नेपाल पर्यटन बोर्डको पैसामा एमालेको
आाखा
पोखरा/नेपाल पर्यटन बोर्डको रिक्त कार्यकारी प्रमुखको लागि नेकपा-एमाले)
र नेपाली कांग्रेस जोडतोडले लागिरहेका छन्। वर्तमान निमित्त कार्यकारी
प्रमुख सुवास निरौलालाई हटाएर उक्त कार्यकारी प्रमुखमा एमाले निकट पर्वतका
जुद्धवीर गुरूङलाई ल्याउन पर्यटन मन्त्री पृथ्वीसुब्बा गुरूङसमेत जोडतोडले
लागेका छन्।
पर्यटन मन्त्री पृथ्वीसुब्बा गुरूङलाई साथ दिनेमा एमालेको तर्फबाट नेपाल
पर्यटन बोर्डको सदूय बनेका पोखराका बासु त्रिपाठी र पूर्व पर्यटन मन्त्री
प्रदीप ज्ञवालीका निकट मुक्तिराम पाण्डे मरिहत्ते गरी लागेको पर्यटन
व्यवसायीबीच चर्चामा रहेका छ। बासु त्रिपाठी र मुक्तिराम पाण्डेलाई नेपाल
पर्यटन बोर्डको सदूय बनाउने तीन सदूयीय छनोट समितिका सदूय रहेका जुद्धवीर
गुरूङलाई कार्यकारी प्रमुख बनाउन त्रिपाठी र पाण्डे लाग्नुलाई नूनको
सोझो गर्न खोजेको पनि पर्यटन व्यवसायीहरू बताउाछन्। पर्वतबाट एमालेतर्फबाट
चुनावसमेत लडेका जुद्धवीर गुरूङलाई नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख
बनाउन सके बोर्डमा रहेको करोडौं रूपैयाा विभिन्न बहानामा संविधानसभा
निर्वाचनमा एमाले कार्यकर्तालाई खर्च गर्न पाइने दाउमा एमाले पार्टी
लागेको छ।
वासु त्रिपाठी पोखरामा लोकतान्त्रिक आन्दोलनका लागि गठन गरिएको ''शान्तिका
लागि पर्यटन समाज"का सदूय समेत रहेका व्यक्ति हुन् तर तत्कालीन
अवूथामा पोखरा पर्यटन परिषद्का अध्यक्ष गणेशबहादुर भट्टराईले लोकतान्त्रिक
आन्दोलनलाई समर्थन नगरी ज्ञानेन्द्रको सत्तालाई सहयोग गरेको भन्दा पर्यटन
परिषद्ले लोकतान्त्रिक आन्दोलनमा सहयोग नपुर्याउनेदेखि शान्तिका लागि
पर्यटन समाजका सह-संयोजक विश्वशंकर पालिखेले पोखरा पर्यटन परिषद्को सल्लाहकारबाट
र बासु त्रिपाठीले सदूयबाट संयुक्त राजीनामा समेत दिएको पोखराका पर्यटन
व्यवसायीहरू बताउाछन्। तर वासु त्रिपाठीले आफू नेपाल पर्यटन बोर्डको
सदूय बन्न पोखरा पर्यटन परिषद्को सिफारिस चाहिने भन्दै गोप्य रूपमा राजीनामा
फिर्ता लिई आन्दोलनविरोधी गणेश भट्टराईलाई समर्थन गरी द्धैध चरित्र देखाएकोमा
पर्यटन व्यवसायीहरू आश्चर्यमा परेका थिए।
पछि पर्यटन बोर्डको सदूय भएका त्रिपाठी अहिले 'पोखरा भ्रमण वर्ष - २००७'
का संयोजक बनेका छन्। उक्त भ्रमण वर्षको नाममा लाखौं रूपैयाा खर्च भैसकेको
भए पनि त्यसको हिसाबकिताब समेत पारदर्शी छैन। रक्सी खानमै पाँचलाखभन्दा
बढी खर्च भएको भ्रमण वर्षको पैसा त्रिपाठीले केन्द्रबाट खर्च गरेको भन्दै
आफूनिकट पत्रकारहरूमार्फत प्रचार गराए तर पछि नेपाल पर्यटन बोर्डका निर्देशक
आदित्य बराल र अर्थनिर्देशक विनय प्रकाश श्रेष्ठ पोखरा आई भ्रमण वर्ष
२००७ को आयोजक समितिसमक्ष हिसाव पेश गर्दा सबैजसो खर्च विवरणमा बासु
त्रिपाठीकै हूताक्षर र सहमति भएको देखिएपछि आयोजक समितिकै सदूयहरूबीच
त्रिपाठीको द्वैध चरित्रको भण्डाफोर भएको थियो।
'विस्तारित बैठकमा एक वर्षको समीक्षा गरिने'
काठमाडौँ/नेकपा-माओवादी)का पश्चिम कमाण्ड इन्चार्ज विप्लवले पार्टीको
विूतारित वैठकमा एक वर्षको समीक्षा गरिने र पार्टीले आगामी दिनमा कूतो
कार्यदिशा अपनाउने भन्ने कुराको निर्धारण गर्ने बताउनुभएको छ।
शनिबार आरआर क्याम्पसमा सम्पन्न बैतडी-काठमाडौँ गणतान्त्रिक मञ्चको प्रथम
भेला तथा प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै इन्चार्ज
विप्लवले सो कुरा बताउनुभएको हो।
उहाँले भेलाको सफलताको कामना गर्दै यतिबेला सामन्तवाद र राजतन्त्रको
समूल नष्ट गर्ने र गणतन्त्रको ूथापना गर्ने कुरा नै मुख्य विषय हो भन्दै
यसको लागि सबै गणतन्त्रप्रेमी युवा, बुद्धिजीवीलगायतले गणतान्त्रिक मोर्चामा
आबद्ध हुँदै राजतन्त्रको अन्त्य गर्नुपर्ने बताउनुभयो। उहाँले विगत एकवर्षको
अन्य राजनीतिक पार्टीहरूसँगको सहयात्राको क्रममा आफ्नो पार्टी अत्यन्तै
उत्साहित भएको तर यतिबेला दलहरूको प्रवृत्ति र विदेशी कुटनीतिज्ञहरूको
व्यवहारले आफूहरूलाई गम्भीर बनाएको उल्लेख गर्नुभयो।
इञ्चार्ज विप्लवले यतिबेला नेपाली राजनीति घुम्तीमा आएर अड्किएको छ भन्दै
अब सार्थकताविहीन सरकार र सदनमा बून नसकिने पनि बताउनुभयो। उहाँले आसन्न
विूतारित वैठकले कार्यकर्ता र जनतामा रहेको अकर्मण्यतालाई चिर्दै उनीहरूलाई
विश्वूत र एकढिक्का बनाएर नयाँ नेपालको निर्माणलाई साकार रूप दिने विश्वास
व्यक्त गर्नुभयो।
कार्यक्रममा अर्का अतिथि सोनामले नेपाललाई गणतन्त्रमा लैजाने मुख्य चाबी
नै विदेशीको हातमा रहेकोप्रति विरोध गर्दै विहारको जूतो गणतन्त्र भने
आफूहरूलाई ूवीकार नहुने ूपष्ट पार्नुभयो।
उहाँले संविधानसभाको लागि शासकहरूले अमेरिका र भारतबाट सापट लिएको विचार
आवश्यक नभएको पनि बताउनुभयो। उहाँले पार्टीले दशवर्षे आन्दोलनको चिरफार
