विश्लेषणले पुग्छ । तर रुपमा धेरै परिवर्तनहरु भएका छन् । ६०को दशक पछिको विज्ञान र प्रविधि त्यसमा पनि सूचना प्रविधिको विकासले विश्वलाई एउटा गा“उको रुपमा ग्लोभल भिलेज -न्यिदब ख्िष्ििबििनभ०को रुपमा ल्याएको छ । जसले पु“जीवाद, साम्राज्यवादको भुमण्डलीकरण भएको छ । त्यो भनेको वित्तीय पू“जीको भूमण्डलीकरण भएको हो । विश्वको हरेक कुनामा साम्राज्यवादी पू“जीले शोषण गरिरहेको छ । त्यो पू“जीको मालिक अमेरिकन एकाधिकारीहरु छन् ।
पहिलो, अमेरीकि पू“जीले विश्वको सबै जनतालाई उत्पीडन गरेको छ । दोस्रो त्यो एकाधिकार अमेरीकन पू“जीलाई संरक्षण गर्नको लागि विश्वको १४० देशमा सैन्य अखडाहरु छन् । किनभने सेनाले मात्र त्यसलाई बचाउन सक्छ । नत्र त्यो पु“जी जहा“ पनि जफत हुन सक्छ । बा“की विश्व पनि अमेरीकन मिसाइल रेन्ज भन्दा बाहिर छैनन् । राजनीतितिर अमेरीकि एकध्रुवीय विश्व व्यवस्थाप्रति जसले थोरै मात्र विरोध -अयलतचबमष्अत)गर्यो । त्यसले आक्रमण सहनु पर्ने हुन्छ । हामी इराकमा हेरौ, अफगानिस्थानमा हेरौ , बाल्कन क्षेत्र लगाएत अरु धेरै क्षेत्रमा हेरौ । अरु धेरै देशहरुलाई थ्रेट गरिरहेको छ अमेरीकाले । किनभने त्यहा“ उसको पु“जी विनारोकतोक प्रवाह हुनु पर्दछ । त्यसले के देखाउछ भने विश्व एउटै छातामा, एउटै राजनीतिमा, एउटै कमाण्डमा अमेरीकाले लगि रहेको छ । चौथो, उपभोक्तावादी संस्कृतिबोकेर अमेरीकि साम्राज्यवादले ग्लोवल संस्कृतिको रुपमा उसको कोकाकोला संस्कृतिलाई भुमण्डलीकरण न्यिदबशिभ गरीराखेको छ । यो चाहि विचारधारात्मक रुपले राजनैतिक रुपले, सा“स्कृतिक रुपले, आर्थिक रुपले, सैन्य रुपले, जो भूमण्डलिकरण भएको छ, साम्राज्यवादको भुमण्डीकरण भएको छ, त्यसको मालिक अमेरीका भएको छ । यो व्याख्या हाम्रो पार्टर्ीी गरेको छ । र यो अहिलेको विश्वको बस्तुगत अवस्था हो । अहिलेनै अमेरीकि साम्राज्यवादलाई चुनौती दिनसक्ने कुनै अर्को साम्राज्यवादी देश छैन् । जसले विश्वयुद्ध होस् र लेनिनले जस्तो क्रान्तिसम्पन्न गरौं † भन्नेकुरा सम्भव छैन । विश्वभर साम्राज्यवादका विरुद्ध ठूलो जनवादी आन्दोलन होस् त्यसबाट हामीले क्रान्ति गरौं † त्यो पनि छैन् । विश्वभरी समाजवादी आन्दोलन चलिराखेको होस अर्थात सोभियत संघ, जस्ता ठूला समाजवादी देश होस जसले अमेरीकालाई चुनौति देओस र क्रान्ति गरौं । त्यो पनि पनि अवस्था रहेन त क्रान्ति कसरी गर्नु हुन्छ - यसले दक्षिणपन्थी विचलनतिर लैजान्छ । क्रान्ति सम्भव छैन् अब मार्क्सवादलाई सिर्जनात्मक विकास गर्दै साम्राज्यवादलाई छल्नर्ुपर्छ भन्दै गर्दा खुश्चेभपन्थी बाटो र एमालेका बाटो पक्डीएका दक्षिणपन्थी विर्सजनवादीहरु संशोधनवादीहरु हामीले देखेका छौ ।
अर्कोतिर यो पूराका पूरा बदलिएको परिस्थितिको व्याख्या नगरेर अनि माओले १९४९मा विकास गरेको कार्यनीति बोक्दै कुदेको छ । फिलिपिन्समा कुद्यो, थाइल्याण्डमा, बर्मामा, मलायमा, र्टर्कीमा, इरानमा अनि अन्तिममा पेरुसम्म पुग्दा पहरामा टाउको ठोकीए र त्यो भन्दा अगाडि जाने बाटो नै भएन । पेरिस कम्युनको ढंगले रुसि क्रान्ति भएको छैन् । रुसि क्रान्तिको ढंगले चिनिया क्रान्ति पनि भएको छैन । र चिनिया क्रान्ति जस्तै भएर नेपाली क्रान्ति पनि हु“दैन । यसलाई कमरेड अध्यक्षले के भन्नुभएको छ भने "क्रान्तिको पुनरावृत्ति सम्भव छैन, विकास गर्नुपर्छ ।" त्यसैले हामीले क्रान्तिको कार्यदिशा विकास गर्दै छौ । आधारभूत कुरा मिल्न सक्छ बा“की कुरो मिल्न सक्दैन । क्रान्तिको पुनरावृति हुदैन । यस अर्थमा निकै ठुलो विचारधारात्मक प्रयोग हुदै छ । निकै ठूलो राजनीतिक प्रयोग हुदैछ । निकै ठूलो सैन्य दर्शनको प्रयोग हुदैछ ।
यर्सअर्थमा हर्ेदा यो सत्यता हो की हामीले १०वर्षा काठमाडौ क्याप्चर गर्न सकेनौ । जुम्ला अघि जुन अभियानात्मक हिसावले फौजि सफलता मिलेको थियो । तर जुम्लापछि अमेरीकि साम्राज्यवाद आईसकेपछि त्यो अभियान रोकिएको हो । तर हामीले त्यसलाई सैन्य रुपले गर्‍यौ । विकेन्द्रीत कार्वाही र पहल । राजनैतिक आक्रमण र पहल तथा राजनैतिक आक्रमण, सैन्य आक्रमण, कुटनीतिक प्रयत्न यो सबै गर्दा हामी पुरानो सत्ता विघटन गर्दै थियौ । र यसको उत्कर्षो रुपमा १२बु“दे सहमतिले ९७ हजार शाही सेना पराजीत भयो । सामन्तवाद पराजीत भयो । तर यो निर्ण्ाायक रुपले कुनै सदरमुकाम कब्जा गरेर भएको होइन । यर्सअर्थमा १२ बु“दे सहमति भनेका आजको सैन्य कार्यदिशा हो । २१औं शताब्दीको नया“ राजनैतिक सैन्य कार्यदिशा हो ।
