जनदिशा दैनिक

जनादेश साप्ताहिक

 

The Red Star

सश्लेषण मासिक

प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ : डा.भट्टराई

काठमाडौं, २८ वैशाख । माओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासामु पदबाट राजीनामा दिएर संविधानसभा निर्वाचनमा नयाँ जनादेश पाएको माओवादीलाई तत्काल सरकारको नेतृत्व छोड्नुको विकल्प नभएको बताउनुभएको छ ।

 

पूर्वाञ्चलमा आदिवासी जनजातिले कांग्रेस भित्र विद्रोह गर्ने

धनकुटा २८ बैशाख/आदिवासी जनजातिहरुलाई नेपाली कांग्रेसले उपेक्षा गरी संविधानसभा सदस्यमा सहभागिता नगराएको भन्दै पूर्वाञ्चलका आदिवासी जनजातिहरुले अव पनि मन्त्रिपरिषदले निर्णय गरी संविधानसभामा प्रतिनिधि पठाउँदा र अन्तरीम सरकारमा आदिवासी जनजातिहरुको उचित प्रतिनिधित्व नगराएमा पार्टी भित्र विद्रोह हुन सक्ने शनिवार पूर्वाञ्चलमा बृहत भेला गरी चेतावानी दिएका छन् ।

 

संविधानसभाको पहिलो बैठक जेठ १२-१५ गतेभित्र

काठमाडौं, २७ वैशाख । छ राजनीतिक दलले जेठ १२-१५ गतेभित्र संविधानसभाको पहिलो बैठक बोलाउन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई सुझाव दिएका छन् । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ राजनीतिक दलको बैठकले प्रधानमन्त्री कोइरालालाई सो सुझाव दिएका हुन् ।

 

जनादेशविरूद्ध शक्तिकेन्द्रहरुको चलखेल

काठमाडौं, २६ वैशाख । लोकतन्त्र र जनमतको वकालत गरेर नथाक्ने अमेरिका र भारतजस्ता शक्तिकेन्द्र संविधानसभा निर्वाचनमा जाहेर जनादेशविपरीत माओवादीलाई राज्यको नेतृत्व गर्न नदिने कसरतमा जुटेका छन् ।

 

'माओवादी नेतृत्वको सरकार कसैले रोक्न सक्दैन’

काठमाडौं, २६ वैशाख । नेकपा (माओवादी)का अध्यक्ष प्रचण्डले माओवादीको नेतृत्वमा सरकार बन्नमा अब कुनै पनि ताकतले रोक्न नसक्ने बताउनुभएको छ । रोल्पा-काठमाडौं गणतान्त्रिक मञ्चले बिहीबार राजधानीमा आयोजना गरेको रोल्पाबाट विजयी संविधानसभासद्हरूको अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताउनुभएको हो ।

 

एक महिनाभित्रै राजतन्त्रको अन्त्य : महरा

दाङ, २५ वैशाख । नेकपा (माओवादी)का प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महराले अबको महिना दिनभित्रै सामन्तवाद र राजतन्त्रको अन्त्य एवम् गणतन्त्रको औपचारिक घोषणा गरिने बताउनुभएको छ ।

 

दस युवा सभासद्लाई सम्मान

काठमाडौं, २४ वैशाख वाईसीएलले संविधानसभाको दुवै प्रणालीबाट निर्वाचित आफ्नो संगठनका दसजना युवा सभासद्हरूलाई सम्मान गरेको छ । दसमध्ये पाँच प्रत्यक्ष र पाँच समानुपातिक निर्वाचनप्रणालीतर्फबाट चुनिएका हुन् ।

 

नेपाली भूमि मिचेर भारतीय सडक निर्माण

सप्तरी २४ वैशाख । सप्तरीको सीमावर्ती गाविस छिन्नमस्तामा नेपाली भू-भाग मिचेर भारतले पक्की सडक निर्माण कार्य थालेको छ । छिन्नमस्ता गाविस वडा नं.३ स्थित सीमामा राखिएको पिलर नम्बर २२८/१ नजिकैबाट भारतले पक्की सडक निर्माण कार्य थालेको हो ।

 

अब आर्थिक 'राउन्ड टेबल

काठमाडौं, २३ वैशाख । नेकपा(माओवादी)का अध्यक्ष प्रचण्डले देशको आर्थिक निर्माणलाई तीब्र गतिमा अगाडि बढाउन सरकार, व्यवस्थापन र मजदुर युनियनबीच त्रिपक्षीय गोलमेच बैठक गरी सामूहिक आचारसंहिता निर्माण र प्रतिबद्धता जाहेर गर्नुपर्ने बताउनुभएको छ ।

 

राजनीतिक क्रान्ति नै मूलतः आर्थिक क्रान्ति हो - नेत्रविक्रम चन्द 'विप्लव

नेकपा (माओवादी)का केन्द्रीय सदस्य नेत्रविक्रम चन्द 'विप्लव’ले राजनीतिक क्रान्ति नै मूलतः आर्थिक क्रान्ति भएको बताउनुभएको छ । उहाँले आइतबार जनदिशासंगको अन्तर्वार्तामा राजनीतिक क्रान्तिले आफूअनुकूल आर्थिक नीति ल्याउन सकेन भने त्यो दिगो हुन नसक्ने दावी गर्नुभयो ।

 

प्रेस स्वतन्त्रतालाई जनताको मौलिक अधिकारको रुपमा सम्मान गर्ने प्रतिवद्धता

काडमाडौ,२० वैशाख । सुचना तथा सञ्चारमन्त्री कृष्ण वहादुर महराले सरकारले प्रेस स्वतन्त्रतालाई जनताको मौलिक अधिकारको रुपमा सदैव सम्मान गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

 

सबै दलद्वारा समानुपातिक नामावली दर्ता

काठमाडौं, २० वैशाख संविधानसभा सदस्यका लागि समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत सबै राजनीतिक दलले निर्वाचन आयोगसमक्ष बन्दसूचीमा रहेका आफ्ना उम्मेदवारको अन्तिम नामावली बुझाएका छन् ।

 

पुराना समाचार

वामपन्थी नेता निर्मल लामाको राष्ट्रिय सभागृहमा आयोजित आठौं स्मृति दिवस समारोहमा माओवादी नेता कृष्णबहादुर महरा, जनमोर्चा नेपालका अध्यक्ष अमिक शेरचन लगायत नेताहरु । 

तस्वीर : दिनेश श्रेष्ठ

 

 

संविधानसभा चुनावका
लागि नेपाल कम्युनिष्ट पार्टी
(माओवादी)को प्रतिबद्धता-पत्र

वर्ड फाइल

पीडीएफ फाइल

Links

www.cpnm.org

Maoist Information

Bulletin

www.awtw.org

www.rwor.org

www.wprm.org

 

Nepali Font 

 

For Comments and Feedback- krishnasenonline

@yahoo.com

तस्वीर संग्रहालय

© All rights reserved with Krishnasen Memorial Publication Pvt. Ltd

This page has viewed  
free hit counter
times since 7 Baishakh 2065