र एकवर्षे साझा यात्राको समीक्षा गर्नको लागि ठूलो ऐतिहासिक पर्व मनाउन
लागेको बताउँदै त्यही पर्वपछि कुन वर्गको राज्यसत्ता ूथापना हुने भन्ने
टुङ्गो लाग्ने बताउनुभयो।
कार्यक्रममा नेकपा -माओवादी)को तर्फबाट अन्तरिम व्यवूथापिका सदूय मन्जु
बम, बाजुरा जिल्ला इञ्चार्ज खगराज भट्ट, बझाङ्ग इञ्चार्ज शंकर खड्का,
गणतान्त्रिक मञ्चको तर्फबाट गंगा पराजुलीलगायतले मन्तव्य राख्नुभएको
थियो।
यसैबीच यही शनिबार राजधानीमा सम्पन्न बैतडी-काठमाडौं गणतान्त्रिक मञ्चको
भेलाले पुराणानन्द पन्तको संयोजकत्वमा चार जना पछि थप्ने गरी १३ सदूयीय
कमिटी गठन गरेको छ। उक्त मञ्चको समितिका उपाध्यक्षमा रमेश धावक, सचिवमा
अम्वादत्त भट्ट, सह-सचिवमा धर्मदेव कपाडी र कोषाध्यक्षमा माधवी भट्ट
हुनुुहुन्छ भने सदूयहरूमा सदूयहरूमा खेम भट्ट, चतुरबहादुर चन्द, महेशदत्त
भट्ट, टंकप्रसाद भट्ट हुनुहुन्न।
त्यसैगरी सुनसरी-काठमाडौं गणतान्त्रिक मञ्चका सोही दिन सम्पन्न भेलाले
रेवतीरमण अधिकारीको संयोजकत्वमा १० जना पछि थप्ने गरी २५ सदूयीय कमिटी
गठन गरेको छ। समितिको उपाध्यक्षमा विशाल सापकोटा, सचिवमा सुरज बजागाईं,
सह-सचिवमा पुजन विश्वकर्मा र कोषाध्यक्षमा लीला ओजा हुनुहुन्छ। त्यसैगरी
सदूयहरू चेवन पौड्ल, नरेन्द्र परियार, अशेषकुमार लम्साल, दीपक घिमिरे,
नवीन कार्की, राजेन्द्र दाहाल, चन्द्रमणि पोख्रेल, पविन श्रेष्ठ, सविता
काफ्ले र दीपक दाहाल छन्।
कस्केली बुद्धिजीवीहरूको पाचौँ जिल्ला सम्मेलन
पोखरा/अन्तरिम व्यवूथापिका संसदका विधायक तथा नेपाल राष्ट्रिय बुद्धिजीवी
संगठनका केन्द्रीय अध्यक्ष खिमलाल देवकोटाले बुद्धिजीवीहरूले आफ्नो बौद्धिक
क्षमतालाई उत्पीडित वर्गको सेवामा खर्चनुपर्ने बताउनुभएको छ। हिजो पोखरामा
भएको नेपाल राष्ट्रिय बुद्धिजीवी संगठन काूकीको पाचौँ जिल्ला सम्मेलनको
उद्घाटन गर्ने क्रममा वहााले सो धारणा व्यक्त गर्नुभएको हो।
उहााले सम्बोधन गर्ने क्रममा बुद्धिजीवीहरूमाथि लाग्ने आरोपहरू ूवयम्
बुद्धिजीवीहरूकै कारण आउने गरेको बताउानुहुादै आफ्ना बुद्धि र क्षमताले
कुन वर्गको सेवा गरेको छ भन्नेमा सचेत र चनाखो हुनुपर्नेमा जोड दिनुभयो।
समाजमा हुने वर्गहरूको बीचमा नै बुद्धिजीवीहरू पनि विभिन्न वर्गमा विभाजित
हुने र बुर्जुवा डिग्री होल्डरहरू मात्र नभई किसान तथा मजदुरहरू पनि
मानसिक श्रम गर्दछन् भने उनीहरू बुद्धिजीवी हुने वहााको तर्क थियो। वहााले
मध्यम वर्गको भूमिका निर्णायक हुने चर्चा गर्दै मध्यमवर्गीहरूमा जसको
विचार हावी गराउन सकिन्छ सोही विचार समाजमा विजयी बन्ने हुनाले नेपालमा
भइरहेको जनपक्षीय आन्दोलनलाई विजयी तुल्याउन पनि मध्यमवर्गी तप्काको
भूमिकामा निर्भर हुने बताउनुभयो। अहिले नेपालको संयुक्त सरकार सञ्चालनमा
तीब्रता नआउनुको पछाडि वर्गीय कारण रहेको उल्लेख गर्दै रूपमा सानो बिषय
जूतो देखिए पनि सारमा आठ दलकोबीचमा भएका वर्गीय आधारहरूले सिर्जना गरेको
वर्गीय अन्तरविरोध नै सत्ता सञ्चालनमा अवरोधक बनेकोमा वहााले जोड दिनुभयो।
सोही कार्यक्रमका अर्का वक्ता ने.क.पा.-माओवादी) काूकीका इञ्चार्ज कुमारले
बुद्धिजीवीहरूसाग भएको निपुर्णताको पक्ष र जनयुद्धबाट खारिएर आएका योद्धाहरूको
लाल पक्षलाई समायोजन गर्न सकेमा सुन्दर नेपाल बनाउन सजिलो हुने बताउनुभयो।
वहााले आफ्नो पार्टी संविधानसभाको पक्षमा रहेकोमा जोड दिंदै संविधानसभा
हुन नदिनेहरूलाई खबरदारी गर्दै यदि निर्वाचन हुन नसकेमा पनि विद्रोह
गरेरै भएपनि गणतन्त्र नेपालको ूथापना गर्ने कार्यमा आफ्नो पार्टीले नेतृत्व
गर्दै जनभावनको कदर गर्ने बताउनुभयो। कार्यक्रममा पोखरा विश्वविद्यालयका
उपकुलपति डा.केशरजङ्ग बरालले प्राज्ञिक क्षेत्र विश्वबिद्यालयमा रहेका
समूया समाधान गर्ने विधि र योजनाहरू आफूले पेश गरे ता पनि सोको सम्बन्धित
निकायहरूमा सुनवाइ नभएकोमा चिन्ता ब्यक्त गर्दै बुद्धिजीवीहरूले जनताको
पक्षमा आफ्नो मानसिक श्रमलाई लगाउनुपर्ने बताउनुभयो।
कार्यक्रममा विभिन्न राजनीतिक पार्टीनिकट बुद्धिजीवी संगठनका प्रतिनिधिहरू,
विभिन्न प्राज्ञिक व्यक्तित्वहरू, ने.क.पा.-माओवादी)निकट जनवर्गीय संगठन
तथा जातीय मोर्चाका प्रतिनिधिहरूले सम्मेलनले अहिलेको राजनीतिक संक्रमणमा
महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने नयाा नेतृत्व चयनको शुभेच्छा प्रकट
गर्दै शुभकामना दिएका थिए। उक्त कार्यक्रम नेपाल राष्ट्रिय बुद्धिजीवी
संगठन काूकीका अध्यक्ष विश्वप्रकाश लामिछानेको अध्यक्षता र सचिव लक्ष्मी
पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो। सम्मेलनले मानबहादुर के.सी अध्यक्ष,
कमल पौडेल उपाध्यक्ष, हिमलाल पराजुली सचिव, शिवबहादुर बराल कोषाध्यक्ष,
गीता पौडेल सह-सचिव रहनुभएको ३३ सदूयीय नयाा जिल्ला कार्यसमिति चयन गरेको
छ।
शिक्षामन्त्री नेपालको रवैयाको विरोध