वार्ता र कुटनीति भनेको २१औं शाताब्दीमा विकसित सैन्य कार्यनीति हो । अमेरिकी साम्राज्यवादलाई हानेर रोक्न सकेको भनेको वार्तावाट हो । अर्न्तविरोधको परिचालन गरेर रोक्न सकियो । शाही सेनालाई हामीले राजनीतिक लाइनबाट त्यसलाई क्रस गरेर विघटनको अवस्थासम्ममा पुर्‍यायौ । यो नया“ सैन्य विज्ञान हो । राजनीतिक सैन्य विज्ञान हो । राजनैतिक हिसावले आक्रमण र सैन्य हिसावले पनि आक्रमण हो । राजनैतकि कार्यदिशाको विकास हो र सैन्य कार्यदिशाको पनि विकास हो ।
यो अर्थमा पुरानै आखा“ र पुरानै सैन्य दर्शनबाट अहिलेको क्यान्टोनमेन्ट अर्थात व्यारेकमा बस्नेलाई बुझ्न सक्दैनौ । यहा“ नया“ विचारधारको प्रयोग, नया“ सैन्य कार्यदिशाको प्रयोग हुदैछ र यो सफल हु“दा विश्वकै र्सवहारा वर्गलाई हामी नया“ राजनैतिक र फौजी कार्यदिशा दिन सक्छौ भन्ने लागेको छ । यर्सअर्थमा ३५हजार हाम्रो जनमुक्ति सेना क्याम्पमा बसेको छ । हिजो टेरोरिस्ट भनेको सेना आज राष्ट्रिय सेनाको अंग भएर बसेको छ । यो हाम्रो ऐतिहासिक विजय हो । हिजो अमेरीकनहरुले मिसाइल लिएर, हेलिकम्टर लिएर जंगल जंगल लखेट्दै गरेका थिए । आज नेपाल सरकारबाट बजेट लिएर हाम्रो सेना आरामले तालिम गर्न पाएको छ । अनि अमेरीकन साम्राज्यवादले ध्वस्त गर्ने भनेकोमा आज आरामले २८वटा क्याम्पमा बसिराख्दा पनि केही गर्नसक्दैन । यो केहो भन्नुसत - हो यो त हाम्रो मिलिटरी लाइनको विजय हो । यो त एउटा मिलिटरी लाईनको विकास हो । हिजो हामी एक सय दुइसय जना जम्मा हु“दा बमबाडिङ गरिथ्यो । कुनै ठाउ“मा जमेर वस्न दिदैनथ्यो । आज बकाइदा २८वटा क्याम्पमा बसिराखेको छौं । तालिम गरिराखेको छौं । राजनैतिक काम गरिरहेको छौं । उल्टै सरकार, अमेरिका, यूएनले नियमित सेनालाई मान्यता दिनुपर्ने, भनेपछि त यो नया“ रानीतिक मात्र नभई सैन्य कार्यदिशामा विकास हो । यसले नया“ दर्शन, राजनीति र सैन्य कार्यदिशा दिन्छ । यसरी बुझ्न जरुरी छ जुन चाहि नया“ प्रयोग हो ।
हामीले नया“ कोणबाट हेर्‍यौ भनेमात्र बुझ्छौ र तर जडसुत्रबादीय कोणबाट हेर्यौ भने दक्षिणपन्थी प्रवृति, आत्मर्समपण, जनमुक्ति सेनालाई क्याम्पमा हालियो र अब सिध्याइयो भनेर बुझिन्छ । नेताहरु मन्त्री हुन जाने र सेनाहरुलाई चाही बन्दीको रुपमा शिविरमा हालेको रुपमा बुझिन्छ । यहा“ वैचारीक र सैन्य विकासलाई नबुझि केवल संर्घष्ा लड्ने रुपलाई मात्र बुझियो भने त्यो बाम विचलन हुनजान्छ ।
हामी जहा“सम्म सम्भव छ शान्तिपर्ूण्ा ढंगले जनता लिएर जान्छौ । जहा“निर रोकीन्छ त्यहा“ क्याम्पमा बसेको सेनापनि निस्किन्छ, जनतापनि निस्कीन्छ र नया“ प्रयोगका साथ अगाडि जान्छौ । तर हिजो १०बर्षसम्म प्रयोग भएको मिलिटरी लाईन र जनसंर्घष्ाको लाइन अब लागु हुदैन । हिजोको भन्दा विकसित लाईन हुन्छ । मिलिटरी हिसावले आक्रमण गर्नुपरेपछि हिजो जस्तै गा“ऊ गएर व्यारेक कब्जा गर्दै आउदैनौ । जनसंर्घष्ा गर्नुपरेपनि हामी भिन्नप्रकारले गर्दछौ । विकसित कार्यदिशा अनुसार गर्दछौ तर हामी अहिले शान्तिपर्ूण्ा ढंगले संविधानसभामार्फनै जानर्ुपर्छ । जहा“पुग्दा साम्राज्यवादी विदेशी शक्तिले जनताको अधिकारलाई रोक्न कोशिस गर्छन । त्यतिवेला जनताले व्रि्रोह गर्छन र त्यस व्रि्रोहको नेकपा-माओवादी)े, पि एल ए ले नेतृत्व गर्नेछ । यसरी बुझ्दा क्रान्तिकारी हुन्छ ।
त्यसैले हामीले संर्घष्ाका रुप बदलेका छौ । जनयुद्धका रुप बदलेका छौ । वर्गसंर्घष्ाका रुप बदलेका छौ । त्यही बदलिएको रुपलाई गुणात्मक रुपले भिन्न रुपमा बुझ्नु पर्छ यो निरन्तरता होइन ।
जसरी ११बर्षपहिले निशस्त्र रुपमा लठ्ठमिात्र लिएर हिडेको मुक्ति कामी योद्धाहरुलाई आज एउटा सम्मानित शसस्त्र राष्ट्रिय सेनाको रुपमा विकास गर्न सफल भयो र अहिले एउटा क्रमभंगतामा त्यो सेना शन्तिपर्ूण्ा मोर्चा बाट अगाडि बढ्दै छ । तर अहिले आम जनतामा के पनि अनुभूति पर्न गएको छ भने जनमुक्ति सेनाको हतियार कन्टेनरमा राखिसकेपछि हामी निशस्त्र हुन्छौ । हामी कमजोर बन्छौ भन्ने गरेको पनि पाईन्छ । तपाई एउटा डेपुटी कमाण्डरको हिसावले भोलिको निरन्तरता अर्थात जनता त्यतिवेलापनि शसस्त्र र शक्तिशाली हुनेछन् भन्ने आधारचाही कसरी दिनुहुन्छ ?