काठमाडौं/ देशमा क्रियाशील सात विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालयबाट
सञ्चालित प्रमाणपत्र तहको शैक्षिक कार्यक्रम विूथापित गर्न खोज्ने सरकारी
रवैयाको तीव्र विरोध गरेका छन्। साउन १२ गते एउटा साझा प्रेस वक्तव्य
जारी गर्दै ती संगठनहरूले त्रिविको प्रमाणपत्र तह हटाउने कुरा आफूहरूलाई
मान्य नहुने ती संगठनले चेतावनी दिएका हुन्।
निश्चित शैक्षिक नीति र वैकल्पिक व्यवूथा नगरिकन प्रविणता प्रमाणपत्र
तह हटाउन खोज्ने सरकारी रवैयाले यस वर्ष एसएलसी उत्तीर्ण लाखौं विद्यार्थीहरू
अन्योलमा रहन बाध्य भए। विद्यार्थीहरूको दवावपछि भने त्रिविले उक्त तहमा
आइतबारदेखि भर्ना लिन सुरू गरेको छ। निजी बोर्डिङ ूकुलका मालिकसमेत रहेको
शिक्षामन्त्री प्रदीप नेपालको गरिब तथा मध्यमूतरमा नेपालीका छोराछोरी
पढ्ने सरकारी क्याम्पस बन्द गराउने र निजी प्लस टु लाई मलजल गर्ने ढिपीलाई
नेपाली जनताले भने दुत्कारेका छन्। उनको गरिब जनता विरोधी यस प्रकारको
हर्कतले सिङ्गो एमाले पार्टी कसकोे हितमा काम गर्दैछ भन्ने प्रश्न पनि
उब्जाएको छ।
यसरी संयुक्त प्रेस वक्तव्य जारी गर्दै प्रविणता प्रमाणपत्र तह विूथापन
गर्ने नीतिको विरोध गर्ने र विद्यार्थी संगठनहरूमा अनेराूववियू -क्रान्तिकारी)
अनेराूववियू, दुबै नेविसंघ, अखिल -एकीकृत), नेपाल क्रान्तिकारी विद्यार्थी
संघ र नेपाली विद्यार्थी मञ्च छन्।
नेपाल शैक्षिक गणतान्त्रिक मञ्चका अध्यक्ष गुणराज लोहनीले विगतमा भएको
शैक्षिक आन्दोलनको क्रममा भएको वार्तामा भएका सहमतिहरू कार्यान्वयनतिर
शिक्षामन्त्री नेपालको ध्यान नदिने जूता रवैयाको विरोध गर्नुभएको छ।
लोहनीले शिक्षकका मागहरू पूरा नगरिएमा सिङ्गो शैक्षिक आन्दोलनमा ओर्लन
आफूहरू बाध्य हुने बताउनुभएको छ।
साउन ८ गते जारी एउटा प्रेस वक्तव्यमा लोहनीले शिक्षामन्त्री नेपालले
आन्दोलनका क्रममा शिक्षकका जायज माग सम्बोधन गर्नुको सट्टा सामन्ती शैलीम्ा
अपशब्द बोल्ने गरेको उल्लेख गर्नुभएको छ। उहााले नेपालको वार्तामा भएका
सहमति कार्यान्वयनतिर ध्यानै नदिने र अूथायी शिक्षकको विषयमा भएका सहमतिहरू
अन्तिम चरणमा पुग्दा कथित विद्यार्थीहरू मन्त्रालयकै निर्देशनमा वार्ता
कक्षमा बोलाइ शिक्षकको मानमर्दन गर्ने रवैयाले आफूहरूलाई आक्रोशित तुल्याएको
बताउनुभएको छ। लोहनीले वार्ताको संभावनाहरू सकिएकेाले अब आन्दोलनको खाका
कोरिसकेको चेतावनी दिनुभएको छ।
वाईसीएल धानरोपाइँमा व्यूत
उदयपुर/ वाईसीएललाई उदण्ड र अराजकहरूको समूह भनेर केही जिम्मेवारी राजनैतिक
दलहरूले आरोप लगाइरहेको बेला वाईसीएल कार्यकर्ताहरू भने जनसेवातर्फ उन्मुख
हुँदै जनश्रममा गाँसिएको ूथानीय जनताहरूले बताएका छन्।
साउन ८ गतेदेखि उदयपुर जिल्लाको रामपुर ठोक्सिलाूथित सेती खोलामा वाईसीएलका
युवाहरूले घरदैलो र धानरोपाइ कार्यक्रम सञ्चालन गर्दै आएकाछन्। सेतीखोलाका
प्रत्येक किसानहरूको घर-घरमा गएर किसानहरूलाई धान रोप्न सघाइरहेका छन्।
केही दिनअघि गाईघाट, मोतीगडा र लुहाले खोलामा बाटो खन्ने काम पनि वाईसीएलले
गरिसकेका छन। वाईसीएलले सामूहिक रूपमा जनताको विकास निर्माणको कार्य
गर्नु र सामाजिक सेवामूलक काम गर्नु वाईसीएलको दैनिक कार्यतालिका रहेको
छ।
सांगठनिक कारवाही
काठमाडौं/ पार्टी अनुशासन भङ्ग गरी अपराध गर्ने एक कार्यकर्तालाई नेकपा
-माओवादी) काठमाडौंले सांगठनिक कारवाही गरेको छ।
काठमाडौं संगठन समितिले हिजो एक विज्ञप्ति जारी गरी आर्थिक हिनामिना
र यौन अराजकताको आरोपमा रामशरण महर्जन -विज्ञान)लाई एक वर्षसम्मका लागि
पार्टी सदस्यताबाट कारवाही गरेको जनाएको छ। आप\mना गल्ती सच्याएर पुनर्संूकारित
हुनुको सट्टा उल्टै पर्चाबाजीमा उत्रनुले निज महर्जन अपराधीकरणको दिशातर्फ
उन्मुख भएको इञ्चार्ज प्रभाकिरणद्वारा जारी विज्ञप्तिमा उल्लेख भएको
छ।
यसरी चलिरहेछन् जनवर्गीय संगठनहरू
नेपाली राजनैतिक मैदानमा रहेका समकालीन कम्युनिष्ट पार्टीहरूमध्ये नेकपा
-माओवादी)का जनसंगठनहरू निर्माण गर्ने र परिचालन गर्ने प्रक्रिया अलि
भिन्न, विशिष्ट र योजनाबद्ध खालको देखिन्छ। अरू पार्टीहरूले प्रयोगमा
नल्याएको वा ल्याउन नसकेको विशिष्ट सांगठनिक संरचना माओवादीले प्रयोगमा
ल्याएको देखिन्छ। कम्युनिष्ट पार्टीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय
रूपले भन्दै आएको पार्टी, संयुक्त मोर्चा र जनसेनासम्बन्धी अवधारणालाई
नेपालमा नेकपा -माओवादी)ले मात्र मूर्त रूप दिनसकेको देखिन्छ। हजारौं
पार्टी सदूयहरू संगठित भएको मजबुत पार्टी, संयुक्त मोर्चाको उद्देश्य
पूरा गर्न गठित "संयुक्त क्रान्तिकारी जनपरिषद् नेपाल" र जनताको
आधारपंक्तिबाट संगठित हजारौंको संख्यामा रहेको 'जनमुक्ति सेना नेपाल'
यसका आधारभूत संगठित संरचनाहरू हुन्। २०४८ सालमै निर्माण गरिएको 'वाईसीएल