पहिलो आधार त आम जनतालाई यस अगाडि हामीले लाखौ जनतालाई मिलिसिया ट्रेनिङ दिएका छौ । ३५हजार सेना क्यान्टोनमेन्टमा गयो तर लाखौं जनमिलिशिया र जनता बाहिर छ । भनेपछि जनता निशस्त्र हुने कुरा भएन । किनभने एकातीर लाखौ जनाले सैन्य तालिम लिएका छन् । यदी षडयन्त्र भयो भने उनिहरु लड्न सक्छन । अर्कोतिर लाखौं मान्छेले बम बनाउन वन्दुकचलाउन जानेका छन् । त्यसैले त्यस्तो अवस्था आएमा पनि कुनै समस्या छैन् ।
अर्को कुरा आजको दुनियामा हतियार कुनै ठूलो कुरा होइन किन्न पाईन्छ, खोस्न पाइन्छ । यदी त्यस्तो षडयन्त्र भयो भने जसरी हिजो ११बर्षा जति हतियार खोसियो त्यो भन्दा धेरै हतियार नेपाली जनताले एकै साथ पाउ“छ र पाउ“न सक्छन् । त्यस्तो अवस्थामा हामी पुगेका छौ । ं
हिजो हामी शाही सेना पुलिस एकातिर र जनता र जनमुक्ति सेना अर्कोतिर जस्तो हुन्थ्यौ भने आज हामी राजनैतिकरुपले जुन ठाउ“ विकासगरेका छौ । त्यो ठाउ“मा पुग्दा यदी त्यस्तो विश्व शक्तिले या यहा“का कुनै राजनैतिक पार्टर्ीीक्तिले षडयन्त्र गर्यो भने सेना, पुलिस भित्रका जनताका छोराछोरी वास्तविक मजदुरका छोराछोरीहरु एक हुने अवस्थामा छन् । यसको अर्थ चाही हामी त्यो अवस्था ल्याउन चाहन्छौ भन्ने चाहि होइन । तर वाध्यात्मक स्थितिमा सेनामा पुलीसमा भएको जनताको छोराछोरीले बुझिसकेको छ की हाम्रो अधिकार के हो -, हाम्रो दुश्मन को हो भनेर । यहा“को शोषण, दमन, उत्पीडन, अन्याय, अत्याचार, मुख्य दुश्मन हो । त्यसको नेतृत्व जसले गर्छ त्यसस“गको लर्डाई नै मुख्य हो भनेर जनताका छोराछोरीले बुझिसकेका छन् । यर्सअर्थमा निशःस्त्र हुनर्ुपर्छ वा भईन्छ भन्ने हामीलाई लाग्दैन ।
यहा“ बुझ्नु पर्ने मुख्य कुरा विचारधाराको कुरा हो । राजनीतिक लाइन ठिक भयो भने नभएका हतियार आउछन् । र वेठिक भयो भने भएका हतियार पनि गुम्छन । यदी पुनः जनताले लड्नुपर्ने भयो भने १०हजार होइन एकैपटक ५०हजार हतियार आउछन् । यो अवस्थामा पार्टर्ीी आफ्नो राजनीतिक कार्यदिशाको विकास गरेको छ । फेरीपनि म जोड दिएर भन्छु हामी फेरी लर्डाईमा जानर्ुपर्छ व्रि्रोहमा जान अनिवार्य भनेको भने होइन् । तर शान्तिपर्ूण्ा हिसावले जहा“सम्म जा“दा जनताको शान्ति र प्रगतिको आकांक्षामाथि बाधा हालिन्छ त्यहा“ जनता व्रि्रोह गर्न वाध्य हुनेछन् ।
त्यसकारण आमजनता मानसिक रुपले शसस्त्र हुनर्ुपर्दछ । आम जनता कार्यदिशाको रुपमा शसस्त्र हुनर्ुपर्दछ । षडयन्त्र हुनसक्छ भनेर चंख हुनर्ुपर्दछ । हामी निशस्त्र भयौ भनेर निशस्त्र भएर बस्ने अवस्था होइन । शसस्त्र हुने झन नया“ अबसरहरु बनेकाछन् भनेरनै अहिलेको स्थितिलाई बुझ्नर्ुपर्छ ।
यहा“ले जुन भूगोलको नेतृत्व गरिरहनुभएको छ त्यो लाग्छ अर्न्तविरोधको पुञ्जको रुपमा रहेको छ । जहा“ बाहृय भूगोलहरु हिजो देखि सामान्ती राज्यसत्ताबाट उत्पीडित तामाङ लगाएत अन्य जातीहरुले भरिएका छन् भने त्यही भूगोलको केन्द्र काठमाडौ सामान्ती सत्ताको राजधानी लगाएत अन्य त्यस्ता अभिाजातिय वर्ग अर्थात पु“जीपतिवर्गहरुको वाहुल्यता रहेको र उत्पीडित वर्गहरुको समिश्रण रहेको उपत्यका पर्दछ । भने यस विचको अर्न्तविरोधलाई यहा“ले कसरी हर्ेर्नुभएको छ ?
यसभन्दा अगाडि पनि यसप्रकारका प्रश्नहरुको जवाफ दिने गरेको छु । यो मध्यकमाण्ड भनेको र नेवार जातिको बाहुल्यता रहेको उपत्यका समेत पर्दछ । जहा“ सामन्तवादको केन्द्रपनि हो । दलाल तथा नोकरशाही पुजीपतिवर्गको केन्द्रपनि हो । सम्राज्यवादको चलखेलको केन्द्र पनि हो । र क्रान्तिकारीहरुले पनि केन्द्रीय सत्ता कब्जा गर्न प्रयत्न गर्नुपर्ने ठाउ“ पनि हो । सबै प्रवृतिहरु साम्राज्यवादी, सामान्ती, क्रान्तिकारी टक्रराउ“ने ठाउ“ पनि हो । यस अर्थमा यो कमाण्ड सबै विश्वका प्रतिक्रियावादी प्रतिभा र क्षमताहरु पनि केन्द्रीत हुने ठाउ“ र क्रान्तिकारी प्रतिभा र क्षमताहरु पनि केन्द्रीत हुने र संर्घष्ागर्ने ठाउ“ हो । यस अर्थमा निकै सम्वेदनशिल र निकै जटिल ठाउ“ पनि हो । साथै यसलाई पुरै उत्पीडित तामाङहरुले घेरेको ठाउ“पनि हो । र हिजो देखि हामिले भन्नेगरेको केहो भने उपत्यकामा हुने सबै राजनीतिक गतिविधिलाई राम्रो हस्तक्षेप र प्रभाव पार्न सक्ने पुरै रिङमा रहेका तामाङ जनसमुदायहरुको महत्वपर्ूण्ा भूमिका हुन्छ ।
दक्षिण तिरको लाइफ लाइनमा चाही मधेश -भोजपुरा) छ । विरगञ्ज देखि काठमाडौ सम्म धेरै महत्वपर्ुण्ा प्रतिरोध र मोर्चाबन्दीको काम गर्न सकिने लाइफलाइन पनि छ । यसरी तीनवटा मुख्य विशेषताहरु साथै देशैभरिको वर्गसंर्घष्ाको केन्द्र र अहिले २१औं शताब्दीको नया“ विचारधारा राजनैतिक कार्यदिशाको प्रयोगको केन्द्र पनि बनेको छ । सबै प्रतिगामी विचार र षडयन्त्रहरुको अभिव्यक्त हुने ठा“उ र त्यसका विरुद्धको संर्घष्ा र नया“ विचारधारको प्रयोग हुने र्सवहारावर्गको केन्द्र पनि काठमाडौ भएको छ ।