नेपाल' हाल आएर आप\mनो क्रियाशीलतालाई एकाएक बढाएर लगेको देखिन्छ। यसलाई
पार्टीको सहायक संगठनको रूपमा लिएको पाइन्छ। यो अरू जनवर्गीय संगठनहरूभन्दा
पृथक र पार्टीको विशिष्ट सहयोगी संगठनको रूपमा रहेको छ। यो प्रकारको
संगठन नेपालका अन्य कम्युनिष्ट पार्टीह¿mले प्रयोगमा ल्याएका छैनन्।
यसले आप\mनो क्रियाशीलता यसरी दौडाएको छ कि मुलुकका सबै ७५ जिल्लालगायत
प्रवासमा समेत आप\mना औपचारिक समितिहरू निर्माण गरिसकेको छ।
वर्गीय हितको निम्ति विभिन्न जनवर्गीय संगठनहरू, जातीय मुक्तिको निम्ति
विभिन्न जातीय मुक्ति मोर्चा, क्षेत्रीय उत्पीडनको विरूद्धमा क्षेत्रीय
मुक्ति मोर्चाहरू तथा लिङ्गीय मुक्तिको निम्ति महिला संगठनहरू निर्माण
गरी व्यवहारतः यसलाई लागू गर्न खोज्नु माओवादीले प्रयोग गरेको अर्काे
विशिष्टता हो जसले वर्गीय, जातीय, लिङ्गीय र क्षेत्रीय उत्पीडनको विरूद्धमा
संगठित हुने अवसर जनतालाई प्रदान गरेको छ।
पार्टीको भातृ संगठनको रूपमा रहेका धेरै जनवर्गीय संगठनमध्ये तुलनात्मक
रूपमा मजदुर तथा विद्यार्थी फााटमा संगठत विूतार असाध्यै तीव्र रप\mतारमा
भइरहेको देखिन्छ। मजदुर संगठनको रूपमा रहेको अनेट्रेयु महासंघअन्तर्गत
मात्रै २२ वटा पेशागत संगठनहरू निर्माण भइसकेका छन्। अखिल नेपाल मजदुर
संघ, अखिल नेपाल औद्योगिक मजदुर संघ, अखिल नेपाल अटो मेकानिक मजदुर संघ,
अखिल नेपाल सूचनासञ्चार तथा छापाखाना मदजुर संघ, अखिल नेपाल यातायात
मजदुर संघ, अखिल नेपाल गलैंचा मजदुर संघ, अखिल नेपाल होटल तथा रेष्टुराा
मजदुर संघ आदि अखिल नेपाल ट्रेड युनियन महासंघभित्र आबद्ध पेशागत मजदुर
संगठनहरू हुन्।
अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय महासचिव गणेश रेग्मीका अनुसार
महासंघअन्तर्गत रहेका मजदुर संगठनहरूम्ा मात्र तीन लाख ७५ हजार भन्दा
बढी मजदुरहरू संगठित भइसकेका छन्। जसमध्ये करिब दुई लाख ७५ हजार मजदुर
उपत्यकाभित्रबाट मात्र संगठित छन्। त्यसैगरी अनेमसंघ -क्रान्तिकारी),
अखिल नेपाल किसान संघ -क्रान्तिकारी), अखिल नेपाल शिक्षक संगठन, नेपाल
राष्ट्रिय बुद्धिजीवी संगठनलगायतका संगठनहरू पनि सक्रिय रहेका छन्।
देशको राजधानी शहर भएको कारणले काठमाडौंमा लाखौंको संख्यामा उपत्यका
बाहिरका ७५ वटै जिल्लाका मानिसहरू विभिन्न पेशा व्यवसायसाग जोडिएर ूथायी
वा अूथायी रूपमा बसोबास गर्दछन्। गत ०६२/०६३ को आन्दोलनपूर्वदेखि नै
काठमाडौं उपत्यकामा बाहिरी जिल्लाबाट आइ बसोबास गरेका जनतालाई गणतन्त्रको
निम्ति संगठित गर्नेे उद्देश्यले नेकपा -माओवादी)ले विशेष जिल्ला कमिटी
नै निर्माण गरी त्यसकै अगुवाइमा जिल्ला गणतान्त्रिक मन्ञ्चहरू गठन गरिरहेको
देखिन्छ। गत जनआन्दोलनकै समयमा गठित पर्वत-काठमाडौं गणतान्त्रिक मञ्च
त्यूता मञ्चहरूमध्येको पहिलो मञ्च रहेको र हालसम्म ७१ वटा जिल्लाका त्यूता
मञ्चहरू गठन भइसकेको कुरा नेकपा -माओवादी) विशेष जिल्ला सम्पर्क कमिटी
काठमाडौंका जिल्ला कमिटी सदूय तेजनारायण सापकोटा बताउनुहुन्छ।
नेपाली राजनीतिक गणतन्त्रवादी धार र गैरगणतन्त्रवादी धार गरी दुई ध्रुवमा
द्रूतगतिमा ध्रुविकृत हुादै गइरहेको वर्तमान अवूथामा हरेक पेशा र व्यवसायमा
आबद्ध गणतन्त्रवादीहरूलाई संगठित गर्ने अभियानमा कुनै पनि क्षेत्र अछुतो
नराख्ने उद्देश्यले माओवादीले आप\mना क्रियाकलापहरू अगाडि बढाइरहेको
छ। चाहे खेलकुद क्षेत्रमा रहेका गणतन्त्रवादी खेलाडीहरूलाई गोलबद्ध गर्न
निर्माण गरिएको गणतान्त्रिक खेलकुद मञ्च होस् वा गणतन्त्रवादी शिक्षकहरूको
साझा संगठनको रूपमा विकास गर्न खोजिएको शैक्षिक गणतान्त्रिक मञ्च नै
किन नहोस् वा दलित गणतान्त्रिक मञ्च वा महिला गणतान्त्रिक मञ्च नै किन
नहोस् वा अखिल नेपाल क्रान्तिकारी अपाङ संघ, यी सबै मञ्च निर्माण प्रक्रियामा
नेकपा -माओवादी)ले सहयोगीको वा उत्प्रेरकको भूमिका निभाइरहेको देखिन्छ।
कर्मचारीहरूभित्र नेपाल राष्ट्रिय कर्मचारी संगठन, गणतन्त्रवादी कर्मचारीहरूको
संगठनको रूपमा रहेको देखिन्छ भने त्रि.वि. कर्मचारीभित्र समेत गणतन्त्रवादी
कर्मचारीहरूको छुट्टै संगठन निर्माण भएको छ। जनपक्षीय र क्रान्तिकारी
पत्रकारहरूको संगठनको रूपमा क्रान्तिकारी पत्रकार संघ गठन भएको छ।
हरेक राजनैतिक पार्टीहरूले आप\mनो मातहतको भातृ संगठनको रूपमा विभिन्न
जनवर्गीय संगठनहरू निर्माण र परिचालन गर्दै आएको भए पनि जातीय मुक्ति
संगठनहरू निर्माण प्रक्रियामा नेकपा -माओवादी) नेपाली राजनीतिमा अगाडि
रहेको छ। विगत दश वर्षे जनयुद्धकालकै सुरूवातदेखि हालसम्म पनि नेकपा
-माओवादी)को अगुवाइमा विभिन्न जातीय मुक्ति संगठनहरूको गठन प्रक्रिया
चलिरहेको देखिन्छ। मगरात राष्ट्रिय मुक्ति मोर्चा, तमु राष्ट्रिय मुक्ति
मोर्चालगायतका थुप्रै जातीय मोर्चाहरू जनयुद्धको मध्यकालमै गठन भएका
मोर्चाहरू हुन् भने शेर्पा राष्ट्रिय मुक्ति मोर्चा तथा अति अल्पसंख्यामा
रहेको चेपाङहरूको चेपाङ राष्ट्रिय मुक्ति मोर्चालगायतका मोर्चाहरूपछि
गठन भएका मोर्चाहरू हुन्। पछिल्लो समयमा नेकपा
-माओवादी)को यो अभियानलाई पछ्याउादै एमालेसमेत मधेशीलगायत विभिन्न जातीय
संगठनहरू निर्माण प्रक्रिया सुरू गरेको देखिन्छ।
नेकपा -माओवादी)को अगुवाइमा विगतदेखि नै क्षेत्रीय मुक्ति मोर्चाहरूसमेत
गठन भएका छन् जुन अन्य राजनैतिक पार्टीले गठन गरेको देखिंदैन। केन्द्रीय
सत्तादेखि टाढा तथा संरक्षण र सहयोगविहीन रहेका क्षेत्रहरूलाई समेटी
क्षेत्रीय मुक्ति मोर्चाहरू गठन भएका छन्। सेती-महाकाली राष्ट्रिय मुक्ति
मोर्चा र भेरी-कणर्ाली राष्ट्रिय मुक्ति मोर्चा यसका उदाहरणहरू हुन्।
नेकपा -माओवादी)का विभिन्न जातीय र क्षेत्रीय मुक्ति मोर्चाहरू निर्माण
र आत्मनिर्णयको अधिकारको नीतिलाई विरोध गर्दैछन् । नेवाः राष्ट्रिय मुक्ति
मोर्चाको केन्द्रीय अध्यक्ष तथा नेकपा -माओवादी)का केेन्द्रीय सदूय हितमान
शाक्य भन्नुहुन्छ- "हामीले निर्माण गरेका जातीय तथा क्षेत्रीय मुक्ति
मोर्चाहरू विचारको आधारमा निर्माण गरिएका छन्। वर्गीय मुक्ति नै सबै
प्रकारका मुक्तिको उपाय हो। वर्गीय मुक्ति बिना जातीय, क्षेत्रीय लिङ्गीय,
तथा कुनै पनि प्रकारको मुक्ति असंभव छ। वर्गीय मुक्तिलाई अलग्याएर गरिने
कुनै पनि मुक्तिको कुरा केवल ढोंग मात्रै हो। त्यसले हामी र पृथकतावादीहरू
बीच कुनै तुलना नै हुन सक्दैन। vउमाकान्त भुर्तेल -प्रशिक्षार्थी पत्रकार)
झाडापखालाका लागि विषालु च्याउ जिम्मेवार
हुमप्रसाद बूयाल
दाङ/वषर्ातको मौसममा वातावरणीय प्रदुषणका कारण
झाडापखाला लाग्ने गर्छ । ूवूथ खानेपानीको अभाव हुनु, खानपिनमा सन्तुलन
नहुनु, कामको चाप बढ्नु जूलेगर्दा सरसपाईमा ध्यान नपुग्नु जूता कारणले
वषर्ायाममा झाडापखालाको प्रकोप बढ्ने बताउँछन् जिल्ला अूपतालका ूवाूथ्यकर्मीहरू
। ठीक यही मौसममा जङ्गलमा च्याउ प्रसूत पाईने गर्छन् । च्याउ ग्रामिण
जनताको उत्कृष्ट तरकारी पनि मानिन्छ । एकातिर वषर्ायाममा घरेलु तरकारीको
अभाव हुनु र अर्कोतर्फ च्याउ ूवादिष्ट हुनाले पनि च्याउ अत्यधिक जनताले
उपभोग गर्छन् । त्यहि च्याउ खाएकै कारण सालना कयौं जनताले अकालमा ज्यान
गुमाउनु परिरहेको छ ।
यसैबीच बिहिबार अर्घाखाँचीको हंसपुर गाविसमा एकै घरका ३ जना बाल बालिकाको
मृत्यु भएको छ भने दुईजना बेहोस अवूथामा अूपताल पुर्याइएका छन् । अहिले
उनीहरूको ूवाूथ्यमा केही सुधार आएको जनाइएको छ । केही समय अगाडि दाङकै
हाँसिपुर, लोहारपानी र काभे्रमा पनि च्याउ खाएर थुपै्र मानिस बेहोस भएका
समाचारहरू प्रकाशित भएका छन् । यसरी विषालु चाउकै कारण मान्छेको मृत्यु
हुने गरेको छ । यस सम्बन्धमा प्राकृतिक चिकित्सा शाूत्रमा भर्खरै डक्टरेड
गर्नुभएका डा.लोकराज पराजुलीलाई च्याउको बारेमा जिज्ञासा राख्दा उहाँ
भन्नुहुन्छ- 'सबै च्याउ खान योग्य नै हुन्छन् च्याउ आफैमा विषालु हुँदैन
। अहिलेसम्म च्याउहरू ०.१ प्रतिशत मात्र विषालु हुन सक्ने बताइए पनि
यस सम्बन्धमा खासै अध्ययन भएको छैन ।' डा.पराजुली भन्नुहुन्छ- 'च्याउमा
विषभन्दा पनि विषालु ससाना किटाणु र सर्पले च्याउ खाँदा विष छोडेको हुन्छ
र त्यूता च्याउहरू नचिन्नु र घर ल्याएर राम्रोसंग नपकाएर खानाले असर
गर्छ ।' मान्छेको खाद्य पदार्थमा सबैभन्दा बढी ४२ प्रतिशत प्रोटिन र
पानी तथा अन्य तत्वहरू च्याउमा पाइन्छ । जो नर्मल अवूथामा मानिसले पचाउन
सक्दैन । त्यसैले पनि च्याउ मानिसलाई लागेको अनुभूति हुन्छ- डा.पराजुलीले
भन्नुभयो ।
ठाउँठाउँमा च्याउ खाएकै कारण मान्छेको मृत्यु भएको छ भन्ने प्रश्नमा
डा.पराजुलीले भन्नुहुन्छ- 'यो मौसम भनेको झाडापखालाको हो । यसै मौसममा
च्याउ हुन्छ र च्याउमा हाम्रो शरीरमा भन्दा अत्यधिक प्रोटिन हुन्छ, यो
पचाउन गाह्रो हुने भएकोले दिशा वा वान्ताबाट जान्छ । वान्ता र पखाला
बढी भएकाले मान्छे कमजोर हुने हुन्छ त्यसै समयमा विष लागेको भनी मानसिक
रूपमा पनि कमजोर बनाएपछि मृत्यु समेत हुन सक्छ ।'
उहाँले च्याउ पकाउँदा लसुन र टिमुर अनिवार्य हाल्नुपर्ने र राम्रोसंग
पखालेर मात्र पकाउनुपर्ने सुझाव राख्नुहुन्छ । यदी च्याउबाट असर गरेकै
भए त्यसबाट बच्न ५ वटा लसुनका पोटी, १० ग्राम प्याज र २ वटा टिमुरका
गेडाको झोल बनाई विरामीलाई खान दिएमा सन्चो हुने बताउनु भयो । च्याउको
असरबाट बच्न सबैभन्दा राम्रो र उपयुक्त उपचार भनेको लसुन, टिमुर र प्याज
भएको भन्दै च्याउ शरीरको लागि पौष्टिक चिज भएको जानकारी गराउनु भयो ।
यसर्थ च्याउको मौसममा च्याउ खाँदा सबैले होसियारी पुर्याउनु पर्ने विषय
भनेको च्याउमा किटाणुहरूले चलाएको वा विषालु सर्प, विच्छीहरूले खाएको
छ कि छैन जाँच गर्नुपर्दछ । च्याउ राम्रोसंग नचिन्ने तर च्याउ खाएरै