त्यसैले यो कमाण्डको इर्न्चाज हुन पाउ“दा एकातिर ऐतिहासि जिम्मेवारी साथै दायित्व पाएकोमा गर्वको महसुस भएको छ । अर्कोतीर निकै ठूलो चुनौतीहरुको पनि महसुस भएको छ । वर्गीय बनावटको हिसाबले अलिबढि मध्यमवगर्को वाहुल्यता रहेको ठाउ“ हो । क्रान्तिजनआन्दोलन उभारमा जा“दा मध्यमवर्ती तप्का सबै क्रान्तिकारी हुने उतारमा जा“दा सबै प्रतिगामी हुने धरातल पनि हो । त्यसैले यहा“ ठूलो ठूला उतारचडावहरु पनि हामीले वेहोरेका छौ ।
हिजो एक वर्षअगाडि हामी फर्केर हर्ेदा लगभग ७० जति साथीहरुलाई फुलमाला अबीर लगाएर एक किसिमको आत्मघाति दस्ताको रुपमा विदाई गरेका थियौ । कोही साथि पनि सहादत भएनन् वेपत्ता भएनन् । यो कुरा यो व्यूरोको ऐतिहासिक घटना भन्दा पनि हुन्छ । यसमा केही संयोगहरुपनि छन् । हामीले प्रचण्डपथलाइ हाम्रो विचारधारा र कार्यदिशालाई सही ढंगले पकड्ने र लागु गर्ने कुरोको रुपमा पनि लिएका छौ । एकबर्षअगाडि हाम्रासाथिहरु काठमाडौ आउ“दा कुनै घरमापनि बासनपाउने जस्तो अवस्थामा एकाध मानिसले मात्रै बासदिने अवस्थामा कतिपय हाम्रा साथिहरुले ग्यारेजमा पनि रात विताउनुभएको थियो । आज फेरी उपत्यका सबै हाम्रो जस्तो, सबै माओवादीमय पनि भएको छ । यसलाई वर्गसंर्घष्ाको त्रि्रतामा बुझ्न जरुरी छ । उभार आउ“दा त्यसलाई व्यापक ढंगबाट जाने र त्यसलाई संगठित गर्न जरुरी छ । र उतार आउ“दा एकदम खराव स्थीतिलाई सामना गर्न पनि तयार रहनु पर्दछ । उभार आउदा हौसिने र उतार आउदा निराश भएर विचल्लीत हुने प्रवृति पनि निम्नपु“जीवादी प्रवृति हो । तर क्रान्तिकारी प्रवृतिभनेको उभारलाई पनि समात्नु सक्नु पर्दछ र त्यह“ा संक्रिणताको खतरा हुन्छ । र उतार आउ“दा विचल्लीत हुने होइन त्यसको सामना गर्न पनि तयार रहनु पर्छ । त्यतिखेर त्यो विचलनवादको विरोध गर्नु पर्दछ । उभारलाई पकड्न नसक्ने वामसंकिंणतावादको खतरा हुन्छ भने उत्तारलाई सामना गर्न नसक्ने दक्षिणपन्थी विचलन खतरा हुन्छ ।
त्यसैले हामी न वाम संकिर्ण्र्ाादी न दक्षिणपन्थी विचलनवादी हौ । हामी आफ्नो र्सवहारावादी भिजनका साथ मध्यमवर्ती तप्कालाई ठिक ढंगले लिएर जाने र परिचालन गर्ने ठाउ“मा पनि छौ । सूचना प्रविधिका हिसाबले राजधनी पनि भएकोले अर्न्तविरोधहरुको संकेन्द्रीत ठाउ“ पनि हो । एकता र संर्घष्ामा एकदमै त्रि्रतर छ । उत्तिखेरै एकता छ, अनि उत्तिखेरै संर्घष्ा । एकता समात्यो संर्घष्ा छोडिदिने र संर्घष्ामात्रै समात्यो एकता छोडिदिने । मुख्य र सहायक संर्घष्ा ठिक ढंगले सञ्चालन गनर्े, संर्घष्ा र एकताको त्रि्रता अर्थात वस्तुको गतिलाई पकडन तयार हुने र आफ्नो वर्गीय दृढता र रणनीतिलाई समात्ने र कार्यनीतिक रुपले आफ्नो वर्गको पक्षमा कार्यनीतिक लचकता पर््रदशन गर्ने ठाउ“मा पनि छौ । यो कमाण्डलाई यसरी समुच्चयमा बुझ्न जरुरी छ ।
यो शाही सत्ताले आफ्नो सत्ता खोसिदिएर बर्र्सौदेखि उत्पीडन, दमनगरेर राखेको नेवार जातिहरुको आदी थलो काठमाडौ हो । त यहा“को व्रि्रोहलाई संगठित गरेर नेवारहरुको खोसिएको सत्ता पर्ुनःस्थापित गर्राईदिन नेकपा-माओवादी)ले कसरी सोचेको छ ?
यो उपत्यकामा केन्द्रीय राज्यसत्ता बन्ने क्रममा लामो समयसम्म प्रतिरोध गरेका जातिको रुपमा नेवार जाति चिनिन्छ । र अन्तत् पराजित भईसकेपछि सामान्ती शाही सत्ताले दर्जनौ धार्नी नाक कान कार्टर्ीीत्पीडन गरी अपमान गरेको र राज्यसत्ताको सम्पर्ुण्ा अगंबाट विमुख गराएको अवस्था छ । एकातिर सामान्ती राज्यसत्तासंगको संर्घष्ाको निर्णर्ँयक विन्दुमा छौ यर्सअर्थमा निर्ण्ाायक प्रतिरोध गर्ने जाति नेवार जाति र त्यसका उत्पीडित वर्गले, त्यहाभित्रका आधारभूत वर्गले फेरी पनि त्यस्तै ऐतिहासिक प्रतिरोध र व्रि्रोहको प्रतिनिधित्व गर्नुपर्ने अवस्था आएको छ । त्यसैले सामन्तवादबाट खोसिएका आफ्ना राजनैतिक, आर्थिक, सा“स्कृतिक अधिकारको लागि आत्मनिर्ण्र्ााो अधिकारसहित नेवाः स्वाशासनका लागि नेवार जाति अन्तीम व्रि्रोहमा जुट्न जरुरी छ । यो अहिलेको ऐतिहासिक आवश्यकता हो ।
त्यसको लागि हाम्रो पार्टर्ीी नेवार जातिलाई संगठित गर्ने, आन्दोलित गर्ने, प्रशिक्षित गर्ने पहिलो आफ्नो प्राथमिक भूमिकाको रुपमा कर्तव्यको रुपमा लिएको छ ।
सामान्ती राज्यसत्ताको केन्द्रभएकाले यसकमाण्डमा रहेका विभिन्न अर्न्तविरोधहरुका बावजुत नेकपा-माअेावादी)पार्टर्ीीे केन्द्रीय समितिको भर्खरैको निर्ण्र्ाानुसार शन्तिपर्ूण्ा ढंगबाट अगाडिबढ्ने निर्ण्र्ाासहित आएको छ साथै भर्खरै मात्रै पार्टर्ीी खोलकुदको नया“जिम्मेवारी पनि थपेको छ यसअवस्थामा आफ्नो जिम्मेवारीलाई सफलताका साथ सम्पन्न गर्ने कस्तो योजनामा हुनुहुन्छ तपाई ?