मरिन्छ भन्ने अन्धविश्वास हटाएमा च्याउ खानु खराब नहुने वनूपती विज्ञहरू
बताउँछन् ।
कर्मचारीहरू संविधानसभाको अभियानमा
पोखरा/नेपाल राष्ट्रिय कर्मचारी संगठन, काूकीले 'टोल-टोलमा कर्मचारी
परिचालन संविधानसभाको लागि कर्मचारी अभियान' भन्ने नाराका साथ कर्मचारीहरूको
बीच जाने भएको छ। संगठनद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा उक्त
संगठनका काूकी अध्यक्ष सुशील पौडेलले सो जानाकारी दिनुभएको हो। राष्ट्र
विद्यमान तरल राजनीतिक घटनाक्रमहरूबाट जनताको श्रम र पसिनामा उठेको करबाट
बााचेका कर्मचारीहरू बेखवर हुन नसक्ने र राज्यको पुनर्संरचनाको पक्षमा
रहेको संगठन भएको हुनाले पनि संविधानसभाको पक्षमा अभियान सञ्चालन गर्न
लागिएको कुरा विज्ञप्तिमा उल्लेख छ। साथै कर्मचारीहरूले आफ्नो छरछिमेकमा
पनि संविधानसभाबारे सचेतना फैलाउनुपर्ने बताउादै अध्यक्ष पौडेलले संगठनले
एक हप्तासम्म विभिन्न कार्यालयहरूका कर्मचारीका बीचमा संविधानसभाको विषयलाई
लिएर विभिन्न कार्यक्रमहरू गरिने र तत्पश्चात् गाउाघरमा कर्मचारीहरूले
अभियान सञ्चालन गर्ने बताउनुभयो। उहााका अनुसार यस अभियानमा छसयभन्दा
बढी कर्मचारीहरू परिचालित हुने र २० हजार कर्मचारीहरूको सहभागिता रहनेछ।
वर्षौअघिको पुल अझै निर्माण भएन
इटहरी/ सुनसरी जिल्लाको दुहवी गाविस र मोरङको हातीमुढा जोड्ने पक्की
पुल छवर्षअगाडि निमार्ण गर्न सुरू गरिए पनि अझै निमार्ण कार्य पूरा नहुँदा
सो ूथानका हजारौँ ूथानियबासीलाई आवागमनमा अप्ठ्यारो परेको छ।
त्यसबेलाका कांग्रेस सरकारले २०५८/५९मा सो पुल निमार्ण गरीसक्ने प्रतिबद्धता
जनाई तत्कालीन काग्रेसका निर्माण तथा यातायात मन्त्री बिजयकुमार गच्छदारले
शिलान्यास गर्नुभएको सो पुल वर्षौ बितिसक्दा पनि निमार्ण पूरा हुन सकेको
छैन।
सो पुल निर्माण नहँुदा दुहवीबासीलाई हातीमुढा पुग्न पाँचमिनेटको बाटो
भएपनि पाँच किमी बाटो पार गरेर जानुपर्ने हुन्छ। त्यतिमात्र नभएर सो
पुल निमार्ण नहँुदा मोरङ जिल्लाको हात्तीमुढा, तेतरिया र डंग्राहा गाविसका
हजारौ मानिसको मुख्य बजार दुहवीमा आउन सकिरहेका छैनन्। समान किनबेचका
लागि उनीहरू त्यस ूथानमा वर्षौदेखि आउन नसक्दा हजारौ मानिसले असुविधा
बेहोर्नु परिरहेको छ।
दुहवीका मानिसहरूले पनि आफ्नो खेतीमा जानका लागि धेरै घुमेर जानु परेको
छ भने मोरङ जिल्लाका आधा दर्जन गाविसका विद्यार्थीले पढ्नका लागि पनि
लामो बाटो हिड्नु पर्ने बाध्यता रहेको विद्यार्थीहरूले जानकारी दिएका
छन्।
डेढ करोडभन्दा बढीको लागतमा ०५८/५९ सालमा निर्माण गरिसक्ने लक्ष्य राखिए
पनि सो पुलको निर्माणकार्य हालसम्म २५ प्रतिशत पनि भइनसकेको बताइएको
छ। त्यस कार्यसँग सम्बन्धित निकायका प्रमुख बद्रीनाथ झाले जम्मा बजेटबाट
७८ लाख भने खर्च भइसकेको बताए। कुल बजेटको ५० प्रतिशत रकम खर्च भइसक्दा
पनि काम हुन नसक्नुका बारे जिज्ञासा राख्दा उनले केही बताउन चाहेनन्।
बाढीका कारण रोगी बढे ः घुम्ती ूवाथ्य सेवा
इटहरी/ अविरल वषर्ासंगै सुनसरी जिल्लाका दक्षिणवर्ती गाविसमा बढेको भाइरल
ज्वरो नियन्त्रण गर्नका लागी जिल्ला जनूवाथ्य कार्यालय इनरूवाले आइतबारदेखि
सो क्षेत्रमा ूवाथ्यकर्मीहरूलाई घुम्ती सेवाका लागि पठाएको छ।
अविरलको बषर्ासँगै पिउने पानी तथा वातावरण प्रदुषित हुँदा जिल्लाका दक्षिणवर्ती
क्षेत्रका आधा दर्जन गाविसमा एक्कासी भाइरल फिवरका विरामी बढेका छन्।
भाइरल फिवरले कप्ताङगञ्ज, देवानगञ्ज, कुसाहा, हरिपुर, श्रीपुर, नरसिंह
लगायत गाविसका सयौँ ूथानियवासी बिरामी पारेको जिल्ला जनूवाथ्य कार्यालय
इनरूवाले जनाएको छ। ज्वरो आउने, आँखा रातो हुने, हातखुट्टा दुख्नेलगायतका
लक्षण देखिएका दर्जनौ सर्वसाधरण जिल्ला जनूवाथ्य कार्यालय इनरूवामा उपचारका
लागि आउन थालेपछि अशक्तहरूका लागि घरमै गएर उपचार गर्ने उदेश्यले घुम्ती
टोली खटाइएको जिल्ला जनूवाथ्य कार्यालय इनरूवाका प्रशासक रामजन मेहताले
जानकारी दिनुभयो।
भाइरल फिवरको प्रकोप पढेपछि सयाँै नागरिकहरू त्यसको प्रभावमा परेका छन्।
जिल्लाका विभिन्न ूथानमा भाईरलको प्रकोप परेको र ूथानीय ूवाथ्यकेन्द्रमा
दैनिक ३० देखि ७० जनाको हाराहारीमा विरामी उपचारका लागि आउने गरेको बताइएको
छ।
गोइत समूहको अपराध
धनुषा/ गत असार ३१ गते माओवादी कार्यकर्ता चन्दर दास, मुूलिम राइनलगायतलाई
जनतान्त्रिक तराई मुक्ति मोर्चा -गोइत समूह)ले अपहरण गरेको थियो। अपहरितमध्ये
दुई जनालाई कुटपिट गरी छोडिदिएको र चन्दरलाई धुनषाको नौसय गाउाको चौरमा
लगेर मरे भनेर प\mयााकेको थियो। तर संयोगवश चन्दर जिउादै रहेका थिए र
त्यहााबाट सकुशल पार्टीको सम्पर्कमा आउन सफल भएका छन्। चन्दर गम्भीर
घाइते भएको र अहिले उहााको उपचार भइरहेको जानकारी जिल्ला पार्टी धनुषाका
जबस मोर्चाका संयोजक दीपक यादवले दिनुभएको छ।
वृक्षारोपण गर्दै जनमुक्ति सेना
चितवन/ केही मानिसहरू जनमुक्ति सेनामाथि जंगल फडानीको खुबै आरोप लगाउने
गर्छन्। तर चितवनूथित जनमुक्ति सेना तेस्रो डिभिजनमा रहेका जनसेनाले
हालै आप\mनो क्याम्प वरिपरि वृक्षारोपण गरेका छन्। अनिश-कल्याण ूमृति
बि्रगेड कार्यालय सचिव क.रमेशले दिएको जानकारीअनुसार जनमुक्ति सेनाले
११ र १२ गते क्याम्प वरिपरिको खाली भूभागमा बकैनो, सतिसाल, धुपी, खयर,
लप्सी, खमारी बाासलगायतका करिब तीन हजारभन्दा बढी बोटविरूवा रोपेका थिए।
उक्त बोट विरूवाहरू जिल्ला वन कार्यालय र ूथानीयवासीहरूले नर्सरीबाट
दिई सहयोग पुर्याएका हुन्।
क.रमेशको भनाइअनुसार जनमुक्ति सेना अभियानकै रूपमा खाली भूभागमा बोटविरूवा
लगाउने काम तीव्र रूपमा अघि बढिरहेको र आगामी दिनमा पनि त्यसलाई निरन्तरता
दिंदै जाने कुरा उहााले बताउनुभएको छ। उक्त कार्यले जंगल फडानीको आरोप
लगाउनेमाथि दरिलो झापड बन्न पुगेको छ। जनमुक्ति सेनाको जंगल जोगाउने
र नयाा-नयाा बोटविरूवा खोजी-खोजी लगाउने कार्यले जनमानसमा सकारात्मक
प्रभाव परेको पनि बुझिएको छ।
एमालेबाट माआवादीमा
दाङ/ दाङ जिल्लाको हलवार गाविसबाट यही साउन ३ गते एमालेका सक्रिय कार्यकर्ताहरूले
उक्त पार्टी परित्याग गरी नेकपा -माओवादी)मा प्रवेश गरेका छन्
यसरी एमाले परित्याग गरी नेकपा -माओवादी)मा प्रवेश गर्नेहरूमा एमाले
पूर्व जिल्ला सदूय शबुराम भण्डारी, हलवार गाविसकै पार्टी सदूयहरू भुलै
रोका, गोविन्द नेपाली चुरामणि भुसाल, तुलबहादुर थापा, भीमार्जुन पार्छे,
प्रेम दर्जी, शालिकराम डांगी, प्रभातकुमार देवकोटा, श्यामकुमार मजगैया
रहनुभएको छ। यसरी नै वडा नं. १ बाट महिला नेतृ पवित्रा शर्मा पनि एमालेबाट
संगठित सदूय त्याग गरी माओवादीमा प्रवेश गर्नुभएको छ। ४० वषर्ीय महिला
नेतृ पवित्र शर्मा एमाले नीति एकातिर र व्यवहार अर्काे भन्दै एमालेको
व्यवहार जनपक्षीय नभई कुर्सीको लोभ भएको बताउादै आफू आप\mनो जीवन रहुञ्जेल
नेपाली जनवादी क्रान्तिलाई सहयोग गर्ने भन्दै माओवादी एक मात्र सच्चा
कम्युनिष्ट पार्टी भएको ठहर गरी आफू माओवादीमा प्रवेश गरेको कुरा शर्माले
बताउनुभयो।
सरकारकै नीतिविरूद्ध शिक्षामन्त्री
चितवन/ नेपाल जूतो कृषि प्रधान देशको विकासका लागि कृषि शिक्षालाई प्राथमिकतापूर्वक
अगाडि बढाउनु अनिवार्य छ। सोहीअनुरूप सरकारको नीति तथा कार्यक्रम र २०६४/०६५
को बजेट भाषणमा समेत कृषि तथा वन विश्व विद्यालयको ूथापना गर्ने उल्लेख
गरिएता पनि शिक्षा तथा खेलकुद मन्त्री प्रदीप नेपालले भने सरकारको नीति
विपरीत थप विश्वविद्यालयको आवश्यकता नरहेको बताएका छन्।
मन्त्रीको उक्त भनाइप्रति अखिल -क्रान्तिकारी) कृषि तथा पशु विज्ञान
अध्ययन संूथान रामपुर इकाइ समितिले आपत्ति प्रकट गर्दै आफूहरूको गम्भीर
ध्यानाकर्षण भएको जनाएको छ।
संगठनका इकाइ अध्यक्ष लेखराज ढकालले हालै एक प्रेस विज्ञप्ति जारी गरी
विज्ञप्तिमा भनिएको छ कृषिको माध्यमबाट देशलाई आमूल परिवर्तन गर्न कृषि
विश्वविद्यालयको ूथापना गर्नुपर्ने सबैले महसुस गरेको बेला शिक्षा मन्त्रीको
यस भनाइलाई आप\mनो संगठनले कृषि विश्वविद्यालय बन्न नदिने गम्भीर षड्यन्त्रको
रूपमा बुझेको बताउनुभएको छ ।
सरकारले नीति तथा कार्यक्रममा समावेश गरिसकेको विषयवूतुलाई कार्यान्वयन
गर्न संगठनले माग गर्दै यदि बेवाूता गरिएमा आफूहरू संघर्षमा उत्रन बाध्य
हुने चेतावनी पनि विज्ञप्तिमा दिइएको छ।
बुद्धिजीवीहरूको भेला सम्पन्न
नवलपरासी/ नेपाल राष्ट्रिय बुद्धिजीवी संगठन नवलपरासीले बर्दघाटमा सयौं
बुद्धिजीवीहरूको उपूथितिमा तेस्रो जिल्ला सम्मेलन आयोजक समिति चयन गरेको
छ। नौ सदूयीय नवगठित समितिमा संयोजक गोपी ज्ञवाली, सचिवमा खीमा रिजाल
रहनुभएको छ भने सदूयहरूमा हरि पन्थी, जगत भट्टराई, सत्यनारायण भुसाल,
एकआर शाह, उर्मिला, थापा हरिनारायण र रामशरण पण्डित रहनुभएको छ।
भेलाका प्रमुख अतिथि नेपाल राष्ट्रिय बुद्धिजीवी संगठनका केन्द्रीय सदूय
नवराज पुरीले साम्राज्यवादी, सामन्तवादी र विूतारवादीहरूले संविधानसभाको
चुनाव नचाहिरहेको अवूथामा अम बुद्धिजीवीहरूले जुनसुकै बेलामा पनि विद्रोहको
मानसिकता बनाइराख्नुपर्ने र सदनबाटै गणतन्त्रको घोषणा गर्नेतर्फ ध्यान
दिनुपर्ने बताउनुभयो।
भेलामा माओवादी जिल्ला सेक्रेटरी अनुपले पनि आप\mनो मन्तव्य राख्नुभएको
थियो।
महिला शिक्षक विभाग काठमाडौं गठन
काठमाडौं/ अखिल नेपाल शिक्षक संगठन, महिला विभाग काठमाडौंको जिल्ला भेला
सम्पन्न भएको छ। साउन ११ गते शुक्रबार सम्पन्न उक्त भेलाले रमा घिमिरेको
संयोजकत्वमा सात सदूयीय काठमाडौं जिल्ला महिला शिक्षक विभागसमेत गठन
गरेको छ। नवगठित सदूयहरूमा सुशीला थापा, अनिता ढकाल, ईश्वरी कार्की,
प्रतिभा पुरी, मिलन थापा र निर्मला केसी रहेका छन्। उक्त भेलालाई अखिल