राजनैतिक जिम्मेवारी त पहिलेदेखिनै पाउ“दै आएको जिम्मेवारी भैहाल्यो । केन्द्रीय हेडक्वाटरको जिम्मेवारी वाडफाडको क्रममा मलाई खेलकुद पनि परेको छ । विगतमा पञ्चायति व्यवस्थाले आफ्नो निरंकुश व्यवस्था टिकाउनको लागि गुण्डागर्दी, तस्करी र धा“धलीमा प्रयोग गर्ने साधनका हिसावले खेलाडीहरुलाई प्रयोग गरेको थियो । संसदीय व्यवस्थाको समयमापनि विभिन्न पार्टर्ीीले धा“धली गर्ने, बुथ क्याप्चर गर्ने, शक्तिको रुपमा दुरुपयोग गर्दै आएको खेलाडिहरुलाई, यूवा जनसक्तिहरुलाई सही ढंगले विकास गर्नको लागि खेलकुद भनेको मानसिक र भौतिक स्वास्थ्य मानिसको लागि अनिवार्य र्सत हो । खेलकुद र खेलाडी भनेको राज्यको एउटा गौरवको विषय पनि हो ।
अहिले विश्वमा कुनै देशलाई चिनाउनको लागि आफ्नो समृद्धिको परिचय दिनको लागि खेलकुदलाई लिने गरिन्छ । कमसेकम देशको सम्पन्नता, स्वछता भनेको उसको खेलकुदमा भएको विकासले देखाउछ । आम जनतालाई खेलकुद एउटा नर्ैसगिक अधिकारको रुपमा मानसिक एवं शारिरीक रुपले जनशक्ति तयार गर्ने माध्यमको रुपमा लैजानु पर्दछ । र खासगरी खेलकुद परिषद भित्रको मण्डलेकरण, पार्टर्ीीणलाई अन्त्यगर्दै बास्तविक खेलाडिहरु जो वास्तवमा खालिखुट्टाले म्याराथुन दौड पुरा गरेका खेलाडिहरु जसलाई यो राज्यले सम्मान गर्न सकेको छैन् । जसले हाम्रो देशको इज्जत बढाएको छ । त्यसप्रकारका वास्तविक खेलाडिहरुलाई सम्मान गर्ने, संरक्षण गर्ने , र वास्तविक देशको गौरवको लागि खेलाडिहरु उत्पादन गर्ने र खेलकुदलाई सम्मानित पेशा र शिक्षण कलकाको क्षेत्रको रुपमा विकास गर्ने र आम नेपाली नागरिकलाई एउटा मानसिक र शारीरिक रुपले तन्दुरुस्त बनाउनको लागि खेलकुदलाई एउटा अभियानको रुपमा लैजाने जिम्मेवारीको रुपमा मैले यसलाई लिएको छु ।
निकट भविष्यमानै हाम्रो पार्टर्ीीनकटको खेलकुद संगठन मार्फ राष्ट्रिय स्तरको खेलकुद प्रतियोगीता आयोजना गर्नेछौ जसले यी अभिभाराहरुपनि पुरा गरोस् र अर्कोतर्फखोलाडिहरुको दुरुपयोग गरेर तस्करी गर्ने, वुथ लुट्ने, आतंक मच्चाउने अपराध गर्ने यस्ता सबै प्रवृतिलाई दुरुत्साहित गर्न सकियोस भन्ने हाम्रो लक्ष्य छ ।
अहिले अन्तरिमसंविधान जारी हुने लगभग निश्चित भएको छ । र अब हुने संविधान सभा र्सार्थक र सफल रुपले सम्पन्न गराउनको लागि उपत्यका लगाएतका शहरहरुमा रहेका हजारौ मजदुर, विद्यार्थी, कर्मचारी, लगाएतको भूमिका कस्तो हुनर्ुपर्छ भन्ने लाग्छ - कतै पुनः संविधानसभामा प्रतागामितत्वहरु अग्रगमनको नारा दिएर जनतामा जाने र भोलि पुनः सामान्ती शक्ति र यथास्थितिवादी शक्तिकै पक्षमा उभिने खतरा कत्तिको देख्नु हुन्छ ?

खतरा त जहिले पनि रहि राख्छ । क्रान्तिकारीहरुले जहिले पनि खतरासंग खेल्न तयार हुनर्ुपर्छ । पुरानो चिन्तन, पुरानो व्यवस्था, पुरानो सस्कृतिलाई ध्वंस गर्ने सहास गर्नुको अर्थ खतरास“ग खेल्ने भनेको हो । यस अर्थमा खतरा विहिन लर्डाई,राजनीतिक संर्घष्ा सोचियो भने त्यो एउटा आर्दशवाद अर्थात कोरा कल्पना मात्रै हो । जुन सम्भव नै छैन । हिजो संसदमा पनि खत रास“ग खेल्न गयौ हामी । हामी संसदवादी भासमा फस्न सक्थ्यौ । त्यस्तै जनयुद्ध सुरु गर्‍यौ पुरै ध्वस्त हुन सक्दथ्यौ । आफ्नो ज्यान लगाइर जोखिममा राजनैतिक कार्यदिशालाई जोखिम मोल्दै हामीले प्रयोग गर्यौ । आज फेरी अर्को राजनैतिक कार्यदिशाको प्रयोग गर्दैछौ । यहा“ लाखौं जनताको ज्यान जोखिममा पर्न सक्छ । हाम्रो राजनैतिक कार्यदिशा असफल हुन सक्छ । हाम्रा सयौ लिडरहरु सिद्धिन सक्दछन् । पि एल ए सिद्धिन सक्छ । यो निकै ठूलो जोखिम हो । ऐतिहासिक जोखिम र चुनौतिहरु जसले सामना गरेर ठिक ढंगले हल गर्यो त्यसैले नै संसारलाई नया“नेतृत्व नया“ भिजन दिएको छ ।
यस अर्थमा हामी विश्वस्त छौ र निकै ठूलो प्रयोग गर्दै छौ । र निकै ठूलो जोखिमस“ग पनि खेल्दै छौ । संविधानसभा सजिलै भैहाल्छ भनियो भने त्यो एउटा कोरा कल्पना मात्रै हुन्छ । संविधानसभा ह“ुदा ठूलो संर्घष्ाको बिचबाट र लाखौं लाख जनताको बिचबाट राष्ट्रिय अभियानको रुपबाटमात्रै सम्पन्न गर्न सकिन्छ । यदि धर्ती आकाश हल्लाउने गरी गणतन्त्रको नारालाई स्थापित गर्न सकीएन, भने जातिहरुको स्वाशासनका कुरा, नारी समुदायको मुक्तिका कुरा, मजदुर र किसानका अधिकारका कुरालाई स्थापित गर्दै करौडौ नेपाली जनतालाई आन्दोलित गर्न र परिचालित गर्न सकिएन भने यहा“ सामं्राज्यवादी प्रतिक्रियावादीहरुले सजिलै संविधानसभा हुन दिदैनन् । यदी त्यसो गर्न सकियो भने साम्राज्यवाद र प्रतिक्रियावादले केही गर्न सक्दैनन् र संविधानसभा हुन्छ । त्यो अवस्था पैदा गर्न नसक्दा सम्म संविधानसभापनि हुदैन र व्रि्रोहको सम्भावना पनि रहदैन ।
देशैभरि अभियान चल्छ गणतन्त्रवादीहरुको, विजयको सुनिश्चितता रहन्छ एकातिर, अर्कोतिर साम्राज्यवादी प्रतिक्रियावादीहरु षडयन्त्रका साथ रोक्न कोशिस जसले कोसिस गर्छ त्यो नेपाली जनताको गणतान्त्रिक चेतनाको अगाडि धुलोपिठो हुनेछ । र संविधानसभा हुन दिएन वा भएन भनेर नेपाली जनता चुप लागेर वस्ने छैनन् र उनिहरुको व्रि्रोहले केन्द्रीय सत्ता कब्जा हुनेछ ।
हामीले भनेका छौ राष्ट्रिय उभार खडा गरेर संविधान सभाको चुनाव गरिन्छ । गणतन्त्रमा यो देश जान्छ कुनै विवादनै छैन् । गणतन्त्रमा जानको लागि संविधानसभाको चुनाव, शान्तिपर्ूण्ा निकास कसैले रोक्नै सक्दैन किनकी नेपाली जनता सचेत भईसकेका छन् ।
संविधानसभाकै शुनिश्चितताकै मान्यतामा संविधानसभापश्चात नेपालको सैद्धान्तिक तथा राजनैतिक गन्तव्य कस्तो हुनेछ - अर्थात अन्तत जनताले गौरव गर्ने विचारको विकास सहित नया“ नेपाल बनाउनेछ भन्ने विश्वास कसरी गर्नुहुन्छ ?