नेपाल शिक्षक संगठनका महासचिव भेषराज भुसाल, नेकपा -माओवादी) क्षेत्रीय
ब्युरो सदूय क.रेणु, अखिल नेपाल महिला संघ -क्रान्तिकारी) केन्द्रीय
सदूय पार्वती थापा, नेपाल राष्ट्रिय बुद्धिजीवी संगठनका केन्द्रीय सचिव
कुलानन्द गिरीलगायतले प्रशिक्षणसहित शुभकामना व्यक्त गर्नुभएको थियो।
नवलपरासी डुबानमा, वाईसीएलको सहयोग
नवलपरासी/ अबिरल वषर्ाका कारण आएको बाढीले नवलपरासीका विभिन्न गाविसहरू
डुबानमा परेका छन्। हरपुर गाविसको सगौली, अमानीगञ्ज, रमपुरता गाउापुरै
डुबानमा परेका छन्। करिब सात/आठ सय घर विूथापि भइ गाईभैंसीसहित नजिकैको
जिगिनहवा गाउामा गाउाले विभिन्न पार्टीलगायतको सहयोगमा उनीहरू बसेका
छन्।
त्यसैगरी सातसमा ७, ८ र ९ वडामा मात्रै पडरी गाउा सनही गाउा पूरै डुबानमा
परेका छन्। गाउालेहरूले गाईभैंसी नेपाली त्रिवेणी नहर छेउमा छाडेर आफूहरू
नजिकैको गाउामा वाईसीएलको सहयोगमा बसेका छन्। वाईसीएलले पीडितलाई सक्दो
सहयोग पुर्याएको ूथानीय वासिन्दा रामकिसुन गौडले बताए। गाविसकै पााच
बालबालिका हराएको आशंका गरिएको छ तर पुष्टि हुन बााकी रहेको बताइएको
छ।
यसैगरी नवलपरासीको सदरमुकाम परासीको पोखरापालीमा बाढी पसेर बाटो अवरूद्ध
हुादा ूथानीय वासिन्दाहरू लामो पैदलयात्रा गरी गाउा घुुमेर सदरमुकाम
आउन बाध्य भएको ूथानीय रामधनीले बताए। यसैगरी नवलपरासीको रामपुर खडौना
पूरै जलमग्न हुादा डुंगाको सहायताले ूथानीय वासिन्दालाई सुरक्षित ूथानमा
राखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
नवलपरासी दाउन्नदेवी गाविस वडा नं. २ र ३ मा गरी करिब ४० बिगाह जग्गा
बाढीले बगाएको छ भने सोही वडाको कुकुरमा गाउामा जनश्रम र गाविसले दिएको
तीन लाखको लागतबाट बनेको फिटरको खोलामा रहेको पुल बगाउादा ूथानीय वासिन्दा
वारपार गर्न पाएका छैनन् भने गाईवूतु जंगल जान रोकिएका ूथानीय वासिन्दाले
बताए। उनीहरूले सरकारसाग पुल बनाइदिन माग गरेका छन्। यात नवलपरासीका
यी सबै गाविसको कुनै पनि ठाउामा उद्धार टोली र राहत पुग्न सकेको छैन।
पीडितले राहतको माग गरेका छन् ।
l पविता पौडेल
दलितहरुले भदौ ५ गते उपत्यका बन्द
काठमाडौँ/हालै गठित गणतन्त्रवादी दालितहरूको एउटा मोर्चाले
यसअघि आफूहरूले पेश गरेका मागहरूलाई बेवाूता गरेको भन्दै आफ्ना मागहरू
पूरा गर्न अबिलम्ब वार्ता प्रक्रियाको थाल्न एक ूमरणपत्रमार्फत् प्रधानमन्त्रीलाई
दबाब दिएको छ।
संयुक्त गणतान्त्रिक दलित मोर्चाका केन्द्रीय संयोजक तिलक परिवारद्वारा
हूताक्षरित सो ूमरणपत्रमा पेश गरिएका दशसूत्रीय मागहरूमा निर्धारित मितिमा
संविधानसभा सम्पन्न गरिनुपर्ने, लोकतान्त्रिक गणतन्त्र घोषणा गरिनुपर्ने,
पूर्ण समावेशी-समानुपातिक निर्वाचन प्रणली लागू गरिनुपर्ने, न्यूनतम्
२० प्रतिशत दलित प्रतिनिधि निर्वाचित हुने सुनिश्चित गरिनुपर्ने, छुवाछुतलाई
सामाजिक अपराध घोषणा गरिनुपर्ने, रायमाझी आयोगको प्रतिवेदन सार्वजनिक
गरिनुपर्ने र जनआन्दोलनका अपराधीहरूमाथि अबिलम्ब कारवाही गरिनुपर्ने,
संवैधानिक दलित अधिकार आयोगको व्यवूथा गरिनुपर्ने, धर्मनिरपेक्ष राज्यको
घोषणा र व्यवूथालाई व्यवहारमा लागू गर्न प्रभावकारी कदम चलिनुपर्ने,
दलित समुदायका निम्ति उच्च शिक्षासम्म छात्रावृत्तिसहित निःशुल्क शिक्षाको
व्यवूथा गरिनुपर्ने र मधेशी, आदिवासी-जनजाति, महिलालगायत सबै समुदायका
जायज मागहरू पूरा गरिनुपर्ने र दलित समुदायका मागहरू तत्काल पुरा गर्न
वार्ता प्रक्रिया सुरूआत गरिनुपर्ने रहेका छन्।
यसअघि मोर्चामा रहेका छवटा प्रमुख राजनैतिक दलित संगठनहरूले संयुक्तरूपमा
०६३ फागुन ८ गते नौ बाुदे माग तथा ज्ञापन-पत्र नेपाल सरकार, आठ राजनीतिक
दल र शान्ति सचिवालयसमक्ष प्रूतुत गरेका थिए।
यैबीच मोर्चाले संघर्षको कार्यक्रमसमेत घोषणा गरेको छ। जसअन्तर्गत साउन
१०देखि १२ गतेसम्म विभिन्न राजनीतिक पार्टीहरूको कार्यलयमा डेलिगेशन
जाने र साउन १३ गते काठमाडौँका विभिन्न ूथानहरूमा विरोध र्याली, धर्ना
र सभा गर्ने काम सम्पन्न भएका छन्। मोर्चाका आगामी कार्यक्रमहरूमा साउन
२४ गतेसम्म देशव्यापी पर्चा वितरण, अन्तरक्रिया र जागरणसभाहरू गर्ने,
साउन २५ गते देशव्यापी मसाल जुलुश गर्ने, साउन २७ गते एकघण्टा चक्काजाम
गर्ने, भदौ १ गते चितवन जिल्ला बन्द गर्ने र भदौ ५ गते काठमाडौँ उपत्याका
बन्द गर्ने रहेका छन्।
संयुक्त गणतान्त्रिक दलित मोर्चामा नेपाल दलित मुक्ति मोर्चा -एकीकृत),
नेपाल राष्ट्रिय दलित मुक्ति संगठन, नेपाल उत्पीडित जातीय उत्थान संघ
-एकीकृत), नेपाल ूवतन्त्र दलित विद्यार्थी संगठनका दुई समूह र ूवतन्त्र
दलित व्यक्तित्वहरू सम्मिलित छन्।
पहिलो चरणको सो संघर्षपछि पनि आफ्ना मागहरू सम्बोधन नगरिए अझ उच्च चरणको
कार्यक्रम घोषणा गरिने मोर्चाका संयोजक तिलक परिवारले बताउनुभएको छ।