हामी पर्ूण्ा रुपले विश्वस्त छौ । त्यसको आधार हाम्रो पार्टर्ीी वैचारिक राजनैतिक कार्यदिशाको विकास गरेको छ । त्यो कार्यदिशामा नेपाली जनताको विश्वास छ । नेपाली जनता साम्राज्यवाद सामन्तवादका विरुद्ध आन्दोलित छ । ११बर्षो जनयुद्धको क्रममा नेपाली जनता आफ्नो अधिकार प्रति पुरा रुपबाट सचेत छन् । संविधानसभाको निर्वाचन मार्फ लोकतान्त्रिक संघिय गणतन्त्र नेपाल स्थापना हुनेछ । त्यसले आर्थिक रुपले सामन्तवादीको, दलाल पु“जीवादको अन्त्य गर्नेछ । एउटा राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्नेछ । जसले मजदुरहरुको समस्या हल गर्नेछ । जसले भूमिहीन किसान, वेरोजगार यूवाहरु, हजारौ वर्षेखि उत्पीडनमा रहेका महिलाहरुको समस्याको हल गर्नेछ । जसले सयौ वर्षेखी आफ्नो राज्य, पहिचान खोशिएका जाति जनजातिहरुलाई स्वाशासनका साथ उनीहरुलाई मुक्ति दिलाउनेछ ।
संविधानसभामार्फtराज्यको पर्ुनः संरचना हुने भनिएको त छ । तर जसरी राजनैतिक एवं वैचारिक रुपमा नेतृत्व र पहलकदमी र्सवहारावादी नेतृत्वमा आएको छ त्यसरी आर्थिक पु“जीको स्रोतचाही अझै पनि सभ्रान्त परिवार, पु“जीपति वर्ग र सामन्त नोकरशाही तप्का संगनै सिमित रहेको पाईन्छ । यो कस।री जनतामा आउछ भन्ने विश्वास दिलाउनुहुन्छ ?
जनतामा आउने विश्वास अहिले अन्तरीम संविधानले पनि ढोका खेालेको छ । एकात्मक राज्यसत्ताको अन्त्य हुनेछ । राज्यसत्ता समावेशी प्रकारको हुनेछ । भनेको स्वायत्ततासहितको संघात्मक राज्य हो । दोश्रो आर्थिक रुपले वैज्ञानिक भूमिसुधार लागुहुन्छ भन्नुको अर्थ सामन्तहरुको भूमि खोसिन्छ भनेको हो । राष्ट्रिय अर्थतन्त्रको विकास गरिन्छ भन्नुको अर्थ दलाल पु“जीलाई जफत गरिन्छ भनिएको हो । अर्थात यसले ढोका खोलिसकेको छ नेपाली जनताको सचेत प्रयत्नबाट संविधानसभामार्फ यसलाई सस्थागत गरिनेछ ।
अन्तत, एउटा मालेमावादी विचारको विकासकै क्रममा नया“ विचारको सफल प्रयोगका साथ नेपाली राजनीति अगाडि बढिरहेको छ । जसले विश्व र्सवहारावर्गको मुक्तिको ढोका खोलिरहेको यस र्सर्न्दभमा एउटा क्रान्तिकारी नेतृत्वको हिसावले आम विश्वभरका जनसमुदायबाट कस्तो सहयोगको अपेक्षा राख्नुहुन्छ ?
हो अहिले विश्वव्यापी महत्व राख्ने, विश्व र्सवहारावर्गलाईनै नया“ कार्यदिशा दिने सम्भावना सहितको उचाईबाट ऐतिहासिक अभिभारासहित काम गर्दै छौ । त्यो सम्भावना हामीले देखेका छौ । यर्सअर्थमा यो विचारले सबै उत्पीडित नेपाली जनतालाई एकतावद्ध गर्नेछ र यो विचारले विश्वका सबै उत्पीडित बर्गलाई एकताबद्ध गरेर साम्राज्यवादका विरुद्ध एकतावद्धभएर खडा हुन प्रेरणा दिनेछ । र मार्क्सवादका तीनै संगठक अंगहरुमा हामी विकास गर्न सक्नेछौ ।
माओत्सेतुङको निधन पश्चात र्सवहारावर्गले सामना गर्दै आएको विचारधारा विकासको समस्या र नेतृत्वको समस्या एकैसाथ हल हुने अपेक्षा हामीले राखेका छौ । र यसकालागि हाम्रो अन्यदेशका भाईचाराहरुसंग पनि छलफल चलिरहेको छ । भर्खरै मात्र पनि १३देशका भाईचाराहरुसंग एउटा अन्तराष्ट्रिय स्तरको सेमिनारमा हाम्रो अर्न्तक्रिया भएको छ । उहा“हरुले सहयोग गर्ने वाचा दिनुभएको छ । त्यसैगरी विश्वका उत्पीडित जनता राष्ट्रिय मुक्ति आन्दोलन संग पनि हामी अर्न्तक्रियामा छौ साम्राज्यवाद विरोधी संर्घष्ाको सकारात्मक किसिमको र्समर्थन पाएका छौ । कुटनीतिक रुपले पनि विगत भन्दा धेरै प्रयत्न गरेका छौ । साम्राज्यवाद विरुद्ध हामीले कुटनैतिक रुपमा धेरै नै सफलता र सम्भावनाहरु पाएका छौ । यो सबैको योगबाट हामीले नया“ कार्यदिशाको विकास गर्न सक्छौ । २१औ शाताब्दीमा जो विचारधारको समस्या, राजनैतिक कार्यदिशाको समस्या विश्यका जनतालाई छ त्यो हामी हल गछौ भन्ने हामीलाई लागेको छ ।
अन्तत, कृष्णसेन अनलाईनका विश्वभर रहेका लाखौ पाठकहरुमा विद्यमान कतिपय अस्पष्टता, अन्यौलता, कौतुहललाई केही हदसम्म भएपनि स्पष्ट पारिदिनु भएकोमा यहा“लाई धन्यवाद !
तपाईहरुको अनलाईन टीमलाई पनि धन्यवाद दिदै विश्वभरका सबै पाठकहरुलाई पनि हाम्रो नया“ विचारधारात्मक प्रयोग, कार्यदिशाको प्रयोग नया“संर्घष्ाको प्रयोगलाई, नजिकबाट हर्ेन आलोचना, सुझाव दिने र हाम्रो पार्टर्ीीेकपा-माओवादी)को तर्फाट यो प्रक्रियालाई पुरा गर्न सहयोग गर्नको लागि पनि अनुरोध गर्दछु ।
समाप्त

कन्टेनरमा हतियार राखे पनि त्यसको मालिक जनमुक्ति सेना भइरहनेछ
क.प्रचण्ड, अध्यक्ष- नेकपा -माओवादी)
हालै नेकपा -माओवादी)को केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ । यो बैठकको महत्त्वपर्ूण्ा पक्ष के हो -

यसपालिको केन्द्रीय समितिको बैठक विगतको बैठकभन्दा अलिकति भिन्न प्रकृतिको रह्यो । भिन्न कुन अर्थमा भने बैठक सात दिन चल्यो । तर सात दिन लगातार चलेन । वार्तास“ग सम्बन्धित अन्य कामहरूको साथसाथै हामीले बैठकलाई चलायौं । दोस्रो विषयवस्तुको दृष्टिले बृहङ्गम छलफल गर्‍यौं किनकि नितान्त भिन्न राजनैतिक परिस्थितिमा हामीले पार्टर्ीी कामलाई अगाडि बढाउनर्ुपर्ने स्थिति छ ।
हिजो युद्धको स्थितिबाट अहिले शान्तिपर्ूण्ा राजनैतिक प्रतिस्पर्धाको स्थितिमा जा“दा आउन सक्ने विविध कोणका जिज्ञासाहरू र संगठनात्मक रुपान्तरणको निम्ति आवश्यक पर्ने संरचनामा र कार्य विभाजनमा गर्नर्ुपर्ने फेरबदल, रुपान्तरणको निम्ति/ सबै कोणबाट बृहङ्गम छलफल गर्न हेडक्वार्टरको तर्फबाट प्रस्ताव राखिएको थियो । र कमरेडहरूले पनि खुलेर छलफल राख्नुभयो । विभिन्न पक्षमा रहेका जिज्ञासा अथवा कतिपय प्रसंगमा रहेका अन्यौलहरू कमसेकम केन्द्रीयस्तरमा साफ भएका छन् ।
यस अर्थमा यो बैठक निकै महत्त्वपर्ूण्ा र दूरगामी रह्यो भन्ने हाम्रो भनाइ छ ।
अरु के-कस्ता निर्ण्र्ाारू लियो बैठकले -
केही महत्त्वपर्ूण्ा निर्ण्र्ाारू लिइएको छ । यसको तार्त्पर्य हामीले संगठनको क्षेत्रमा संरचनामा हेरफेर गरेका छौं । त्यो हेरफेर ठूलै किसिमको छ । जसमा पहिले तीन वटा कमाण्ड भनेर चलाउने गर्थ्याै तर यसपटक एउटा अन्तर्रर्ााट्रय सहित छ वटा कमाण्डको संरचनामा लगियो । यस हिसाबले पनि फरक देखिन्छ । क्षेत्रीय ब्युरोहरू जसरी पहिले बन्ने गर्थे त्यसलाई पनि बदलेका छौं र जिल्लाहरूको पनि हिजो युद्धको स्थितिअनुसार भूगोल विभाजन गर्दथ्यौं तर अहिले भोलिको चुनावी आवश्यकतालाई पनि मध्यनजर गरेर जिल्लाहरू सबै जोडिएको छ । पहिलेको प्रशासनिक आधारमै जिल्ला कमिटीहरू बनेका छन् । र चुनाव क्षेत्रलाई पनि संगठनको एउटा इकाइको रुपमा लिनर्ुपर्छ र त्यो चुनावी मोर्चा जित्नको लागि पनि एउटा नया“ आधार बनाउनर्ुपर्छ भनिएको छ ।
विचार र राजनैतिक कार्यनीतिको दृष्टिकोणले भन्नुपर्दा चाहिं हामीले अहिले पनि गणतान्त्रिक मोर्चा बनाउने कुरा, वाम मोर्चा बनाउने कुरालाई अझ गम्भीरतापर्ूवक अगाडि लैजानर्ुपर्छ र परिस्थिति यस्तो सिर्जना गर्नर्ुपर्छ कि चुनाव हुने स्थितिमा आमूल परिवर्तनकारीहरू भनौ वा हाम्रा पार्टर्ीी नेतृत्वमा हुने त्यसखालका मोर्चाहरूको अत्यधिक बहुमत सुस्पष्ट गर्ने ढंगले हामीले कार्यनीतिको विकास गरेका छौं ।
बैठकले सरकारमा जाने र अन्तरिम विधायिकामा जाने टिम तयार गरेको छ । त्यो टिम कस्तो हुनेछ नेपाली जनतालाई भनिदिनुहोस् न -
हामीले अन्तरिम व्यवस्थापिकामा जाने ७३ जनाको बारेमा केन्द्रीय समितिको बैठकमा छलफल गर्‍यौं । मैले हेडक्वार्टरको तर्फबाट संगठन कार्यदललेे पेश गरेको नामावलीमा केही थपघट गरी केन्द्रीय समितिमा प्रस्तुत गरेको थिए“ ।
त्यसमा केही सुझाव आएको छ र त्यसलाई जतिबेला आवश्यक पर्छ हेडक्वार्टरले नै अन्तिम रुप दिएर प्रस्तुत गर्ने भन्नेछ । त्यो नाम प्रस्तुत गर्दा नया“ नेपालको जो हामीले परिकल्पना गरिराखेका छौं, जसमा वर्गीय, जातीय, क्षेत्रीय, लिङ्गीय समस्याको समाधान गर्ने भन्ने हिसाबले त्यसलाई आधार बनाइएको छ । र, नामहरू त्यही ढंगले प्रस्तुत गरिएको छ । जस्तो उदाहरणको लागि ४० प्रतिशत महिला व्यवस्थापिकामा पठाउने निधो गरेका छौं । यसोगर्दा महिला २९ जना व्यवस्थापिकामा जा“दैछन् ।
महिलाभित्र पनि मधेशी, जनजाति, वर्गीय सबै क्षेत्रबाट मिलाउन अधिकतम कोसिस गरिएको छ । त्यस्तै जनजातिको पनि पर्ूवदेखि पश्चिमसम्म त्यही अनुपातमा हामीले मोटामोटी ३० प्रतिशतभन्दा बढी नै मिलाइएको छ ।
पहिलो पटक हाम्रो पार्टर्ीी ७३ जना भित्रबाट मधेशलाई समानुपातिक ढंगबाट आउने गरी पर्याप्त प्रतिनिधि पठाउन बल -प्रयत्न) गरेको छ । त्यसले मधेशी जनतामा सकारात्मक र विश्वासको भाव पैदा हुने हामीले विश्वास लिएका छौं । यसरी हर्ेदा वर्ग, जाति, क्षेत्र, लिङ्गको समानुपातिक ढंगले हामी पठाउ“छौं ।
बा“की ४८ सीटमा कसरी पर्ठाईंदैछ -
हामीले ४८ मध्ये को पठाउने भन्ने निधो भएको छैन । हामीले ६ सीट मागेका छौं । तर ठूला पार्टर्ीी ६ होइन १० लिनर्ुपर्छ भनिरहेका छन् ।
कसरी उनीहरू १० दिन चाहने, पार्टर्ीी लिन चाहने यो किन नि -
अझ १२ दिने जस्तो पो छ अहिले त । आठ पार्टर्ीीे बैठकमा साना पार्टर्ीीे भनाइ थियो कि जनआन्दोलनमा सबैले भाग लियौं । आन्दोलनका सहयात्री सबैलाई बराबरी बा“डियोस् । किनकि अबको चुनावमा कसले कति जित्छ थाहा छैन । पुरानो चुनावका आधार सानो ठूलो मान्नु हुन्न ।
विगतमा जे-जसरी सहभागिता रहे पनि आन्दोलनमा समान हिसाबले सबै पार्टर्ीीहभागी भएकाले ४८ सीट समान हिसाबले बा“डिनर्ुपर्दछ भन्ने साना पार्टर्ीीको माग थियो । त्यो माग हामीलाई पनि जायज लाग्यो । किनकि हिजोको हिसाबले जो संख्या अहिले संसदमा छ, हाम्रो विचारमा राजनीतिक हिसाबले त्यो बेठीक छ । नैतिक हिसाबले पनि यो तथाकथित अहिलेको संसद जबर्जस्ती ब्यु“ताइएको छ । आन्दोलनमा त सबै पार्टर्ीीमानरुपले भाग लिएका छन् । यो ४८ जो मनोनयन गर्ने सीट छ, त्यसलाई बराबरी बा“ड्दा ठीक हुन्छ । त्यसरी बा“ढ्दा सबै दललाई छ/छ वटाका दरले पर्दछ । त्यसरी हामीले छ सीट मागेका हौं । र, सबैलाई बराबरी बा“डिदियौं भनेको छौं । तर ठूला पार्टर्ीीन्नेहरू यसमा सहमत छैनन् । उनीहरूका भनाइ कांग्र्रेस, एमाले र हामीलाई बराबरी बा“ड्ने कांग्रेस -प्रजातान्त्रिक)लाई छ सिट र अरुलाई ३/३ गर्ने भन्नेछ । अझ कतिपयले यही तीन सीट पनि साना पार्टर्ीीई धेरै भयो भन्ने ठूला पार्टर्ीीट हामीलाई आइरहेकोछ ।
त्यसो हुनाले हामीले थोरै माग्ने तर हामीलाई धेरै दिने स्थिति यसरी बन्यो । हामीले के सोचेका छौं भने त्यो १० मिलोस् वा ६ मिलोस् अथवा १२ जे भए पनि पार्टर्ीीदा बाहिरका यो देशमा लोकतान्त्रिक गणतन्त्र स्थापनाका निम्ति भूमिका खेल्ने त्यस्ता स्वतन्त्र व्यक्तित्वहरू, विभिन्न क्षेत्रका प्रतिभाहरूलाई हामीले त्यसमा लैजाने सोचेका छौं । र ती नामहरूका बारेमा पनि केन्द्रीय समितिमा छलफल गर्‍यौं । र अन्तिम टुंगो चाहिं हेडक्वार्टरले लगाउने छ ।
गत १५ वर्षो संसदीय अभ्यासमा पद र सत्ताका लागि दलका नेताहरूले त“छाडमछाड गरेको देखियो । नेकपा -माओवादी) पार्टर्ीी अहिले सरकार र संसदमा जान त्यस्तै लस्कर छ कि -
छैन पटक्कै छैन, यसमा हामी जान्नौं भन्नेमा नै विवाद छ । तर को जाने भन्ने कुरामा कत्ति पनि विवाद छैन । अहिले हाम्रो त हु“दै जा“दा नजाने पो राम्रो हो भन्ने पर्ला भन्ने डर छ, जानर्ुपर्छ, त्यो पनि एउटा मोर्चा हो । त्यहा“ गएर पनि लड्नर्ुपर्छ भनेर कन्भिन्स गर्नुपरेको छ ।
त्यस्तो लस्कर जो संसदवादीहरूमा देखिने गर्दछ त्यसको ठीक उल्टो हाम्रो पार्टर्ीी जानर्ुपर्छ भनेर कन्भिन्स गर्नु परिराखेको छ ।
त्यहा“ राम्रा साथी गएर नलड्नेहो र त्यो मोर्चा कमजोर पर्‍यो भने त चुनाव जित्न सकिंदैन भनेर त्यतापट्ट िहामीले कन्भिन्स गर्नुपरेको छ । एकाध कोही होलान् त्यस्तो तर हेडक्वार्टरमा 'म हुनुपर्‍यो' भन्ने कहीं कतैबाट सुनिएको छैन । र केन्द्रीय समितिमा छलफल हु“दा पनि मलाई नलगियोस् भन्नेमै सबै कमरेडहरूको मत रह्यो ।
जसरी ०४८ सालमा पार्टर्ीीुनावमा जा“दा उम्मेदवार बन्न नचाहे इमान्दार क्रान्तिकारी पनि थिए अहिले पनि त्यसै भएको हो -
त्यतिबेलाको स्थितिमा क्रान्तिकारीको ग्रीप कमजोर थियो । र क्रान्तिकारीहरूको जो ग्रीप थियो उनीहरूलाई हामीले जानर्ुपर्छ भनेर कन्भिन्स नै गर्नुपरेको थियो । चुनाव लडेर पनि जनतालाई कन्भिन्स गर्नर्ुपर्छ भन्ने थियो । तर, भर्खरै भर्खरै एकता भएको र विभिन्न प्रकृतिका मान्छेहरूको ठूलो तप्का जानको लागि पनि त“छाडमछाड गर्ने र संसद नै सबै हो भन्ने हाम्रा लामाजीहरूको एउटा लाइन थियो । ती लाइनका मान्छेहरू हामीस“गै थिए । ती त धर्नै कस्न आउ“थे ।
तर क्रान्तिकारीहरूको ग्रीपको कुरा गर्दा उनीहरूलाई कन्भिन्स गर्नर्ुपर्दथ्यो । अहिले आउ“दा मैले के देख्दछु भने १० वर्षो जनयुद्धपछि नया“ राजनीतिक परिवेश बनेर हामी फेरि चुनावी प्रतिस्पर्धामा जाने तयारी गरिराखेको स्थितिमा सरल रुपमै पार्टर्ीीक्तिको अत्यधिक संख्या पार्टर्ीी जे भन्छ त्यही गर्नेमा छ ।
अहिलेको राजनैतिक परिस्थितिको बारेमा अन्तर्रर्ााट्रय शक्तिहरू पनि खुशी भइरहेको जस्तो, सत्ताधारी पनि खुशी भएका र क्रान्तिकारीहरू पनि सापेक्षित सन्तुष्ट जस्तो यो बेलामा जनतालाई कसरी स्पष्ट पार्ने कसको खुशी कस्तो हो भनेर-
अहिले जसरी वार्ताको टेबुलमा हामी बसिराखेका छौं । दर्ुइ वटा वर्ग, दर्ुइ वटा सत्ता, दर्ुइ वटा विचार कोही पनि पर्ूण्ा रुपमा पराजित भएको छैन र कोही पनि पर्ूण्ारुपमा विजयी भएको छैन । अहिलेको स्थिति त्यही हो । वार्ताको टेबुलमा लेनदेन भइनै हाल्छ । त्यो लेनदेनका क्रममा कहिलेकाहीं त्यस्तो परिस्थितिहरू पैदा हुन्छ कि दुबैले आफूलाई विजयी भएको महसुस गर्दछन् । महसुस यसकारण गर्छ कि सामन्तहरूले आप\mनो सुदिन आयो भनेका हुन सक्छन् । क्रान्तिकारी जनताले पनि यो बाटोबाट अलि सहज रुपमा सुदिन आउ“छ कि भनेर परिकल्पना गर्दछन् । यो संक्रमणकाल हो । यो संक्रमणकालमा त्यस्तै हुने गर्दछ । तर अन्तिममा को विजयी हुन्छ र को पराजयी हुन्छ भन्ने कुराको फैसला जनताले नै गरुन् भन्नेमा हामी छौं ।
केन्द्रीय समितिमा हामीले जनताको बीचमा अभियानका रुपमा गाउ“ तहसम्म जाने भन्ने बनाएका छौं । त्यो अभियान गइसकेपछि अब सम्पर्ूण्ा फैसलाको अधिकार जनताको हातमा छ । अब जनता सचेत, संगठित र आन्दोलित हुनुपर्‍यो र कसलाई जिताउने र कसलाई हराउने, कुन विचार, कुन वर्गलाई कुन सत्तालाई जिताउने हो भन्ने कुराको फैसला जनताले दिने कुरा हो । हुनसक्छ यथास्थितिवादीहरू पुरानै सत्ताका पक्षधरहरू, प्रतिक्रिय